विश्व खडेरी रोकथाममा जलवायुको चुनौती

विश्वनाथ खरेल

राष्ट्रवाद कुनै चलचित्र वा वृत्तचित्र होइन तर राष्ट्र संघका अनुसार खडेरी र सुक्खाको मार सबैभन्दा बढी अफ्रिकी मुलुकमा देखा परेको छ । त्यसकारण द्वन्द्वका कारण अफ्रिकी मुलुकमा खडेरीका कारण भोकमरीको समस्या बढ्दै गएको छ । तर हाम्रो देशमा पनि खडेरीकै कारण पछिल्लो समयमा खाद्यान्न उत्पादनमा ह्रास आउन थालेको सरोकारवाला निकायहरूले बताएका छन् । यो उत्पादनमा वृद्धि गर्न नसक्दा र उत्पादन भएका खाद्यात्र पनि व्यवस्थित नहुँदा समस्या हुने गरेको उनीहरूको भनाइ छ । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्वकालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाका रूपमा रहिआएको छ ।
विश्व अर्थतन्त्रमा अरू क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । तर पनि जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भए पनि मानवीय क्रियाकलापका कारण हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि भई वायुमण्डल तातिँदै जानाले पृथ्वीको तापमान वृद्धि भइरहेको छ । तापक्रमको वृद्धिसँगै तीव्र गतिमा हिमालमा हिउँ पग्लने, वर्षाको समय र मात्रामा फेरबदल भई अतिवृष्टि, अनावृष्टि र सघनवृष्टि तथा ऋतुकालमा समेत परिवर्तन आएको छ । यसबाट जलस्रोत, कृषि, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जीविकोपार्जनसँग सम्बन्धित विभित्र क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष प्रतिकूल प्रभाव परेको छ ।
विश्वका औद्योगिक राष्ट्रहरूले हरितगृह ग्याँस उत्सर्जनको ७० प्रतिशत हिस्सा ओगटेका छन् । चीन सबैभन्दा ठूलो हरितगृह ग्याँस उत्सर्जक हो । उसले कूल हरितगृह ग्याँस उत्सर्जनको २५.२६ प्रतिशत हिस्सा ओगट्छ । अमेरिकाले त्यसको आधा १४.४ प्रतिशत, युरोपेली युनियन सम्बद्ध देशहरूले १०.१६, भारतले ६.९६, रसियाले ५.३६, जापानले ३.११, ब्राजिलले २.३४, इन्डोनेसियाले १.७६, मेक्सिकोले १.६७ तथा इरानले १.६५ प्रतिशत हिस्सा ओगट्छन् । यस हिसाबले जलवायु परिवर्तनका मुख्य कारक नै औद्योगिक राष्ट्रहरू हुन् । यद्यपि औद्योगिक राष्ट्रहरू जलवायु परिवर्तनका नकारात्मक असरबाट अनभिज्ञ छैनन् र अरू देशमा पर्ने नकारात्मक असर ती देशमा पनि परिरहेको छ ।

अमेरिकामा सामुद्रिक आँधीमा भइरहेको वृद्धि, चीनमा पछिल्ला वर्ष बढेको बाढीपहिरो र प्रतिकूल मौसमका असर, भारतमा सुक्खा खडेरीले ल्याएको प्रकोप, अस्ट्रेलियाको जंगल क्षेत्रमा फैलिने डढेलोको विस्तार जलवायु परिवर्तनका केही नकारात्मक असर हुन् । दीर्घकालमा हुने वर्षा, तापक्रम, वायु, आद्रता र वायुमण्डलीय चापमा हुने अनपेक्षित तथा प्रतिकूल परिवर्तन नै जलवायु परिवर्तन हो । विश्वव्यापी तापक्रम वृद्धि अर्थात् उष्णीकरण (ग्लोबल वार्मिङ) ले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ । हरितगृह ग्याँस वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकीरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने प्रक्रिया नै हरितगृह प्रभाव हो । यसका लागि केही हानिकारक ग्याँस जिम्मेवार हुन्छन्, जसलाई हरितगृह ग्याँस भनिन्छ ।
उद्योग कलकारखाना तथा सवारीसाधन, विभित्र आधुनिक उपकरणलगायतले उत्सर्जन गर्ने कार्बनडाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रोप्mलोरो कार्बन, परप्mलोरो कार्बन र सल्फर हेक्साप्mलोराइड तथा पछिल्लोपटक नाइट्रोजन ट्राइ प्mलोराइड गरी सातवटालाई हरितगृह ग्याँसका रूपमा परिभाषित गरेको छ । जलवायु परिवर्तनका लागि जिम्मेवार तŒव हरितगृह ग्याँस नै हुन् । औद्योगिक तथा अन्य प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्याँसजस्ता जैविक इन्धनबाट ठूलो परिमाणमा हरितगृह ग्याँस उत्सर्जन भइरहेको हुन्छ ।

