शान्तिकामी महामानव गौतम बुद्ध

विश्वनाथ खरेल

विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्व–शान्तिका लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यही भूमिमा आज शान्तिको कुनै आभास छैन जुन सबै नेपालीहरूका लागि दुःख र आत्मग्लानिको कुरा हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध भन्नुहुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ ।’ यसै अनुरूप बुद्व भन्ने गर्नुहुन्थ्यो– राम्रो काम गर्न नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र ? मानिसलाई ईश्वरले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । जगतको कल्याण एवं सुख प्राप्ति  केबल अंहिसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन चिन्ताको अनुभव गरे पनि अन्ततः नासको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य वैशाख पूर्णिमा वास्तवमै पावन दिन हो, जुन दिन महामानव गौतम बुद्धका जन्म बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो । यसरी तिनै योग एकै दिनमा परेका संसारमा बिरलै पाइन्छन् । यस्तो अलौकिक शक्ति पाएका महामानव गौतम बुद्धको सम्झनामा विश्वले वैशाख पूर्णिमाको अवसरलाई बुद्धजयन्तीको रूपमा मनाउने गर्दै आएको छ ।

बुद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनका एक मात्र छोरा थिए । यिनी कपिलबस्तु राज्यमा ईसापूर्व ५६३ मा मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजवंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यक्तित्व थिए । यिनी गरिबगुरुवा व्यक्तिहरूलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराको सन्न्यासी रूप धारणा गर्ने देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी एक राजकुमारीसँग विवाह गरिदिए । यसरी यिनले १० वर्षसम्म घरव्यवहारमा गृहस्थीको रूपमा जीवन बिताए । यिनले बिरामी, बुढोको साथै एक दिन मुर्दा देखेर चिन्ताले यिनको दिलमा निकै नै ठूलो चिसो पस्यो । यी सबै कुराहरूलाई देखेर मानिस किन यस्तो झन्झटमा फस्छन् यो भन्दा त सन्न्यासी हुनु नै राम्रो हो ।
यसरी समयले आफ्नो गति लिइरहेको थियो । यिनको तीस वर्षको उमेरमा एउटा छोराको जन्म भयो । यसर्थ छोराप्रति माया र मोहको जालोले फसिएला भनेर एक दिन मध्यरातमा आफ्नो घर छोडेर ज्ञानको खोजीमा हिडें । त्यसपछि उनको संसारप्रति भोग विलासलाई परित्याग गरी एउटा ब्रह्णको चेलो बने । उनी घुम्दै फिर्दै बोधगया पुगे । उनले यसै वृक्षको बोटमुनि बसेर ६ वर्षसम्म कठोर तपस्या गरेर बसे । यसै कारणले गर्दा ज्ञान प्राप्त भयो । त्यसरी आफूले प्राप्त गरेको ज्ञानलाई सबैलाई सुनाउन हिँडे । यसै बेलादेखि यिनी गौतम बुद्धको नामले प्रख्यात भए । यस बेला उनको उमेर ३७ वर्षको थियो । आफूले प्राप्त गरेको ज्ञानलाई संसारभर फैलाउन मानववर्गमा रहेको दुःख तथा वेदनालाई हटाउन नेपाललगायत सारा विश्वका बुद्ध धर्मावलम्बीहरूलाई प्रचार प्रसार गर्दै हिँडे ।

सन्दर्भ : २५६१औं बुद्ध जयन्ती

वर्तमान नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहाँ बौद्ध धर्मावलम्बीहरूको गौरव गाथाले आज पनि उत्तिकै प्रेरणा दिएको छ । शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उत्तिकै महान् रहेको छ । भगवान्् गौतम बुद्धले यस तपोभूमिको कुशिनगरलाई ८० वर्षको उमेरमा छोडेर गए । शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध भन्नु हुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ ।’ यसैअनुरूप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवन के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । यिनले आफ्नो जीवनसित सम्बन्धित चार घाम– बद्रिनाथ, रामेश्वर, द्वारका र जगन्नाथ बौद्ध पावनस्थलहरू लुम्बिनी, बोधगया, ऋषिपटन, कुशिनगर छन् । यसरी उपर्युक्त चार स्थलहरूको पवित्रतामाथि जोड दिइनुमा पनि त्यही नै आशय रहेको बुझिन्छ । यसैले यही हामीले आफ्नो राष्ट्रलाई अक्षुण्ण बनाइराख्नु छ भने पावनस्थलहरूको मनसा, कर्मणा आदर गरिनु नितान्त जरुरी छ । बुद्धको ज्ञानबाट प्राप्त पाठ यस प्रकार छ– संसारमा दुःखले भरिएको छ, दुःख नै कारण भएको छ, दुःखलाई निर्वाहन गर्नुपर्छ, दुःखलाई निर्वाहन गर्ने उपाय के हुन् ? आदि रहेका छन् । जगतको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे पनि अन्ततः त्यसको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अतः अहिंसा र संयमको अर्थ नै धर्म हो, ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु ।

