About bishownath

Writer Consultant Economist

विश्व खडेरी रोकथाममा जलवायुको चुनौती

विश्वनाथ खरेल

राष्ट्रवाद कुनै चलचित्र वा वृत्तचित्र होइन तर राष्ट्र संघका अनुसार खडेरी र सुक्खाको मार सबैभन्दा बढी अफ्रिकी मुलुकमा देखा परेको छ । त्यसकारण द्वन्द्वका कारण अफ्रिकी मुलुकमा खडेरीका कारण भोकमरीको समस्या बढ्दै गएको छ । तर हाम्रो देशमा पनि खडेरीकै कारण पछिल्लो समयमा खाद्यान्न उत्पादनमा ह्रास आउन थालेको सरोकारवाला निकायहरूले बताएका छन् । यो उत्पादनमा वृद्धि गर्न नसक्दा र उत्पादन भएका खाद्यात्र पनि व्यवस्थित नहुँदा समस्या हुने गरेको उनीहरूको भनाइ छ । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्वकालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाका रूपमा रहिआएको छ ।
विश्व अर्थतन्त्रमा अरू क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । तर पनि जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भए पनि मानवीय क्रियाकलापका कारण हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि भई वायुमण्डल तातिँदै जानाले पृथ्वीको तापमान वृद्धि भइरहेको छ । तापक्रमको वृद्धिसँगै तीव्र गतिमा हिमालमा हिउँ पग्लने, वर्षाको समय र मात्रामा फेरबदल भई अतिवृष्टि, अनावृष्टि र सघनवृष्टि तथा ऋतुकालमा समेत परिवर्तन आएको छ । यसबाट जलस्रोत, कृषि, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जीविकोपार्जनसँग सम्बन्धित विभित्र क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष प्रतिकूल प्रभाव परेको छ ।
विश्वका औद्योगिक राष्ट्रहरूले हरितगृह ग्याँस उत्सर्जनको ७० प्रतिशत हिस्सा ओगटेका छन् । चीन सबैभन्दा ठूलो हरितगृह ग्याँस उत्सर्जक हो । उसले कूल हरितगृह ग्याँस उत्सर्जनको २५.२६ प्रतिशत हिस्सा ओगट्छ । अमेरिकाले त्यसको आधा १४.४ प्रतिशत, युरोपेली युनियन सम्बद्ध देशहरूले १०.१६, भारतले ६.९६, रसियाले ५.३६, जापानले ३.११, ब्राजिलले २.३४, इन्डोनेसियाले १.७६, मेक्सिकोले १.६७ तथा इरानले १.६५ प्रतिशत हिस्सा ओगट्छन् । यस हिसाबले जलवायु परिवर्तनका मुख्य कारक नै औद्योगिक राष्ट्रहरू हुन् । यद्यपि औद्योगिक राष्ट्रहरू जलवायु परिवर्तनका नकारात्मक असरबाट अनभिज्ञ छैनन् र अरू देशमा पर्ने नकारात्मक असर ती देशमा पनि परिरहेको छ ।

अमेरिकामा सामुद्रिक आँधीमा भइरहेको वृद्धि, चीनमा पछिल्ला वर्ष बढेको बाढीपहिरो र प्रतिकूल मौसमका असर, भारतमा सुक्खा खडेरीले ल्याएको प्रकोप, अस्ट्रेलियाको जंगल क्षेत्रमा फैलिने डढेलोको विस्तार जलवायु परिवर्तनका केही नकारात्मक असर हुन् । दीर्घकालमा हुने वर्षा, तापक्रम, वायु, आद्रता र वायुमण्डलीय चापमा हुने अनपेक्षित तथा प्रतिकूल परिवर्तन नै जलवायु परिवर्तन हो । विश्वव्यापी तापक्रम वृद्धि अर्थात् उष्णीकरण (ग्लोबल वार्मिङ) ले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ । हरितगृह ग्याँस वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकीरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने प्रक्रिया नै हरितगृह प्रभाव हो । यसका लागि केही हानिकारक ग्याँस जिम्मेवार हुन्छन्, जसलाई हरितगृह ग्याँस भनिन्छ ।
उद्योग कलकारखाना तथा सवारीसाधन, विभित्र आधुनिक उपकरणलगायतले उत्सर्जन गर्ने कार्बनडाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रोप्mलोरो कार्बन, परप्mलोरो कार्बन र सल्फर हेक्साप्mलोराइड तथा पछिल्लोपटक नाइट्रोजन ट्राइ प्mलोराइड गरी सातवटालाई हरितगृह ग्याँसका रूपमा परिभाषित गरेको छ । जलवायु परिवर्तनका लागि जिम्मेवार तŒव हरितगृह ग्याँस नै हुन् । औद्योगिक तथा अन्य प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्याँसजस्ता जैविक इन्धनबाट ठूलो परिमाणमा हरितगृह ग्याँस उत्सर्जन भइरहेको हुन्छ ।

हरितगृह ग्याँस उत्सर्जनको सबैभन्दा ठूलो स्रोत ताप तथा ऊर्जा उत्पादनका लागि गरिने कोइला, प्राकृतिक ग्याँस तथा तेलको प्रयोगले २५ प्रतिशत हिस्सा ओगटेको हुन्छ । त्यस्तै कृषि उत्पादन र वनविनाशले कूल हरितगृह ग्याँस उत्सर्जनको २४ प्रतिशत हिस्सा ओगटेको छ भने उद्योग क्षेत्रको हिस्सा २१ प्रतिशत रहेको छ । यातायातका साधनमा प्रयोग हुने जीवांश इन्धनले हरितगृह ग्याँसको उत्सर्जनमा १४ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै घरायसी प्रयोगमा ताप वा ऊर्जा उत्पादनका क्रममा ६ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन हुन्छ भने पेट्रोलियम पदार्थको पहिचान, उत्खनन, प्रशोधन, भण्डारण र वितरणका क्रममा कुल हरितगृह ग्याँसको १० प्रतिशत उत्सर्जन हुने गरेको छ ।
क्योटो प्रोटोकलले उल्लेख गरेका मुख्य सातवटा हरितगृह ग्याँसमध्ये विश्व उष्णीकरणमा सबैभन्दा धेरै भूमिका खेल्ने कार्बन डाइअक्साइड हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको रिपोर्ट, २००७ का अनुसार विश्व उष्णीकरणमा कार्बन डाइअक्साइडको हिस्सा ५४.७ प्रतिशत रहेको छ । दोस्रो स्थानमा रहेको मिथेनको हिस्सा ३० प्रतिशत रहेको छ । नाइट्रस अक्साइड ४.९ प्रतिशत, प्mलोरिनेटेड ग्याँस ०.६ प्रतिशत तथा अन्य ग्याँसको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

संसारको पछिल्लो एक तथ्यांकअनुसार एक शताब्दीमा पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको छ । यसमध्ये ०.६ डिग्री सेल्सियस पछिल्लो तीन दशकमा मात्र बढेको हो । पछिल्ला केही दशकमा समुद्रको जलस्तरमा प्रतिवर्ष ३ मिलिमिटरले वृद्धि भइरहेको छ र बर्सेनि ४ प्रतिशतका दरले हिमनदीमा हिमगलन भइरहेको छ । सन् १७५० मा सुरु औद्योगिक क्रान्ति यता वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा ३० प्रतिशत र मिथेनको मात्रा १४० प्रतिशतले बढेको छ ।
कार्बनडाइ अक्साइडको मात्रा ८ लाख वर्ष यताकै उच्च भएको बताइन्छ । वैज्ञानिक अनुसन्धानले देखाएअनुसार अहिलेकै दर कायम रहेमा सन् १८५० को तुलनामा २१औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्नेछ । तर यदि हरितगृह ग्याँसको उत्सर्जनलाई कम गर्न नसक्ने हो भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ देखि ५ डिग्रीसम्मले बढ्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । सन् २०१५ इतिहासमै सबैभन्दा उष्ण वर्षका रूपमा रह्यो ।

धनी देशहरूस“ग जलवायु परिवर्तनका नकारात्मक असरस“ग जुध्ने तागत छ भने गरिब देशहरू बित्थामा मार खेप्न बाध्य छन् र उनीहरूस“ग जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावस“ग जुध्ने सामथ्र्य पनि छैन। तर बदलि“दो विश्व परिवेशमा जलवायु परिवर्तनले गर्दा पर्वतीय क्षेत्रको भविष्य जोखिमपूर्ण अवस्थामा छ ।

साधारण रूपमा भन्नुपर्दा जलवायु परिवर्तन भनेको लामो अवधिमा तापक्रम, वर्षा र हावाको अवस्थामा आएको परिवर्तन हो । यही बढ्दो जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम प्रतिवर्ष ०.०२४ डिग्री सेल्सियसका दरले बढिरहेको छ । बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने दर तीव्र गतिमा छ भने हिमतालहरू फुट्ने जोखिमपूर्ण सम्भावनाहरू पनि धेरै छन् । यसैगरी हिमाली भेगमा हिउँ पर्ने क्रममा पनि कमी आइरहेको छ । तसर्थ जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत अछुतो छैन ।
हाम्रो देशको तापक्रम बर्सेनि ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अझै बढी देखिएको छ । विश्व जनसंख्याको करिब ०.४ प्रतिशत जनसंख्या बसोबास गर्ने नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिब ०.०२७ प्रतिशत मात्र हिस्सा ओगट्छ । नेपालको अहिलेको कार्बन उत्सर्जनलाई ४ हजार गुणा बढाउँदा पनि विश्वको कुल उत्सर्जनको १ प्रतिशत पनि पुग्दैन ।

