श्रीस्वस्थानी व्रतारम्भ र शालीनदी

विश्वनाथ खरेल
श्रीस्वस्थानीको व्रत र स्नान गर्ने विधि पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघशुक्ल पूर्णिमाका दिनमा व्रत पूर्ण गरिने परम्परा रहेको पाइन्छ । हाम्रो समाजमा यो धार्मिक पर्वले आफ्नै किसिमको महŒव बोकेको छ । पौष पूर्णिमाको दिनदेखि स्वस्थानी व्रत प्रारम्भ गरिन्छ । त्यसको पूर्वदिन पौष शुक्ल चतुर्दशी स्नान इत्यादि गरी पवित्र भई एक छाक फलाहार गर्ने र भोलिपल्ट पूर्णिमाका दिन प्रातः स्नान प्रारम्भ गर्नुपर्छ । प्रातः स्नानको अर्थ हो सूर्योदयभन्दा पूर्व नै स्नान गरी सक्नुपर्ने हुन्छ । पौराणिककालदेखि नै आर्यावर्तको नेपाल खण्डमा ज्यादै प्रचलित र आस्थावान् रहेको स्कन्द पुराणअन्तर्गतको केदार खण्ड अथवा नेपाल खण्डमा उल्लेखित माघ महात्म्यमा श्रीस्वस्थानी परमेश्वरीको व्रतविधि, माघ स्नान विधि, पुजन, कथा एवं यस व्रतलाई विधिपूर्वक पूर्ण गर्दा प्राप्त हुने फलबारेमा विस्तृत रूपले वर्णन गरिएको छ ।
स्वस्थानी व्रतकथामा सृष्टिको वृत्तान्तदेखि दक्ष प्रजापतिको यज्ञ, दक्षको घमण्डले महादेवको अपहेलना सहन गर्न नसकी सतीदेवीले दक्षको यज्ञकुण्डमा हामफाली प्राण त्याग गरेको, महादेवले सतीदेवीको शरिरलाई बोकेर हिँड्दा साढे सात करोड पीठहरू विभिन्न भागमा पतन भएको, दक्षको भगवान् महादेवद्वारा संहार, त्रिपुरसमेत जित्ने तारकासुर राक्षसको संहार, श्रीस्वस्थानीको व्रतका प्रभावले पार्वतीको श्री महादेवसंँग विवाह भएको वर्षौंदेखि बिछोड भएका नाग–नागिनीको स्वस्थानीको व्रत गरी कसैले नदीमा प्रसाद चढाएको रोटी पाउँदा उनीको पुनःमिलन भएको, गोमालाई श्रीमहादेवको चारश्रापका लागि सप्तऋषिद्वारा श्री स्वस्थानीको व्रत गर्ने उपदेशानुसार व्रत गर्दा श्रापद्वारा मुक्ति एवं उनका सुपुत्र नवराज लावण्य देशका राजा भएका थिए । माघमास भरी नेपाली साली नदीलाई पवित्र नदीको रूपमा हेरी पुण्य कमाउन त्यहाँ जाने गर्छन् । यस अवसरमा सालीनदीका साथै पशुपति क्षेत्रको गौरीधाटमा नुहाई किराँतेश्वर मन्दिरको दर्शन गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ भन्ने किंवदन्ती छ ।
श्रीस्वस्थानी व्रतकथामा श्रीस्वस्थानी परमेश्वरी मातालाई निरञ्जन निराकार, सम्पूर्ण तीर्थ, सृष्टिस्थिति संहारकर्ता, पञ्च महाभूत, सत्व, रज, तम, त्रिगुण, ब्रह्माण्ड संसारमा आत्मस्वरूप आदिशक्ति, कालस्वरूप, आदि अन्त्यविहीन, अव्यक्त भनी वर्णन गरिएको पाइन्छ । श्रीस्वस्थानी व्रतकथामा हिमालय पर्वतकी सुपुत्री कन्या पार्वतीले महादेव स्वामी पाऊँ भनी श्रीस्वस्थानीको व्रत बसी व्रतको प्रभावले महादेव स्वामी पाएकी थिइन् भन्ने उल्लेख हुनुका साथै उक्त व्रतकथामा सत्ययुगमा देवलोकमा देवगणबाट र मत्र्यलोकमा गोमा ब्रह्मणीले सप्तऋषिको सल्लाहअनुसार पापमुक्ति एवं ऐश्वर्य प्राप्तिका लागि व्रतको आरम्भ गर्न प्रोत्साहित गरिएको थियो भन्ने उल्लेख छ ।
व्रतालुहरूले श्रीस्वस्थानी माताको व्रत बसेको समयमा आफूखुसी जे मन लाग्यो, त्यही वस्तु खान चाहिँ पूर्ण रूपमा नपाइने भएकोले खान हुँदैन भनेको कुनै वस्तु खायो भने र गर्नुहुँदैन भनेको काम गरेको खण्डमा त्यस्तालाई ठूलै पाप लाग्छ भन्ने जनविश्वास रहेको हँुदा त्यस्ता व्यक्तिले जुन कामको कामनाका लागि चिताएर व्रत बसेका हुन सो प्राप्त गर्न सकिँदैन भन्ने कथन छ । श्रीस्वस्थानी माताको व्रत बस्ने व्रतालुले भात, पालुङ्गो, चिनी चाकु, मुला, उखु, तरुल, चिउरा, केरा, सुन्तला, लप्सी, केराउ, नेपाली ध्यू, आदिमध्येबाट आफूलाई खान मन लागेको मात्रै खान सकिने भएकोले व्रतालुले यिनै कुराको सेवन गरी व्रतको परिधिभित्र रहेर नियम पालना गर्नुपर्छ । यसरी माघस्नानको नियम र महŒव भारतीयमा पनि देखिन्छ । किन्तु स्वस्थानी भगवतीको पूजा नेपालीको आफ्नो विशेषता हो । धर्मप्राण नेपालीमा स्वस्थानीको कथाले महŒवपूर्ण प्रभाव पारेको देखिन्छ । स्वस्थानी व्रतको कथामा शिव शर्मा र ब्राह्मण र उनकी ब्राह्मणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले गर्दा त्यहाँ आइपुगेकी एउटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन् । तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा असी वर्षको बूढो तेरो पति होस् भन्ने श्राप पाइन । त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह्यो । वृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन् । गोमाले छोरो पाइन् र उनको छोराको नाम नवराज राखियो । छोरा ठूलो भएपछि मेरो पिताजी कहाँ जानुभयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन् । छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के । उता गोमाले ऋषिहरूको उपदेशले स्वस्थानी भगवतीको मेरो छोरो चाँडै फर्कोस् भनेर पूजा व्रत गरिन् । नवराजले पनि भगवान् शिवको स्तुति गरेर राज्य पाउने वरदान पाए । घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले पाए । आमालाई बोलाए, नवराजले अर्को विवाह गरे । उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन् । बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले कुष्टी भएर भुइँमा खसेर बसिन् । पछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन । यो कथामा स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन् र पछि उनै भागवतीको व्रत र पूजाले पुनः स्वस्थान आफ्नो स्थान पाइन । त्यसो हुँदा स्थान च्यूत व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ । स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा हो । यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पुज्य स्थान प्राप्त गर्न सकिन्छ ।

Source : http://gorkhapatraonline.com/news/49820-740929.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s