यस कारण गरिन्छ सोह्रश्राद्ध

यस कारण गरिन्छ सोह्रश्राद्ध

२०७४ असोज १ गते ८:४८ मा प्रकाशित

विश्वनाथ खरेलbiswonathचान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्मका वा जमरे औँसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।

आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ । यस श्राद्धमा चार जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरूप कुशको ब्राम्हण थापिएको हो । पहिलेपहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राखिएको हो ।

दुवैपट्टि दुई÷दुई ब्राम्हणलाई क्रमशः विश्रदेव र पितृ ब्राम्हण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राम्हण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राम्हणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदि बनाएर पूजा गरिन्छ ।

प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ । तर, घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरी अपराह्नमा गर्नुपर्ने शास्त्रमा उल्लेख भएको भनाई पाइन्छ ।

हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि समान्य जानकारी लिई व्यवहारिक रूपमा आफ्नो जीवनमा उर्ताने प्रयास गर्नु अति जरुरी हुन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो गच्छेअनुसार श्राद्धसाथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । “श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्” अर्थात् –पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । देश काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ” देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यसबारे के प्रष्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो ।

श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ ।“पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता” अर्थात् – पितृहरूलाई शुद्ध मन्त्र, शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ श्राद्धकल्पअनुसार पनि – प्रेत र पितृलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोद्दिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो । सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्धानहरूको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो ।

नवाैँमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो । दशौँ देववताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्राैँमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । त्यस्तै गरी अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमित्तिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो । यी सबै मध्ये खासगरी हाम्रो समाजमा एकोद्दिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरी सोह्रश्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझनु पर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।

आफ्ना पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।अन्त्यमा भन्नुपर्दा वैद्धिक सनातनी समाजमा सोह्रश्राद्धले आफ्नै महत्व राख्दछ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उद्धार गर्ने कार्य हो । हाम्रो समाजका सबैभन्दा ठूला पर्व दसैँ तिहार हुन् । यी पर्व मनाउनुभन्दा पहिले आ–आफ्नो पितृहरूलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ । यसकारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिनै रहेको छ । यसरी पितृ पक्षमा आफ्नो बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । आफ्नो गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ । तर, सकिँदैन भने कम्तीमा पनि आफ्नो बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ ।

श्राद्ध कसरी गर्ने सन्दर्भमा भने श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने लुगा तथा घरको सरसफाइ गर्ने एक भक्त रही ब्रह्मचार्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात् हबिसे पनि भनिन्छ – एक छाके भनेको यस दिन अपरान्ह्पछि मात्र एक छाक खानु पर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्णलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात श्रद्धाका दिनमा शौच, स्नान, नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाँइलाई खाना खुवाए पश्चात दान दक्षिणा गर्ने गरिन्छ । यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ । तर, तिथि बिर्सर्ने र यो क्रम तोडिनुचाँहि कदापी हुँदैन । यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो ।

 

Source: http://www.souryadaily.com/2017/09/153021.html

Advertisements

शिक्षा दिने नै सर्वश्रेष्ठ गुरु

विश्वनाथ खरेल

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय राष्ट्र हो । अनेकतामा एकता हाम्रो मुख्य विशेषता हो । प्राचीन परम्पराबाटै सुरुवात भएका हाम्रा महŒवपूर्ण चाडपर्व धेरै छन् । तीमध्ये गुरुपूर्णिमा पनि एक हो । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँगको सम्बन्ध एकदमै गहिरो रहीआएको छ । हामी जुनसुकै धर्म या सम्प्रदायको भए पनि ज्ञान र सिप ग्रहण गर्नका लागि गुरु र गुरुत्वको ठूलो महŒव छ । संसारमा सायद ज्ञान मात्र यस्तो कुरा हो, जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गर्छन् । चाहे मुस्लिमहरूको मदरसामा तपाईंलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या सानासाना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने मिस र सरहरू किन नहून् । उनीहरूले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं । जसले जात, धर्म, भाषा, वर्ग आदि सबै कुरालाई छोडेर मानवसभ्यताकै विकासमा टेवा  पु¥याएको पाइन्छ ।

हिन्दू धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्र नामका रचयिता तथा अपौरुपेय वेदलाई चार भाग लगाउने वेद व्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँदै छन् । आजका दिन विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अधि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझी पुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । आप्mना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदांग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नुका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।
धार्मिक शास्त्रमा उल्लेख भएअनुसार ‘गु’ को अर्थ अँध्यारो र ‘रु’ को अर्थ उज्यालो हुन्छ, अर्थात् जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालो संसारतर्फ डो¥याउँछ, त्यो नै गुरु हो । ‘शिक्षक’ शब्द पनि गुरु शब्दकै पर्याय हो । शिक्षकको अर्थ सिकाउने हो । शिक्षक तीन अक्षरले बनेको शब्द हो, जसमध्ये ’शि’ भनेको शिष्ट, ‘क्ष’ भनेको क्षमतावान् र ‘क’ भनेको कर्मठ हुन्छ । यस अर्थमा शिक्षक शब्दले पनि गुरुकै जस्तो गरिमामय अर्थ बोकेको छ । त्यस्तै, ‘आचार्य’ पनि गुरुकै पर्याय हो । अतः असल गुरुको प्राप्ति या छनोट अधिकांश समस्या र दुविधाहरूको निरोध हो भनेर भनिन्छ । तथापि अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ ।

शिक्षा कुनै विषयको जानकारी तथा जीविकाका लागि सक्षमता आर्जन गर्नु हो भने विद्या मानवजीवन बोध गराउने र मुक्तिको मार्ग पहिल्याउने उपायको खोजी हो । आधुनिक शिक्षा विकासस“गै विद्यालयहरू शिक्षालयमा परिणत हु“दै छन् । जगत् र जीवन बुझ्ने र बनाउने विद्याभन्दा जीविका दिलाउने शिक्षाको महŒव बढ्दै छ

