भूकम्पको भय र पूर्वतयारी

bharat p kiirala

भरतप्रसाद कोइराला

दुई वर्ष अगाडि २०७२ साल वैशाख १२ गते दिउसो ११ बजेर ५६ मिनट जाँदा गोरखाको बारपाक आसपास केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गयो जसको कुनै पूर्व छनक वा सुइँकोसम्म पाउन सकिएन, पाउन सकेको भए सायद धेरै धन जनको क्षति कम गर्न सकिन्थ्यो होला ।  आठ हजार ८९८ जनाको ज्यान लिएको ७.६ मानको विनाशकारी गोरखा भूकम्प गएको करिब दुई वर्ष भयो र यसका परकम्पहरू आउने क्रम जारी नै छ ।  ठूला भूकम्पपछि ससाना तथा ममmौला परकम्प जानु सामान्य नियम जस्तै हो, जुन समयसँगै विस्तारै कम हँुदै जाने गर्दछ ।  त्यसयता अहिलेसम्म ४.० मानभन्दा ठूला ४७९ वटा परकम्प आइसकेका छन् ।
भूकम्प, प्राकृतिक प्रकोपहरूमा सबैभन्दा विनाशकारी प्रकोप मानिन्छ ।  बाढीपहिरो, आगजनी जस्ता प्रकोपको तुलनामा एउटै ठूलो तथा महाभूकम्पको केही सेकेण्ड वा मिनेट मात्रको धक्का मात्रले पनि बढी धनजनको क्षति पु¥याउने गर्दछ ।  त्यसैले भूकम्पको पूर्वानुमान, भूकम्पीय जोखिम क्षेत्रमा बस्नेहरू लगायत यस क्षेत्रमा कार्यरत भूवैज्ञानिक वा सङ्घ संस्थाको प्रमुख चुनौती र चासोको विषय पनि हो ।  नेपालमा मात्र होइन विगतमा विश्वमा अन्यत्र पनि यस्ता विनाशकारी ठूला भूकम्पहरूले धेरै धनजनको क्षति गरेकोले यसको पूर्वानुमान गर्न सकिएमा यसबाट हुने क्षति कम गर्न सकिन्छ भनी विशेष गरी सन् १९६० देखि यस क्षेत्रमा कार्यरत वैज्ञानिक वा अनुसन्धानकर्ता निरन्तर लागि परे पनि हालसम्म यसको पूर्वानुमान गर्न सकिने विश्वसनीय पूर्वसंकेत÷लक्षणहरू पाउन सकिएको छैन ।  अर्को शब्दमा हालसम्म भूकम्पको पूर्वानुमान सम्भव भएको छैन ।
नेपालमा भूकम्पको भय किन छ ?
करिब साँढे चार करोड वर्ष पहिले सुरु भएको मानिएको भारतीय प्लेट र टिवेटन
(युरेशियन) प्लेटको टकराव क्षेत्रको ठीक माथि अवस्थित रहेकोले टकरावका कारण संचित शक्ति निसृत हुने क्रममा नेपालमा प्रायः साना, मझौला तथा केही वर्षको अन्तरालमा ठूला र महा भूकम्प जाने गरेको र सो को कारण उत्पन्न हुने जोखिमको सामना नेपालले गर्नु परेको छ ।  त्यतिमात्र होइन, पश्चिममा अफगानिस्तानदेखि पूर्वमा वर्मासम्मको करिव २५०० कि.मि. लामो सक्रिय हिमशृङ्लाको मध्यभागको करिब एक तिहाई (८०० कि.मी) लम्बाई नेपालले ओगटेकोले यस क्षेत्रको सम्पूर्ण भूकम्पीय जोखिमको एक तिहाई भार नेपालले नै व्यहोर्दछ ।  अर्को शब्दमा यस सक्रिय हिमशृङ्खलामा पर्नेे सम्पूर्ण भूकम्पीय भयको एक तिहाई भय नेपालमै छ ।