हरितगृह ग्याँस उत्सर्जनको सबैभन्दा ठूलो स्रोत ताप तथा ऊर्जा उत्पादनका लागि गरिने कोइला, प्राकृतिक ग्याँस तथा तेलको प्रयोगले २५ प्रतिशत हिस्सा ओगटेको हुन्छ । त्यस्तै कृषि उत्पादन र वनविनाशले कूल हरितगृह ग्याँस उत्सर्जनको २४ प्रतिशत हिस्सा ओगटेको छ भने उद्योग क्षेत्रको हिस्सा २१ प्रतिशत रहेको छ । यातायातका साधनमा प्रयोग हुने जीवांश इन्धनले हरितगृह ग्याँसको उत्सर्जनमा १४ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै घरायसी प्रयोगमा ताप वा ऊर्जा उत्पादनका क्रममा ६ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन हुन्छ भने पेट्रोलियम पदार्थको पहिचान, उत्खनन, प्रशोधन, भण्डारण र वितरणका क्रममा कुल हरितगृह ग्याँसको १० प्रतिशत उत्सर्जन हुने गरेको छ ।
क्योटो प्रोटोकलले उल्लेख गरेका मुख्य सातवटा हरितगृह ग्याँसमध्ये विश्व उष्णीकरणमा सबैभन्दा धेरै भूमिका खेल्ने कार्बन डाइअक्साइड हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको रिपोर्ट, २००७ का अनुसार विश्व उष्णीकरणमा कार्बन डाइअक्साइडको हिस्सा ५४.७ प्रतिशत रहेको छ । दोस्रो स्थानमा रहेको मिथेनको हिस्सा ३० प्रतिशत रहेको छ । नाइट्रस अक्साइड ४.९ प्रतिशत, प्mलोरिनेटेड ग्याँस ०.६ प्रतिशत तथा अन्य ग्याँसको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

संसारको पछिल्लो एक तथ्यांकअनुसार एक शताब्दीमा पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको छ । यसमध्ये ०.६ डिग्री सेल्सियस पछिल्लो तीन दशकमा मात्र बढेको हो । पछिल्ला केही दशकमा समुद्रको जलस्तरमा प्रतिवर्ष ३ मिलिमिटरले वृद्धि भइरहेको छ र बर्सेनि ४ प्रतिशतका दरले हिमनदीमा हिमगलन भइरहेको छ । सन् १७५० मा सुरु औद्योगिक क्रान्ति यता वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा ३० प्रतिशत र मिथेनको मात्रा १४० प्रतिशतले बढेको छ ।
कार्बनडाइ अक्साइडको मात्रा ८ लाख वर्ष यताकै उच्च भएको बताइन्छ । वैज्ञानिक अनुसन्धानले देखाएअनुसार अहिलेकै दर कायम रहेमा सन् १८५० को तुलनामा २१औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्नेछ । तर यदि हरितगृह ग्याँसको उत्सर्जनलाई कम गर्न नसक्ने हो भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ देखि ५ डिग्रीसम्मले बढ्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । सन् २०१५ इतिहासमै सबैभन्दा उष्ण वर्षका रूपमा रह्यो ।

धनी देशहरूस“ग जलवायु परिवर्तनका नकारात्मक असरस“ग जुध्ने तागत छ भने गरिब देशहरू बित्थामा मार खेप्न बाध्य छन् र उनीहरूस“ग जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावस“ग जुध्ने सामथ्र्य पनि छैन। तर बदलि“दो विश्व परिवेशमा जलवायु परिवर्तनले गर्दा पर्वतीय क्षेत्रको भविष्य जोखिमपूर्ण अवस्थामा छ ।

साधारण रूपमा भन्नुपर्दा जलवायु परिवर्तन भनेको लामो अवधिमा तापक्रम, वर्षा र हावाको अवस्थामा आएको परिवर्तन हो । यही बढ्दो जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम प्रतिवर्ष ०.०२४ डिग्री सेल्सियसका दरले बढिरहेको छ । बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने दर तीव्र गतिमा छ भने हिमतालहरू फुट्ने जोखिमपूर्ण सम्भावनाहरू पनि धेरै छन् । यसैगरी हिमाली भेगमा हिउँ पर्ने क्रममा पनि कमी आइरहेको छ । तसर्थ जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत अछुतो छैन ।
हाम्रो देशको तापक्रम बर्सेनि ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अझै बढी देखिएको छ । विश्व जनसंख्याको करिब ०.४ प्रतिशत जनसंख्या बसोबास गर्ने नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिब ०.०२७ प्रतिशत मात्र हिस्सा ओगट्छ । नेपालको अहिलेको कार्बन उत्सर्जनलाई ४ हजार गुणा बढाउँदा पनि विश्वको कुल उत्सर्जनको १ प्रतिशत पनि पुग्दैन ।

भूमिका यति न्यून भए पनि जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका कारणहरू विद्यमान छन् । देशमा रहेका २ हजार ३ सय २३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिम खेपिरहेका छन् । त्यसैले जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न असम्भव भए पनि यसका असरलाई न्यूनीकरण गर्ने तथा जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न तयारी गर्ने वा अनुकूलनका उपाय अपनाउनु नै अहिलेको विकल्प हो । हरितगृह ग्याँसको उत्सर्जनलाई घटाएर जलवायु परिवर्तनको दर तथा यसको असर कम गर्नुपर्नेछ, जसलाई अल्पीकरण भनिन्छ ।
प्राकृतिक रूपमा कार्बन शोषण गर्ने वनजंगलको संरक्षण साथै सामुद्रिक पर्यावरणको सुरक्षा महŒवपूर्ण हुन्छ । जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बाँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्ने तर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नुपर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै ः कतिपय क्षेत्रमा बालीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने) बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ । जलवायु परिवर्तन अनुकूलनको विषय सामूहिक दायित्वको विषय हो । यसलाई समग्र तहमा कार्यान्वयनको आवश्यकता पर्छ ।

Source : http://rajdhanidaily.com/2017/06/20/40213/740306.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s