विज्ञान र प्रविधिको अहिलेको युगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिका लागि एकलव्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर र त्यसैलाई गुरु थापेर सिक्नुपर्ने जरुरत छैन न त गुरु दक्षिणाका रूपमा औंला नै काटेर दिनुपर्ने भयंकर बलिदान नै । संस्थागत भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेसा अनि सञ्चार माध्यमहरूले पनि हामीलाई गुरुरूपी शिक्षा दिइरहेका छन् । हाम्रो प्राचीन पूर्वीय सनातन परम्परामा शिक्षाको सुरुवात गुरुकुलबाट  भएको थियो ।
गुरुहरूले आप्mना शिष्यहरूलाई आश्रममै राखेर शिक्षा दिने र लिने त्यो परम्परामा शिष्यहरूले गुरुकुललाई आप्mना माता पितासरह सम्मान गर्ने यो पौराणिक यथार्थ थियो । भगवान् रामदेखि लिएर भगवान् कृष्ण, भगवान् बुद्ध हुँदै गान्धीसम्म आइपुग्दा सबै भगवान् र नायकहरूले गुरुबाट शिक्षा लिएका छन् । यद्यपि, कतिपय तथ्यहरू अप्रिय प्रकारका पनि छन् । गुरुहरूले आप्mना शिष्यहरूलाई आफूले ज्ञान दिने र सानो गल्तीका लागि ठूलो सजाय दिने काम पनि भएका छन् । अतः त्यो स्वाभाविक सजाय होइन । हरेक गुरुले आपूmलाई दोर्णाचार्यका रूपमा राखेर आप्mना शिष्यलाई अर्जुन बनाउन सक्नुपर्छ । तर अर्जुनलाई जस्तै आप्mना शिष्यहरूलाई माया गर्ने र अर्का शिष्य एकलव्यलाई जस्तो शिक्षा दिन अस्वीकार गर्ने र आप्mनो योग्यताले अर्जुन बराबरको योग्यता प्राप्त गरेका एकलव्यबाट गुरुदक्षिणा माग्ने नाममा बुढीऔंला माग्ने काम आजका गुरुहरूबाट हुनुहुँदैन । त्यति मात्र होइन, कुलीनताको अभावमा क्षत्रीको छोराले ढाँटेर ब्राह्मणपुत्रका रूपमा शिक्षा लिएकोमा कर्णलाई उसले प्राप्त गरेको शिक्षा आवश्यक परेको बेलामा काम नलागोस् भन्ने जस्ता दोर्णाचार्यको श्राप आजका लागि अशोभनीय मात्र होइन, एउटा सभ्य समाजको यात्रामा अस्वाभाविक पनि हो । त्यसैले इतिहासका कतिपय अप्रिय क्षणहरूबाट शिक्षा लिएर हामीले शिक्षा क्षेत्रमा आधुनिक चिन्तन स्थापना गर्नुपर्छ ।

समग्रमा भन्नुपर्दा गुरुहरूलाई जुन देशमा सम्मान गरिँदैन, त्यो देशको सभ्यताले गति लिन सक्दैन । त्यस अर्थमा गुरुपूर्णिमालाई बुझिनु अन्यथा होइन । तर इमानदारीका साथ कुरा गर्ने हो भने जुन विद्यार्थी पढाउन गुरुहरूले ऊसँग शुल्क लिइरहेका छन्, त्यस विद्यार्र्थीका बारेमा गुरुहरू कति जिम्मेवार छन् ? यो प्रश्न गुरुहरूले आफैंसँग गरून् । नैतिक दृष्टिले समाजको यो पतनलाई उकास्न शिक्षामा अझ ठूलो क्रान्ति आवश्यक छ । तर हाम्रो देशमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाको दिन गुरुपूजा पूर्णिमाका रूपमा मनाउने परम्परा रहीआएको छ । पछि यो परम्परा मानव जीवनमा रूपान्तरित हुन पुग्यो र मानव रूपमा उदय भएका श्रीरामका वशिष्ठ र विश्वामित्र, श्रीकृष्ण, बलराम, र सुदामाका सान्दिपनि, राजा यदुका दत्तात्रेय, भक्त प्रह्लादका नारद, देवहुतीका कपिलदेव, भक्त उद्धवका वृहस्पति, राजर्षि जनकका बालयोगेश्वर आदि सद्गुरु भएका कुरा धर्मशास्त्रमा उल्लेख छ । त्यस्तैगरी, विश्व जत्तिकै आधुनिक र ज्ञानहरू जत्तिकै सहज र व्यावसायिक रूपमा उपलब्ध भए पनि संसारमा गुरुत्वको दियो अझै बलिरहेको छ, बलिरहनेछ ।

गुरुत्वको त्यही महŒवलाई आत्मसात् गरेर हुन सक्छ, सनातन संस्कारमा वर्षपछिको वर्ष र युग पछिका युगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरुत्वको महŒव गुरु पूर्णिमामा दर्शाइन्छ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने पथ प्रदर्शन गर्ने समस्त गुरुहरूलाई यस दिन कोटीकोटी नमस्कार गरिने गरिन्छ । यसैगरी, योगी विकासानन्दका विचारमा शिक्षकको सिकाउने काम हो । यसर्थ गुरुको काम अज्ञानता हटाई ज्ञान प्रदान गर्ने हो भने आचार्य ती हुन्, जसले सिकाएको कुरा आप्mनो व्यवहारमा पनि उतारेर आप्mना शिष्यलाई सद्व्यवहारतर्फ उत्प्रेरित गर्दछन् । यसले के स्पष्ट पार्छ भने शिक्षक सबै असल हुन्छन् र सच्चा ज्ञानको वितरण गर्छन् भन्ने छैन ।
शिक्षामा सरकारले विनियोजन गर्ने बजेट उत्साहपूर्ण छैन । त्यति मात्र होइन, योजनाहरू व्यावहारिक छैनन् । देशका सबै बालबालिकालाई पढ्नका लागि उचित वातावरण बनाउने कानुन तयार भएको छैन । आप्mना बालबालिकालाई स्कुल नपठाउने अभिभावकलाई कानुनी कारबाही गर्ने अवस्थामा देश पुगेको छैन । त्यसैले पनि शिक्षा सबैका लागि पुगिसकेको छैन । यस अर्थमा शिक्षा क्षेत्रमा धेरै कुरा गर्न बाँकी छ । शिक्षा कुनै विषयको जानकारी तथा जीविकाका लागि सक्षमता आर्जन गर्नु हो भने विद्या मानवजीवन बोध गराउने र मुक्तिको मार्ग पहिल्याउने उपायको खोजी हो । आधुनिक शिक्षा विकाससँगै विद्यालयहरू शिक्षालयमा परिणत हुँदै छन् । जगत् र जीवन बुझ्ने र बनाउने विद्याभन्दा जीविका दिलाउने शिक्षाको महŒव बढ्दै छ । एउटा सनातन परम्पराको निरन्तरता गुरुपूर्णिमाले सरकारदेखि लिएर शिक्षा क्षेत्रमा रहेका सबैलाई गुरु र विद्यार्थीहरूमा उत्कृष्ट शिक्षाका लागि प्रेरित गर्न सकेको खण्डमा मात्र गुरुपूर्णिमा सार्थक भएको मान्न सकिन्छ ।

Source : http://rajdhanidaily.com/2017/07/09/43693/740325.

