राष्ट्रिय पत्रकारितामा गोरखापत्रको उच्च स्थान

 

विश्वनाथ खरेल

गोरखापत्र १९५८ साल वैशाख २४ गते सोमवारका दिन नेपालबाट प्रकाशन भएको पत्रिका हो ।  तत्कालीन उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले ११४ दिने प्रधानमन्त्रीत्वकालको उत्तराद्र्धमा जनताले सुसूचित हुन पाउनुपर्छ भन्ने अभिप्रेरणाबाट उत्प्रेरित भई गोरखापत्रको प्रकाशन आरम्भ गरेका थिए ।  नेपालको सबैभन्दा कम समय शासनको बागडोर सम्हाल्ने सौभाग्य प्राप्त गरे पनि देवशमशेरले यही छोटो समयमा धेरै सुधारका कार्य गरे ।  गोरखापत्र, नेपाली पत्रकारिता र देवशमशेरको त्रिकोणात्मक सम्बन्ध छ ।  गोरखापत्र भन्नु नेपाली पत्रकारिता हो र नेपाली पत्रकारिता भन्नु देवशमशेर हुन् ।  यी तीनबीच अन्योन्याश्रित सम्बन्ध छ ।  सर्वसाधारण जनतामा सूचना पुगोस् र यसको ज्ञानबोध होस्, जनताले प्रजातन्त्र र आधुनिकीकरणको ज्ञान पाऊन् भन्ने उद्देश्यले अँध्यारोमा रहेका नेपाली जनतालाई देश विदेशका कुराको जानकारी गराउन गोरखापत्रको प्रकाशन गरेर अन्धकारमा मैनबत्ती देखाउने काम देवशमशेरबाट भयो ।  त्यसबेला रेडियो नेपाल अन्य टेलिभिजन केही थिएन ।  त्यस्तो कठिन परिस्थितिमा जनताको नैसर्गिक चेतनामा बन्देज लगाइएको त्यो समयमा पनि आमसञ्चारको माध्यम गोरखापत्र प्रकाशित गर्नु ठूलो क्रान्ति मान्नुपर्छ ।
दैैनिक गोरखापत्र सबैभन्दा जेठोे र निरन्तर रूपमा प्रकाशन भएको पत्रिका हो ।  यसको साथसाथै यस समाचारपत्रको नियमित प्रकाशनबाट प्रारम्भ भएको मान्नुपर्छ ।  यो एउटा ऐतिहासिक पत्रिका हो ।  यसको प्रारम्भकालदेखि नै साप्ताहिक रूपमा प्रकाशित हँुदै आयो ।  सुधारवादी राणा प्रधानमन्त्री देवशम्सेरको आशीर्वाद र संरक्षण पाएर गोरखापत्रले नेपालको पत्रकारिताको एउटा लामो यात्रा पूरा गरिसकेको छ ।  यसका जन्मदाता देवशमशेर हुन ।  उनलाई गोरखापत्रको पिता मान्नपर्छ ।  उनकै स्तुल्य प्रयत्नले गोरखापत्र निस्केको हो ।  यसकारण यसमा उनको देन अपार छ ।  यस कुरामा कसैको दुईमत नहोला ।
समाचारपत्र मानवसँग अति घनिष्ट रहेको छ ।  आफ्ना इष्टमित्र, साथीभाइ, नातागोता, छरछिमेक आदिसँग भेट हुँदा “हालखबर” के छ भनेर सोधिन्छ ? त्यस्तै गरी आफ्नो देश छिमेकी देश, विश्वको बारेका एक अर्कोमा हालखबर को आदान प्रदान गरिन्छ ।  मानवलाई सधैँ नयाँनयाँ कुरा जान्ने, बुझने, सुन्ने जिज्ञासा रहिआएको छ ।  पत्रकारिता आमसञ्चारको एक शक्तिशाली माध्यम हो ।  जसरी मानवजातिका अङ्ग प्रत्यङ्ग रक्त सञ्चारको प्रक्रियाद्वारा क्रियाशील बन्छन् त्यसरी नै समाजका प्रत्येक जोर्नी जोर्नीहरू सूचना सम्प्रेषणको अविच्छिन्न प्रवाहद्वारा प्रवाहित छन् ।  त्यसैले त पत्रकारलाई समाजका सचेतक वा पहरेदार मानिन्छ ।
