कृषियोग्य भूमि र उत्पादन स्थिति

विश्वनाथ खरेल

मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । कुल गार्हस्थ्य उत्पादनको झन्डै एक तिहाइ हिस्सा कृषि क्षेत्रले ओगटेको छ भने झन्डै दुई तिहाइ जनसंख्या कृषि पेसामा आश्रित छन् । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षत्रको योगदान ३३ प्रतिशत रहने अनुमान छ । गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारणले गर्दा चालू वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको वार्षिक वृद्धिमा शून्य दशमलव ७७ प्रतिशत हुने अनुमान छ । विगत वर्षहरूमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन सकेको थिएन । कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगत रूपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको सक्षम बनाउनु आवश्यक छ । कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरू केन्द्रित रहेका छन् । खाद्यान्न बाली धान, मकैं, गहँु, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य
सुरक्षामा टेवा पुगेको छ । हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरि महŒव छ । आर्य हिन्दू संस्कृतिबाट विकसित नेपाली समाजमा धार्मिक, अन्धविश्वास, रुढीवाढी तथा कुसंस्कृतिले जरो गाडेको छ । यहाँ शिक्षा र चेतनाको क्षेत्रमा विकास हुन सकेको छैन । यसैले गर्दा हाम्रा पुर्खाहरूले गरिआएको परम्परालाई नै पछ्याउँदै आएका छौं । यो नै हाम्रो पछौटेपन हो । यसकारण कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउन नयाँ प्रविधि, ज्ञान, सीप आदिको विकास गराउँदै लैजानु नितान्त आवश्यक देखिन्छ ।

निचोडमा भन्नुपर्दा जबसम्म कृषि विकासको चौतर्फी विकास हु“दैन, तबसम्म देशको निर्माण हुन सक्दैन। त्यसका लागि सरकार, सम्बन्धित तह, राजनीतिक पार्टी, नागरिक समाज आदिले यस क्षेत्रमा युद्धस्तरमा संधर्ष गर्नुपर्ने आजको टड्कारो महसुस हुन्छ। देशको अर्थ व्यवस्था बलियो बनाउन यसको महŒव निकै  देखिन आउ“छ।

