सुशासन र समृद्धिको खाँचो

जनतापोस्ट

janataPost
लेखक : विश्वनाथ खरेल

जनताको कर्तव्य भनेको आफ्नो मत आफ्ना प्रतिनिधिलाई दिई विजय गराउनु हो । जनताले यो कार्यभार पटकपटक पूरा गरेका छन् इतिहासमा । अब राजनीतिक नेतृत्वको काम भनेको मुलुकमा स्थायित्व, सुशासन र आर्थिक समृद्धि दिने जिम्मेवारी हो, यो अबको नयाँ बन्ने सरकारको समेत मुख्य कार्यभार हो । विगतका विभिन्न कालखण्डमा पटक–पटक शासन परिवर्तनका लागि होमिएका जनताको एउटै अभिमत पनि यही त थियो । अस्थिर राजनीतिले जनता आजित बनेका थिए ।
यसपटकको चुनावी परिणामले देशको राजनीतिक अवस्थालाई केही भिन्न प्रकारले चित्रण गर्न खोजेको देखिन्छ । यसरी समग्र देशको परिणाम हेर्दा जनता स्थायित्व र आर्थिक समृद्धिका पक्षमा देखिएका छन् । अबका दिनमा राजनीतिक दल र तिनका नेताहरूले दलीय स्वार्थभन्दा माथि रहेर देश र जनताका लागि कार्य गर्न सकून भन्ने जनअपेक्षा हो । यसकारण मुलुकलाई स्थायित्व, सुशासन र आर्थिक समृद्धिको विकासका लागि नेपाली जनता जस्तोसुकै मूल्य चुकाउन पनि तयार छन् । निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्रमा यसको प्रतिबद्धता जनाएको छ । यसरी हाल बन्ने नयाँ केन्द्रीय सरकार र प्रादेशिक सरकारले पनि जनताको यो मर्म र भावनालाई बुझ्न सक्नुपर्छ । नत्र भने नयाँ सरकारले पनि पुरानोले झैं उही र उस्तै नीति र व्यवहार गरे जनताको भावनामा कुठराघात पुग्नेछ ।
राज्यले आफ्ना सम्पूर्ण नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्छ । यसरी सरकारले बढीभन्दा बढी रोजगारी सृजना गर्नुका साथै गरिब तथा विपन्न नागरिकसम्म राज्य पुगेको आभास दिलाउन सक्नुपर्छ । अन्यथा लोकतन्त्र दीर्घकालीन हुँदैन भन्ने पहिलो साढे दुई दशकको हाम्रो देशको राजनीतिक उत्तारचढावले प्रष्ट पारिसकेको छ । यसरी आधारभूत तहसम्म राज्यको उपस्थितिमा लोकतन्त्र बलियो हुन्छ । यसले गर्दा सुशासन कायम गर्न मद्दत पुग्छ । यसबाट मात्रै विकास र आर्थिक समृद्धि, सुशासन सम्भव छ । हाम्रो देश विकासका महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवावर्गलाई देश विकासमा सक्रिय गराउन राज्यले विशेष पहलकदमी अपनाउनुपर्ने हुन्छ । अझ भन्ने हो भने अब बन्ने नयाँ सरकारप्रति नेपाली जनताको अपेक्षा धेरै रहेको छ, त्यो सरकारले पूरा गर्नतिर लाग्नुपर्ने देखिन्छ ।
समृद्धिको मार्गमा अग्रसर
मुलुकमा संविधानसभाबाट जारी भएको संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भइसकेको छ । जुन देशका लागि सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ । संविधानअनुसार संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली लगभग संस्थागत भइसकेका छन् । देशमा राजनीतिक समस्या खासै छैन भन्दा पनि हुन्छ । अबको जल्दोबल्दो चुनौती भनेको शान्ति सुरक्षा, गरिबी, बेरोजगार, अशिक्षा, कृषिको विकास, सामाजिक, राजनीतिक, जलविद्युत्, पर्यटन, आर्थिक विकासको मुद्दा संघीयताको व्यवस्थापन गर्नु हो । मुलुक राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने विन्दुमा पुगिसकेको छ । त्यही नारामा लट्ठिएर नेकपा एमाले र नेकपा माओवादीलाई मतदाताले अबको कार्यभार सुम्पेका हुन् ।
पछिल्लो निर्वाचनको सफलतासँगै लामो राजनीतिक अस्थिरता र संक्रमणकाल समाप्त भई देश समृद्धितर्फ उन्मुख हुन लागेको आभास जनताले पाएका छन् । संविधान अनुसार जारी गरिएको संघीय लोकतान्त्रिक गणगन्त्रात्मक संविधान बमोजिम स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको गठन हुन बाँकी छ । विगतको लामो अन्तराललाई हेर्ने हो भने जनताको आन्दोलनद्वारा १ सय ४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती शासन र त्यसपछिको संवैधानिक राजतन्त्र समाप्त हुँदै देशमा नयाँ परिवेशमा वाम गठबन्धनको नयाँ केन्द्रीय सरकार बन्ने तरखरमा रहेको छ । साथै प्रदेश २ बाहेक सबैमा वाम गठबन्धनकै बाहुल्यता रहेको देखिन्छ ।