त्यसैले विगतमा समय समयमा नेपालमा मझौला, ठूला तथा महाभूकम्पहरू गएको पाइन्छ ।  सन् १२५५ को भूकम्पले राजा अभय मल्ल र सन् १३४४ को भूकम्पले राजा अरिमल्ल मारिएको तथा पछिल्लो समय वि.सं. १९९० को भूकम्पको त अहिले चर्चा हुने गरेको र सो भूकम्पले नेपालमा त्यो समयमा समेत आठ हजार ५१९ जनाको मृत्यु भएको, काठमाडौँका ७० प्रतिशत घर, धरहरा तथा दरवार स्क्वायर भत्केको मात्र नभई काठमाडौका विभिन्न स्थानमा तरलीकरण भएको भन्ने सुन्यौँ वा पढ्याँै ।  सोही विनाशकारी महाभूकम्प गएको दिनलाई सम्झना गरी भूकम्पीय जोखिम क्षेत्रमा रहेकोले यहाँ जुनसुकै समय ठूलो भूकम्प जान सक्ने हुनाले भूकम्पबाट पुनः त्यस किसिमको धनजनको क्षति नहोस् भनी जनचेतना फैलाउन विगत डेढ दशकदेखि हरेक वर्ष माघ २ गते भूकम्प र यसबाट हुने क्षति कम गर्न अपनाउनुपर्ने सावधानी सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।  गतवर्ष भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले ‘‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’’ भन्ने नारा चयन गरी भूकम्प थेग्ने घर वा पूर्वाधार बनाउनु नै भूकम्पीय सुरक्षाको बलियो आधार हो भन्ने जनचेतना जगाउने प्रयास ग¥यो ।  यी र यस्ता धेरै प्रयासका बाबजुद गोरखा भूकम्पले यति धेरै धनजनको क्षति गर्नुलाई सामान्य मान्न भने सकिँदैन ।  किन त ?
आफँैले नभोगेसम्म नचेत्ने हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्यममा विश्वका विभिन्न देशमा भूकम्पले गरेको विनाश टिभीमा देख्यौँ रेडियोमा सुन्यौँ र पत्रपत्रिकामा पढ्यौँ मात्र भोगेका थिएनौँ ।  २०७२ वैशाख १२ अगाडि भूकम्प र यसबाट भएको विनाश सम्बन्धी कुरा मित्थ्या वा बढाइ चढाइ गरे जस्तो वा बनावटी लाग्थ्यो ।  त्यसैले हामी आफैँले पनि भूकम्पबाट हुने क्षति कम गर्न कुनै प्रभावकारी पूर्व तयारी गरेनौँ ।  अर्को तर्फ हामीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पूर्वतयारी गर्नुपर्छ भन्ने सैद्धान्तिक ज्ञान मात्र प्रदान ग¥यौँ तर त्यसको यावहारिक पक्षमा त्यति ध्यान दिएनौँ वा कार्यान्वयनमा ल्याउन सकेनौँ वा ल्याएनौँ ।  सायद हामीले सैद्धान्तिक पक्षमा जत्तिकै व्यावहारिक पक्षमा पनि जोड दिन सकेको भए यति धेरै धनजनको क्षति व्यहोर्नु पर्ने थिएन होला ।
वास्तवमा नेपाल यसै पनि बहुप्रकोपीय मुलुक हो ।  भौगोलिक वनावट तथा भौगर्भिक अवस्थितिका कारण नेपालले समय समयमा विभिन्न किसिमका प्राकृतिक प्रकोप (बाढी तथा पहिरो, लु, आगजनी, शीतलहर र यस्तै समय समयमा अन्य विभिन्न प्रकोप) को जोखिम मोल्नु परेको सबैलाई विदितै छ ।  त्यसका साथै इण्डियन प्लेट र टिवटेन (युरेशियन) प्लेटको टकरावको कारण उत्पन्न हुने भूकम्पीय जोखिमको सामना गर्नु परेको छ ।  यस्ता प्राकृतिक प्रकोपमध्ये कतिपय प्रकोपको हामीले धेरै हदसम्म अनुमान गर्न सक्छौँ ।  जस्तो कि वर्षा सुरु भएपछि बाढी पहिरो, सुख्खा याममा आगलागी र लु तथा हिउँदमा शीतलहरको जोखिम आदि इत्यादि ।  तर भूकम्प मात्र एक यस्तो प्रकोप हो यसको कुनै समय र मौसम हँुदैन ।  यसलाई न त रोक्न सकिन्छ न त पूर्वानुमान गर्न नै, न त यसको कुनै सिमाना हुन्छ ।  यसैको केही सेकेण्ड वा मिनेट मात्रको धक्काले अकल्पनीय धनजनको क्षति हुने हुनाले प्राकृतिक प्रकोपहरूमा यसलाई सबैभन्दा विनाशकारी प्रकोप मानिएको हो ।