नेपालमा सहकारीको विकास र योगद

विश्वनाथ खरेल

नेपालमा सहकारीको विकास आसलाग्दो ढंगले भइरहेको देखिन्छ । नेपालका सहकारी क्षेत्रमा अहिले ६० लाखभन्दा बढी नागरिक प्रत्यक्ष संलग्न रहेको तथ्यांक छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारीका सम्बन्धमा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारी संस्थाहरूबीच सहयोग र समुदायप्रति चासो जस्ता सात सिद्धान्त प्रतिपादन गरेको छ । यी सिद्धान्तभित्रका वाक्यांशलाई परिभाषा गर्ने र अर्थ लगाउने हो भने यसमा कहीँ पनि राजनीतिको गन्ध आउँदैन । यस्तो स्वच्छ निर्मल शब्दहरूलाई संयुक्त राष्ट्रसंघले समेत स्वीकार गरिसकेको छ । वर्तमान अवस्थामा कट्टर मुस्लिम केही देश छोडेर यो परिभाषाको प्रयोग र सहकारीको सिद्धान्तभित्र संसारका सबै देशमा सहकारी संघसंस्थाहरू सञ्चालन भइसकेका छन् ।

विश्वको इतिहासमा हेर्ने हो भने सहकारीको जन्म बेलायतको रोचहेल अग्रदूतका २८ जनाको एउटा समूहबाट २४ अक्टोबर १८४४ मा ‘फ्रेन्डली सोसाइटी एक्ट’ अन्तर्गत भएको पाइन्छ । सो ऐनअन्तर्गत रोचहेल सामूहिक अग्रदूत समिति नै विश्वको प्रथम सहकारी संस्था हो । यसरी बेलायतमा जन्म भएर जर्मनमा पुगेर ‘इच फर अल एन्ड अल फर इच’ सिद्धान्तको विकास हुँदै डेनमार्क, जापान, चीन, ब्राजिल भएर भारतमा कृषि सहकारीको विकास भएको पाइन्छ ।
नेपालको हकमा २०१० मा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालयअन्तर्गत सहकारी विभागको स्थापना भयो । तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २० चैत २०१३ मा पहिलो सहकारी संस्थाको स्थापना भयो । त्यसरी नै दक्षिण एसियाली मुलुकहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तानमा यस प्रकारका सहकारी सेवा संस्थाहरू धेरै छन् ।
सहकारीको सहज कर्जामार्फत महिलाहरूले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तीकरणका लागि पनि सहकारी एउटा अद्भुत अस्त्र सावित भएको छ । देशमा सहकारी प्रणालीलाई संस्थागत गर्ने क्रममा सहकारी संस्था ऐन–२०१६, सहकारी नियमहरू–२०१८, साझा संस्था ऐन–२०४१, साझा संस्था नियमावली–२०४३, सहकारी ऐन–२०४८ र सहकारी नियमावली २०४९ बमोजिम सहकारी विभागले सहकारी संघसंस्थाहरूको दर्ता, नियमन तथा प्रवद्र्धनलगायतका कार्य गर्दै आएको छ ।

२०१३ मा सर्वप्रथम चितवन जिल्लामा सहकारी संस्थाको स्थापना भएपश्चात् हाल नेपालमा ३३ हजार ५ सय ९९ सहकारी स्थापना भई सञ्चालनमा छन् । यसमा विकास क्षेत्रतर्फ हेर्ने हो भने पूर्वाञ्चल विकास क्षेत्रमा ६ हजार १ सय ९६, मध्यमाञ्चल विकास क्षेत्रमा १५ हजार ८ सय ३६, पश्चिमाञ्चलमा ४ हजार ५ सय १०, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ४ हजार ७ सय ७८ र सुदूरपश्मिाञ्चल विकास क्षेत्रमा २ हजार २ सय ७९ रहेका छन् । त्यस्तै सहकारीको सञ्चालक संख्यामा पुरुषको संख्या १ लाख ४२ हजार २ सय ४ छ भने महिलाको ८९ हजार ९ सय १८ गरी कुल जम्मा २ लाख ३१ हजार ८ सय २२ रहेको देखिन्छ । त्यसरी नै सदस्य संख्यालाई हेर्दा पुरुषको संख्या २९ लाख ४४ हजार ५ सय ३९ र महिलाको संख्या ३० लाख ८६ हजार ३ सय १८ देखिन्छ ।
सर्वप्रथम अन्तर्राष्ट्रिय सहकारी महासंघले दिएको सहकारीको परिभाषा यस्तो छ, ‘व्यक्तिहरूको ऐच्छिक सहभागिताबाट उनीहरूको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो ।’ सहकारीलाई सामान्य अर्थमा हेर्दा यो एउटा व्यवसाय वा कारोबार हो, जसमा समूहमा बस्ने, सोच्ने र काम गर्ने पद्धतिमार्फत् ती व्यवसायहरू सञ्चालन गरिन्छ । यसलाई अर्को अर्थमा भन्नुपर्दा देश विकासको साझा प्रयासलाई अगाडि बढाउन स्थानीयस्तरमा स्वावलम्बनको भावना जागृत गराउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि जनसहभागिता परिचालन गर्ने आधारस्तम्भका रूपमा सहकारी संस्थाको स्थापना भएको पाइन्छ ।

तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २० चैत २०१३ मा पहिलो सहकारी संस्थाका रूपमा प्रवेश गरेको बखान सहकारी संस्थाको स्थापना भयो । त्यसरी नै दक्षिण एसियाली मुलुकहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तानमा यस प्रकारका सहकारी संस्था धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाहरूले सापट पाउने हु“दा महिला उत्थान तथा सशक्तीकरणका लागि पनि सहकारी एउटा अद्भुत अस्त्र सावित भएको छ

२०४६ मा प्रजातन्त्रको पुनःस्थापनापश्चात् सहकारी संघसंस्थाहरूलाई जनताकै क्रियाशील सक्रियताका नयाँ सोचविचार एवं मान्यताअनुसार सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भई सहकारी ऐन २०४८ तर्जुमा भई लागू गरियो । यो एउटा सामाजिक कार्य पनि हो । सहकारी ऐन, २०४८ को प्रस्तावनाअनुसार कृषक, कालीगढ, कम पुँजीबल, निम्न आयवर्ग, श्रमिक मजदूर, बेरोजगारी जस्ता वर्गले सहकारी स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यसबाट के देखिन्छ भने जुन वर्गसँग सीमित स्रोत, साधन र पुँजी हुन्छ, ती वर्गले त्यस्तो सीमित स्रोत र साधनलाई सामूहीकरण गरेर सामूहिक स्वामित्वअन्तर्गत रहेर कुनै कारोबार वा व्यवसाय सञ्चालन गर्न समूहमा आबद्ध हुनुलाई नै सामान्य अर्थमा सहकारी भनिन्छ ।
एक्लो व्यक्तिसँग सीमित स्रोत र साधन मात्र हुन्छ तर उसका आवश्यकता असीमित हुन्छन् । त्यस्तो अवस्थामा असीमित आवश्यकता परिपूर्तिका लागि सामूहिक प्रयासभन्दा अर्को विकल्प हुन सक्दैन । उदाहरणका लागि हामीसँग भएको थोरै साधनस्रोतलाई परिचालन गरी हाम्रो आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उत्तम उपाय नै सहकारी हो । यसमा समाजमा रहेर स्वेच्छिक रूपमा समूहबद्ध भएर स्वतन्त्रपूर्वक आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकताको परिपूर्ति गर्न आÏना स्रोतसाधन एवं पूँजीको संयुक्त स्वामित्व स्वीकार गरी कारोबार सञ्चालन गरिन्छ । सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई अभिवृद्धि गर्नु हो, आम्दानी बढाउनु, खर्च घटाउनु, मितव्ययी बनाउनु, लगनशील बनाउनु, सेवाभावको अभिवृद्धि गराउनु सहकारी स्थापना र सञ्चालन गर्नुका प्रमुख उद्देश्य हुन् ।

अन्त्यमा विश्व सहकारी आन्दोलनलाई हेर्ने हो भने सहकारीको जन्म बेलायतमा मजदुरलाई मालिकले चरम शोषण गरेपछि सहकार्य गर्ने योजनाअनुसार १७औं शताब्दीमा भएको इतिहास छ । प्रशंसनीय दृष्टिकोणलाई हेर्ने हो भने सन् १९८० को दशकमा अमेरिकी नागरिक डेभिड एल कुपरराइडरले प्रवर्तन गरेका थिए ।
मानव समाजलाई हेर्ने विभिन्न वाद, दर्शन र सिद्धान्तहरूमध्ये प्रशंसनीय दृष्टिकोण एक नवीनतम चिन्तन हो । विश्व मानव विकासमा सकारात्मक परिवर्तन ल्याउन यो विश्वव्यापी हुँदै गइरहेको दृष्टिकोण, पद्धति, विधि, शैली र व्यवहार हो । हाम्रो देशमा पनि सहकारी ऐन आउनुपूर्व विभिन्न समयमा सहकारीको सञ्चालन र कानुनी व्यवस्था गर्न र नियमन कार्यलाई सुदृढ गर्न सहकारी संस्थासम्बन्धी ऐनहरू तर्जुमा भएको पाइन्छ ।
सहकारी सिद्धान्तअनुसार स्वेच्छिक तथा खुला रूपमा सदस्यता प्राप्त गर्ने र स्वतन्त्रतापूर्वक स्वायत्त निकायका रूपमा सहकारी संघसंस्थाहरू स्थापना गर्न पाउने अधिकारलाई सहकारी ऐन २०४८ ले प्रत्याभूत गरेको छ । यसैको परिणामस्वरूप आज मुलुकभर विभिन्न प्रकृतिको कारोबारसँग सम्बन्धित सहकारी संस्थाहरू क्रियाशील छन् । समग्र वित्तीय क्षेत्र एवं मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान महŒवपूर्ण रहँदै आएको छ । २०७३ असारसम्म नेपाल राज्यभर सञ्चालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको सेयर पँुजी ७१ अर्ब पुगेको छ भने बचत निक्षेप २ सय ९५ अर्ब र लगानी २ सय ८९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७२÷७३ सम्म यस क्षेत्रले ५६ हजार ४ सय ७५ जना विभिन्न तहका जनशक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।

Source : http://rajdhanidaily.com/2017/07/04/42798/740320.

धार्मिक शास्त्रमा हरिशयनी एकादशी

 