भूमिका यति न्यून भए पनि जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका कारणहरू विद्यमान छन् । देशमा रहेका २ हजार ३ सय २३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिम खेपिरहेका छन् । त्यसैले जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न असम्भव भए पनि यसका असरलाई न्यूनीकरण गर्ने तथा जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न तयारी गर्ने वा अनुकूलनका उपाय अपनाउनु नै अहिलेको विकल्प हो । हरितगृह ग्याँसको उत्सर्जनलाई घटाएर जलवायु परिवर्तनको दर तथा यसको असर कम गर्नुपर्नेछ, जसलाई अल्पीकरण भनिन्छ ।
प्राकृतिक रूपमा कार्बन शोषण गर्ने वनजंगलको संरक्षण साथै सामुद्रिक पर्यावरणको सुरक्षा महŒवपूर्ण हुन्छ । जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बाँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्ने तर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नुपर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै ः कतिपय क्षेत्रमा बालीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने) बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ । जलवायु परिवर्तन अनुकूलनको विषय सामूहिक दायित्वको विषय हो । यसलाई समग्र तहमा कार्यान्वयनको आवश्यकता पर्छ ।

Source : http://rajdhanidaily.com/2017/06/20/40213/740306.

संविधान कार्यान्वयनमा नयाँ सरकारको चुनौती

संविधान कार्यान्वयनमा नयाँ सरकारको चुनौती

विश्वनाथ खरेल

१६ महिनाअघि २०७२ फागुनमा नेपाली कांग्रेसको आठौं सभापति भएपछि शेरबहादुर देउवा पहिलोपटक संघीय गणतन्त्र नेपालको ४०औं प्रधानमन्त्री बनेका छन् । देउवा यसअघि २०५२, २०५८ र २०६१ मा प्रधानमन्त्री भइसकेका थिए । यसर्थ प्रधानमन्त्री पद देउवाका लागि नौलो भने होइन । संसद््बाट प्रधानमन्त्रीमा निर्वाचित देउवा आफैंले पनि आगामी दिनमा निर्वाचन र संविधान संशोधनलाई मुख्य प्राथमिकता दिएका छन् । कांग्रेस–माओवादी सरकारको आलोपालो नेतृत्व गर्ने समझदारी सहज कार्यान्वयन उनका लागि सुखद वातावरण बन्यो । साथमा नयाँ संविधानपछि निरन्तर आन्दोलनरत संघीय फोरम र राजपाले सघाएपछि देउवाले बलियो बहुमतसहित प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् । यससँगै मधेसका माग र मुद्दाले जेलिएको राजनीति सहजीकरणको बाटोमा लाग्ने संकेतहरू देखापरेका छन् । पहिलो चरणको निर्वाचनमा सहभागी नभएका दल पनि देउवालाई समर्थन जनाउँदै चुनावमा भाग लिने सम्भावना बढेको छ । यसले मुलुकको टकरावपूर्ण राजनीति केही हदसम्म मत्थर बन्दै जाने अपेक्षा राख्न सकिन्छ ।

यो त चौथोपटकको यात्रा हो तर परिवेश फेरिएको छ अहिले । लगभग १२ वर्षपछि देउवा कार्यकारी प्रमुखको हैसियतमा सिंहदरबारको ‘सिंहासन’ मा विराजमान भएका थिए । पहिलोपटक ख्यालख्यालमै देउवा प्रधानमन्त्री बनेका थिए २०५२ मा । उमेरकै कुरा गर्दा पाँच दशक नपुग्दै देउवाको काँधमा प्रधानमन्त्रीको जिम्मेवारी आइलागेको थियो त्यतिबेला । पहिलोपटक प्रधानमन्त्री बन्दा, आफ्नै पार्टीसँग मतान्तर बढेपछि २०५३ फागुनमा उनी सत्ताबाट बाहिरिनुपरेको थियो । दोस्रोपटक प्रधानमन्त्री बन्दा उनले संसद् विघटन गरेका थिए र त्यही अवसर छोपेर २०५९ असोजमा तत्कालीन राजाले सत्ता हत्याउने क्रम सुरु गरेका थिए । देउवा तेस्रोपटक प्रधानमन्त्री छँदा १९ माघ २०६१ मा राजाले ‘कु’ गरेका थिए । यी सबै पृष्ठभूमिमा सत्ताको आयु लम्ब्याउन जम्बो मन्त्रिपरिषद् बनाएको, सांसद ‘किनबेच’ प्रथा सुरु गराएको, सांसदलाई प्राडो–पजेरो खरिद सुविधा दिलाएको, सरकारी रकम मनलागी बाँडेको, लहडमा पार्टी विभाजन गरेको, लोकतन्त्र दरबारमा बुझाएकोजस्ता अनेकन् दृष्टान्तसँग उनलाई जोडिन्छ । त्यस्ता दृश्य फेरि दोहोरिने हुन् कि भनेर चनाखो भई हेर्ने पनि धेरै छन् । त्यसैकारण लोकतान्त्रिक आन्दोलनमा युवा उमेर होमेका र त्यसका निम्ति लामो समय जेल जीवन बिताएका देउवाले विगतका कमजोरीबाट पाठ सिकेर अब परिपक्व नेताको भूमिका देखाउनु उत्तिकै चुनौतीपूर्ण छ । त्यसपछि पनि उनी दुईपटक त्यही हैसियतमा सिंहदरबार पसे । तीनपटक प्रधानमन्त्री बन्दा एउटा अलग मिथक बनेको थियो देउवाका सन्दर्भमा । बढो संयोजनकारी ढंगले चल्न र चलाउन सक्ने खुबीका कारण देउवा सबैका लागि सहज प्रधानमन्त्री थिए । प्रतिनिधिसभाको निर्वाचन गराउन नसक्दा तत्कालीन राजाबाट अपदस्थ भएका देउवालाई यसपटक संयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनदेखि प्रदेश र संघीय संसद्को निर्वाचन गराउनुपर्ने दायित्व छ । उनले यी तीन तहको निर्वाचन आगामी ७ माघभित्रै गर्नुपर्नेछ । संविधानमा ७ माघभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले पनि उनले छोटो समयमै तीनवटा निर्वाचन गराउनुपर्नेछ । त्यसमा पनि स्थानीय तहको निर्वाचन अबको १६ दिनपछि नै गराउनु पर्नेछ । दोस्रो चरणका लागि निर्धारित १४ असारको मिति अब सार्ने सम्भावना देखिँदैन । दोस्रो चरणमा प्रदेश–१, २, ५ र ७ मा ४१ जिल्लाका ४६१ स्थानीय तहका ४ हजार १ सय ८२ वडामा निर्वाचन हुँदै छ ।

उनले चाहेको खण्डमा यसपालि स्वर्ण अवसरका रूपमा परिणत गर्न सक्नेछन् । विगतमा जस्तो गिरिजाप्रसाद र ज्ञानेन्द्रको चेपुवा नीति पनि छैन । कम्तीमा त्यस्तो खाले समस्या भोग्नुपर्ने अवस्थामा उनी यतिबेला छैनन् ।

देशमा विद्यमान विभिन्न पार्टीमध्ये नेपाली कांग्रेस संसद्मा ठूलो दल मात्र होइन, अनुभवी दल पनि हो । विगतका तीनपटकको कार्यकाल कूल मिलाउँदा देउवा ४१ महिना प्रधानमन्त्री पदमा रहेका थिए । उनलाई कुनै राजनीतिक विपत्ति नआए वा सौदाबाजी नभए फेरि नौ महिना प्रधानमन्त्रीमा रहने अवसर जुरेको छ । नेपाल हो, राजनीतिक घटनाक्रमले नाटकीय मोड नलेला भन्न सकिन्न । अब आठ महिनाभित्र सबै तहको चुनाव गराउनु उनको यस कार्यकालको घोषित उद्देश्य हो ।
प्रधानमन्त्रीका हैसियतले चौथोपटक शासनसत्ताको बागडोर सम्हाल्ने सुनौलो मौका शेरबहादुर देउवाले पाएका छन् । अब मुलुकलाई केही दिने पालो देउवाको हो । प्रधानमन्त्रीको पदभन्दा ठूलो पद यस कार्यका निम्ति अर्को देशमा छैन । देशले पुनः त्यो शेरबहादुरको खोजी गरिरहेको छ, जसले उतिबेला निकटवर्तीहरूलाई ठेक्कापट्टा मिलाएर करोडपति बन्न सहयोग गर्नुको साटो ‘दाजु म¥यो भन्ने ठान्नु’ भन्दै आफ्नो पदको दुरुपयोग हुन दिएनन् ।
कांग्रेसले त्यस्तो प्रधानमन्त्री पठाएको ठहर होस्, जसले मुलुकमा सुशासन कायम गरेर पार्टीको गिर्दो छवि सुधारोस् । अतः मानिसको जीवनमा यसरी बारम्बार अवसर आइरहँदैन । उनलाई यो अवसर आइरहेको छ । उनले चाहेको खण्डमा यसपालि स्वर्ण अवसरका रूपमा परिणत गर्न सक्नेछन् । विगतमा जस्तो गिरिजाप्रसाद र ज्ञानेन्द्रको चेपुवा पनि छैन । कम्तीमा त्यस्तो खाले समस्या भोग्नुपर्ने अवस्थामा उनी यतिबेला छैनन् । हिंसा र हत्याको चपेटामा जुन शक्तिले तिनको विगतमा चुनौती दिएको थियो, अब त्यो उनको ‘बेडफेलो’मा परिणत भएको छ । प्रधानमन्त्री पदको सदुपयोग गरी मुलुकलाई गन्तव्यतर्फ डो¥याउन प्रयोग गरे भने देउवाको पुराना कमीकमजोरी ‘तपसिल’का विषय बन्नेछन् । अबका दिनमा उनले उठाउने पहलकदमीले उनी र मुलुकका निम्ति कस्तो किसिमको कोसेढुंगामा परिणत गर्नेछन्, त्यो भविष्यले देखाउनेछ ।