प्रत्येक साल वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्तीको रूपमा मनाइँदै आएको कुरा सबैलाई विदितै छ । यस वर्ष २५६१औं बुद्ध जयन्ती वैशाख २७ गते २०७४ मा भव्यताका साथ मनाउन बौद्धमार्गीहरू लगायत सम्पूर्ण हिन्दूहरू पूृर्ण तयारीमा छौं । यस दिनलाई बुद्ध जयन्ती वा चण्डीपूर्णिमाको नामबाट चिनिन्छ । यो मूलत भगवान्् गौतम बुद्धको महानिर्वाण प्राप्त गरेको स्मृतिमा वैशाख पूर्णिमाको दिन मनाइन्छ । यस धर्तीमा महापुरुषको जन्म विरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिंसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापना जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनु भएको थियो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैं सम्झना गर्ने प्रण गरौं । गौतम बुद्धको सन्देशले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए तर मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिँदै गइरहेको झैं लाग्छ । अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचार वर्तमान समस्या समाधानका निम्ति अचुक मन्त्र बन्न सक्छन्, तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिएको प्रतीक हुन्छ ।

भगवान् हो, यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अतः अहिंसा र सत्यको अर्थ नै धर्म हो, ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । यदि हामीले सबै रिस राग, हिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ । बुद्धका यस्ता गहकिला उपदेश शताब्दीयौं शताब्दीसम्म पनि ताजा नै रहनेछन् । उनले दिएका त्यस्ता उपदेशहरू मानवकल्याणका लागि सधैं नै उपयोगी सावित हुनेछन् । संसारमा दुःख हुन स्वाभाविक भएजस्तै दुःखको कारण हुनु पनि स्वाभाविक हो । दुःख निरोधको उपाए खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैं लागि नै रहे । उनका विचारहरू समयकालको सीमामा सीमित हँुदैनन् । उनका विचारहरू सर्वव्यापी छन् । अन्तमा गौतम बुद्धका सन्देशले सदैव मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिए पनि मानव समुदाय भने बुद्धको सन्देशबाट झन्झन् टाढिँदै गइरहेको भान भइरहेको छ । आजको विश्व कहालीलाग्दो चपेटामा भासिन पुगेको छ, शान्तिका अग्रदूत गौतम बुद्धले दिएको ज्ञानलाई शिरोधार्य गर्ने हो भने पूरा विश्व नै सुन्दर नगरी शान्तिक्षेत्र बन्ने कुरामा कसैको पनि दुईमत नहोला । शीतयुद्धको समाप्तिपश्चात् विश्वमा शान्ति र मैत्रीपूर्ण सम्बन्ध विकसित हुने आशा गरिएको थियो । युद्ध र शास्त्रास्त्र होडबाजीको रोष, अशिक्षा, बेरोजगारी, खाद्यान्न अभाव जस्ता मानव चुनौतीको प्रतिकारका निम्ति अनुवाद हुनेछ भन्ने अपेक्षा गर्नु अस्वाभाविक पनि होइन । तर, विश्वले अकै मोड लियो । समस्या समाधान हुनुको साटो झन् जटिल भएर देखिन थालेका छन् । सोभियत संघलगायत विश्वका कैयौं देश विभाजित भए । तर, त्यस सँगसँगै परिवारसमेत विभाजन भएका छन् । विभाजनको पीडा मात्र होइन, जातीय विखण्डन, सह–अस्तित्वमाथिको अविश्वासले हिंसाको रूप लिइसकेको छ । समस्या समाधानका निम्ति समयमै कदम चाल्न अन्तर्राष्ट्रिय संस्थासमेत प्रभावकारी हुन नसक्नाले टुटफुट र विभाजनले भित्री घाउको रूप लिन सम्भव भएको हो ।

Source : http://rajdhanidaily.com/2017/05/10/31332/740127.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s