नयाँ वर्ष र संवतत्सरका विभिन्न नाम

विश्वनाथ खरेल

नेपालको राष्ट्रिय संवत विक्रम संवत हो । नयाँ वर्षलाई संवतत्सर पनि भनिन्छ । सौर्य गणनानुसार एक संवतत्सरमा ३ सय ६५ दिन हुन्छन् । यसअनुसार सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवतत्सर भनिन्छ । यसरी, चन्द्रमानको हिसाबले समेत चैत शुक्ल प्रतिपदालाई संवतत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले प्रत्येक संवतत्सर प्रारम्भ वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ । अतः राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आप्mनो संवत प्रयोगमा ल्याइसकेका थिए । हामीकहाँ प्रचलनमा रहेको नेपाल संवत् भने ११३७ वर्ष पहिले शंखधर साँख्वाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा  आप्mनै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । राजा विक्रमादित्यले लागू गरेको पराभवनाम संवतत्सर मान्नेहरूले आउँदो वैशाख १ देखि आप्mना घरमा झुन्ड्याएर राखेको पात्रो झिकी नयाँ वर्षको पात्रो राख्छन् । विसं २०७३ साल हामीबीचबाट सुख दुःखका विभिन्न घटनाहरू घटाएर हामीबाट सधैंका लागि बिदा हुँदै छ । हामी २ करोड ८६ लाखभन्दा बढी नेपालीमध्ये धेरैले २०७३ लाई उत्साहपूर्वक स्वागत गरेर बडोे सुमधुर सम्झना सँगाल्दै बिदा ग¥यौं भने कत्तिले उक्त वर्षलाई आप्mनो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान् ।
सेकन्ड, मिनेट, घण्टा, दिन, रात, बार आदि गरी नै समय उपलब्धिलाई नै नयाँ मानिन्छ । जसमा १५ तिथिबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ । दुई महिनाको एक ऋतु हुन्छ । तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ । दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवतत्सर हुन्छ । ६० संवतत्सरको ६० नै वर्ष हुन्छ । ज्योतिषशास्त्रअनुसार हिन्दू संस्कृतिमा ६० संवतत्सर रहेका छन् । यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्दछ । जुन क्रमशः निम्नानुसार छन् ।

(१) प्रभव (२) विभव (३) शुक्ल (४) प्रमोद (५) प्रजापति (६) अंगिरा (७) श्रीमुख (८) भाव (९) युवा (१०) धाता (११) ईश्वर (१२) बहुधान्य (१३) प्रमाथी (१४) विक्रम (१५) वृष (१६) चित्रभान (१७) स्वभानु (१८) तारण (१९) पार्थिव (२०) व्यय (२१) सवजीत (२२) सर्वधारी (२३) विरोधी (२४) विकृति (२५) खर (२६) नन्दन (२७) विजय (२८) जय (२९) मन्थन (३०) दुर्भुव (३१) हेमलम्ब (३२) विलम्बी (३३) विकारी (३४) शार्वरी (३५) प्लव (३६) शुभकृत् (३७) शोभन (३८) क्रोधी (३९) विश्रांवसु (४०) पराभव (४१) प्लवंग (४२) किलक (४३) सौम्य (४४) साधारण (४५) विरोधकृ (४६) परिधावि (४७) प्रमादि (४८) आनन्द (४९) राक्षस (५०) नल (५१) पिंगल (५२) कालयुक्त (५३) सिद्धार्थ (५४) रौद्र (५५) दुर्मत्रि (५६) दुन्दुभि (५७) रुधिरोद् (५८) रक्ताक्षी (५९) क्रोधन र, (६०) क्षय ।
हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नववर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नवआगन्तुक समयलाई नेपालीहरूले हर्षकासाथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडका रूपमा मनाउँँछन् । यस दिनमा सार्वजनिक बिदा दिइन्छ । यसै दिन काठमाडौंको टोेखास्थित सपनतीर्थमा मेला भर्ने चलन छ । यो मेला भर्ने श्रद्धालु भक्तजनमा मृत्युपछि स्वर्गमा राम्रो स्थान प्राप्त हुन्छ भन्ने किंवदन्तीले गर्दा तीर्थ स्नान गर्ने प्रचलन यथावत नै छ । त्यस्तै, गरी भक्तपुर जिल्लामा विस्केटको लिंगो अघिल्लो दिन उभ्याउने वैशाख १ मा ढाल्ने कार्य हुन्छ । जसको धार्मिक शास्त्रमा अलौकिक स्थान रहेको छ । मरेर गएका व्यक्तिहरूलाई विस्केटको लिगों हेरेको थिइस् भनेर स्वर्गमा प्रश्न गर्ने भएको हुँदा यस दिन काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न क्षेत्रबाट असंख्य जनसमुदायको घुइँचो लाग्छ । यस दिन बिहानैदेखि विभिन्न देवीदेवताका मठ मन्दिरमा स्नान गरी दर्शन गर्ने चलन नेपाललगायत भारतका हिन्दू धर्मालम्बीहरूमा समेत पाइन्छ ।
नयाँ वर्ष सधैं वसन्त ऋतुको आगमन सँगै आउने हुँदा प्रकृतिमा एउटा नौलो आभाष आएको अनुभव हुनु स्वाभाविकै हो । उजाड तथा पतझर बोट बिरुवाहरूमा वसन्त ऋतु आगमनसँगै हरियालीले छाउने हँुदा प्रकृतिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । काफल गेडी पाक्ने समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वन जंगलमा घन्किरहेको हुन्छ । भनिन्छ, यतिबेला नव विवाहित जोडीले वन जंगल विहार गर्ने हो भने स्वर्गानुभूति नै भएको भान पर्न जान्छ । यसरी, प्रकृतिले पनि आप्mनो स्वरूप बदल्ने यसै अवसर परेको हुँदा के बालक, वृद्ध, के युवक सबै नयाँ वर्षलाई सुखद भविष्यका रूपमा हेर्दछन् ।

यसै पावन अवसरमा आप्mना इष्टमित्र, नाता कुटुम्ब, साथीसंगिनी आदिलाई भेट गर्ने मीठोे मसिनो खाने र खुवाउने भएको हुदाँ यस पर्वको महŒव ज्यादै लोकप्रिय हुन गएको छ । सबैले नयाँ वर्षको पात्रो किनेर
आआप्mनो राशिफल के कस्तो छ भन्ने उत्सुकता रहेको हुन्छ । विगत वर्ष जे जस्ता घटनाहरू घटे तिनीहरूलाई चटक्क बिर्सी नयाँ वर्षमा आप्mनो कार्यशैलीलाई अगाडि बढाउन तँछाड्–मछाड्को भावना अभिपे्ररित भएको हुन्छ । हिजोका दिनको समष्टि रूपमा मूल्यांकन गरी भावी कार्यक्रमको थालनी गर्ने जमर्काे गरिएको हुन्छ । विगतमा जे जस्ता घटनाहरू भए पनि मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर बाँचेको हुन्छ । हाम्रो जीवनको आधार सुखद भविष्यको आशा नै हो । यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ र हामीलाई कुनै पनि नव वर्षको नयाँ जोस, जाँगर र उमंग बोकेर आएको हुन्छ । त्यसैले नव वर्ष २०७४ साललाई सुखद भविष्यको आशालाई संकल्पमा बदलेर अघि बढौं ।

Source : http://rajdhanidaily.com/2017/04/12/26255/731230.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s