अन्त्यमा अत्यन्त सहज ढंगले प्रधानमन्त्री बन्न सफल देउवाले सम्पादन गर्नुपर्ने काम र चुनौतीका भने पहाड नै खडा छन् । उनीसामु रहेका मुख्य चुनौती र प्राथमिकता आउँदो ७ माघभित्र तीनै तहका चुनाव सम्पन्न गराउनु हो । दुई हप्तापछि हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, पहिलो चरणको जस्तै स्वतन्त्र र उल्लासमय वातावरणमा सम्पन्न गराउन तीन प्रमुख दलका प्रमुखले हस्ताक्षर गरिसकेका छन् । दोस्रो चरणको निर्वाचन सहज नभए प्रदेश र संघीय संसद्को चुनावसमेत प्रभावित हुन सक्छन् । जाडोका कारण मंसिरभित्रै प्रदेश र केन्द्रको चुनाव गर्नुपर्ने बाध्यता उत्तिकै चुनौतीपूर्ण छ । जसरी तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले लोकतन्त्र बहालीसँगै संसदीय कालखण्डमा उब्जेका विवाद मेटाउन सफल भए, त्यसरी नै देउवालाई अहिले विगतको छवि सुधार्ने मौका प्राप्त भएको छ । चारपटक प्रधानमन्त्री बन्ने सीमित राजनीतिक पात्रमा दर्ज भएका देउवाले यो जिम्मेवारीको गरिमा बचाउन सक्नुपर्छ । त्यसका लागि पुरानै शैली र परम्परागत राजनीतिक कोटरीबाट टाढा रहन सक्नुपर्छ । लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन अगाडि बढाउनु सजिलो काम होइन । समयको चापले उनलाई अन्य विषयमा सोच्ने सुविधा र फुर्सद दिँदैन । ती सबै चुनौती चिरेर स्वार्थ समूहको घेराबाट बाहिरिँदै मूलभूत मुद्दामा केन्द्रित भएर अघि बढ्न सके मात्र उनको चौथो प्रधानमन्त्रीय कार्यकाल सफल हुनेछ ।

Source : http://rajdhanidaily.com/2017/06/13/38653/740230.

पर्यावरणमा बढ्दो चुनौती


विश्वनाथ खरेल

पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको वातावरण गम्भीर रूपमा बिग्रिनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाटै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । जनसंख्या वृद्धि, सवारीसाधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यो संसारका प्रत्येक व्यक्तिका लागि चिन्ताको विषय हो । यस्तो किसिमको विकराल समस्याका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ । तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर, जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइराखेको वर्तमान परिवेशमा फोहोरमैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरमसीमामा पुगेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई ‘ग्लोबल भिलेज’ पनि भन्ने गर्दछन् । मानवले जतिजति उन्नति ग¥यो उतिउति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलता उल्लेखनीय उपलब्धि हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवका लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीय रूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यावरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितका लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तŒवहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साढे चार अर्ब अघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै २० लाख वर्ष जतिअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एकअर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको २१औं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्या जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानवजातिलाई नै ठाडो चुनौती दिइरहेको छ ।

यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहा“ धेरै राष्ट्र कोलाहलपूर्ण परिवेशमा
बा“चेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष ५ प्रतिशत मानिस बहिरा हुन पुग्छन् ।

तेस्रो विश्वका ८० प्रतिशत प्राणीले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर १ अर्ब ३० करोड प्राणी बासविहीन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योगधन्धाहरूलाई बर्सेनि १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदुषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिस बहिरा हुन पुग्छन् । तसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्ल वर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तŒवहरूबारे अनुसन्धान हुन थाले । यी कुरालाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तŒवहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महŒवपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा ग¥यो । यस वर्षको मुख्य नारा ‘जीवजन्तुको गैरकानुनी व्यापारविरुद्ध शून्य सहनशीलता’ रहेको छ । यसमा वन्यजन्तुको अवैध चोरीसिकार तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस विषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातावरणमा परिरहेको असर न्यूनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महŒवपूर्ण अवसर हो । विश्व वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालयसहित सरकोकारवाला अन्य संघसंस्थाहरूको सहभागितामा जनचेतनामूलक कार्यक्रमहरू गरिँदै आएको छ । वातावरणको महŒव झल्काउँदै जिल्ला–जिल्लामा चेतनामूलक ¥याली पनि निकालिन्छ । वातावरणसम्बन्धी चित्रकलालगायत रचनात्मक क्रियाकलाप गरिन्छ । वातावरण दिवसका अवसरमा सहरी क्षेत्रमा साइकल ¥याली गरिन्छ । खाली जग्गाहरूमा वृक्षरोपण गरिन्छ । काठमाडौंमा प्रत्येक वर्ष बागमती सफाईलगायतका अभियानमुखी कार्यक्रम गरिँदै  आएको छ ।

निष्कर्षमा भन्नुपर्दा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम गरी विश्वभर वातावरण दिवस मनाइन्छ । हाम्रो देशमा पनि वातावरण संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो । यसरी ५­१६ जून, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भयो । त्यसैअनुरूप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगीकार गरिएको थियो । यसै क्रममा विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ । त्यस्तै एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ ।

यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिी २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले श्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि श्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटि सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महŒव खाएको भोजनको मात्राभन्दा झन्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २.७ केजी प्राणवायु वायुमण्डलमा प्mयाँक्छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका १३० जातका जंगली चरा, स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फुल्ने जातका रूख बर्सेनि बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमिकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने संकेत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समान रूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हँुदैन भन्ने कुरामा जोड दिइएको छ । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्ष विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको छ ।

Source : http://rajdhanidaily.com/2017/06/05/36873/-740222.

गणतन्त्रको संस्थागत विकासको अपेक्षा

विश्वनाथ खरेल

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।’
माथिको वाक्यांशलाई चरिचार्थ गरी पुनःस्थापित प्रतिनिधिसभाको ४ जेठ २०६३ को बैठकले राजाका धेरै अधिकारको कटौती गरी नेपाललाई धर्मनिरपेक्ष घोषणा ग¥यो । तत्कालीन अन्तरिम संविधान २०६३ बमोजिम २८ चैत २०६४ मा सम्पन्न पहिलो संविधानसभामा राप्रपा नेपालबाहेक सबै राजनीतिक पार्टी गणतन्त्रका पक्षधर भएकाले १५ जेठ २०६५ को संविधानसभाको पहिलो बैठकबाट ‘गणतन्त्र’ का समर्थक ९९ प्रतिशत देखिए । त्यतिखेर गणतन्त्रको घोषणा गर्दा धेरैले २ वर्षभित्रमा बन्ने नयाँ संविधानबाट गणतन्त्रको संस्थागत विकासको अपेक्षा गरेका थिए ।
विश्वको राजनीतिक इतिहासमा धेरै व्यक्ति, एक व्यक्ति, केही व्यक्तिको शासनचक्र चल्दै पुनः धेरै व्यक्तिको शासन व्यवस्था कायमा भएको पाइन्छ । यसको विभिन्न रूपमा पुनरावृत्ति भइरहन्छ । यस्तै जनचाहनाको रोजाइमा निरंकुशताभन्दा प्रजातन्त्र, प्रजातन्त्रभन्दा गणतन्त्र रोज्छन् भने अराजकताभन्दा निरंकुशता रोज्छन् । प्रजातन्त्रभन्दा गणतन्त्र रोज्नुको मूल कारण सरकार प्रमुख र राष्ट्रराध्यक्ष  दुवै निर्वाचित हुनु हो । यसका आधारमै हामी नेपाली पनि गणतन्त्रको पक्षमा खडा भयौं । नेपालमा २००७ सालमा पहिलोपटक आएको प्रजातन्त्रलाई २०१७ सालमा समाप्त गरियो । तत्कालीन राजाको निरंकुशताको विरोधमा लडेर नेपाली जनताले दोस्रो पटक २०४७ मा प्रजातन्त्र ल्याए तर त्यो पनि आक्रमणमुक्त हुन सकेन । आखिरमा २०६२÷ २०६३ को आन्दोलनको सफलतापछि नेपाली प्रजातन्त्रका निम्ति बारम्बार बाधक बनेको राजतन्त्रको अन्त्यका निम्ति नै कम्मर कसेका हुन् ।