नेपालमा छापाखानाको इतिहास वि.सं. १९०८ मा जङ्गबहादुर बेलायतबाट आफ्नो साथमा ल्याएको “गिद्धे प्रेस” बाट शुरु हुन्छ भने पत्रपत्रिकाको इतिहास वि.सं. १९४० पछिको आर्जन हो भन्ने धेरै विद्वान्हरूको मतलाई सितिमिति नकार्न सकिन्न ।  यो ऐतिहासिक महìव बोकेको गिद्धे प्रेस जुन अहिले राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको छ ।  शुरुमा रु. ७२००।– को सरकारी आर्थिक अनुदान, दुई हाते र खुट्टे प्रेसको, सहयोग एवं केही कामदार (येडिटर १, इष्टिच्यटर ४, प्रेसमैन ४, कम्पोजिटर ६ र करेक्टर २) को दरबन्दीबाट प्रारम्भ भएको गोरखापत्रको स्थापना भएको थियो नेपालमा सरकारी तहबाट छापाखानाको स्थापना पहिले पल्ट भएको आज १६५ वर्ष पुग्न लाग्यो ।  बेलायतकी महारानी भिक्टोेरियाको निम्तोमा बेलायत भ्रमण गरी फर्कदा तत्कालीन श्री तीन जङ्गबहादुरले एक हातले चलाउने प्रेस ल्याएका थिए ।  त्यसको शिरमा एउटा गिद्धको आकृति थियो ।  त्यसैले त्यो मुदणयन्त्रलाई ‘गिद्धे प्रेस’ भनिन्थ्यो ।  त्यो छापाखाना जङ्गबहादुरको थापाथली निवासमा राखिएको थियो ।  गिद्धे प्रेसपछि काठमाडौैँको ठहिटीमा मनोरञ्जन छापाखाना वि.सं. १९१९ भन्दा अगाडि खडा भएको दोस्रो सरकारी छापाखाना थियो ।  वि.सं. १९३० तिर ‘नारायणहिटी छापाखाना’ तत्कालीन राजा वीरशसशेरको नारायणहिटीस्थित निवासमा खडा गरिएको तेस्रो सरकारी छापाखाना थियो ।  त्यस्तै गरी तत्कालीन राजा देवशसशेरका पालामा वि.सं. १९५८ वैशाख २४ गते गोरखापत्र साप्ताहिक रूपमा शुरुवात पशुपति प्रेस ठहिटीमा छापिएको थियो ।
केही समयपछि गोरखापत्र नक्सालको सरकारी प्रेसमा छापिन थालेपछि सो सरकारी प्रेसको नाउँ ‘गोरखापत्र छापाखाना’ काठमाडौैँ जुद्ध सडकमा स¥यो ।  हाल जुद्ध सडकको नाम धर्मपथ भएको छ र गोरखापत्र छापाखानाको भवनमा गोरखापत्र संस्थान छ ।  वि.सं. २०२० मा गोरखापत्र संस्थान खडा भएपछि सरकारी छापाखानाको नाउँ भने तत्कालीन सरकारको छापाखाना भयो ।  सो सरकारी छापाखाना वि.सं. २०३१ सम्म धर्मपथस्थित गोरखापत्र संस्थान बसेकै भवनमा सञ्चालित भइरह्यो ।  अहिले यसको विकास गर्दै कम्प्युटर र अपसेट प्रेसको युगमा आफूलाई उभ्याएको छ ।  यसको साप्ताहिकबाट अर्धसाप्ताहिक हुँदै दैनिक सरकारी मुखपत्रको रूपमा ५७ वर्ष भइसकेको छ ।  यसरी हेर्दा गोरखापत्रले उन्नति गरेको प्रशस्त मान्न सकिन्छ ।
गोरखापत्र प्रकाशन समयको शुरुवातदेखि नै पूर्ण सरकारी व्यवस्थापनद्वारा सञ्चालित गोरखापत्र एक अखवारी संस्थाको रूपमा विकास होस् भन्ने अभिप्रायले तत्कालीन सरकारले गोरखापत्र संस्थान ऐन २०१९ जारी गरेर २०२० असार २० गतेदेखि यसलाई एक छुट्टै स्वशासित संस्थानमा परिणत गरेको हो ।  यसको प्रकाशन सङ्ख्यामा दिनहुँ वृद्धि हुँदै गयो ।  अखबार तत्काल यो साप्ताहिक रूपमा थियो भने वि.सं. २००० असोज २९ देखि हप्तामा दुई पटक, वि.सं. २००३  पुस ८ देखि हप्तामा तीन पटक र २०१७ साल फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको हो ।  त्यसपछि क्रमिक रूपमा अखबारको विकास हँुदै गयो ।  वि.सं. २०१९ देखि गोरखापत्रमै टेलिप्रिन्टरबाट एएफपीको समाचार प्राप्त हुन थाल्यो ।  यसरी यस संस्थालाई अझ बलियो बनाउने उदेश्यले वि.सं. २०१९ मा गोरखापत्र कर्पोरेशन ऐन जारी भयो ।  यसको साथै वि.सं. २०१९ कात्तिक २ गते शनिवारशरीय परिशिष्टाङ्क प्रकाशनको प्रारम्भ भयो ।
गोरखापत्र संस्थानले आफ्नो जन्मकालदेखि विभिन्न किसिमका समस्या भोग्दै आयो ।  नेपाली जनमानसमा यसको महìव दिनपरदिन वृद्धि भएको एकातिर थियो भने अर्कोतिर यसका विविध पक्षको आवश्यकतालाई महसुस गरेको थियो ।   संस्कृति, रहनसहन, राजनीति, साहित्य, पत्रकारिता आदि क्षेत्रको विकास र सहप्रकाशनको कार्यमा उल्लेखनीय भूमिका निभााउँदै आएको छ ।  संस्थानको वर्तमान अवस्थातर्फ ध्यान दिँदा संस्थान स्थापना भएपछि गोरखापत्र संस्थानले ‘आफ्नो खुट्टा आफ्नै भर’ को मार्ग अपनाएको छ ।  यसको ११७ वर्षको प्रवेश वार्षिककोत्सव समारोह मनाउन लागेको पुनित शुभ अवसरमा विभिन्न कार्यक्रम तय गरेको छ ।  यो सरकारी मुखपत्रको रूपमा रहेको सबैभन्दा पुरानो या जेठो र ऐतिहासिक पत्रिका हो ।  यो सरकारको मुखपत्र  भए पनि निष्पक्ष रूपमा समाचार सम्पादन गर्दै आएको स्वतन्त्र पत्रकारिता हो ।  भनिन्छ कि पत्रिकालाई राष्ट्रको चौथौ अङ्गको रूपमा रहेको हुन्छ ।   यो एउटा गौरव र एसियाकै प्रमुख अखबारपत्रमध्ये एक हुन पुगेको छ ।  राष्ट्र शक्तिशाली र समृद्धि तुल्याउने काम पत्रिकाबाट नै हुने गरेको पाइन्छ ।  निष्पक्ष र स्वस्थ पत्रकारिता नै कुनै देशको विकास निर्माणको प्रमुख आधारशिला मान्न सकिन्छ ।  तसर्थ हाम्रो देशको गौरव गाथा बोकेको गोरखापत्र एक सशक्त माध्यमको रूपमा रहेको छ ।  यसैले यो उल्लेख भएको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः ।  सर्वे भद्राणि पश्यन्तु मा काश्चिद् दुःख भाग्जनः । । भन्ने श्लोकको मनन गरौँ ।  यसैबाट हामी सबैको कल्याण हुन्छ ।

Source : http://gorkhapatraonline.com/news/39539 – 740124.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s