धार्मिक शास्त्रमा हरिशयनी एकादशी

 

विश्वनाथ खरेल   

नेपाल धार्मिक आस्था र विभिन्न पर्व तथा अनुष्ठानका लागि प्रसिद्ध देश हो ।  यहाँ मनाइने पर्वमा धर्म संस्कृतिका मौलिक आधार, समाजको रीतिस्थिति, चालचलन, आचारसंहिता र परम्परागत प्रचलन छन्, जसलाई नेपाली संस्कृति र आस्थाका अभिन्न अङ्ग मानिन्छ ।  यहाँ अवस्थित विभिन्न मठ, मन्दिर, मूर्ति, गुम्बा, गुफाले धार्मिक संस्कार समेटेका छन् ।
प्रत्येक साल आषाढ शुक्लपक्षमा पर्ने एकादशी अर्थात् हरिशयनी एकादशी पनि भनिन्छ ।  यस आषाढ शुक्ल शयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवं मोक्षदायिनी, सबै पापलाई नाश गरिदिने उत्तम व्रत हो ।  हिन्दु धर्मशास्त्रअनुसार यो एकादशीमा निर्जला एकादशीमा बिजारोपण गरिएको तुलसीलाई सारिने कार्य गरिन्छ ।  त्यसकारण जसको घरमा तुलसा सारिन्छ त्यसको घरमा कलियुगको पाप फैलिँदैन भन्ने विश्वास गरिन्छ ।  यसै दिनदेखि भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।  यस एकादशीमा सुतेका हरि कात्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ ।
यस एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने विश्वाश रहिआएको पाइन्छ ।  भविष्योक्तरा पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि भनेको उल्लेख छ ।  हरिशयनी एकादशीमा व्रत बस्नाले पापकोनाश, पुण्य वृद्धि र मोक्ष प्राप्ति हुन्छ ।  प्रत्येक हिन्दु धर्माबलम्बीको घरको देब्रेपट्टि बनाएको मठमा तुलसीको बेर्ना सारिने कार्य पनि यस दिनमा गरिन्छ ।  यसरी यो एकादशीमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।  हिन्दु धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार पत्नी वृन्दाको सत्यमार्गका कारण जालन्धरले देवताका विरुद्ध झनझन् आफ्नोे प्रभाव बढाउँदै लगेका थिए ।  भगवान् रामले समेत जालन्धरलाई पत्नीको सतित्वका कारण युद्धमा पराजित गर्न सकेका थिएनन् ।  त्यहीबेला विष्णुले वृन्दाको सतित्वलाई सङ्कटमा पारेरमात्रै जालन्धरलाई पराजित गर्न सकिने कुरा विमर्श गरे ।  सोहीबमोजिम जालन्धर रूप धारण गरी वृन्दाको सतित्व हरण गरे ।  सो कुरा वृन्दाले थाहा पाएपछि भगवान् विष्णुलाई तुलसीजस्तो झार वनस्पति हुनुपरोस् भनी श्राप दिइन् ।  सोही श्रापको मोक्षस्वरूप विष्णुले तुलसीको रूप धारण गरे ।  यही धार्मिक किंवदन्तीअनुसार साक्षात विष्णुको रूपमा तुलसीको बीउलाई असार शुक्ल एकादशीका दिन घरघरमा स्थापित गर्ने परम्पराको थालनी भएको विश्वास छ ।  घर आँगनमा तुलसीको बोट हुँदा देवताको बास हुने विश्वास छ ।  तुलसीको बोट नभएको घरमा यमराजका दूत सहजै पुग्ने भएकोले विष्णुधारी तुलसीको बिरुवालाई घर अगाडि मठ बनाएर रोप्ने गरिन्छ ।  हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुईटा एकादशी पर्छन् ।  यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुने भए पनि प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास पर्छ र सो साल १३ महिनाको वर्ष मानिन्छ ।  त्यतिबेला दुइटा एकादशी थप हुने भएकाले मलमास परेको सालमा २६ वटा एकादशी पर्न आउँछन् ।  प्रत्येक एकादशीको आफ्नोे अलग नाम र परिचय छ भने सबैको भिन्नाभिन्नै व्रत उपवासको फल तोकिएको पाइन्छ ।