राजतन्त्रका व्यवहारले नै नेपाली जनतालाई त्यस्तो कठोर निर्णय गर्न बाध्य बनायो । यसरी प्रजातन्त्र र गणतन्त्रको रोजाइमा केही अपवादबाहेक धेरैले गणतन्त्र नै रोज्छन् । यो स्वाभाविक हो । यसबाट लोकतान्त्रिक पद्धतिमा आधारित विधिको शासन चल्नेछ भनेर धेरैले अपेक्षा गर्दछन् । लोकतन्त्रको कुरा गर्न जति सजिलो हुन्छ त्यसको कार्यान्वयन उत्तिकै अप्ठ्यारो पनि हुन्छ । त्यसैले गणतन्त्र कार्यान्वयनपछि विधिको शासन कायम हुन सकेन र अराजकता व्याप्त भयो भने निरंकुशतावादीहरू जुर्मुराउँछन् । यो राजनीतिक विकासक्रमको नियम नै हो । १५ जेठ २०६५ सालको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो शाही राजतन्त्रले सहज तरिकाले गणतन्त्रको घोषणालाई स्वीकार गर्दै दरबार छाडेको र सरकारले तोकेको ठाउँमा बसेकाले लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष १५ जेठमा देशभर विभिन्न कार्यक्रम गरी यो मनाइँदै छ । १० वर्षे सशस्त्र जनयुद्ध भयो । त्यही अवधिमा १५ हजारभन्दा बढी नेपालीको मृत्यु भयो, हजारौं बेपत्ता भए, लाखौं अपांग भए, हजारौं विस्थापित भए । ती परिवारका सदस्य अहिले देशमा गणतन्त्र आएकोमा रमाएनन् मात्र, आफ्ना गुमेका, हराएका मानिसका सपनामा पनि अडिन पुगे ।

घरबाट हराएकाहरू अझै फर्केलान् भनेर बाटो कुर्नेलाई  गुणगान गाइएको गणतन्त्रले सम्बोधन गर्न सकेन । त्यसले उनीहरूलाई गणतन्त्र भनेको नारायणहिटीबाट शीतल निवास सर्नु मात्र रहेछ भन्ने भान पर्नु स्वाभाविक हो । दलहरूबीच सहमति नभएपछि आशाको केन्द्र बनेका नेताहरूमाथि पनि शंकाहरू उब्जन थाले । यसर्थ सन् १९३२ मा किमले कोरियामा जुन रणनीति अवलम्बन गरे, त्यही नीति २०५२ मा रोल्पाबाट सुरुङ युद्धका नाममा माओवादीले सुरु ग¥यो । तर, अहिले शान्ति प्रक्रियामार्फत खुलमखुला राजनीतिमा आएको एमाओवादीको रणनीति अन्य दललाई आक्रमण गर्ने र देशमा अस्वस्थ तवरले आफ्नो बसमा शक्ति
केन्द्रित गर्ने क्रम जारी छ ।जनता गणतन्त्र बुझिरहेका छैनन्, आफूलाई माओवादी भन्नेहरू होटलका आरामदायी कक्षमा गणतन्त्र धुमधामका साथ मनाइरहेका छन् । गाउँमा भोका पेटहरू बढिरहेका छन्, सहरका तारे होटलहरूमा नेपाली गणतन्त्रका रिसाइपहरू पनि बढिरहेका छन् । के जनआन्दोलनको बलमा स्थापित संसद्ले घोषणा गरेको गणतन्त्रको मोडेल यही थियो, गाउँमा भोको पेट बढ्नु र सहरमा तारे होटल बढ्नु ? गणतन्त्र कुन मोडलको हुने हो भन्ने पनि अहिलेसम्म निश्चित भइसकेको छैन । उक्त जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको १५ जेठमा हाम्रो देशले गणतन्त्र दिवस मनाउँदै आएको छ । गणतन्त्र भनेको के हो भन्ने वास्तविक आभास हुन सकेको छैन । एकथरी मानिसहरू आÏनो अड्कलमा गणतन्त्र भनेको राजा फालेर राष्ट्रपति ल्याउनु मात्र हो भन्ने सोचिरहेका छन् भने अर्काथरी मानिस आफूहरूको योगदानको कदर नहुनु नै गणतन्त्रको परिभाषा हो भन्ने सोचिरहेका छन् । तर, विडम्बनाको परिस्थिति हो । यसका कारक नेपालका राजनीतिक दलहरू हुन् । केवल लोकतन्त्र र गणतन्त्रका कुरा मात्र बाहिर प्रचारमा आएको छ ।

सन्दर्भ :  १०औं गणतन्त्र दिवस

गणतन्त्रको अर्थबाट र यहाँ विश्वप्रसिद्ध अंग्रेजी विश्वविद्यालय क्यामव्रिजका परिभाषा सापट लिँदै छौं, जसका अनुसार ‘रिपब्लिक’ अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्यव्यस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधिहरूले शासन गर्दछन् । नेपालमा गणतन्त्र आउनुअगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी मात्र हुन पाउने थियो । समयको परिवर्तन, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेका छन् । अब सुस्तरी नेपालमा पनि विभिन्न ७ वटा प्रदेश अनि प्रादेशिक शासनस्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिँदै छ, संघीय स्वरूपमा देश जाँदै छ । नेपालका एकीकरण नायक पृथ्वी नारायण शाहपश्चात् नै एकात्मक शासण पद्धतिमा शासित भएको यो देश आफ्ना गणतान्त्रिक पथमा सुरुवातकालीन पाइला चालिरहेको छ । स्मरण रहोस् भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताका लागि नेपाल संसारकै थोरै मात्र साना देशहरूमध्ये पर्दछ । देश गणतन्त्र दिवस मनाइरहेको छ । तर, गणतन्त्रका लागि आफ्नो ज्यानको बाजी थापेर संघर्षमा उत्रिएका युवा तथा अन्य आममानिसलाई यतिका वर्षसम्म पनि गणतन्त्र भनेको के हो भन्ने वास्तविक आभास हुन सकेको छैन ।

देश गणतन्त्र दिवस मनाइरहेको छ । तर, गणतन्त्रका लागि आफ्नो ज्यानको बाजी थापेर संघर्षमा उत्रिएका युवा तथा अन्य आममानिसलाई यतिका वर्षसम्म पनि गणतन्त्र भनेको के हो भन्ने वास्तविक आभास हुन सकेको छैन ।

मुलुकमा गणतन्त्रको घोषणापछि आर्थिक, सामाजिक र राजनीतिक कसीमा देश अधोगतिमा गएको देखिएको छ । सरसर्ती हेर्दा अलिकति सहरीकरण, अलिकति शिक्षा, अलिकति चेतनाको कारण मुलुकले प्रगतिको बाटो लिएको देखिए पनि सरकारको अस्थिरता र अदूरदर्शी एवं स्वार्थप्रेरित खिचातानीका कारण जनतामाझ विश्वास पलाउनै सकेन । राजनीतिक दलले आफूभित्रबाट मुलुकको ‘भाग्य’ निर्माण गर्ने क्रममा मान्छे एक ठाउँबाट अर्को ठाउँमा सर्नु, एक देशबाट अर्को देशमा काम गर्न जानुलाई अनुचित भन्न सकिँदैन । तर, निराशाका कारण पलायन हुनुचाहिँ अवश्य पनि गम्भीर चिन्ताको विषय हो । झन्डै ३० लाख नेपाली अहिले मुलुकबाहिर छन् । समाजको चारित्रिक ढाँचा नराम्रोसित बिथोलिएको छ । ती ३० लाख नागरिक आफ्ना आमा, बाबु, पति, छोराछोरी नेपालमै छाडेर बिदेसिएका छन् । बिदेसिएका चेलीहरूको दारुण कथा दिनहुँ जसो सञ्चारमाध्यममा प्रकट हुने गरेको छ । हुन त यस्तो अवस्थाको सानो अंशियार संविधान सभामा आफ्नो उपस्थिति जनाएका कांग्रेस–एमालेलगायत अन्य दल पनि हुन् । यसरी वि.सं. २००७, २०२८, २०४६, २०६२÷६३ सालका आन्दोलनले देशमा शब्दहरूमा परिवर्तन त ल्यायो, तर जनताले आस गरेको परिवर्तन संस्थागत भएर रहन सकेन । जब शक्तिसंघर्षमा दलहरू होमिन्छन् र आफ्ना मुलभूत एजेन्डालाई सम्बोधन वा निर्वाह गर्न सक्दैनन्, त्यसले देशमा ‘केयोस’ को स्थिति सिर्जना गर्छ । अहिले नेपालमा त्यही भइरहेको हो । अब त, वि.सं. २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्रले नेपालीलाई दिएको उपहार नै यही हो कि जस्तो हुन पुगेको छ ।