विश्वनाथ खरेल   

नेपाल धार्मिक आस्था र विभिन्न पर्व तथा अनुष्ठानका लागि प्रसिद्ध देश हो ।  यहाँ मनाइने पर्वमा धर्म संस्कृतिका मौलिक आधार, समाजको रीतिस्थिति, चालचलन, आचारसंहिता र परम्परागत प्रचलन छन्, जसलाई नेपाली संस्कृति र आस्थाका अभिन्न अङ्ग मानिन्छ ।  यहाँ अवस्थित विभिन्न मठ, मन्दिर, मूर्ति, गुम्बा, गुफाले धार्मिक संस्कार समेटेका छन् ।
प्रत्येक साल आषाढ शुक्लपक्षमा पर्ने एकादशी अर्थात् हरिशयनी एकादशी पनि भनिन्छ ।  यस आषाढ शुक्ल शयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवं मोक्षदायिनी, सबै पापलाई नाश गरिदिने उत्तम व्रत हो ।  हिन्दु धर्मशास्त्रअनुसार यो एकादशीमा निर्जला एकादशीमा बिजारोपण गरिएको तुलसीलाई सारिने कार्य गरिन्छ ।  त्यसकारण जसको घरमा तुलसा सारिन्छ त्यसको घरमा कलियुगको पाप फैलिँदैन भन्ने विश्वास गरिन्छ ।  यसै दिनदेखि भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।  यस एकादशीमा सुतेका हरि कात्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ ।
यस एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने विश्वाश रहिआएको पाइन्छ ।  भविष्योक्तरा पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि भनेको उल्लेख छ ।  हरिशयनी एकादशीमा व्रत बस्नाले पापकोनाश, पुण्य वृद्धि र मोक्ष प्राप्ति हुन्छ ।  प्रत्येक हिन्दु धर्माबलम्बीको घरको देब्रेपट्टि बनाएको मठमा तुलसीको बेर्ना सारिने कार्य पनि यस दिनमा गरिन्छ ।  यसरी यो एकादशीमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।  हिन्दु धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार पत्नी वृन्दाको सत्यमार्गका कारण जालन्धरले देवताका विरुद्ध झनझन् आफ्नोे प्रभाव बढाउँदै लगेका थिए ।  भगवान् रामले समेत जालन्धरलाई पत्नीको सतित्वका कारण युद्धमा पराजित गर्न सकेका थिएनन् ।  त्यहीबेला विष्णुले वृन्दाको सतित्वलाई सङ्कटमा पारेरमात्रै जालन्धरलाई पराजित गर्न सकिने कुरा विमर्श गरे ।  सोहीबमोजिम जालन्धर रूप धारण गरी वृन्दाको सतित्व हरण गरे ।  सो कुरा वृन्दाले थाहा पाएपछि भगवान् विष्णुलाई तुलसीजस्तो झार वनस्पति हुनुपरोस् भनी श्राप दिइन् ।  सोही श्रापको मोक्षस्वरूप विष्णुले तुलसीको रूप धारण गरे ।  यही धार्मिक किंवदन्तीअनुसार साक्षात विष्णुको रूपमा तुलसीको बीउलाई असार शुक्ल एकादशीका दिन घरघरमा स्थापित गर्ने परम्पराको थालनी भएको विश्वास छ ।  घर आँगनमा तुलसीको बोट हुँदा देवताको बास हुने विश्वास छ ।  तुलसीको बोट नभएको घरमा यमराजका दूत सहजै पुग्ने भएकोले विष्णुधारी तुलसीको बिरुवालाई घर अगाडि मठ बनाएर रोप्ने गरिन्छ ।  हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुईटा एकादशी पर्छन् ।  यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुने भए पनि प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास पर्छ र सो साल १३ महिनाको वर्ष मानिन्छ ।  त्यतिबेला दुइटा एकादशी थप हुने भएकाले मलमास परेको सालमा २६ वटा एकादशी पर्न आउँछन् ।  प्रत्येक एकादशीको आफ्नोे अलग नाम र परिचय छ भने सबैको भिन्नाभिन्नै व्रत उपवासको फल तोकिएको पाइन्छ ।
हाम्रो देशको वैदिक दृष्टिकोणमा हरिशयनी एकादशीको ठूलो महìव छ ।  तुलसीको पूजा हुने भएकोले हिन्दूहरूकै महìवपूर्ण पर्वका हरिशयनी एकादशी स्वीकार्य बनेको छ ।  विधिपूर्वक मठमा तुलसीको बीउ रोप्दा जो कसैको वंशले तीनै लोकमा सुख शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।  ‘तुलसी’ शब्दलाई संस्कृत दर्शनमा गहिरो अर्थमा शाब्दिक व्याख्या गरिएको छ ।  तुलसी भन्नाले ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु हो ।  यसले मानव जीवनमा प्राप्त हुने विज्ञानलाई समर्पण भावमा परिणत गराउँछ ।  तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।  एकपटक भगवान् नारायणसित लक्ष्मीले भनीन्­ ‘हेनाथ’ ! अब हजुर दिन­रातजागा रहनुहुन्छ र सुत्नु भयो भने पनि लाखौँ­करोडौँ वर्षसम्म सुत्नु हुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ ।
समग्रमा भन्नुपर्दा निर्जला–एकादशीमा तुलसीको बिउ अथवा दल छरी उम्रिएको बिरुवालाई हरिशयनी एकादशीमा घरको मठ वा कुनै विशेष स्थानमा सारिन्छ, यसै एकादशीदेखि चतुर्मासको व्रत सुरु हुन्छ ।  चतुर्मासका एकादशीमा भागवत् भन्ने भनाउने परम्परा रहिआएको छ ।  हरिबोधिनीमा सो तुलसीलाई सङ्कल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्सँग विवाह गराइन्छ ।  यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ तर अनौठो चलन चतुर्मासअन्तर्गत विजया दशमी पर्वको एकादशीलाई पापांकुशा तथा गिद्धे एकादशी भनी मासु खाने र खुवाइने गरिन्छ ।  एकादशी र औंसीमा हिन्दुले मासु खान वर्जित तथा निषेध नै गरिए पनि व्यवहारमा चलाइएको यो मान्यतालाई हिन्दु धर्मको लचकता वा व्यावहारिक कठिनाइ खुकुलो पार्न पण्डितहरूले आफूखूसी चलाएको कदम मान्ने ? अझै स्पष्ट हुन सकेको छैन ।  प्रायः नेपालीका घरमा तुलसी र तुलसीको मठ अनिवार्य जस्तै देखिन्छ ।  मृत्यु नजिकमा पुगेका व्यक्तिलाई तुलसी मठमा राख्ने र मठमा रामनाम, हरिनाम, दामोदर, आदि लेखेर मठलाई गेरुवा रङले सजाई शोभा गराई राखिने प्राचीन चलन छ ।  तुलसीको धार्मिक महìवमा मात्र ध्यान नदिई यसको गुण महìव बुझ्ने व्यक्तिहरूले आफ्नोे घरमा मठ निर्माण नगरे पनि बगैँचाको रूपमा ड्याङ बनाई तुलसी हुर्काई तुलसीको सेवा गरेको पाइन्छ ।  एकादशी व्रत र तुलसीको महìव हाम्रा प्राचीन ग्रन्थ वेद, उपनिषद्, रामायण, महाभारत, पुराण र नीतिशास्त्रका विविध ग्रन्थमा प्रशस्त भेटिन्छन् ।  जब यस्ता शास्त्र, ग्रन्थको महìव धर्मसँग सीमित नभएर मानव जीवनलाई स्वस्थ र समुन्नत बनाउन पनि त्यत्तिकै महìवपूर्ण हुन्छ भन्ने कुरा प्रकाशमा आइसकेपछि चेतनशील मानव प्राणीले तिनलाई आफ्नोे जीवनचर्यामा समाहित गर्नु बुद्धिमत्तापूर्ण कार्य हुन आँउछ ।  त्यसैले एकादशी व्रत बस्ने व्यक्तिप्रति सम्मान गरौँ, नाक नखुम्च्याऔँ र तुलसीलाई अरू साधारण बोटबिरुवासरह अज्ञानी आँखाले नहेरौँ ।  वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दै छन् ।  काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् ।  उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ ।  कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्य कर्ममा पर्छ ।  नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ– कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ ।  एकादशीव्रत बस्दा कुनै पनि व्यक्ति निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ ।  जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ ।  यसर्थ चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ ।  तुलसीको महìव जीवनको उदयदेखि अन्त्यसम्म छ ।  कुश, तुलसी, पीपलको महìव पूर्वीय संस्कृतिमा विश्वास गर्नेका लागि जीवनको हृदयझैँ महìव रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ ।

Source : http://gorkhapatraonline.com/news/42049/740320.

 

नेपालमा दुव्र्यसनको चुनौती

विश्वनाथ खरेल

विश्वभरिको लागूऔषध दुव्यर्सनको समस्यालाई एकताबद्ध रूपमा सम्बोधन गर्न प्रत्येक वर्षको २६ जुनमा अन्तर्राष्ट्रिय दुव्यर्सनविरुद्धको दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको सन् १९८७ मा भएको साधारण सभाले २६ जुनलाई दुव्यर्सनविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विकसित देशमा भन्दा विकासोन्मुख देशमा बढी मात्रामा दुव्यर्सनीहरू पाइन्छ । विज्ञहरूका अनुसार ती देशमा दुव्र्यसनीहरू बढ्नुमा फितलो कानुन, सरकारी अनुगमनको कमी, रोजगारीको अभाव, अशिक्षा, गरिबी र जनचेतनाको कमी जस्ता मुख्य कारण देखिएका छन् ।

