नेपालमा सहकारीको विकास र योगद

विश्वनाथ खरेल

नेपालमा सहकारीको विकास आसलाग्दो ढंगले भइरहेको देखिन्छ । नेपालका सहकारी क्षेत्रमा अहिले ६० लाखभन्दा बढी नागरिक प्रत्यक्ष संलग्न रहेको तथ्यांक छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारीका सम्बन्धमा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारी संस्थाहरूबीच सहयोग र समुदायप्रति चासो जस्ता सात सिद्धान्त प्रतिपादन गरेको छ । यी सिद्धान्तभित्रका वाक्यांशलाई परिभाषा गर्ने र अर्थ लगाउने हो भने यसमा कहीँ पनि राजनीतिको गन्ध आउँदैन । यस्तो स्वच्छ निर्मल शब्दहरूलाई संयुक्त राष्ट्रसंघले समेत स्वीकार गरिसकेको छ । वर्तमान अवस्थामा कट्टर मुस्लिम केही देश छोडेर यो परिभाषाको प्रयोग र सहकारीको सिद्धान्तभित्र संसारका सबै देशमा सहकारी संघसंस्थाहरू सञ्चालन भइसकेका छन् ।

विश्वको इतिहासमा हेर्ने हो भने सहकारीको जन्म बेलायतको रोचहेल अग्रदूतका २८ जनाको एउटा समूहबाट २४ अक्टोबर १८४४ मा ‘फ्रेन्डली सोसाइटी एक्ट’ अन्तर्गत भएको पाइन्छ । सो ऐनअन्तर्गत रोचहेल सामूहिक अग्रदूत समिति नै विश्वको प्रथम सहकारी संस्था हो । यसरी बेलायतमा जन्म भएर जर्मनमा पुगेर ‘इच फर अल एन्ड अल फर इच’ सिद्धान्तको विकास हुँदै डेनमार्क, जापान, चीन, ब्राजिल भएर भारतमा कृषि सहकारीको विकास भएको पाइन्छ ।
नेपालको हकमा २०१० मा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालयअन्तर्गत सहकारी विभागको स्थापना भयो । तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २० चैत २०१३ मा पहिलो सहकारी संस्थाको स्थापना भयो । त्यसरी नै दक्षिण एसियाली मुलुकहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तानमा यस प्रकारका सहकारी सेवा संस्थाहरू धेरै छन् ।
सहकारीको सहज कर्जामार्फत महिलाहरूले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तीकरणका लागि पनि सहकारी एउटा अद्भुत अस्त्र सावित भएको छ । देशमा सहकारी प्रणालीलाई संस्थागत गर्ने क्रममा सहकारी संस्था ऐन–२०१६, सहकारी नियमहरू–२०१८, साझा संस्था ऐन–२०४१, साझा संस्था नियमावली–२०४३, सहकारी ऐन–२०४८ र सहकारी नियमावली २०४९ बमोजिम सहकारी विभागले सहकारी संघसंस्थाहरूको दर्ता, नियमन तथा प्रवद्र्धनलगायतका कार्य गर्दै आएको छ ।

२०१३ मा सर्वप्रथम चितवन जिल्लामा सहकारी संस्थाको स्थापना भएपश्चात् हाल नेपालमा ३३ हजार ५ सय ९९ सहकारी स्थापना भई सञ्चालनमा छन् । यसमा विकास क्षेत्रतर्फ हेर्ने हो भने पूर्वाञ्चल विकास क्षेत्रमा ६ हजार १ सय ९६, मध्यमाञ्चल विकास क्षेत्रमा १५ हजार ८ सय ३६, पश्चिमाञ्चलमा ४ हजार ५ सय १०, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ४ हजार ७ सय ७८ र सुदूरपश्मिाञ्चल विकास क्षेत्रमा २ हजार २ सय ७९ रहेका छन् । त्यस्तै सहकारीको सञ्चालक संख्यामा पुरुषको संख्या १ लाख ४२ हजार २ सय ४ छ भने महिलाको ८९ हजार ९ सय १८ गरी कुल जम्मा २ लाख ३१ हजार ८ सय २२ रहेको देखिन्छ । त्यसरी नै सदस्य संख्यालाई हेर्दा पुरुषको संख्या २९ लाख ४४ हजार ५ सय ३९ र महिलाको संख्या ३० लाख ८६ हजार ३ सय १८ देखिन्छ ।
सर्वप्रथम अन्तर्राष्ट्रिय सहकारी महासंघले दिएको सहकारीको परिभाषा यस्तो छ, ‘व्यक्तिहरूको ऐच्छिक सहभागिताबाट उनीहरूको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो ।’ सहकारीलाई सामान्य अर्थमा हेर्दा यो एउटा व्यवसाय वा कारोबार हो, जसमा समूहमा बस्ने, सोच्ने र काम गर्ने पद्धतिमार्फत् ती व्यवसायहरू सञ्चालन गरिन्छ । यसलाई अर्को अर्थमा भन्नुपर्दा देश विकासको साझा प्रयासलाई अगाडि बढाउन स्थानीयस्तरमा स्वावलम्बनको भावना जागृत गराउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि जनसहभागिता परिचालन गर्ने आधारस्तम्भका रूपमा सहकारी संस्थाको स्थापना भएको पाइन्छ ।

तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २० चैत २०१३ मा पहिलो सहकारी संस्थाका रूपमा प्रवेश गरेको बखान सहकारी संस्थाको स्थापना भयो । त्यसरी नै दक्षिण एसियाली मुलुकहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तानमा यस प्रकारका सहकारी संस्था धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाहरूले सापट पाउने हु“दा महिला उत्थान तथा सशक्तीकरणका लागि पनि सहकारी एउटा अद्भुत अस्त्र सावित भएको छ

२०४६ मा प्रजातन्त्रको पुनःस्थापनापश्चात् सहकारी संघसंस्थाहरूलाई जनताकै क्रियाशील सक्रियताका नयाँ सोचविचार एवं मान्यताअनुसार सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भई सहकारी ऐन २०४८ तर्जुमा भई लागू गरियो । यो एउटा सामाजिक कार्य पनि हो । सहकारी ऐन, २०४८ को प्रस्तावनाअनुसार कृषक, कालीगढ, कम पुँजीबल, निम्न आयवर्ग, श्रमिक मजदूर, बेरोजगारी जस्ता वर्गले सहकारी स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यसबाट के देखिन्छ भने जुन वर्गसँग सीमित स्रोत, साधन र पुँजी हुन्छ, ती वर्गले त्यस्तो सीमित स्रोत र साधनलाई सामूहीकरण गरेर सामूहिक स्वामित्वअन्तर्गत रहेर कुनै कारोबार वा व्यवसाय सञ्चालन गर्न समूहमा आबद्ध हुनुलाई नै सामान्य अर्थमा सहकारी भनिन्छ ।
एक्लो व्यक्तिसँग सीमित स्रोत र साधन मात्र हुन्छ तर उसका आवश्यकता असीमित हुन्छन् । त्यस्तो अवस्थामा असीमित आवश्यकता परिपूर्तिका लागि सामूहिक प्रयासभन्दा अर्को विकल्प हुन सक्दैन । उदाहरणका लागि हामीसँग भएको थोरै साधनस्रोतलाई परिचालन गरी हाम्रो आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उत्तम उपाय नै सहकारी हो । यसमा समाजमा रहेर स्वेच्छिक रूपमा समूहबद्ध भएर स्वतन्त्रपूर्वक आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकताको परिपूर्ति गर्न आÏना स्रोतसाधन एवं पूँजीको संयुक्त स्वामित्व स्वीकार गरी कारोबार सञ्चालन गरिन्छ । सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई अभिवृद्धि गर्नु हो, आम्दानी बढाउनु, खर्च घटाउनु, मितव्ययी बनाउनु, लगनशील बनाउनु, सेवाभावको अभिवृद्धि गराउनु सहकारी स्थापना र सञ्चालन गर्नुका प्रमुख उद्देश्य हुन् ।

अन्त्यमा विश्व सहकारी आन्दोलनलाई हेर्ने हो भने सहकारीको जन्म बेलायतमा मजदुरलाई मालिकले चरम शोषण गरेपछि सहकार्य गर्ने योजनाअनुसार १७औं शताब्दीमा भएको इतिहास छ । प्रशंसनीय दृष्टिकोणलाई हेर्ने हो भने सन् १९८० को दशकमा अमेरिकी नागरिक डेभिड एल कुपरराइडरले प्रवर्तन गरेका थिए ।
मानव समाजलाई हेर्ने विभिन्न वाद, दर्शन र सिद्धान्तहरूमध्ये प्रशंसनीय दृष्टिकोण एक नवीनतम चिन्तन हो । विश्व मानव विकासमा सकारात्मक परिवर्तन ल्याउन यो विश्वव्यापी हुँदै गइरहेको दृष्टिकोण, पद्धति, विधि, शैली र व्यवहार हो । हाम्रो देशमा पनि सहकारी ऐन आउनुपूर्व विभिन्न समयमा सहकारीको सञ्चालन र कानुनी व्यवस्था गर्न र नियमन कार्यलाई सुदृढ गर्न सहकारी संस्थासम्बन्धी ऐनहरू तर्जुमा भएको पाइन्छ ।
सहकारी सिद्धान्तअनुसार स्वेच्छिक तथा खुला रूपमा सदस्यता प्राप्त गर्ने र स्वतन्त्रतापूर्वक स्वायत्त निकायका रूपमा सहकारी संघसंस्थाहरू स्थापना गर्न पाउने अधिकारलाई सहकारी ऐन २०४८ ले प्रत्याभूत गरेको छ । यसैको परिणामस्वरूप आज मुलुकभर विभिन्न प्रकृतिको कारोबारसँग सम्बन्धित सहकारी संस्थाहरू क्रियाशील छन् । समग्र वित्तीय क्षेत्र एवं मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान महŒवपूर्ण रहँदै आएको छ । २०७३ असारसम्म नेपाल राज्यभर सञ्चालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको सेयर पँुजी ७१ अर्ब पुगेको छ भने बचत निक्षेप २ सय ९५ अर्ब र लगानी २ सय ८९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७२÷७३ सम्म यस क्षेत्रले ५६ हजार ४ सय ७५ जना विभिन्न तहका जनशक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।

Source : http://rajdhanidaily.com/2017/07/04/42798/740320.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s