हाम्रो देशको वैदिक दृष्टिकोणमा हरिशयनी एकादशीको ठूलो महìव छ ।  तुलसीको पूजा हुने भएकोले हिन्दूहरूकै महìवपूर्ण पर्वका हरिशयनी एकादशी स्वीकार्य बनेको छ ।  विधिपूर्वक मठमा तुलसीको बीउ रोप्दा जो कसैको वंशले तीनै लोकमा सुख शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।  ‘तुलसी’ शब्दलाई संस्कृत दर्शनमा गहिरो अर्थमा शाब्दिक व्याख्या गरिएको छ ।  तुलसी भन्नाले ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु हो ।  यसले मानव जीवनमा प्राप्त हुने विज्ञानलाई समर्पण भावमा परिणत गराउँछ ।  तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।  एकपटक भगवान् नारायणसित लक्ष्मीले भनीन्­ ‘हेनाथ’ ! अब हजुर दिन­रातजागा रहनुहुन्छ र सुत्नु भयो भने पनि लाखौँ­करोडौँ वर्षसम्म सुत्नु हुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ ।
समग्रमा भन्नुपर्दा निर्जला–एकादशीमा तुलसीको बिउ अथवा दल छरी उम्रिएको बिरुवालाई हरिशयनी एकादशीमा घरको मठ वा कुनै विशेष स्थानमा सारिन्छ, यसै एकादशीदेखि चतुर्मासको व्रत सुरु हुन्छ ।  चतुर्मासका एकादशीमा भागवत् भन्ने भनाउने परम्परा रहिआएको छ ।  हरिबोधिनीमा सो तुलसीलाई सङ्कल्पसमेतको अनुष्ठानमा विष्णु भगवान्सँग विवाह गराइन्छ ।  यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ तर अनौठो चलन चतुर्मासअन्तर्गत विजया दशमी पर्वको एकादशीलाई पापांकुशा तथा गिद्धे एकादशी भनी मासु खाने र खुवाइने गरिन्छ ।  एकादशी र औंसीमा हिन्दुले मासु खान वर्जित तथा निषेध नै गरिए पनि व्यवहारमा चलाइएको यो मान्यतालाई हिन्दु धर्मको लचकता वा व्यावहारिक कठिनाइ खुकुलो पार्न पण्डितहरूले आफूखूसी चलाएको कदम मान्ने ? अझै स्पष्ट हुन सकेको छैन ।  प्रायः नेपालीका घरमा तुलसी र तुलसीको मठ अनिवार्य जस्तै देखिन्छ ।  मृत्यु नजिकमा पुगेका व्यक्तिलाई तुलसी मठमा राख्ने र मठमा रामनाम, हरिनाम, दामोदर, आदि लेखेर मठलाई गेरुवा रङले सजाई शोभा गराई राखिने प्राचीन चलन छ ।  तुलसीको धार्मिक महìवमा मात्र ध्यान नदिई यसको गुण महìव बुझ्ने व्यक्तिहरूले आफ्नोे घरमा मठ निर्माण नगरे पनि बगैँचाको रूपमा ड्याङ बनाई तुलसी हुर्काई तुलसीको सेवा गरेको पाइन्छ ।  एकादशी व्रत र तुलसीको महìव हाम्रा प्राचीन ग्रन्थ वेद, उपनिषद्, रामायण, महाभारत, पुराण र नीतिशास्त्रका विविध ग्रन्थमा प्रशस्त भेटिन्छन् ।  जब यस्ता शास्त्र, ग्रन्थको महìव धर्मसँग सीमित नभएर मानव जीवनलाई स्वस्थ र समुन्नत बनाउन पनि त्यत्तिकै महìवपूर्ण हुन्छ भन्ने कुरा प्रकाशमा आइसकेपछि चेतनशील मानव प्राणीले तिनलाई आफ्नोे जीवनचर्यामा समाहित गर्नु बुद्धिमत्तापूर्ण कार्य हुन आँउछ ।  त्यसैले एकादशी व्रत बस्ने व्यक्तिप्रति सम्मान गरौँ, नाक नखुम्च्याऔँ र तुलसीलाई अरू साधारण बोटबिरुवासरह अज्ञानी आँखाले नहेरौँ ।  वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दै छन् ।  काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् ।  उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ ।  कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्य कर्ममा पर्छ ।  नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ– कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ ।  एकादशीव्रत बस्दा कुनै पनि व्यक्ति निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ ।  जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ ।  यसर्थ चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ ।  तुलसीको महìव जीवनको उदयदेखि अन्त्यसम्म छ ।  कुश, तुलसी, पीपलको महìव पूर्वीय संस्कृतिमा विश्वास गर्नेका लागि जीवनको हृदयझैँ महìव रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ ।

Source : http://gorkhapatraonline.com/news/42049/740320.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s