विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल


विश्वनाथ खरेल

विश्वमा प्रेस स्वतन्त्रता दिवस सन् १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको हो । राज्यको चौथो अगंअन्तर्गत प्रेस तथा सञ्चारमाध्यमहरू पर्छन् । यसरी हरेक वर्षको ३ मेमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महŒवको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारको योगदानलाई सम्झना र सम्मान गर्दै मनाइन्छ ।

सन् २०१६ मा विश्वभरि ५९ जना पत्रकारको विभिन्न कारणबाट मृत्यु भएको थियो भने सबैभन्दा बढी सन् २०१५ विश्वमै पत्रकारिता क्षेत्रका निम्ति विपित्तको वर्ष बन्यो । यस वर्ष विश्वभर १ सय ३५ जना पत्रकार तथा मिडियाकर्मी मारिएका थिए । उक्त अधिल्लो वर्षको सुरुमै फ्रान्समा कार्टुन पत्रिका चार्ली हेब्दोमाथि आतंकवादी हमला भयो, जसमा नौजना पत्रकार मारिए । धेरै पत्रकार मारिनेमा भारत, इराक र सिरिया परेकाले रिपोर्टर्स विथ आउट बोर्डर्सले भारतलाई पाकिस्तान र अफगानिस्तानभन्दा बढी खतरापूर्ण देश भनेको छ । भारतका ९ मध्ये ५ पत्रकार समाचारका कारण मारिएका र अन्य ४ को कारण नखुलेको पनि प्रतिवेदनमा जनाइएको थियो । पत्रकारका लागि सबभन्दा सुरक्षित देश फिनल्यान्ड मानिएको छ भने नर्बे, डेनमार्क, नेदरल्यान्ड, स्विडेनलगायतका २० देश राम्रो मानिएका छन् । सूचीमा नेपाल १०५ औं सुरक्षित स्थानमा छ भने दक्षिण एसियामा पाकिस्तान बढी असुरक्षित देश ठहरिएको छ । सूचीमा पाकिस्तान १५९ नम्बरमा छ भने बंगलादेश १५६औं स्थानमा छ । तालिवानी हमला झेलिरहेको अफगानिस्तानभन्दा भारत पत्रकारका लागि बढी असुरक्षित देखिएको छ । सूचीमा भारत १३६औं नम्बरमा छ भने अफगानिस्तान १२२औं स्थानमा छ ।

वर्तमान सरकारले देशको पहिलो सरकारी छापामाध्यम ‘गोर्खापत्र’ प्रकाशन भएको (१९५८) वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । त्यसैअनुसार गत वैशाख २४ गते पहिलोपटक ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाएको थियो । यसैक्रममा छापा माध्यममा नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ हो, जुन बनारसबाट प्रकाशित थियो । त्यसैगरी, स्वदेशबाटै १९५५ मा प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका ‘सुधार सागर’ हो । तर, अहिले ‘गोर्खापत्र’ (गोरखापत्र) प्रकाशन मितिलाई आधार मानिएको छ ।

हाम्रो देशमा भने २०७२ वैशाख १२ र २९ गते गएका भूकम्पका कारण १ हजार ८ सय १३ जना पत्रकार र सञ्चार गृहहरू प्रभावित भएका थिए । गोरखापत्रमा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आबद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगन्जबाट प्रकाशित ‘दैनिक नेपालगन्ज’ को व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो । त्यसैगरी, भूकम्पबाटै ३५ जना पत्रकारले नजिकका आफन्त गुमाउनुप¥यो । त्यसैगरी, १४ जना पत्रकार आफंै घाइते भए भने २० जनाका आफन्त घाइते भए ।

भूकम्पले २ सय ६६ सञ्चार गृहमा भौतिक क्षति पु-यायो । त्यही वर्ष उदयपुरका पत्रकार रामप्रसाद भट्टराई (सचिन) सुनसरीको इटहरी–धरान सडकखण्डमा मृत अवस्थामा भेटिए । बेपत्ता भएको एक सातापछि सडकमा मृत अवस्थामा भेटिएका उनको शवलाई प्रहरीले बीपी मेमोरियल अस्पताल धरानको शव गृहमा पु-याएपछि पत्रकार र आफन्तले शव पहिचान गरी पत्रकार भट्टराई मारिएको ठहर गरेका थिए । यसपछि मधेसवादी दलको आन्दोलन र भारतीय नाकाबन्दीको प्रभाव पत्रकार र मिडियामा प्रत्यक्ष परेको छ ।आम जनतालाई सुसूचित गर्ने पत्रकार र मिडिया नै आफैं यस्तो प्रताडनाबाट झन् नराम्ररी पिल्सिन बाध्य भएका छन् । उनीहरू आन्दोलनरत र सरकारी पक्षको दोहोरो मारमा परिरहेका छन् । पत्रकार तथा सञ्चारकर्मीमाथि भौतिक र पेसागत सुरक्षाको खतरा बढ्दै गएको छ । एकातिर उनीहरूले प्रेस स्वतन्त्रताको निर्बाध उपयोग गर्न पाइरहेका छैनन् भने अर्कोतिर रोजीरोटीको समस्याबाट दिनदिनै आक्रान्त भइरहेका छन् ।