अन्त्यमा भन्नुपर्दा जनताले गणतन्त्र आएपछि केही परिवर्तन हुन्छ भन्ने अपेक्षा गरेका थिए । देशमा मानव अधिकारको पूर्ण प्रत्याभूति हुन्छ, दण्डहीनता अन्त्य हुन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि केही न केही कदम चालिन्छ, देश विकासका सबैभन्दा बाधक बनेको भ्रष्टाचार र ढिलासुस्तीमा केही कमी आउँछ भन्ने अपेक्षा पनि जनताको थियो तर त्यस्तो भयो त ? अहिले यस्तो सबैतिर सुनिन्छ । गणतन्त्र नेपाल नौं वर्ष पूरा भई १०औं वर्षको शिशु अवस्थामा छ । अमेरिका, फ्रान्स, भारत, चीनलगायत विश्वका कुनै पनि राष्ट्र गणतन्त्रको दिशामा अगाडि बढ्दा वर्तमान नेपालको अवस्थाभन्दा किमार्थ शान्त र समृद्ध थिएनन् । त्यसैले नेपालमा गणतन्त्रको विकल्प पुनः राजसंस्था हुनसक्तैन । गणतन्त्र घोषणा भएपछि बल्लतल्ल २०७२ असोज ३ गते मुलुकले नयाँ जनअनुमोदित संविधान बनाउन सफल भयो । त्यसैगरी स्थानीय स्तरको निर्वाचन पहिलो चरणमा ३ प्रदेशको ३४ जिल्लामा २८३ स्थानमा चुनाव गत वैशाख ३१ गते भइसकेको छ भने दोस्रो चरण ३१ जेठमा अर्को स्थानीय स्तरको चुनाव हुँदै छ । त्यसपछि प्रादेशिक र केन्द्रीय स्तरको  चुनाव क्रमशः हुनेछ । ठूला दल, साना दल, संघीयता, धर्मनिरपेक्षता, शासकीय स्वरूप आदि इत्यादिमै अहिले पनि नेपाली जनमानस अल्झिकएकोे, रुमल्लिरहेको छ । हुन त, राजनीतिक दलहरूले आ–आफ्ना विभिन्न उपलब्धिलाई दिवसका रूपमा मनाउने चलन पनि छ ।

यसैले होला, २००७ सालको जनक्रान्ति आज हामी सम्झना गर्न चाह्यांै ती शहीदहरूलाई जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहुती दिएका छन् । १० वर्षे सशस्त्र द्वन्द्वमा वीरगति पाएका दुवैतर्फका आत्माहरूले चिरशान्ति पाऊन् । उनीहरूको यो बलिदानको असली कदर भने केही लाख रुपैयाँ या उनीहरूको नाममा चोक र चौतारा बनाएर मात्र होइन गणतन्त्र को संस्थागत अभ्यासले मात्र हुनसक्दैन भनेर जनस्तरबाटै भन्न जरुरी छ । सत्ता समीकरणमा अझै पनि उतिबेलाका आन्दोलनको विपक्षी सरकारका पात्रहरू देखिनु अनि शक्ति समीकरणमा आन्दोलनमा बन्दुकको नालले चरा मारेझैं मान्छे मार्ने र मारेका व्यक्ति देखिइनु अत्यन्त दुखद कुरा हो । त्यसको सबैभन्दा धेरै जिम्मेवारी आफूलाई परिवर्तनमुखी हुँ भनेर हुँकार गर्ने तर आप्mना आश्वासनलाई पूरा गर्दै नगर्ने एमाओवादी नै हो । हुन त यस्तो अवस्थाको सानो अंशियार संविधान सभामा आफ्नो उपस्थिति जनाएका कांग्रेस–एमालेलगायत अन्य दल पनि हुन् । यसरी विगतका २००७, २०२८, २०४६, २०६२÷०६३ सालका आन्दोलनले देशमा शब्दहरूमा परिवर्तन त ल्यायो, तर जनताले आस गरेको परिवर्तन संस्थागत भएर रहन सकेन । जब शक्तिसंघर्षमा दलहरू होमिन्छन् र आफ्ना मूलभूत एजेन्डालाई सम्बोधन वा निर्वाह गर्न सक्दैनन्, त्यसले देशमा ‘केयोस’को स्थिति सिर्जना गर्छ । अहिले नेपालमा त्यही भइरहेको हो । विश्व कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्दै पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्न स्व. मदन भण्डारीका आवाजलाई अहिले समेट्न नसक्दा देशमा भ्रम फैलिँदै गएको अवस्था छ । अतः २०५२ सालपछिका १० वर्ष अति नै संकट र कष्टमय रूपमा बित्यो । दलहरूको आन्तरिक कलह, एकले अर्कोलाई स्वीकार गर्न नसक्ने प्रवृित्त, दुर्गम क्षेत्रमा राज्य र राजनीतिक दलहरूको उपस्थितिमा कम, नेपाली समाजमा भएको व्याप्त गरिबी, विभेदजस्ता कारणले गर्दा माओवादी युद्ध दिन दुईगुना रात चौगुनाको दरले फस्टाउँदै गयो । ती जनताको चाहना र विभेदलाई सरकार सञ्चालन गरेका दल र तिनका नेतृत्वले सम्बोधन गर्न सकेनन् ।

Source : http://rajdhanidaily.com/2017/05/29/35245/-740215.

कृषियोग्य भूमि र उत्पादन स्थिति

विश्वनाथ खरेल

मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । कुल गार्हस्थ्य उत्पादनको झन्डै एक तिहाइ हिस्सा कृषि क्षेत्रले ओगटेको छ भने झन्डै दुई तिहाइ जनसंख्या कृषि पेसामा आश्रित छन् । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षत्रको योगदान ३३ प्रतिशत रहने अनुमान छ । गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारणले गर्दा चालू वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको वार्षिक वृद्धिमा शून्य दशमलव ७७ प्रतिशत हुने अनुमान छ । विगत वर्षहरूमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन सकेको थिएन । कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगत रूपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको सक्षम बनाउनु आवश्यक छ । कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरू केन्द्रित रहेका छन् । खाद्यान्न बाली धान, मकैं, गहँु, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य
सुरक्षामा टेवा पुगेको छ । हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरि महŒव छ । आर्य हिन्दू संस्कृतिबाट विकसित नेपाली समाजमा धार्मिक, अन्धविश्वास, रुढीवाढी तथा कुसंस्कृतिले जरो गाडेको छ । यहाँ शिक्षा र चेतनाको क्षेत्रमा विकास हुन सकेको छैन । यसैले गर्दा हाम्रा पुर्खाहरूले गरिआएको परम्परालाई नै पछ्याउँदै आएका छौं । यो नै हाम्रो पछौटेपन हो । यसकारण कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउन नयाँ प्रविधि, ज्ञान, सीप आदिको विकास गराउँदै लैजानु नितान्त आवश्यक देखिन्छ ।

निचोडमा भन्नुपर्दा जबसम्म कृषि विकासको चौतर्फी विकास हु“दैन, तबसम्म देशको निर्माण हुन सक्दैन। त्यसका लागि सरकार, सम्बन्धित तह, राजनीतिक पार्टी, नागरिक समाज आदिले यस क्षेत्रमा युद्धस्तरमा संधर्ष गर्नुपर्ने आजको टड्कारो महसुस हुन्छ। देशको अर्थ व्यवस्था बलियो बनाउन यसको महŒव निकै  देखिन आउ“छ।

मुलुकको कुल परिवार संख्या ५४ लाख २३ हजार २ सय ९७ संख्यामध्ये ४१ दशमलव ४ प्रतिशत अति साना कृषक समूह र ३० दशमलव ८ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेका ग्रामीण जनताको जीवनस्तर उकास्न एवंउत्थान गर्नमा पनि यस व्यवसायले ठूलो भूमिका खेल्न सक्छ । मुलुकको आर्थिक वर्ष २०७१÷७२ को खाद्यान्न बालीको क्षेत्रफल धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्रमशः १४२५३४६, ८८२३९५, ७६२३७३, २६८०५०, २८०५३ र १०८१९ हेक्टर रहेको अनुमान छ । आर्थिक वर्ष २०७०÷७१ को तुलनामा धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्षेत्रफलमा घटीबढीमा प्रतिशतको आधारमा अवलोकन गर्दा क्रमशः –४.१४, –४.९९, –०.४३, २.९४, –०.४३, र २.९४ रहेको अनुमान छ । देशमा आर्थिक वर्ष २०७१÷७२ कुल खाद्यान्न बालीमध्ये सबैभन्दा बढी खेती गरिएको धानको क्षेत्रफल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर रहेको अनुमान छ । त्यस्तै गरी कुल खाद्यान्नमध्ये सबभन्दा कम  क्षेत्रफलमा खेती गरिएको फापर बालीको १० हजार ८ सय १९ हेक्टर रहेको छ । त्यस्तै, गरी सोही बालीको सो समयमा उत्पादन भने क्रमशः ४७८८६१२, २२४५२९१, १९७५६२५, ३०८४८८, ३७३५४ र १०८७० मेट्रिकटन रहेको अनुमान गरिएको छ । उत्पादनलाई पनि आर्थिक वर्ष २०७०÷७१ तुलनामा धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्षेत्रफलमा घटीबढीमा प्रतिशतको आधारमा अवलोकन गर्दा क्रमशः –५.१२, –१.६६, ७.२७, ५.१८, ७.२७ र ५.१८ रहेको अनुमान छ । देशमा आर्थिक वर्ष २०७१÷७२ कुल खाद्यान्न बालीहरूमध्ये सबैभन्दा बढी खेती गरिएको धानको उत्पादन भने ४७ लाख ८८ हजार ६ सय १२ मेट्रिकटन रहेको अनुमान छ । त्यस्तै गरी कुल खाद्यान्नमध्ये सबैभन्दा कम उत्पादन भएको बाली भने फापर बालीको १० हजार ८ सय ७० मेट्रिकटन रहेको छ । त्यस्तै गरी आर्थिक वर्ष २०७१÷७२ सोही समयमा सो को उत्पादकत्व भने क्रमशः ३३६०, २५४५, २५९१, ११५१, १३३२ र १००५ प्रति किलो हेक्टर रहेको अनुमान छ । देशमा आर्थिक वर्ष २०७१÷७२ कुल खाद्यान्न बालीमध्ये सबैभन्दा बढी उत्पादकत्व भने धानको उत्पादकत्व ३ हजार ३ सय ६० प्रति केजी हेक्टर रहेको अनुमान छ । त्यस्तै गरी सोही समय र सोही अवधिमा कुल खाद्यान्नमध्ये सबैभन्दा कम उत्पादकत्व भने फापर बालीको १ हजार ५ प्रति केजी हेक्टर मात्र रहेको उल्लिखित आँकलनबाट स्पष्ट हुन्छ । देशको आर्थिक वर्ष २०७०÷७१ को खाद्यान्न बालीको क्षेत्रफल धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्रमशः १४८६९५१, ९२८७६१, ७५४४७४, २७११८३,२८१७३ र १०५१० हेक्टर रहेको अनुमान छ ।