हाम्रो देशको कुरा गर्ने हो भने पनि संसारका अन्य देशझैं दुव्यर्सन गैरकानुनी हो । तर संसारका अन्य देशमा जस्तै नेपालमा पनि दिनानुदिन दुव्र्यसनको समस्या बढ्दो छ । आखिर कहाँ छ त ? यो लहरोको पहरो ? किन थामिँदैन यसको आपूर्ति ?
मुलुककै विभिन्न भागमा गाँजालगायत यस्ता लागूपदार्थ खेतीमा सरकारले कुनै किसिमको कडा कानुन बनाएर लागू गर्न सकेको पाइँदैन । छिमेकी देशलगायत अन्य मुलुकबाट आयात गरिएका लागूऔषध, हरेक दिन गल्लीगल्लीमा बेचिन्छन् र सरकारको मौनताले यस्ता क्रियाकलापले झाँगिने मौका पाइरहेको छ । यसर्थ लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकले प्रत्येक वर्ष ११ प्रतिशतका दरले देशभर लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएको देखाएको छ । अहिले देशभर कडा किसिमको लागूऔषध सेवन गर्ने प्रयोगकर्ताको संख्या १ लाख ४१ हजार ८ सय ३४ जना छ । २ लाख प्रयोगकर्ता दुव्र्यसनीबाट निस्कनै नसक्ने गरी फसिसकेको विभिन्न प्रतिवेदनले देखाएको छ ।

यसरी लागूऔषध प्रयोग गर्नेहरूमा १५ देखि २५ उमेर समूहका युवापुस्ता बढी छन् । सुई प्रयोगकर्ताको संख्या ५२ हजारको हाराहारीमा छ । पछिल्लो समयको प्रवृत्ति हेर्दा पुरुषभन्दा महिला लागूऔषध प्रयोगकर्ताको संख्या थपिँदै छ । कुल लागूऔषध प्रयोगकर्तामध्ये १० प्रतिशत महिला रहेको तथ्यांकले देखाउँछ ।
देशमा गाँजा, अफिम र फर्मास्युटिकल ड्रग प्रयोग गर्नेको संख्या बढी छ । अवैध रूपमा सञ्चालन भएका औषधि पसलमा समेत अहिले सजिलै लागूऔषध पाउने भएकाले पनि प्रयोगकर्ताहरू बढ्दै गएका छन् । पछिल्लो समय सबैभन्दा बढी र सजिलै पैसा कमाउन सक्ने थलो लागूऔषध कारोबार बन्दै गएको छ । २०३३ मा लागू भएको ऐन अहिलेसम्म परिमार्जित नहुँदा कामकारबाहीमा समेत समस्या छ ।
सुर्तीजन्य पदार्थ, मदिरा हुँदै लागूऔषधमा पर्ने गरेको देखिएको छ । घरपरिवार र विद्यालयका शिक्षकले गरेको धूमपान र मध्यपानले पनि युवापुस्ता अम्मली बन्ने गरेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी ६० जना सरकारी विद्यालयका शिक्षकमा गरिएको सर्वेक्षणमा ५० शिक्षकले मदिरा सेवन गर्ने गरेको र आधाभन्दा बढीले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको सोही मन्त्रालयले जनाएको छ । यसर्थ यी विभिन्न तथ्यांकका आधारमा घरपरिवार र विद्यालयका शिक्षकबाट नै सुधारको कदम नचालिए देशमा दुव्र्यसनीको संख्या कम हुने छाँटकाँट देखिएको छैन । लागूऔषधबाट छुटाउन देशभर १ सय ५० वटा पुनःस्थापना केन्द्र सञ्चालनमा छन् । तर यस्ता केन्द्रमा उपचारका लागि १० प्रतिशत मात्र दुव्यर्सनी पुग्ने गरेको नार्कोनन नेपालका सञ्चालक वसन्त कुँवरको भनाइ छ । कुँवरका अनुसार नेपालमा ४ देखि ५ लाख मानिसले लागूऔषध सेवन गर्छन् । पछिल्लो समय १० प्रतिशत युवतीले प्रेमीबाट औषधि सेवन गर्ने गरेको उनले बताए । विद्यालयस्तरमै लागू औषधसम्बन्धी विषय समेटिए प्रयोगकर्ताको संख्या कम गर्न सकिने बताउँछन् उनी । लागूऔषध प्रयोगकर्तामा ६० प्रतिशत चिकित्सक र ५० प्रतिशत इन्जिनियरसमेत रहेको उनले बताए ।

लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकले प्रत्येक वर्ष ११ प्रतिशतका दरले देशभर लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएको देखाएको छ । अहिले देशभर कडा किसिमको लागूऔषध सेवन गर्ने प्रयोगकर्ताको संख्या १ लाख ४१ हजार ८ सय ३४ छ । २ लाख प्रयोगकर्ता दुव्र्यसनीबाट निस्कनै नसक्ने गरी फसिसकेको विभिन्न प्रतिवेदनले देखाएको छ

देशमा थुप्रै सुधार केन्द्र खुले पनि दुव्यर्सनीहरूको संख्या भने दिन प्रतिदिन झनै बढ्दो देखिन्छ । यसर्थ सम्पन्न परिवारका मानिस मात्र नभई समाजका होनहार आशालाग्दा युवाहरू लागूऔषधको कुलतमा फसेका छन् । साथीसंगत, समय, चाह, फेसन, बिछोड, सम्पन्नता, गरिबी र बाटो बिराएको जस्ता दुव्र्यसनका धेरै कारण देखिए पनि दुव्यर्सनविरुद्ध समाज, राष्ट्र अनि विश्व अझै प्रभावकारी रूपमा एकजुट हुन सकेको छैन । दुव्र्यसनमा लाग्नेलाई पहिले नसा नै जीवनजस्तो लाग्छ । तर जीवनको खोजीमा नसामा डुब्दै जाँदा जीवन बिलाएर उसको पोल्टोमा नसा मात्र बाँकी रहन्छ ।
पवित्र धार्मिकस्थल पशुपति क्षेत्र काठमाडौंमा नसाजन्य पदार्थ सुँघेर बेहोसीमा रमाउने कलिला युवदेखि तारे होटलमा नसाजन्य लागूऔषधमा डुब्ने पुँजीपतिसम्म, एक चिलिम गाँजा माग्नेदेखि ओखती पसलमा सामान्य रोगका औषधि धेरै खरिद गरी सेवन गरेर सुत्नेसम्म दुव्यर्सनका स्वरूप अनेक छन्् । कोही डर भगाउन त कोही सिर्जनात्मकता बढाउन सेवन गर्ने गरेको बयान दिन्छन् । तर यथार्थ त के हो भने दुव्यर्सनीले दुव्यर्सनसँगै जीवन पनि खाइरहेको हुन्छ, छोटो अवधिमै सकिने गरी । दुव्यर्सनलाई बिमारीका रूपमा व्याख्या गरिएको पाइन्छ । यस्तो बिमारी जहाँ दुव्यर्सनीको दिमागका न्युरनेन कुनै रसायन या लागूऔषधको प्रयोगसँगै चल्छन् । यी लागूऔषधको प्रयोगले दुव्यर्सनीको सोच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ । यस्ता लागूऔषधीहरूको उपलब्धताका लागि दुव्यर्सनी जेजस्तै अपराध गर्न पनि पछि पर्दैनन् । अतः जंकी हुने चक्करमा धेरै नेपालीका छोराछोरी दुव्यर्सनको कुलतमा फस्न पुगेका छन् । संसारकै चित्रमा पनि लागूऔषधको कारोबार संस्थागत हुँदै गएको देखिन्छ । जंकी भन्ने शब्द हामी माझ धेरै चर्चित छ । यसको शाब्दिक अर्थ भने ‘लागूऔषधको दुव्यर्सन गर्ने लापरबाह व्यक्ति’ भन्ने बुझिन्छ ।