मुलुकको कुल परिवार संख्या ५४ लाख २३ हजार २ सय ९७ संख्यामध्ये ४१ दशमलव ४ प्रतिशत अति साना कृषक समूह र ३० दशमलव ८ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेका ग्रामीण जनताको जीवनस्तर उकास्न एवंउत्थान गर्नमा पनि यस व्यवसायले ठूलो भूमिका खेल्न सक्छ । मुलुकको आर्थिक वर्ष २०७१÷७२ को खाद्यान्न बालीको क्षेत्रफल धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्रमशः १४२५३४६, ८८२३९५, ७६२३७३, २६८०५०, २८०५३ र १०८१९ हेक्टर रहेको अनुमान छ । आर्थिक वर्ष २०७०÷७१ को तुलनामा धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्षेत्रफलमा घटीबढीमा प्रतिशतको आधारमा अवलोकन गर्दा क्रमशः –४.१४, –४.९९, –०.४३, २.९४, –०.४३, र २.९४ रहेको अनुमान छ । देशमा आर्थिक वर्ष २०७१÷७२ कुल खाद्यान्न बालीमध्ये सबैभन्दा बढी खेती गरिएको धानको क्षेत्रफल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर रहेको अनुमान छ । त्यस्तै गरी कुल खाद्यान्नमध्ये सबभन्दा कम  क्षेत्रफलमा खेती गरिएको फापर बालीको १० हजार ८ सय १९ हेक्टर रहेको छ । त्यस्तै, गरी सोही बालीको सो समयमा उत्पादन भने क्रमशः ४७८८६१२, २२४५२९१, १९७५६२५, ३०८४८८, ३७३५४ र १०८७० मेट्रिकटन रहेको अनुमान गरिएको छ । उत्पादनलाई पनि आर्थिक वर्ष २०७०÷७१ तुलनामा धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्षेत्रफलमा घटीबढीमा प्रतिशतको आधारमा अवलोकन गर्दा क्रमशः –५.१२, –१.६६, ७.२७, ५.१८, ७.२७ र ५.१८ रहेको अनुमान छ । देशमा आर्थिक वर्ष २०७१÷७२ कुल खाद्यान्न बालीहरूमध्ये सबैभन्दा बढी खेती गरिएको धानको उत्पादन भने ४७ लाख ८८ हजार ६ सय १२ मेट्रिकटन रहेको अनुमान छ । त्यस्तै गरी कुल खाद्यान्नमध्ये सबैभन्दा कम उत्पादन भएको बाली भने फापर बालीको १० हजार ८ सय ७० मेट्रिकटन रहेको छ । त्यस्तै गरी आर्थिक वर्ष २०७१÷७२ सोही समयमा सो को उत्पादकत्व भने क्रमशः ३३६०, २५४५, २५९१, ११५१, १३३२ र १००५ प्रति किलो हेक्टर रहेको अनुमान छ । देशमा आर्थिक वर्ष २०७१÷७२ कुल खाद्यान्न बालीमध्ये सबैभन्दा बढी उत्पादकत्व भने धानको उत्पादकत्व ३ हजार ३ सय ६० प्रति केजी हेक्टर रहेको अनुमान छ । त्यस्तै गरी सोही समय र सोही अवधिमा कुल खाद्यान्नमध्ये सबैभन्दा कम उत्पादकत्व भने फापर बालीको १ हजार ५ प्रति केजी हेक्टर मात्र रहेको उल्लिखित आँकलनबाट स्पष्ट हुन्छ । देशको आर्थिक वर्ष २०७०÷७१ को खाद्यान्न बालीको क्षेत्रफल धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्रमशः १४८६९५१, ९२८७६१, ७५४४७४, २७११८३,२८१७३ र १०५१० हेक्टर रहेको अनुमान छ ।

त्यस्तै, गरी धान, मकै, गहुँ, कोदो, जौ र फापरको क्षेत्रफलको योगदानलाई प्रतिशतको आधारमा अवलोकन गर्दा क्रमशः ४२.७३, २६.६९, २१.६८, ७.७९, ०.८१ र ०.३० रहेको अनुमान छ । त्यसै गरी उत्पादन तर्फको योगदानलाई पनि मध्यनजर गर्दा क्रमशः ५२.७८, २३.८८, १९.६९, ३.१८, ०.३६ र ०.११ रहेको आँकलन सम्बन्धित क्षेत्रको रहेको पाइन्छ । त्यस्तै, सोही बालीको सो समयमा उत्पादन भने क्रमशः ५०४७०४७, २२८३२२२, १८८३१४७, ३०४१०५, ३४८२४ र १०३३५ मेट्रिकटन रहेको गरिएको छ । निचोडमा भन्नुपर्दा जबसम्म कृषि विकासको चौतर्फी विकास हुँदैन तबसम्म देशको निर्माण हुन सक्दैन । त्यसको लागि सरकार, सम्बन्धित तह, राजनीतिक पार्टीहरू, नागरिक समाज आदिले यस क्षेत्रमा युद्धस्तरमा संघर्ष गर्नुपर्ने आजको
टड्कारो महसुस हुन्छ । देशको अर्थ व्यवस्था बलियो बनाउन यसको महŒव निकै देखिन आउँछ । यस खेती प्रणालीको प्रभावकारीको अवलम्बनका लागि जति अनुसन्धानकर्ताको हात हुन्छ त्यसभन्दा पनि बढी कृषि कर्म गर्ने कर्ताको हात हुन जान्छ । तसर्थ यसको विकासका लागि सरकार, सम्बन्धित तह, बजेट, जनशक्ति, भूमिको छनोट, तालिम प्राप्त प्राविधिक र अनुसन्धानको साथसाथै उन्नत प्रविधि, कृषि वैज्ञानिक, ज्ञान, सीप आदि पनि सँगसँगै लगेको खण्डमा उक्त बालीमा गरेको लगानी गरेकोभन्दा बढी प्रतिफल अवश्य पनि दिने नै छ भन्नेमा विश्वस्त रहन सकिन्छ । अन्त्यमा आर्थिक वर्ष २०७१÷७२ मा नेपालको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) को अधिल्लो वर्षको तुलनामा करिब क्षेत्रफलमा १ लाख ३ हजार १६ हेक्टर घटेको छ भने त्यसैगरी उत्पादनमा पनि १ लाख ९६ हजार ४ सय ४० मेट्रिकटन अर्थात् माइनस शून्य दशमलव ०५ प्रतिशतले घट्न गएको देखिन्छ भने उत्पादकत्वमा पनि शून्य दशमलव ९३ प्रतिशत बढ्न गएको देखिएको छ, जुन २५ दशमलव ६५ केजीले बढ्न गएको उल्लिखित तथ्यांकबाट अवगत हुन्छ ।

