विश्व पृथ्वी दिवस र नेपाल

विश्व पृथ्वी दिवस र नेपाल

विश्वनाथ खरेल

प्रत्येक सालको २२ अप्रिलका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सर्वप्रथम सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलोपटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा यो दिवस मनाइएको थियो । अमेरिकाले यो दिवस मनाएको हालसम्म ४७ वर्ष भइसकेको छ । पृथ्वीमा मानवले गर्ने विनाशकारी कारणले गर्दा नै वातावरण बिग्रेको देखेर अमेरिकाले यो दिवस मनाउन थालेको हो । पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्ल वर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तŒवहरूबारे अनुसन्धान हुन थाले । यी कुरालाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोडी जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तŒवको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महŒवपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा ग¥यो । राष्ट्रसंघको निर्णयपछि हाल विश्वका १ सय ९२ भन्दा बढी देशहरूले यो दिवस भव्यताका साथ मनाउन थालेका छन् । सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले २२ अप्रिलको दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ । यसै क्रममा यो दिवस मनाउनुको मुख्य तात्पर्य भने संसारमा बढ्दो वातावरणीय प्रदूषणका कारण यो दिवस मनाउन थालिएको हो । हरेक २२ अप्रिलमा पृथ्वीको उत्तरी गोलाद्र्ध वसन्त र दक्षिणी गोलाद्र्ध शरदको मौसमयुक्त हुने गर्दछ । यसरी पृथ्वीको सिर्जना साढे चार अर्ब वर्षअघि भए तापनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै २० लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एकअर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र यसको सम्बन्ध प्रकृतिसँग अरूभन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको २१औं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धिसँगै धेरै जटिल समस्याहरू जन्मिएका छन् । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपका रूपमा आज यसले मानवजातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ, तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर, जमिन भने दिनहँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइरहेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई ग्लोबल भिलेज पनि भन्ने गर्दछन् । मानवले जतिजति उन्नति ग¥यो, उतिउति समस्या र संकटहरू आइलागेका छन् । एकातिर उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवका लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीय रूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यावरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितका लागि गरिएको विज्ञान–प्रविधिको विकासले पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तŒवहरू प्रदूषित भएका छन् ।

मानवले जतिजति उन्नति ग¥यो, उतिउति समस्या र संकटहरू आइलागेका छन्। एकातिर उल्लेखनीय सफलता हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव–चराचरको साझा घर पृथ्वीमा जीवका लागि ठूलो संकट आइलागेको छ।

सन् १९७० वाट सुरुवात भएको यो दिवस सन् २०२० सम्म पुग्दा ५०औं वर्षमा प्रवेश गर्नेछ । त्यसबेलासम्म पृथ्वीको प्रदूषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको महŒवाकांक्षी योजना पूरा गर्न विश्व समुदायले बेलैमा सोचविचार पु¥याउनुपर्ने आजको समय माग हो ।
वातावरणमा पर्न गएको नराम्रा असरको इतिवृŒाान्तको व्याख्या गरिन जरुरी छ । यसर्थ २०औं शताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठूलो चुनौती हो । बर्र्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापव्रmम वृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै छन् । सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहको नाश, डरलाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबैका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् । तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका छन् भने अर्कोतिर १ अर्ब ३० करोड प्राणी बासविहीन एवं जटिल अस्वस्थ पर्याावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरूलाई बर्सेनि १०करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ ।

यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषण गराएकाले यहाँ धेरै राष्ट्र कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषणका रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् । हाम्रो देशको कुरा गर्ने हो भने पनि पृथ्वी दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै छ । देशमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरूले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् । यस्ता कार्यक्रममा सरकारी अधिकारीहरूले उपस्थिति जनाई ऐक्यबद्धता जनाउने गर्दछन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले पृथ्वीमा भइरहेको बढ्दो प्रदूषणविरुद्ध चेतनामूलक ¥यालीको आयोजना गर्दछन् । कतिपय देशहरूमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रूपमा मनाइन्छ । यसरी प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रूख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनःप्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यक्ता हो ।

निष्कर्षमा भन्नुपर्दा विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रूखको आवश्यकता पर्दछ । त्यस्तै, हुर्किएको सय वर्षका भोजपत्रले करिब ८ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले ७ हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै, अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यतिmका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सयचोटि सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महŒव खाएको भोजनको मात्रा भन्दा झन्डै २० गुणा बढ्ता हुन्छ ।
एक वृक्षले सरदर २ दशमलव ७ केजी प्राणवायु वायुमण्डलमा प्mयाक्छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका १ सय ३० जातका जंगली चराहरू स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फुल्ने जातका रूख बर्सेनि बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरभूमि मरुभूमीकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने संकेत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समान रूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नुहँुदैन भन्ने कुरामा जोड दिइएको छ । अन्त्यमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्ष विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिएको छ ।

Source : http://rajdhanidaily.com/2017/04/21/28048/740109.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s