सन् २०११ देखि २०१७ सम्म आइपुग्दा कुल १७ हजार ४ सय ८४ लागूऔषध ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । प्रयोगकर्ता बढेसँगै लागूऔषध कारोबारमा संलग्नहरू पनि पक्राउ परिरहेका छन् । तर यसरी पक्राउ पर्नेहरूमा मुख्य नाइकेभन्दा पनि भरियाहरू बढी रहेको प्रहरीको तथ्यांकले बताउँछ । अतः प्रहरीले लागूऔषध कारोबारीको जरैसम्म पुग्ने बताए पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छैन । त्यसैगरी सन् २०१६ मा सबैभन्दा बढी ३ हजार ६ सय ९६ जना कारोबारी पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा १ सय १३ जना भारतीय छन् भने २६ जना अन्य देशका नागरिक छन् । त्यसैगरी सन् २०१७ को मार्चसम्ममा ७ सय ६७ जना पक्राउ परिसकेका छन् ।

सन् २०११ मा २ हजार १ सय ७४, २०१२ मा २ हजार ६ सय, २०१३ मा २ हजार ६ सय ७३, २०१४ मा २ हजार ९ सय १८ र २०१५ मा २ हजार ६ सय ५६ लागूऔषध ओसारपसारमा संलग्न र प्रयोगकर्ता पक्राउ परेको तथ्यांक छ । यसरी कुनै पनि देशले दुव्र्यसनसम्बन्धी जटिल समस्यालाई समाधान गर्न कडाभन्दा कडा ऐन र कानुन तर्जुमा गरी युद्धस्तरमा बेलैमा सचेत भई सम्बन्धित क्षेत्रले दरिलो पाइला चाल्नुपर्नेमा कसैको पनि दुईमत नहोला ।

Source : http://rajdhanidaily.com/2017/06/27/41529/740313.

विश्व खडेरी रोकथाममा जलवायुको चुनौती

विश्वनाथ खरेल

राष्ट्रवाद कुनै चलचित्र वा वृत्तचित्र होइन तर राष्ट्र संघका अनुसार खडेरी र सुक्खाको मार सबैभन्दा बढी अफ्रिकी मुलुकमा देखा परेको छ । त्यसकारण द्वन्द्वका कारण अफ्रिकी मुलुकमा खडेरीका कारण भोकमरीको समस्या बढ्दै गएको छ । तर हाम्रो देशमा पनि खडेरीकै कारण पछिल्लो समयमा खाद्यान्न उत्पादनमा ह्रास आउन थालेको सरोकारवाला निकायहरूले बताएका छन् । यो उत्पादनमा वृद्धि गर्न नसक्दा र उत्पादन भएका खाद्यात्र पनि व्यवस्थित नहुँदा समस्या हुने गरेको उनीहरूको भनाइ छ । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्वकालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाका रूपमा रहिआएको छ ।
विश्व अर्थतन्त्रमा अरू क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । तर पनि जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भए पनि मानवीय क्रियाकलापका कारण हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि भई वायुमण्डल तातिँदै जानाले पृथ्वीको तापमान वृद्धि भइरहेको छ । तापक्रमको वृद्धिसँगै तीव्र गतिमा हिमालमा हिउँ पग्लने, वर्षाको समय र मात्रामा फेरबदल भई अतिवृष्टि, अनावृष्टि र सघनवृष्टि तथा ऋतुकालमा समेत परिवर्तन आएको छ । यसबाट जलस्रोत, कृषि, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जीविकोपार्जनसँग सम्बन्धित विभित्र क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष प्रतिकूल प्रभाव परेको छ ।
विश्वका औद्योगिक राष्ट्रहरूले हरितगृह ग्याँस उत्सर्जनको ७० प्रतिशत हिस्सा ओगटेका छन् । चीन सबैभन्दा ठूलो हरितगृह ग्याँस उत्सर्जक हो । उसले कूल हरितगृह ग्याँस उत्सर्जनको २५.२६ प्रतिशत हिस्सा ओगट्छ । अमेरिकाले त्यसको आधा १४.४ प्रतिशत, युरोपेली युनियन सम्बद्ध देशहरूले १०.१६, भारतले ६.९६, रसियाले ५.३६, जापानले ३.११, ब्राजिलले २.३४, इन्डोनेसियाले १.७६, मेक्सिकोले १.६७ तथा इरानले १.६५ प्रतिशत हिस्सा ओगट्छन् । यस हिसाबले जलवायु परिवर्तनका मुख्य कारक नै औद्योगिक राष्ट्रहरू हुन् । यद्यपि औद्योगिक राष्ट्रहरू जलवायु परिवर्तनका नकारात्मक असरबाट अनभिज्ञ छैनन् र अरू देशमा पर्ने नकारात्मक असर ती देशमा पनि परिरहेको छ ।

अमेरिकामा सामुद्रिक आँधीमा भइरहेको वृद्धि, चीनमा पछिल्ला वर्ष बढेको बाढीपहिरो र प्रतिकूल मौसमका असर, भारतमा सुक्खा खडेरीले ल्याएको प्रकोप, अस्ट्रेलियाको जंगल क्षेत्रमा फैलिने डढेलोको विस्तार जलवायु परिवर्तनका केही नकारात्मक असर हुन् । दीर्घकालमा हुने वर्षा, तापक्रम, वायु, आद्रता र वायुमण्डलीय चापमा हुने अनपेक्षित तथा प्रतिकूल परिवर्तन नै जलवायु परिवर्तन हो । विश्वव्यापी तापक्रम वृद्धि अर्थात् उष्णीकरण (ग्लोबल वार्मिङ) ले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ । हरितगृह ग्याँस वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकीरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने प्रक्रिया नै हरितगृह प्रभाव हो । यसका लागि केही हानिकारक ग्याँस जिम्मेवार हुन्छन्, जसलाई हरितगृह ग्याँस भनिन्छ ।
उद्योग कलकारखाना तथा सवारीसाधन, विभित्र आधुनिक उपकरणलगायतले उत्सर्जन गर्ने कार्बनडाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रोप्mलोरो कार्बन, परप्mलोरो कार्बन र सल्फर हेक्साप्mलोराइड तथा पछिल्लोपटक नाइट्रोजन ट्राइ प्mलोराइड गरी सातवटालाई हरितगृह ग्याँसका रूपमा परिभाषित गरेको छ । जलवायु परिवर्तनका लागि जिम्मेवार तŒव हरितगृह ग्याँस नै हुन् । औद्योगिक तथा अन्य प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्याँसजस्ता जैविक इन्धनबाट ठूलो परिमाणमा हरितगृह ग्याँस उत्सर्जन भइरहेको हुन्छ ।