साथै यस वर्ष खाद्यान्न बालीले ढाकेको कुल क्षेत्रफलसमेत माइनस २ दशमलव ९६ प्रतिशतले घट्न गई कुल क्षेत्रफल ३३ लाख ७७ हजार ३६ हेक्टर रहेको उल्लिखित तालिकामा छ, त्यस्तै गरी खाद्यान्न उत्पादनतर्फ हेर्दा माइनस २ दशलव शून्य ५ प्रतिशतले घट्न गई ९३ लाख ६६ हजार २ सय ४० मेट्रिकटन पुग्न गएको अनुमान गरिएको छ । त्यसरी नै उत्पादकत्वमा भने चालू आर्थिक वर्षको दाँजोमा शून्य दशमलव ९३ प्रतिशत बढ्न गएको उल्लिखित आँकलनबाट स्पष्ट हुन्छ । अर्थात् आर्थिक वर्ष २०७१÷७२ प्रति हेक्टर २ हजार ७ सय ७४ प्रति हेक्टर किलोग्राम उत्पादकत्व छ भने आर्थिक वर्ष २०७०÷७१ २ हजार ७ सय ४८ प्रति हेक्टर किलोग्राम थियो जसमा २५ दशमलव ६५ किलो बढी हो । विनाशकारी महाभूकम्प, चरम खडेरी, मधेस आन्दोलन र पछिल्लो चरणमा भारतीय नाकाबन्दीका कारण चालू आर्थिक वर्ष २०७२ ⁄ ७३ मा कृषिक्षेत्रले १० अर्ब रुपैयाँबराबरको धान उत्पादन गुमाउनुपरेको  छ । आव २०५९ ⁄ ६० सम्म नेपालले चामल आयात गर्नुपरेको थिएन, तर आज देशले प्रतिवर्ष २५ अर्ब रुपैयाँको चामल आयात गर्दछ । कृषिप्रधान मुलुकका लागि यो शृंखला अत्यन्तै दुःखदायी हो । सरकारी नीति स्पष्ट र कार्यान्वयन नहुनु, मौसममा हुने गढबढी, कमजोर मनसुनका कारण समयमा रोपाइँ हुन नसक्नु, पशुपालनमा कमी, कृषिमा जनशक्तिको अभावका कारण प्रतिवर्ष खेत बाँझो रहने क्रम बढ्दै जानु, रोजगारको खोजीमा युवा जनशक्ति विदेश
पलायन हुनु, रासायनिक मल सहज नहुनु, खडेरी पर्नुलगायत कारण छन् । यस वर्ष मधेस आन्दोलनले गर्दा यातायातसमेत प्रभावित भएपछि करिब ४० प्रतिशत किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भव भएन । आर्थिक वर्ष २०७०÷७१ नेपालले १ खर्ब ३७ अर्ब हाराहारीको धान–चामलसहित कृषिजन्य वस्तु आयात  गरेको थियो ।

Source : http://rajdhanidaily.com/2017/05/17/32720/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s