त्यस्तै, गरी धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्षेत्रफलको योगदानलाई प्रतिशतको आधारमा अवलोकन गर्दा क्रमशः ४२.७३, २६.६९, २१.६८, ७.७९, ०.८१ र ०.३० रहेको अनुमान छ । त्यसै गरी उत्पादन तर्फको योगदानलाई पनि मध्यनजर गर्दा क्रमशः ५२.७८, २३.८८, १९.६९, ३.१८, ०.३६ र ०.११ रहेको आँकलन सम्बन्धित क्षेत्रको रहेको पाइन्छ । त्यस्तै, सोही बालीको सो समयमा उत्पादन भने क्रमशः ५०४७०४७, २२८३२२२, १८८३१४७, ३०४१०५, ३४८२४ र १०३३५ मेट्रिकटन रहेको गरिएको छ । निचोडमा भन्नुपर्दा जबसम्म कृषि विकासको चौतर्फी विकास हुँदैन तबसम्म देशको निर्माण हुन सक्दैन । त्यसको लागि सरकार, सम्बन्धित तह, राजनीतिक पार्टीहरू, नागरिक समाज आदिले यस क्षेत्रमा युद्धस्तरमा संघर्ष गर्नुपर्ने आजको
टड्कारो महसुस हुन्छ । देशको अर्थ व्यवस्था बलियो बनाउन यसको महŒव निकै देखिन आउँछ । यस खेती प्रणालीको प्रभावकारीको अवलम्बनका लागि जति अनुसन्धानकर्ताको हात हुन्छ त्यसभन्दा पनि बढी कृषि कर्म गर्ने कर्ताको हात हुन जान्छ । तसर्थ यसको विकासका लागि सरकार, सम्बन्धित तह, बजेट, जनशक्ति, भूमिको छनोट, तालिम प्राप्त प्राविधिक र अनुसन्धानको साथसाथै उन्नत प्रविधि, कृषि वैज्ञानिक, ज्ञान, सीप आदि पनि सँगसँगै लगेको खण्डमा उक्त बालीमा गरेको लगानी गरेकोभन्दा बढी प्रतिफल अवश्य पनि दिने नै छ भन्नेमा विश्वस्त रहन सकिन्छ । अन्त्यमा आर्थिक वर्ष २०७१÷७२ मा नेपालको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) को अधिल्लो वर्षको तुलनामा करिब क्षेत्रफलमा १ लाख ३ हजार १६ हेक्टर घटेको छ भने त्यसैगरी उत्पादनमा पनि १ लाख ९६ हजार ४ सय ४० मेट्रिकटन अर्थात् माइनस शून्य दशमलव ०५ प्रतिशतले घट्न गएको देखिन्छ भने उत्पादकत्वमा पनि शून्य दशमलव ९३ प्रतिशत बढ्न गएको देखिएको छ, जुन २५ दशमलव ६५ केजीले बढ्न गएको उल्लिखित तथ्यांकबाट अवगत हुन्छ ।

साथै यस वर्ष खाद्यान्न बालीले ढाकेको कुल क्षेत्रफलसमेत माइनस २ दशमलव ९६ प्रतिशतले घट्न गई कुल क्षेत्रफल ३३ लाख ७७ हजार ३६ हेक्टर रहेको उल्लिखित तालिकामा छ, त्यस्तै गरी खाद्यान्न उत्पादनतर्फ हेर्दा माइनस २ दशलव शून्य ५ प्रतिशतले घट्न गई ९३ लाख ६६ हजार २ सय ४० मेट्रिकटन पुग्न गएको अनुमान गरिएको छ । त्यसरी नै उत्पादकत्वमा भने चालू आर्थिक वर्षको दाँजोमा शून्य दशमलव ९३ प्रतिशत बढ्न गएको उल्लिखित आँकलनबाट स्पष्ट हुन्छ । अर्थात् आर्थिक वर्ष २०७१÷७२ प्रति हेक्टर २ हजार ७ सय ७४ प्रति हेक्टर किलोग्राम उत्पादकत्व छ भने आर्थिक वर्ष २०७०÷७१ २ हजार ७ सय ४८ प्रति हेक्टर किलोग्राम थियो जसमा २५ दशमलव ६५ किलो बढी हो । विनाशकारी महाभूकम्प, चरम खडेरी, मधेस आन्दोलन र पछिल्लो चरणमा भारतीय नाकाबन्दीका कारण चालू आर्थिक वर्ष २०७२ ⁄ ७३ मा कृषिक्षेत्रले १० अर्ब रुपैयाँबराबरको धान उत्पादन गुमाउनुपरेको  छ । आव २०५९ ⁄ ६० सम्म नेपालले चामल आयात गर्नुपरेको थिएन, तर आज देशले प्रतिवर्ष २५ अर्ब रुपैयाँको चामल आयात गर्दछ । कृषिप्रधान मुलुकका लागि यो शृंखला अत्यन्तै दुःखदायी हो । सरकारी नीति स्पष्ट र कार्यान्वयन नहुनु, मौसममा हुने गढबढी, कमजोर मनसुनका कारण समयमा रोपाइँ हुन नसक्नु, पशुपालनमा कमी, कृषिमा जनशक्तिको अभावका कारण प्रतिवर्ष खेत बाँझो रहने क्रम बढ्दै जानु, रोजगारको खोजीमा युवा जनशक्ति विदेश
पलायन हुनु, रासायनिक मल सहज नहुनु, खडेरी पर्नुलगायत कारण छन् । यस वर्ष मधेस आन्दोलनले गर्दा यातायातसमेत प्रभावित भएपछि करिब ४० प्रतिशत किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भव भएन । आर्थिक वर्ष २०७०÷७१ नेपालले १ खर्ब ३७ अर्ब हाराहारीको धान–चामलसहित कृषिजन्य वस्तु आयात  गरेको थियो ।

Source : http://rajdhanidaily.com/2017/05/17/32720/

शान्तिकामी महामानव गौतम बुद्ध

विश्वनाथ खरेल

विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्व–शान्तिका लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यही भूमिमा आज शान्तिको कुनै आभास छैन जुन सबै नेपालीहरूका लागि दुःख र आत्मग्लानिको कुरा हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध भन्नुहुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ ।’ यसै अनुरूप बुद्व भन्ने गर्नुहुन्थ्यो– राम्रो काम गर्न नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र ? मानिसलाई ईश्वरले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । जगतको कल्याण एवं सुख प्राप्ति  केबल अंहिसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन चिन्ताको अनुभव गरे पनि अन्ततः नासको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य वैशाख पूर्णिमा वास्तवमै पावन दिन हो, जुन दिन महामानव गौतम बुद्धका जन्म बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो । यसरी तिनै योग एकै दिनमा परेका संसारमा बिरलै पाइन्छन् । यस्तो अलौकिक शक्ति पाएका महामानव गौतम बुद्धको सम्झनामा विश्वले वैशाख पूर्णिमाको अवसरलाई बुद्धजयन्तीको रूपमा मनाउने गर्दै आएको छ ।