हामीले ठूला र महाभूकम्पले पु¥याएको वा गरेको विनाशको सम्बन्धमा  विभिन्न सञ्चार माध्यमबाट सुन्दै÷देख्दै र विभिन्न पत्रपत्रिकमा पढ्दै आइरहेका थियौँ र हामीले समय समयमा स–साना तथा मझौला भूकम्पका धक्का अनुभव गरेका हौँ ।  यसका साथै नेपाल भूकम्पीय जोखिम (दुई प्लेटको टकराव क्षेत्रको ठीक माथि अवस्थित रहेकोले) क्षेत्रमा पर्ने भएकोले यहाँ जुनसुकै समयमा ठूलो वा महाभूकम्प जान सक्छ त्यसैले हामी सधैँ सजग रहनुपर्छ, यसबाट हुने क्षति कम गर्न पूर्व तयारी गर्नुपर्छ भनेर विगत करिब डेढ दशकदेखि भूकम्प सुरक्षा दिवस तथा अन्य कार्यक्रमका माध्यमबाट सचेत गराउँदै आए पनि नेपालमा लामो समयसम्म ठूलो भूकम्प नगएकोले हामीले त्यस्ता कार्यक्रम वा सञ्चार माध्यमबाट प्रसारित तथ्यलाई मनन वा विश्वास गरेनाँै, सचेत भएनौँ र सावधानी अपनाएनौँ ।  विडम्बना नै भन्नुपर्छ भूकम्पको धक्का महसुस भएको समयमा मात्र पत्रपत्रिका तथा सञ्चार माध्यममा हामीले भूकम्पका कुरा ग¥यौँ ।  अन्य समयमा खासै चर्चा परिचर्चा गरेनौँ र पत्रपत्रिका तथा सञ्चार माध्यममा कहिलेकाहीँ ठूला भूकम्प र तिनले पु¥याएको क्षतिका सम्बन्धमा सामान्य चर्चा हुने गरे पनि ती चर्चा परिचर्चा र विश्लेषणलाई हामीले त्यति महìव पनि दिएनौँ ।
अब के गर्ने ?
पूर्वानुमान गर्न र रोक्न नसकिए पनि सचेत भएमा वा तयारी गरेमा धेरै हदसम्म यसबाट हुने क्षति तथा हताहति कम गर्न अवश्य सकिन्छ ।  तयारी भनेको भूकम्प जानुपूर्व गरिने तयारी हो जसलाई हामी पूर्वतयारी भन्दछौँ ।  पूर्व तयारीमा भैरहेका भवनहरूको सबलीकरण वा प्रबलीकरण, भवन निर्माणको समयमा भवन निर्माण संहिताको प्रयोग गरी भवन निर्माण गर्नेदेखि लिएर भूकम्प जाँदा, गैरहेको समयमा र भूकम्प गैसकेपछि अपनाउनुपर्ने उपाय लगायत भूकम्पको धक्का महसुस  भएको बेला मात्र नभएर निरन्तर विभिन्न सञ्चार माध्यमबाट भूकम्प सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालयको पाठ्यक्रममा भूकम्प सम्बन्धी जानकारी समावेश गर्ने, सार्वजनिक स्थानमा भूकम्प सम्बन्धी जनचेतानामूलक पोस्टर राख्ने तथा आपतकालिन अवस्थाको लागि शीघ्र उद्धार दस्ता तयार गरी तम्तयार राख्नु जस्ता कार्यहरू पर्दछन् ।  भौगर्भिक अवस्थितिका कारण यहाँ जुनसुकै समय ठूला तथा मझौला भूकम्पहरू जाने सम्भावना रहन्छ त्यसैले हामीले लामा, बाबा, ज्योतिष तथा अरूबाट फैलाइएका विना आधारका अफवाहको विश्वास गरी आतङ्कित र त्रसित हुनुभन्दा सचेत हुनु र पूर्वतयारीमा जोड दिनु पर्दछ ।  वास्तवमा अहिले हामीलाई हामी आफैँले भवननिर्माण संहिताको प्रयोग नगरी आफुखुशी बनाएका भवनका कारण भूकम्पको भयले थिचिराखेको छ ।  पूर्वानुमान गर्न नसकिए पनि पूर्वतयारी मात्र गर्ने हो भने पनि भूकम्पको भय अवश्य कम हुन्छ  वा कम गर्न सकिन्छ ।
लेखक सिस्मोलोजिस्ट हुनुहुन्छ ।

Source : http://gorkhapatraonline.com/news/39037-740112.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s