जुत्ता पालिस गर्न कांग्रेस नेता सडकमा (फोटो/भिडियो)

मङ्गलबार, १६ माघ २०७४, १४ : ११ |  दिपेन्द्र रोक्का
agni

काठमाडौं- नेपाली कांग्रेसका नेताहरु मंगलबार नयाँ बानेश्वरमा जुत्ता पालिस गर्दै गरेका भेटिए। उनीहरु सडक पेटीमा आफ्नो जुत्ता होएइ बटुवाका जुत्ता पालिस गरिरहेका थिए। यो मंगलबारको यो दृष्यले केहीबेर त सर्वसाधारणहरु झुक्किए पनि। कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ मा कांग्रेसका नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरेका हुन्। चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सडकमा बसेर बटुवाका जुत्ता पालिस गरेका थिए। राजनीतिक शुद्धिकरण अभियानको लागि सांकेतिकरुपमा जुता पालिस गरिएको उनीहरुले बताएका छन्।

भिडियो हेर्नुहोस्:







Source : http://www.nagariknews.com/news/36325/-741016.

जुत्ता पालिस गरेर कांग्रेस नेताले कमाए ३० हजार

लक्ष्मी दिदीले दिइन् २ हजार

मंगलबार बानेश्वरमा सर्वसाधारणको जुत्तामा पालिस गर्दै कांग्रेस नेताहरू। तस्बिर : नारायण महर्जन/सेतोपाटी

पञ्चायतकालमा बाल कांग्रेस भन्ने संगठन थियो। नेता कृष्णप्रसाद भट्टराईले बाल कांग्रेसलाई स्कुल जानुपर्छ र  किताब पढ्नु पर्छ भनेर सम्झाउथे।

भट्टराईले यसरी सम्झाउँदा एक बाल कांग्रेसले भनेछन्, ‘हामी त गरिब छम्, स्कुल जाउँ भने किताब कापी किन्न पैसा छैन, अनि कसरी पढ्नु?’

भट्टराईले ती बाल कांग्रेसलाई भनेछन्, ‘त्यसो भए तिमी दिनको एक घन्टा शहरको चोकमा बसेर जुत्ता पालिस गर!’  ती बाल कांग्रेसले भट्टराईको सल्लाह माने या मानेनन्।

पञ्चायत ढलेको २८ वर्षपछि नेता भट्टराईको यही सन्देश सम्झेर मंगलबार बिहान १० देखि ११ बजेसम्म राजधानीको बानेश्वरमा  कांग्रेसका केही केन्द्रीय नेताहरूले सर्वसाधारणका जुत्ता पालिस गरे।

‘हामी सधैँ जुत्तामा पालिस गर्ने जस्ता थिएनौं, सुरुमा हामीलाई देखेरमा मान्छे अलमलिए। पछि ब्यानर पढेपछि मात्र खुट्टा दिए,’ जुत्ता पालिस गर्नेमध्येका एक नेता धनराज गुरुङले भने, ‘ हामीले पैसा तोकेका थिएनौं आफूखुसी उनीहरूले नै पैसा दिए।’

त्यसमध्ये  किसुनजीले सधैँ चिया खाने गरेको चिया पसल लक्ष्मी दिदीले २ हजार रुपैयाँ दिएकी थिइन्।

पूर्वराज्यमन्त्री एंव कांग्रेस नेता राजेन्द्र खरेलले जुत्ता पालिस गरेवापत् पाँच हजार रूपैयाँ दिए। ‘कसैले १०० पनि दिनु भयो कसैले हजार पनि दिनुभयो,’ गुरूङले भने।

बानेश्वर चोकमा सर्वसाधारणको जुत्ता चम्काएका  कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार एक घन्टा जुत्ता पालिस गर्दा उनीहरूले ३० हजार रुपैँया कमाएका छन्।

‘राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य  गर्दै हामीले किसुनजीको  सन्देशअनुसार जुत्ता पालिस गर्ने कार्यक्रम राखेका हौँ। श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश पनि जाओस भन्ने हो,’ भण्डारीले भने, ‘ सहिद दिवसकै दिन पारेर किसुनजी जस्ता अग्रज भएको हाम्रो पार्टी अहिले सही दिशामा छैन त्यसमा सुधार आवश्यक छ। नैतिकताको राजनीति आवश्यक छ भन्ने सन्देश दिन खोजेका हौँ।’

कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराई लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका थिए।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले  कार्यक्रम आयोजना गरेको थियो।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गर्दै। तस्बिरः नारायण महर्जन

‘हाम्रा सहिदले जुन बलिदान देशको लागि दिएका थिए, अहिलेको राजनीतिमा त्यस्तो बलिदानी भावना छैन। त्यसैले मुलुकको राजनीतिमा सुधार आवश्यक छ भनेर हामीले व्यङ्ग्यात्मक रूपमा जुत्ता पोलिस गर्ने कार्यक्रम राखेका हौँ,’ नेता धनराज गुरुङले भने, ‘देशमा जुन भ्रष्टाचार व्याप्त छ, राजनीति भ्रष्ट छ यी सबैलाई हटाएर राजनीतिक शुद्धीकरण आवश्यक छ। हामीलाई किसुनजीले नैतिकताको राजनीति गर्न सिकाउनुभएको थियो। नैतिकताको राजनीतिका निम्ति आजै बाट हामी लाग्नुपर्छ भनेर सांकेतिक कार्यक्रम गरिएको हो,’ गुरुङले भने।

जम्मा भएको पैसा प्रतिष्ठानको कोषमा जम्मा हुने गुरुङले जानकारी दिए। जुत्ता पालिस गर्न चाहिने सबै सामान प्रतिष्ठानले नै व्यवस्था गरेको थियो।

Source : https://setopati.com/politics/128088-741016.

 

 

Tuborg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s