राष्ट्रिय सभाको चुनाव समेत सम्पन्न भई अब नयाँ सरकार गठनको मार्गप्रशस्त भइसकेको छ । प्रदेश सभा समेत गठन भइसकेको छ, यद्यपि कतिपय प्रदेशमा राजधानीको विवाद उठेको छ । भौगोलिक, जनसंख्या, सुलभ स्थान आदि परिवेशलाई आधार बनाएर सबैलाई उपयुक्त पर्ने स्थानलाई अस्थायी मुकाम अर्थात् राजधानी तोक्न सकिन्थ्यो, ४÷५ वटा आधारलाई अध्ययन गरेर मात्र छान्नु पथ्र्यो । तर, अब प्रदेशसभाको दुईतिहाइ बहुमतबाट स्थायी रूपमा यसको समाधान हुने नै छ ।
युवा परिचालन
युवाशक्ति नै देश विकासको मुख्य आधार हो । हाम्रो देशमा दैनिक १ हजार ७ सयभन्दा बढी युवा रोजगारीका खोजीमा विभिन्न मुलुकमा पलायन भइरहेको तथ्य छ । अबको सरकारले युवावर्गको मनोबल बढाउने खालको वातावरण तयार गर्नुपर्छ । जसले गर्दा युवा जनशक्तिलाई आफ्नै देशमा उचित शिक्षा, स्वास्थ्य र रोजगारी दिएर देश विकासमा परिचालन गर्न सकियोस् ।
यसरी युवावर्ग निराश हुँदा देश विकासको गति ओरालो लाग्छ । यसर्थ युवावर्गमा आशाको खडेरी भएको खण्डमा कुनै हालतमा देशले गति लिन सक्दैन । वाम गठबन्धनको सरकारले बेरोजगार युवावर्गलाई दक्ष बनाउन तालिम, योग्यता बढाउने खालका कार्यक्रमको साथसाथै क्षमता अभिवृद्धिका कार्यक्रमबाट स्वरोजगारतर्फ उन्मुख गराउनुपर्छ । यसले जोश, जाँगर भएका युवालाई देश विकासमा नयाँ आयाम थप्न सहयोग पुग्नेछ । अब युवा जागरण र परिचालन राज्यको मुख्य अभिारा हो । यसका अलावा देशमा विद्यमान स्रोत र साधनहरूको बढीभन्दा बढी मात्रामा परिचालन गरी कृषि, पर्यटन, जलस्रोत, विद्युत्जस्ता क्षेत्रको चौर्तफी रूपमा विकास गरी देशको आर्थिक समृद्धि मजबुत बनाउन सकिन्छ ।
अबका चुनौती
यसरी आर्थिक विकास तथा समृद्धिको सपना बाँड्न जति सजिलो छ यसलाई पूरा गर्न पनि उत्तिकै चुनौतीपूर्ण छ । यसका मुख्य अवरोधका रूपमा रहेको देशको संरचनागत समस्या, प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचार मुलुकको कर्मचारीतन्त्रको पर्याय भइसकेको छ । त्यसैगरी हाम्रो देशमा पँुजी परिचालनको अवस्था निकै कमजोर छ । स्वदेशी पँुजीको समुचित उपभोगदेखि बाह्य लगानी भित्राउनेसम्मका काममा हामी निकै पछाडी परेका छौं । यसमा राजनीतिक कारण मात्र नभई सुशासनको पक्ष पनि उत्तिकै जिम्मेवार छ ।
आर्थिक विकास तथा समृद्धिको आधारशिला रोजगारी वृद्धिका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ र निजी लगानीलाई अधिकतम प्रोत्साहित गर्नुपर्छ । राजनीतिक नेतृत्व निजी क्षेत्रमैत्री भए पनि प्रशासनिक संयन्त्रहरू निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा अझै पनि पुरानै शैली हाबी छ ।
हाम्रा वरिपरि दुई विशाल अर्थतन्त्र भएका ठूला देश चीन र भारत छन् । हाम्रो तुलनामा छिमेकी देशहरूको अर्थतन्त्र निकै बलियो छ । त्यसमा हाम्रो सबैभन्दा बढी आयात तथा निर्यात हुने बजारको रूपमा पनि रहेको छ । तिनीहरूसँग घनिष्ठ तथा प्रगाढ कूटनीतिक सम्बन्ध बढाउनु आवश्यक छ । जसले गर्दा यी दुई देशबीच हुने लगानी र वैदेशिक व्यापार दुवैमा प्रभाव पार्ने भएकाले अबका दिनमा कूटनीतिक मामिलालाई सशक्त तथा दरिलो बनाउनुपर्ने स्थिति खड्किएको छ ।

Source : http://www.janatapostdaily.com/news-details/1122/2018-02-08-741025.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s