शिक्षा दिने नै सर्वश्रेष्ठ गुरु

विश्वनाथ खरेल

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय राष्ट्र हो । अनेकतामा एकता हाम्रो मुख्य विशेषता हो । प्राचीन परम्पराबाटै सुरुवात भएका हाम्रा महŒवपूर्ण चाडपर्व धेरै छन् । तीमध्ये गुरुपूर्णिमा पनि एक हो । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँगको सम्बन्ध एकदमै गहिरो रहीआएको छ । हामी जुनसुकै धर्म या सम्प्रदायको भए पनि ज्ञान र सिप ग्रहण गर्नका लागि गुरु र गुरुत्वको ठूलो महŒव छ । संसारमा सायद ज्ञान मात्र यस्तो कुरा हो, जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गर्छन् । चाहे मुस्लिमहरूको मदरसामा तपाईंलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या सानासाना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने मिस र सरहरू किन नहून् । उनीहरूले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं । जसले जात, धर्म, भाषा, वर्ग आदि सबै कुरालाई छोडेर मानवसभ्यताकै विकासमा टेवा  पु¥याएको पाइन्छ ।

हिन्दू धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्र नामका रचयिता तथा अपौरुपेय वेदलाई चार भाग लगाउने वेद व्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँदै छन् । आजका दिन विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अधि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझी पुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । आप्mना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदांग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नुका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।
धार्मिक शास्त्रमा उल्लेख भएअनुसार ‘गु’ को अर्थ अँध्यारो र ‘रु’ को अर्थ उज्यालो हुन्छ, अर्थात् जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालो संसारतर्फ डो¥याउँछ, त्यो नै गुरु हो । ‘शिक्षक’ शब्द पनि गुरु शब्दकै पर्याय हो । शिक्षकको अर्थ सिकाउने हो । शिक्षक तीन अक्षरले बनेको शब्द हो, जसमध्ये ’शि’ भनेको शिष्ट, ‘क्ष’ भनेको क्षमतावान् र ‘क’ भनेको कर्मठ हुन्छ । यस अर्थमा शिक्षक शब्दले पनि गुरुकै जस्तो गरिमामय अर्थ बोकेको छ । त्यस्तै, ‘आचार्य’ पनि गुरुकै पर्याय हो । अतः असल गुरुको प्राप्ति या छनोट अधिकांश समस्या र दुविधाहरूको निरोध हो भनेर भनिन्छ । तथापि अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ ।

शिक्षा कुनै विषयको जानकारी तथा जीविकाका लागि सक्षमता आर्जन गर्नु हो भने विद्या मानवजीवन बोध गराउने र मुक्तिको मार्ग पहिल्याउने उपायको खोजी हो । आधुनिक शिक्षा विकासस“गै विद्यालयहरू शिक्षालयमा परिणत हु“दै छन् । जगत् र जीवन बुझ्ने र बनाउने विद्याभन्दा जीविका दिलाउने शिक्षाको महŒव बढ्दै छ

विज्ञान र प्रविधिको अहिलेको युगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिका लागि एकलव्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर र त्यसैलाई गुरु थापेर सिक्नुपर्ने जरुरत छैन न त गुरु दक्षिणाका रूपमा औंला नै काटेर दिनुपर्ने भयंकर बलिदान नै । संस्थागत भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेसा अनि सञ्चार माध्यमहरूले पनि हामीलाई गुरुरूपी शिक्षा दिइरहेका छन् । हाम्रो प्राचीन पूर्वीय सनातन परम्परामा शिक्षाको सुरुवात गुरुकुलबाट  भएको थियो ।
गुरुहरूले आप्mना शिष्यहरूलाई आश्रममै राखेर शिक्षा दिने र लिने त्यो परम्परामा शिष्यहरूले गुरुकुललाई आप्mना माता पितासरह सम्मान गर्ने यो पौराणिक यथार्थ थियो । भगवान् रामदेखि लिएर भगवान् कृष्ण, भगवान् बुद्ध हुँदै गान्धीसम्म आइपुग्दा सबै भगवान् र नायकहरूले गुरुबाट शिक्षा लिएका छन् । यद्यपि, कतिपय तथ्यहरू अप्रिय प्रकारका पनि छन् । गुरुहरूले आप्mना शिष्यहरूलाई आफूले ज्ञान दिने र सानो गल्तीका लागि ठूलो सजाय दिने काम पनि भएका छन् । अतः त्यो स्वाभाविक सजाय होइन । हरेक गुरुले आपूmलाई दोर्णाचार्यका रूपमा राखेर आप्mना शिष्यलाई अर्जुन बनाउन सक्नुपर्छ । तर अर्जुनलाई जस्तै आप्mना शिष्यहरूलाई माया गर्ने र अर्का शिष्य एकलव्यलाई जस्तो शिक्षा दिन अस्वीकार गर्ने र आप्mनो योग्यताले अर्जुन बराबरको योग्यता प्राप्त गरेका एकलव्यबाट गुरुदक्षिणा माग्ने नाममा बुढीऔंला माग्ने काम आजका गुरुहरूबाट हुनुहुँदैन । त्यति मात्र होइन, कुलीनताको अभावमा क्षत्रीको छोराले ढाँटेर ब्राह्मणपुत्रका रूपमा शिक्षा लिएकोमा कर्णलाई उसले प्राप्त गरेको शिक्षा आवश्यक परेको बेलामा काम नलागोस् भन्ने जस्ता दोर्णाचार्यको श्राप आजका लागि अशोभनीय मात्र होइन, एउटा सभ्य समाजको यात्रामा अस्वाभाविक पनि हो । त्यसैले इतिहासका कतिपय अप्रिय क्षणहरूबाट शिक्षा लिएर हामीले शिक्षा क्षेत्रमा आधुनिक चिन्तन स्थापना गर्नुपर्छ ।

समग्रमा भन्नुपर्दा गुरुहरूलाई जुन देशमा सम्मान गरिँदैन, त्यो देशको सभ्यताले गति लिन सक्दैन । त्यस अर्थमा गुरुपूर्णिमालाई बुझिनु अन्यथा होइन । तर इमानदारीका साथ कुरा गर्ने हो भने जुन विद्यार्थी पढाउन गुरुहरूले ऊसँग शुल्क लिइरहेका छन्, त्यस विद्यार्र्थीका बारेमा गुरुहरू कति जिम्मेवार छन् ? यो प्रश्न गुरुहरूले आफैंसँग गरून् । नैतिक दृष्टिले समाजको यो पतनलाई उकास्न शिक्षामा अझ ठूलो क्रान्ति आवश्यक छ । तर हाम्रो देशमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाको दिन गुरुपूजा पूर्णिमाका रूपमा मनाउने परम्परा रहीआएको छ । पछि यो परम्परा मानव जीवनमा रूपान्तरित हुन पुग्यो र मानव रूपमा उदय भएका श्रीरामका वशिष्ठ र विश्वामित्र, श्रीकृष्ण, बलराम, र सुदामाका सान्दिपनि, राजा यदुका दत्तात्रेय, भक्त प्रह्लादका नारद, देवहुतीका कपिलदेव, भक्त उद्धवका वृहस्पति, राजर्षि जनकका बालयोगेश्वर आदि सद्गुरु भएका कुरा धर्मशास्त्रमा उल्लेख छ । त्यस्तैगरी, विश्व जत्तिकै आधुनिक र ज्ञानहरू जत्तिकै सहज र व्यावसायिक रूपमा उपलब्ध भए पनि संसारमा गुरुत्वको दियो अझै बलिरहेको छ, बलिरहनेछ ।

गुरुत्वको त्यही महŒवलाई आत्मसात् गरेर हुन सक्छ, सनातन संस्कारमा वर्षपछिको वर्ष र युग पछिका युगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरुत्वको महŒव गुरु पूर्णिमामा दर्शाइन्छ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने पथ प्रदर्शन गर्ने समस्त गुरुहरूलाई यस दिन कोटीकोटी नमस्कार गरिने गरिन्छ । यसैगरी, योगी विकासानन्दका विचारमा शिक्षकको सिकाउने काम हो । यसर्थ गुरुको काम अज्ञानता हटाई ज्ञान प्रदान गर्ने हो भने आचार्य ती हुन्, जसले सिकाएको कुरा आप्mनो व्यवहारमा पनि उतारेर आप्mना शिष्यलाई सद्व्यवहारतर्फ उत्प्रेरित गर्दछन् । यसले के स्पष्ट पार्छ भने शिक्षक सबै असल हुन्छन् र सच्चा ज्ञानको वितरण गर्छन् भन्ने छैन ।
शिक्षामा सरकारले विनियोजन गर्ने बजेट उत्साहपूर्ण छैन । त्यति मात्र होइन, योजनाहरू व्यावहारिक छैनन् । देशका सबै बालबालिकालाई पढ्नका लागि उचित वातावरण बनाउने कानुन तयार भएको छैन । आप्mना बालबालिकालाई स्कुल नपठाउने अभिभावकलाई कानुनी कारबाही गर्ने अवस्थामा देश पुगेको छैन । त्यसैले पनि शिक्षा सबैका लागि पुगिसकेको छैन । यस अर्थमा शिक्षा क्षेत्रमा धेरै कुरा गर्न बाँकी छ । शिक्षा कुनै विषयको जानकारी तथा जीविकाका लागि सक्षमता आर्जन गर्नु हो भने विद्या मानवजीवन बोध गराउने र मुक्तिको मार्ग पहिल्याउने उपायको खोजी हो । आधुनिक शिक्षा विकाससँगै विद्यालयहरू शिक्षालयमा परिणत हुँदै छन् । जगत् र जीवन बुझ्ने र बनाउने विद्याभन्दा जीविका दिलाउने शिक्षाको महŒव बढ्दै छ । एउटा सनातन परम्पराको निरन्तरता गुरुपूर्णिमाले सरकारदेखि लिएर शिक्षा क्षेत्रमा रहेका सबैलाई गुरु र विद्यार्थीहरूमा उत्कृष्ट शिक्षाका लागि प्रेरित गर्न सकेको खण्डमा मात्र गुरुपूर्णिमा सार्थक भएको मान्न सकिन्छ ।

Source : http://rajdhanidaily.com/2017/07/09/43693/740325.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s