हरितगृह ग्याँस उत्सर्जनको सबैभन्दा ठूलो स्रोत ताप तथा ऊर्जा उत्पादनका लागि गरिने कोइला, प्राकृतिक ग्याँस तथा तेलको प्रयोगले २५ प्रतिशत हिस्सा ओगटेको हुन्छ । त्यस्तै कृषि उत्पादन र वनविनाशले कूल हरितगृह ग्याँस उत्सर्जनको २४ प्रतिशत हिस्सा ओगटेको छ भने उद्योग क्षेत्रको हिस्सा २१ प्रतिशत रहेको छ । यातायातका साधनमा प्रयोग हुने जीवांश इन्धनले हरितगृह ग्याँसको उत्सर्जनमा १४ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै घरायसी प्रयोगमा ताप वा ऊर्जा उत्पादनका क्रममा ६ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन हुन्छ भने पेट्रोलियम पदार्थको पहिचान, उत्खनन, प्रशोधन, भण्डारण र वितरणका क्रममा कुल हरितगृह ग्याँसको १० प्रतिशत उत्सर्जन हुने गरेको छ ।
क्योटो प्रोटोकलले उल्लेख गरेका मुख्य सातवटा हरितगृह ग्याँसमध्ये विश्व उष्णीकरणमा सबैभन्दा धेरै भूमिका खेल्ने कार्बन डाइअक्साइड हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको रिपोर्ट, २००७ का अनुसार विश्व उष्णीकरणमा कार्बन डाइअक्साइडको हिस्सा ५४.७ प्रतिशत रहेको छ । दोस्रो स्थानमा रहेको मिथेनको हिस्सा ३० प्रतिशत रहेको छ । नाइट्रस अक्साइड ४.९ प्रतिशत, प्mलोरिनेटेड ग्याँस ०.६ प्रतिशत तथा अन्य ग्याँसको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

संसारको पछिल्लो एक तथ्यांकअनुसार एक शताब्दीमा पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको छ । यसमध्ये ०.६ डिग्री सेल्सियस पछिल्लो तीन दशकमा मात्र बढेको हो । पछिल्ला केही दशकमा समुद्रको जलस्तरमा प्रतिवर्ष ३ मिलिमिटरले वृद्धि भइरहेको छ र बर्सेनि ४ प्रतिशतका दरले हिमनदीमा हिमगलन भइरहेको छ । सन् १७५० मा सुरु औद्योगिक क्रान्ति यता वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा ३० प्रतिशत र मिथेनको मात्रा १४० प्रतिशतले बढेको छ ।
कार्बनडाइ अक्साइडको मात्रा ८ लाख वर्ष यताकै उच्च भएको बताइन्छ । वैज्ञानिक अनुसन्धानले देखाएअनुसार अहिलेकै दर कायम रहेमा सन् १८५० को तुलनामा २१औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्नेछ । तर यदि हरितगृह ग्याँसको उत्सर्जनलाई कम गर्न नसक्ने हो भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ देखि ५ डिग्रीसम्मले बढ्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । सन् २०१५ इतिहासमै सबैभन्दा उष्ण वर्षका रूपमा रह्यो ।

धनी देशहरूस“ग जलवायु परिवर्तनका नकारात्मक असरस“ग जुध्ने तागत छ भने गरिब देशहरू बित्थामा मार खेप्न बाध्य छन् र उनीहरूस“ग जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावस“ग जुध्ने सामथ्र्य पनि छैन। तर बदलि“दो विश्व परिवेशमा जलवायु परिवर्तनले गर्दा पर्वतीय क्षेत्रको भविष्य जोखिमपूर्ण अवस्थामा छ ।

साधारण रूपमा भन्नुपर्दा जलवायु परिवर्तन भनेको लामो अवधिमा तापक्रम, वर्षा र हावाको अवस्थामा आएको परिवर्तन हो । यही बढ्दो जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम प्रतिवर्ष ०.०२४ डिग्री सेल्सियसका दरले बढिरहेको छ । बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने दर तीव्र गतिमा छ भने हिमतालहरू फुट्ने जोखिमपूर्ण सम्भावनाहरू पनि धेरै छन् । यसैगरी हिमाली भेगमा हिउँ पर्ने क्रममा पनि कमी आइरहेको छ । तसर्थ जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत अछुतो छैन ।
हाम्रो देशको तापक्रम बर्सेनि ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अझै बढी देखिएको छ । विश्व जनसंख्याको करिब ०.४ प्रतिशत जनसंख्या बसोबास गर्ने नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिब ०.०२७ प्रतिशत मात्र हिस्सा ओगट्छ । नेपालको अहिलेको कार्बन उत्सर्जनलाई ४ हजार गुणा बढाउँदा पनि विश्वको कुल उत्सर्जनको १ प्रतिशत पनि पुग्दैन ।

भूमिका यति न्यून भए पनि जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका कारणहरू विद्यमान छन् । देशमा रहेका २ हजार ३ सय २३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिम खेपिरहेका छन् । त्यसैले जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न असम्भव भए पनि यसका असरलाई न्यूनीकरण गर्ने तथा जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न तयारी गर्ने वा अनुकूलनका उपाय अपनाउनु नै अहिलेको विकल्प हो । हरितगृह ग्याँसको उत्सर्जनलाई घटाएर जलवायु परिवर्तनको दर तथा यसको असर कम गर्नुपर्नेछ, जसलाई अल्पीकरण भनिन्छ ।
प्राकृतिक रूपमा कार्बन शोषण गर्ने वनजंगलको संरक्षण साथै सामुद्रिक पर्यावरणको सुरक्षा महŒवपूर्ण हुन्छ । जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बाँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्ने तर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नुपर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै ः कतिपय क्षेत्रमा बालीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने) बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ । जलवायु परिवर्तन अनुकूलनको विषय सामूहिक दायित्वको विषय हो । यसलाई समग्र तहमा कार्यान्वयनको आवश्यकता पर्छ ।

Source : http://rajdhanidaily.com/2017/06/20/40213/740306.