मातृ औंसी र मातृत्वको महŒव

विश्वनाथ खरेल

भनिन्छ ‘मातृदेवो भव’ आमालाई देवता समान मान यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी, आमाको महŒव र गरिमालाई प्रकाश पार्दै नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिन भनी वैशाख कृष्ण औंसीका दिन मातातीर्थ औंसी मनाउने चलन छ । मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाइला चाल्न ताते ताते गर्दै सिकाइन्, गर्भमा राखेर जन्माइन अनि काखमा राखेर पालिन् । देवीको प्रतिरूप अनि ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहने पूरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी कोटी नमन छ । हिन्दू संस्कृतिअनुसार स्त्री जातिमध्ये आमाको स्थान निकै उच्च हुने भएकाले नै हामी आमालाई आदरणीय एवं पूजनीय स्त्री जातिका रूपमा मान्दछौं । आमाकै विशेष स्नेह र लालन पालनमा हामी हुर्किएका हुन्छौं । त्यसैले यस दिनलाई बडो धूमधामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ । आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागत रूपमा आप्mनो संस्कृतको एक प्रमुख अंगका रूपमा मनाउने प्रचलन चलिआएको छ ।

पौराणिक कालदेखि नै मनाउ“दै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन्।

पौराणिक कालमा हाम्रो संस्कृतिमा आमालाई पाँच भागमा विभाजित गरेको पाइन्छ । जुन मित्रपत्नी, राजपत्नी, गरिबपत्नी, पत्नीमाता अर्थात् सासू र आप्mनी आमा हुन् । त्यसकारण यी पाँचवटालाई नै सामूहिक रूपमा पञ्चमाताको संज्ञाले पुकारिन्छ । शास्त्रीय वाचन अनुरूप यी आमाहरूको आआप्mनो स्थानमा त्यतिकै महŒवपूर्ण रहेको पाइन्छ । तिनीहरूलाई हामीहरूको बढी माया मोहको रूपमा बन्दनीय तथा पूजनीय गर्ने परम्परा अद्यावधिकै रहेको छ । संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा अनि पल पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, आमा हो हरेक वर्षको वैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने चलन छ, यस घडीलाई मातातीर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् ।

सन्दर्भ : आमाको मुख हेर्ने औंसी

आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मिठा परिकारहरूसहित आमाघर अर्थात् माइत पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्दछन् । मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्दछन् । पौराणिक कालदेखि नै मनाउँदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्पराअनुसार श्राद्ध तर्पण गर्दछन् । तपाईं पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाइसँग आप्mनी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस् आमाको माया र आमाले खुवाएका दूधका धाराप्रति हामी बफादार र इमानदार हुन जरुरी छ ।

यसरी, हिन्दू संस्कृति या विश्वका जुनसुकै धर्ममा पनि आमाको महŒवपूर्ण स्थान रहेको छ । यसर्थ हाम्रो देशमा भने आप्mनै मौलिक संस्कृतिका धर्महरू तथा चाडपर्वहरूको आप्mनै किसिमको गरिमा भएको कुरा स्पष्ट छ । नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक आदिको आवश्यक ज्ञान चाडपर्वहरूको अध्ययनविना अपूरो नै हुने हुन्छ । हिन्दू धर्ममा त्रि ऋण पितृ, ऋषि र देवऋणहरू चुकाउनु नै मानव मात्रको सर्वप्रथम कर्तव्य मानिएको छ । सो आदर्शको परिचालन उपर्युक्त चाडपर्वमा स्पष्ट रूपले देख्न सकिन्छ । वैवाहिक कार्यद्वारा सन्तान उत्पादन गरी वंश परम्परालाई कायम राख्नुको अतिरिक्त मातृ वा पितृ औंसीका दिन मानिसहरू आप्mना मामा, पिताप्रति अपार श्रद्धा, भक्ति अर्पित गरेर पनि पितृऋण चुकाउँदछन् ।
अन्त्यमा भन्नुपर्दा आजभोलि विभिन्न कारणले आमा बुबालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवता प्रति नै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरू आफैंलाई फर्किने समय पनि आँउछ, बगेको समयमा आप्mनो दायित्वबाट विमुख हुनु मानव चरित्र पक्कै हैन है । यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी, श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडीलाई विभिन्न नामले संकेत गरिन्छ, जस्तै मातातीर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यसर्थ समष्टि रूपमा अवलोकल गर्दा उल्लिखित पाँच आमाहरूमध्ये जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्नुपर्ने पनि हामी सबैको कर्तव्य त छँदै छ । यसकारणले होला उनीहरूलाई श्रद्धा, आदर, हमेसा गर्नुपर्ने हुन्छ । यस दिन आमा हुनेका लागि आमाको मुख हेर्ने र आमा नहुनेका लागि आमाका सम्झनाको श्रद्धा गर्ने दिन हो । तसर्थ वैशाखकृष्ण औंसीका दिन मातृभक्त आआप्mना छोराछोरीहरूले श्रद्धा र सम्झना गर्ने महŒवपूर्ण दिन हो । यसैले यस दिन सबै नेपालीहरूले आआप्mना आमा हुने या नहुने सबैले यो पर्व धुमधामसाथ मनाउने गर्दछन् । यसैले होला यो जन्म दिने आमा तथा जन्मभूमि स्वर्गभन्दा प्यारो र पवित्र दिन हो ।

Source : http://rajdhanidaily.com/2017/04/26/28932/-740113.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s