बुद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनका एक मात्र छोरा थिए । यिनी कपिलबस्तु राज्यमा ईसापूर्व ५६३ मा मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजवंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यक्तित्व थिए । यिनी गरिबगुरुवा व्यक्तिहरूलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराको सन्न्यासी रूप धारणा गर्ने देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी एक राजकुमारीसँग विवाह गरिदिए । यसरी यिनले १० वर्षसम्म घरव्यवहारमा गृहस्थीको रूपमा जीवन बिताए । यिनले बिरामी, बुढोको साथै एक दिन मुर्दा देखेर चिन्ताले यिनको दिलमा निकै नै ठूलो चिसो पस्यो । यी सबै कुराहरूलाई देखेर मानिस किन यस्तो झन्झटमा फस्छन् यो भन्दा त सन्न्यासी हुनु नै राम्रो हो ।
यसरी समयले आफ्नो गति लिइरहेको थियो । यिनको तीस वर्षको उमेरमा एउटा छोराको जन्म भयो । यसर्थ छोराप्रति माया र मोहको जालोले फसिएला भनेर एक दिन मध्यरातमा आफ्नो घर छोडेर ज्ञानको खोजीमा हिडें । त्यसपछि उनको संसारप्रति भोग विलासलाई परित्याग गरी एउटा ब्रह्णको चेलो बने । उनी घुम्दै फिर्दै बोधगया पुगे । उनले यसै वृक्षको बोटमुनि बसेर ६ वर्षसम्म कठोर तपस्या गरेर बसे । यसै कारणले गर्दा ज्ञान प्राप्त भयो । त्यसरी आफूले प्राप्त गरेको ज्ञानलाई सबैलाई सुनाउन हिँडे । यसै बेलादेखि यिनी गौतम बुद्धको नामले प्रख्यात भए । यस बेला उनको उमेर ३७ वर्षको थियो । आफूले प्राप्त गरेको ज्ञानलाई संसारभर फैलाउन मानववर्गमा रहेको दुःख तथा वेदनालाई हटाउन नेपाललगायत सारा विश्वका बुद्ध धर्मावलम्बीहरूलाई प्रचार प्रसार गर्दै हिँडे ।

सन्दर्भ : २५६१औं बुद्ध जयन्ती

वर्तमान नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहाँ बौद्ध धर्मावलम्बीहरूको गौरव गाथाले आज पनि उत्तिकै प्रेरणा दिएको छ । शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उत्तिकै महान् रहेको छ । भगवान्् गौतम बुद्धले यस तपोभूमिको कुशिनगरलाई ८० वर्षको उमेरमा छोडेर गए । शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध भन्नु हुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ ।’ यसैअनुरूप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवन के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । यिनले आफ्नो जीवनसित सम्बन्धित चार घाम– बद्रिनाथ, रामेश्वर, द्वारका र जगन्नाथ बौद्ध पावनस्थलहरू लुम्बिनी, बोधगया, ऋषिपटन, कुशिनगर छन् । यसरी उपर्युक्त चार स्थलहरूको पवित्रतामाथि जोड दिइनुमा पनि त्यही नै आशय रहेको बुझिन्छ । यसैले यही हामीले आफ्नो राष्ट्रलाई अक्षुण्ण बनाइराख्नु छ भने पावनस्थलहरूको मनसा, कर्मणा आदर गरिनु नितान्त जरुरी छ । बुद्धको ज्ञानबाट प्राप्त पाठ यस प्रकार छ– संसारमा दुःखले भरिएको छ, दुःख नै कारण भएको छ, दुःखलाई निर्वाहन गर्नुपर्छ, दुःखलाई निर्वाहन गर्ने उपाय के हुन् ? आदि रहेका छन् । जगतको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे पनि अन्ततः त्यसको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अतः अहिंसा र संयमको अर्थ नै धर्म हो, ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु ।

प्रत्येक साल वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्तीको रूपमा मनाइँदै आएको कुरा सबैलाई विदितै छ । यस वर्ष २५६१औं बुद्ध जयन्ती वैशाख २७ गते २०७४ मा भव्यताका साथ मनाउन बौद्धमार्गीहरू लगायत सम्पूर्ण हिन्दूहरू पूृर्ण तयारीमा छौं । यस दिनलाई बुद्ध जयन्ती वा चण्डीपूर्णिमाको नामबाट चिनिन्छ । यो मूलत भगवान्् गौतम बुद्धको महानिर्वाण प्राप्त गरेको स्मृतिमा वैशाख पूर्णिमाको दिन मनाइन्छ । यस धर्तीमा महापुरुषको जन्म विरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिंसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापना जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनु भएको थियो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैं सम्झना गर्ने प्रण गरौं । गौतम बुद्धको सन्देशले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए तर मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिँदै गइरहेको झैं लाग्छ । अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचार वर्तमान समस्या समाधानका निम्ति अचुक मन्त्र बन्न सक्छन्, तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिएको प्रतीक हुन्छ ।

भगवान् हो, यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अतः अहिंसा र सत्यको अर्थ नै धर्म हो, ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । यदि हामीले सबै रिस राग, हिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ । बुद्धका यस्ता गहकिला उपदेश शताब्दीयौं शताब्दीसम्म पनि ताजा नै रहनेछन् । उनले दिएका त्यस्ता उपदेशहरू मानवकल्याणका लागि सधैं नै उपयोगी सावित हुनेछन् । संसारमा दुःख हुन स्वाभाविक भएजस्तै दुःखको कारण हुनु पनि स्वाभाविक हो । दुःख निरोधको उपाए खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैं लागि नै रहे । उनका विचारहरू समयकालको सीमामा सीमित हँुदैनन् । उनका विचारहरू सर्वव्यापी छन् । अन्तमा गौतम बुद्धका सन्देशले सदैव मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिए पनि मानव समुदाय भने बुद्धको सन्देशबाट झन्झन् टाढिँदै गइरहेको भान भइरहेको छ । आजको विश्व कहालीलाग्दो चपेटामा भासिन पुगेको छ, शान्तिका अग्रदूत गौतम बुद्धले दिएको ज्ञानलाई शिरोधार्य गर्ने हो भने पूरा विश्व नै सुन्दर नगरी शान्तिक्षेत्र बन्ने कुरामा कसैको पनि दुईमत नहोला । शीतयुद्धको समाप्तिपश्चात् विश्वमा शान्ति र मैत्रीपूर्ण सम्बन्ध विकसित हुने आशा गरिएको थियो । युद्ध र शास्त्रास्त्र होडबाजीको रोष, अशिक्षा, बेरोजगारी, खाद्यान्न अभाव जस्ता मानव चुनौतीको प्रतिकारका निम्ति अनुवाद हुनेछ भन्ने अपेक्षा गर्नु अस्वाभाविक पनि होइन । तर, विश्वले अकै मोड लियो । समस्या समाधान हुनुको साटो झन् जटिल भएर देखिन थालेका छन् । सोभियत संघलगायत विश्वका कैयौं देश विभाजित भए । तर, त्यस सँगसँगै परिवारसमेत विभाजन भएका छन् । विभाजनको पीडा मात्र होइन, जातीय विखण्डन, सह–अस्तित्वमाथिको अविश्वासले हिंसाको रूप लिइसकेको छ । समस्या समाधानका निम्ति समयमै कदम चाल्न अन्तर्राष्ट्रिय संस्थासमेत प्रभावकारी हुन नसक्नाले टुटफुट र विभाजनले भित्री घाउको रूप लिन सम्भव भएको हो ।

Source : http://rajdhanidaily.com/2017/05/10/31332/740127.

राष्ट्रिय पत्रकारितामा गोरखापत्रको उच्च स्थान

 

विश्वनाथ खरेल

गोरखापत्र १९५८ साल वैशाख २४ गते सोमवारका दिन नेपालबाट प्रकाशन भएको पत्रिका हो ।  तत्कालीन उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले ११४ दिने प्रधानमन्त्रीत्वकालको उत्तराद्र्धमा जनताले सुसूचित हुन पाउनुपर्छ भन्ने अभिप्रेरणाबाट उत्प्रेरित भई गोरखापत्रको प्रकाशन आरम्भ गरेका थिए ।  नेपालको सबैभन्दा कम समय शासनको बागडोर सम्हाल्ने सौभाग्य प्राप्त गरे पनि देवशमशेरले यही छोटो समयमा धेरै सुधारका कार्य गरे ।  गोरखापत्र, नेपाली पत्रकारिता र देवशमशेरको त्रिकोणात्मक सम्बन्ध छ ।  गोरखापत्र भन्नु नेपाली पत्रकारिता हो र नेपाली पत्रकारिता भन्नु देवशमशेर हुन् ।  यी तीनबीच अन्योन्याश्रित सम्बन्ध छ ।  सर्वसाधारण जनतामा सूचना पुगोस् र यसको ज्ञानबोध होस्, जनताले प्रजातन्त्र र आधुनिकीकरणको ज्ञान पाऊन् भन्ने उद्देश्यले अँध्यारोमा रहेका नेपाली जनतालाई देश विदेशका कुराको जानकारी गराउन गोरखापत्रको प्रकाशन गरेर अन्धकारमा मैनबत्ती देखाउने काम देवशमशेरबाट भयो ।  त्यसबेला रेडियो नेपाल अन्य टेलिभिजन केही थिएन ।  त्यस्तो कठिन परिस्थितिमा जनताको नैसर्गिक चेतनामा बन्देज लगाइएको त्यो समयमा पनि आमसञ्चारको माध्यम गोरखापत्र प्रकाशित गर्नु ठूलो क्रान्ति मान्नुपर्छ ।
दैैनिक गोरखापत्र सबैभन्दा जेठोे र निरन्तर रूपमा प्रकाशन भएको पत्रिका हो ।  यसको साथसाथै यस समाचारपत्रको नियमित प्रकाशनबाट प्रारम्भ भएको मान्नुपर्छ ।  यो एउटा ऐतिहासिक पत्रिका हो ।  यसको प्रारम्भकालदेखि नै साप्ताहिक रूपमा प्रकाशित हँुदै आयो ।  सुधारवादी राणा प्रधानमन्त्री देवशम्सेरको आशीर्वाद र संरक्षण पाएर गोरखापत्रले नेपालको पत्रकारिताको एउटा लामो यात्रा पूरा गरिसकेको छ ।  यसका जन्मदाता देवशमशेर हुन ।  उनलाई गोरखापत्रको पिता मान्नपर्छ ।  उनकै स्तुल्य प्रयत्नले गोरखापत्र निस्केको हो ।  यसकारण यसमा उनको देन अपार छ ।  यस कुरामा कसैको दुईमत नहोला ।
समाचारपत्र मानवसँग अति घनिष्ट रहेको छ ।  आफ्ना इष्टमित्र, साथीभाइ, नातागोता, छरछिमेक आदिसँग भेट हुँदा “हालखबर” के छ भनेर सोधिन्छ ? त्यस्तै गरी आफ्नो देश छिमेकी देश, विश्वको बारेका एक अर्कोमा हालखबर को आदान प्रदान गरिन्छ ।  मानवलाई सधैँ नयाँनयाँ कुरा जान्ने, बुझने, सुन्ने जिज्ञासा रहिआएको छ ।  पत्रकारिता आमसञ्चारको एक शक्तिशाली माध्यम हो ।  जसरी मानवजातिका अङ्ग प्रत्यङ्ग रक्त सञ्चारको प्रक्रियाद्वारा क्रियाशील बन्छन् त्यसरी नै समाजका प्रत्येक जोर्नी जोर्नीहरू सूचना सम्प्रेषणको अविच्छिन्न प्रवाहद्वारा प्रवाहित छन् ।  त्यसैले त पत्रकारलाई समाजका सचेतक वा पहरेदार मानिन्छ ।
नेपालमा छापाखानाको इतिहास वि.सं. १९०८ मा जङ्गबहादुर बेलायतबाट आफ्नो साथमा ल्याएको “गिद्धे प्रेस” बाट शुरु हुन्छ भने पत्रपत्रिकाको इतिहास वि.सं. १९४० पछिको आर्जन हो भन्ने धेरै विद्वान्हरूको मतलाई सितिमिति नकार्न सकिन्न ।  यो ऐतिहासिक महìव बोकेको गिद्धे प्रेस जुन अहिले राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको छ ।  शुरुमा रु. ७२००।– को सरकारी आर्थिक अनुदान, दुई हाते र खुट्टे प्रेसको, सहयोग एवं केही कामदार (येडिटर १, इष्टिच्यटर ४, प्रेसमैन ४, कम्पोजिटर ६ र करेक्टर २) को दरबन्दीबाट प्रारम्भ भएको गोरखापत्रको स्थापना भएको थियो नेपालमा सरकारी तहबाट छापाखानाको स्थापना पहिले पल्ट भएको आज १६५ वर्ष पुग्न लाग्यो ।  बेलायतकी महारानी भिक्टोेरियाको निम्तोमा बेलायत भ्रमण गरी फर्कदा तत्कालीन श्री तीन जङ्गबहादुरले एक हातले चलाउने प्रेस ल्याएका थिए ।  त्यसको शिरमा एउटा गिद्धको आकृति थियो ।  त्यसैले त्यो मुदणयन्त्रलाई ‘गिद्धे प्रेस’ भनिन्थ्यो ।  त्यो छापाखाना जङ्गबहादुरको थापाथली निवासमा राखिएको थियो ।  गिद्धे प्रेसपछि काठमाडौैँको ठहिटीमा मनोरञ्जन छापाखाना वि.सं. १९१९ भन्दा अगाडि खडा भएको दोस्रो सरकारी छापाखाना थियो ।  वि.सं. १९३० तिर ‘नारायणहिटी छापाखाना’ तत्कालीन राजा वीरशसशेरको नारायणहिटीस्थित निवासमा खडा गरिएको तेस्रो सरकारी छापाखाना थियो ।  त्यस्तै गरी तत्कालीन राजा देवशसशेरका पालामा वि.सं. १९५८ वैशाख २४ गते गोरखापत्र साप्ताहिक रूपमा शुरुवात पशुपति प्रेस ठहिटीमा छापिएको थियो ।
केही समयपछि गोरखापत्र नक्सालको सरकारी प्रेसमा छापिन थालेपछि सो सरकारी प्रेसको नाउँ ‘गोरखापत्र छापाखाना’ काठमाडौैँ जुद्ध सडकमा स¥यो ।  हाल जुद्ध सडकको नाम धर्मपथ भएको छ र गोरखापत्र छापाखानाको भवनमा गोरखापत्र संस्थान छ ।  वि.सं. २०२० मा गोरखापत्र संस्थान खडा भएपछि सरकारी छापाखानाको नाउँ भने तत्कालीन सरकारको छापाखाना भयो ।  सो सरकारी छापाखाना वि.सं. २०३१ सम्म धर्मपथस्थित गोरखापत्र संस्थान बसेकै भवनमा सञ्चालित भइरह्यो ।  अहिले यसको विकास गर्दै कम्प्युटर र अपसेट प्रेसको युगमा आफूलाई उभ्याएको छ ।  यसको साप्ताहिकबाट अर्धसाप्ताहिक हुँदै दैनिक सरकारी मुखपत्रको रूपमा ५७ वर्ष भइसकेको छ ।  यसरी हेर्दा गोरखापत्रले उन्नति गरेको प्रशस्त मान्न सकिन्छ ।
गोरखापत्र प्रकाशन समयको शुरुवातदेखि नै पूर्ण सरकारी व्यवस्थापनद्वारा सञ्चालित गोरखापत्र एक अखवारी संस्थाको रूपमा विकास होस् भन्ने अभिप्रायले तत्कालीन सरकारले गोरखापत्र संस्थान ऐन २०१९ जारी गरेर २०२० असार २० गतेदेखि यसलाई एक छुट्टै स्वशासित संस्थानमा परिणत गरेको हो ।  यसको प्रकाशन सङ्ख्यामा दिनहुँ वृद्धि हुँदै गयो ।  अखबार तत्काल यो साप्ताहिक रूपमा थियो भने वि.सं. २००० असोज २९ देखि हप्तामा दुई पटक, वि.सं. २००३  पुस ८ देखि हप्तामा तीन पटक र २०१७ साल फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको हो ।  त्यसपछि क्रमिक रूपमा अखबारको विकास हँुदै गयो ।  वि.सं. २०१९ देखि गोरखापत्रमै टेलिप्रिन्टरबाट एएफपीको समाचार प्राप्त हुन थाल्यो ।  यसरी यस संस्थालाई अझ बलियो बनाउने उदेश्यले वि.सं. २०१९ मा गोरखापत्र कर्पोरेशन ऐन जारी भयो ।  यसको साथै वि.सं. २०१९ कात्तिक २ गते शनिवारशरीय परिशिष्टाङ्क प्रकाशनको प्रारम्भ भयो ।
गोरखापत्र संस्थानले आफ्नो जन्मकालदेखि विभिन्न किसिमका समस्या भोग्दै आयो ।  नेपाली जनमानसमा यसको महìव दिनपरदिन वृद्धि भएको एकातिर थियो भने अर्कोतिर यसका विविध पक्षको आवश्यकतालाई महसुस गरेको थियो ।   संस्कृति, रहनसहन, राजनीति, साहित्य, पत्रकारिता आदि क्षेत्रको विकास र सहप्रकाशनको कार्यमा उल्लेखनीय भूमिका निभााउँदै आएको छ ।  संस्थानको वर्तमान अवस्थातर्फ ध्यान दिँदा संस्थान स्थापना भएपछि गोरखापत्र संस्थानले ‘आफ्नो खुट्टा आफ्नै भर’ को मार्ग अपनाएको छ ।  यसको ११७ वर्षको प्रवेश वार्षिककोत्सव समारोह मनाउन लागेको पुनित शुभ अवसरमा विभिन्न कार्यक्रम तय गरेको छ ।  यो सरकारी मुखपत्रको रूपमा रहेको सबैभन्दा पुरानो या जेठो र ऐतिहासिक पत्रिका हो ।  यो सरकारको मुखपत्र  भए पनि निष्पक्ष रूपमा समाचार सम्पादन गर्दै आएको स्वतन्त्र पत्रकारिता हो ।  भनिन्छ कि पत्रिकालाई राष्ट्रको चौथौ अङ्गको रूपमा रहेको हुन्छ ।   यो एउटा गौरव र एसियाकै प्रमुख अखबारपत्रमध्ये एक हुन पुगेको छ ।  राष्ट्र शक्तिशाली र समृद्धि तुल्याउने काम पत्रिकाबाट नै हुने गरेको पाइन्छ ।  निष्पक्ष र स्वस्थ पत्रकारिता नै कुनै देशको विकास निर्माणको प्रमुख आधारशिला मान्न सकिन्छ ।  तसर्थ हाम्रो देशको गौरव गाथा बोकेको गोरखापत्र एक सशक्त माध्यमको रूपमा रहेको छ ।  यसैले यो उल्लेख भएको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः ।  सर्वे भद्राणि पश्यन्तु मा काश्चिद् दुःख भाग्जनः । । भन्ने श्लोकको मनन गरौँ ।  यसैबाट हामी सबैको कल्याण हुन्छ ।

Source : http://gorkhapatraonline.com/news/39539 – 740124.