अन्त्यमा भन्नुपर्दा नेपाली पत्रकारिताको निम्ति पनि यो वर्ष खासै उत्साहजनक रहेन । नेपालमा प्रेसको इतिहासमा गोरखापत्र नै पहिलो समाचारमूलक पत्रिका हो । राणा प्रधानमन्त्री देव शमशेरले २४ वैशाख १९५८ बाट गोरखापत्र प्रकाशनको सुरुवात गरेका थिए । साप्ताहिक पत्रिकाबाट सुरु भएको गोरखापत्र २००० देखि हप्ताको दुईपटक र २००३ पुसदेखि हप्ताको तीनपटक प्रकाशन हुन थालेको थियो । जनतालाई सुसूचित गराउनेभन्दा पनि राणा शासनको गुनगान गाउने उद्देश्यले प्रकाशनमा आएको गोरखापत्रले ७ फागुन २०१७ देखि दैनिक रूपमा प्रकाशन थालेको हो । २०४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्वन्द्व या २०६२ अनि २०६३ को जनआन्दोलन होस्, हामीले पाएको सूचना अनि ताजा अपडेटहरू दिन धेरै जना पत्रकारले पसिना बगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्यान नै गुमाउनुपरेको थियो । गत अघिल्लो वर्ष भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरूमा नराम्रोसँग प¥यो । मानवीय तथा भौतिक क्षतिका दृष्टिले त्यो वर्ष विपत्तिको वर्ष रह्यो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोधका दृष्टिले संकुचनको वर्ष रह्यो । संविधान सभाबाट संविधान जारी हुनु सकारात्मक परिणाम भए पनि त्यसको स्वीकार्यतालाई बढाउनु अझै पनि चुनौतीको विषय बनिरहेको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दा २०७२ सालमा १ हजार १ सय ५८ पत्रकारका घर पूर्ण रूपमा नष्ट भयो भने धेरै पत्रकारको घरमा क्षति पुग्यो ।

सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा १ हजार ६ सय १८ पत्रकार तथा सञ्चार गृह प्रभावित भए । यति ठूलो प्रभावका बाबजुद पनि भूकम्पका बेला नेपाली सञ्चार जगत्ले देखाएको व्यावसायिक कौशलको भने सबैतिर प्रशंसा भयो । केही सानातिना घटना छोड्ने हो भने त्यसबेला नेपाली पत्रकार तथा सञ्चार संस्थाहरूले सन्तुलित र सौम्य रिपोर्टिङ गरी आमजनतालाई अझै बढी त्रसित हुनबाट जोगाए ।

अघिल्लो वर्ष ‘रिपोर्टर्स विथ आउट बोर्डर’ को अनुसार विश्वमा १ सय ३५ जना पत्रकार मारिएका थिए । जुन यीमध्ये ६७ जना रिपोर्टिङ तथा समाचार लेखेका कारण मारिएको बोर्डर्सको वर्ष समीक्षामा जनाइएको थियो । संविधान जारी हुने क्रम र तत्पश्चात् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा तीव्र वृद्धि हुनु भने थप चिन्ताको विषय बनेको छ । संविधानकै विषयलाई लिएर तराई मधेसमा जारी आन्दोलन र भारतले जारी राखेको अघोषित नाकाबन्दीको असर प्रेस जगत्का साथै सिंगो मुलुकमा परिरहेको थियो । महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाइको अभिलेखअनुसार, सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १ सय ३६ घटना भए । जसमध्ये करिब ८५ प्रतिशत (११४ वटा) घटना करिब साढे चार महिनादेखि जारी पछिल्लो तराई–मधेस आन्दोलनका क्रममा मात्र भएका छन् । आन्दोलनका क्रममा दुवै पक्षबाट पत्रकारहरूमाथि आक्रमणका ३३ वटा घटना भए भने दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भए । यसैगरी, चारवटा सञ्चार गृहमा भौतिक आक्रमणका घटना भए । यस वर्ष ५ पत्रकारमाथि मानसिक यातनका घटना भए, १२ जनामाथि ज्यान लिने उद्देश्यले आव्रmमण भए भने १३ जना आप्mनो पेसाबाट वञ्चित गराइए । त्यसैगरी, काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ वटा घटना पनि यस वर्ष नेपाली सञ्चार जगत्ले बेहोर्नु प-यो । पत्रपत्रिकाको वितरणमा अवरोध जारी रहनुका साथै टेलिभिजनको वितरणसमेत प्रभावित बनाइयो ।

Source : http://rajdhanidaily.com/2017/05/03/30083/-740120.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: