‘अप्रिल फुल’ को नालीबेली

विश्वनाथ खरेल

हरेक वर्ष अप्रिल एक तारिखको दिनमा अरूलाई मूर्ख बनाउने गरेर रमाइलो गरिन्छ । यस दिन  आप्mना शत्रुबाट मात्र होइन, आप्mनै मित्रहरूबाट पनि होसियार रहनुपर्दछ । मूर्ख दिवसलाई ‘अप्रिल फुल’ अर्थात् ‘फुलिस डे’ को नामले पनि चिनिन्छ । अप्रिल १ को यो दिवस लगभग विश्वभरि नै मूर्ख दिवसका रूपमा मनाइने गरिन्छ । हरेक देशमा आआप्mनो ढंगले यो दिवस मनाइए तापनि हरेक व्यक्तिको उद्देश्य चाहिँ रमाइलो गर्नु नै हुन्छ । मानिस एक सामाजिक प्राणी हो । उसलाई विभिन्न मनोरञ्जनका कार्यहरू आवश्यक पर्दछ । यस्ता किसिमका दिवस या पर्वहरूले मानिसलाई आमोदप्रमोद प्राप्त गर्न मद्दत मिल्छ ।
मूर्ख दिवसको प्रारम्भ कहिले र कसरी भयो ? यस बारेमा विभिन्न विचारहरू सुनिन्छन् । प्रायः मानिसहरूको धारणा मूर्ख दिवसको जन्म स्थान फ्रान्स हो भन्ने रहेको छ । यसबारेमा प्रामाणिक तथ्यहरू फेला नपरे पनि फ्रान्सको एक लोककथामा उल्लेखित जनश्रुतिलाई दृष्टिगत गर्दा तत्कालीन फ्रान्सका राजा चाल्र्स नवौंले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फुल अर्थात् एकले अर्कोलाई मूर्ख बन्ने र बनाउने कार्यको थालनी भएको भनिएको छ । त्यतिबेला सम्राट्ले ग्रिगेरियन क्यालेन्डरअनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिन सुरु हुने कुराको घोषणा गरेका थिए । त्यसभन्दा पहिलो अप्रिल १ तारिखका दिन नयाँ वर्ष सुरु हुने परम्परा रहँदै आएको थियो । उनले यसै दिनदेखि नयाँ क्यालेन्डरलाई अपनाउने आदेश पनि दिएका थिए । नयाँ क्यालेन्डरमा आजको जस्तै जनवरी १ लाई वर्षको प्रथम दिन मानिन्थ्यो । कतिपय मानिसले त्यस प्रकारको नयाँ क्यालेन्डरलाई अपनाए, तर केही यस्ता मानिसहरू थिए, जसले त्यो नयाँ क्यालेन्डरलाई अस्वीकार पनि गरे । यस्ता मानिसलाई मूर्ख ठानेर नयाँ क्यालेन्डर अपनाउने मानिसहरूले पहिलो अप्रिलको दिन विचित्रको ठठ्ठा, उपहास एवं हाँसो गर्दै झुटो उपहार पनि दिन सुरु गरे । त्यसै बेलादेखि नै मानिसहरूले अप्रिल १ तारिखलाई मूर्खहरूको दिन वा ‘फुल्स डे’ का रूपमा मनाउन लागे । अप्रिल १ तारिखका दिनमा आप्mना छिमेकी साथी, दाजुभाइहरूसँग बडो बिचित्र प्रकारको ठठ्ठा हाँसो मात्र होइन, मूर्खतापूर्ण र झुक्याउने कार्यसमेत गरिन्छ ।

मूर्ख दिवस अर्थात् अप्रिल फुल मनाउने चलन १६औं शताब्दीतिर फ्रान्सबाट सुरु भएको देखिन्छ भने बेलायतमा १८औं शताब्दीदेखि मात्र भएको पाइन्छ ।

१६औं शताब्दीमा यो दिवस पर्वका रूपमा मनाउन थालियो । यस दिनमा प्रत्येक घरमा एक दिनका लागि मालिक र नोकरको पद साटा–साट गरिन्थ्यो । त्यस दिन मालिकले नोकरको सबै काम गर्नुपथ्यो र नोकरले चाहिँ मालिक झैं हुकुम चलाई बस्नुपथ्र्यो । उक्त दिन मालिकको धेरै पैसा खर्च हुने गर्दथ्यो । १७औं शताब्दीको प्रारम्भमा कैयौं देशमा पहिलो अप्रिलको दिन हाँस्य व्यंग्यात्मक नाटक देखाइन्थ्यो । यसै अनुरूप अमेरिकामा पनि नयाँ वर्षझैं मूर्ख दिवसको दिन पनि शुभकामना कार्ड पठाउन थालियो । अहिले पनि एसिया र युरोपका विभिन्न देशहरूका नवयुवकहरूले हाँसो ठट्टामा आप्mना मित्रहरूलाई विभिन्न शैलीमा झुक्याउन सकियो भने आपूmलाई महानता भएको ठान्ने प्रचलन आजसम्म पनि रहेको पाइन्छ । कसैको काम विगार्ने शैलीमा होइन, कि मजा लिनका लागि यस्तो कार्य गर्ने प्रचलन झन् बढ्दो रूपमा भइरहेको पाइन्छ । यस दिन ती व्यक्तिहरू पनि झन् चनाखो बन्ने गरेको पाइन्छ । यसरी, नै विश्वभरी क्रमिम रूपमा मूर्ख दिवस मनाउने परम्परा बस्न थाल्यो । जस्तो कि स्कटल्यान्डमा अप्रिलको पहिलो तारिखलाई ठग दिवसका रूपमा मनाइने गर्दछ । त्यस्तै, गरी बेलायतमा अप्रिल फुल मनाउने क्रममा एक अर्कालाई मूर्ख बनाउने काम दिनभरि ने भइरहन्छ । रोममा यो पर्वलाई ‘हिलारीया’ पर्वका रूपमा मनाइन्छ । यस दिन दिनभरि हाँस्ने र हँसाउने कार्य गरिन्छ, जसलाई ‘रोमन लाफिङ’ संज्ञा दिइन्छ । यसरी, विभिन्न प्रकारले मूर्ख, हाँसो, आदिका रूपमा यो दिवस मनाइने गरिन्छ ।

मूर्ख दिवस अर्थात् अप्रिल फुल मनाउने चलन १६औं शताब्दीतिर फ्रान्सबाट सुरु भएको देखिन्छ भने बेलायतमा १८औं शताब्दीदेखि मात्र भएको पाइन्छ । आज आएर नेपाल र भारतमा पनि अप्रिलको पहिलो तारिखका दिन एकले अर्को व्यक्तिलाई झुक्याउने र मूर्ख बनाउने चलन अगाडि बढिरहेको छ तर हाम्रो संस्कृतिलाई हेर्ने हो भने गाईजात्राको दिनलाई हाँस्य व्यंग्यका रूपमा आमोदप्रमोद गर्ने चलन सयौं वर्ष अगाडिदेखि चलिआएको छ भने भारतमा पनि होलीको दिनमा यस्ता हाँस्य कार्यहरू चल्दै आएको पाइन्छ । अरू देशमा झैं नेपालमा पनि ‘अप्रिल फुल’ केही समय अघिदेखि आएर निकै रोमाञ्चकता साथ मनाएर एकाबिहानैदेखि दिनभर नै कैयौंलाई मूर्ख बनाएर हाँसोेमजा गरी मनाइन्छ । यस दिवसका सन्दर्भमा साधारण हाँसो र ढाँट्ने क्रममा धेरैले असाधारण घटनाको सामना गर्नुपरेको समाचार पनि सुन्नमा नआएको होइन । त्यसकारण कुनै पनि दिवसलाई सही रूपमा मनाइन सकियो भने मात्र त्यस पर्व मनाएको मज्जा या चलन चल्ती हो भन्न सकिन्छ, नत्र भने विकृतिको उपहास मात्र हुन जान्छ । त्यसैले पर्व, दिवस मनाउँदा त्यसैको मौलिकताको अनुशरण गर्नु सबैको कल्याकारी हुन जाने हुन्छ । तसर्थ कसैको क्षणिक मनोरञ्जनका लागि कसैलाई आघात पर्न पनि सक्छ, त्यसकारण कसैलाई पनि असाधारण पीडा नदिई स्वच्छ र रमाइलो तरिकाले सामूहिक हाँसोको सिलसिलामा यसलाई मनाउनुपर्दछ ।

चाडपर्व र दिवसहरू लोकसंस्कृतिका धरोहर आधार हुन् । त्यसैले कोही व्यक्तिलाई पनि हानि नोक्सानी नहुने गरी स्वच्छ वातावरणमा मर्यादापूर्वक तरिकाले मनोरञ्जनका लागि अप्रिल फस्ट अथवा मूर्ख दिवस मनाउनुपर्दछ र यस दिवसमा कसैको मर्यादालाई आँच या अतिक्रमण गर्नुहुँदैन र यो पर्व हाँसी हाँसी खुसिका साथ आआप्mना दौंतरीबीच रमाईरमाई मनाउनुपर्दछ । यो नै कुनै पनि संस्कृतिको आप्mनो मौलिकता झल्किने हुन्छ ।

Source : http://rajdhanidaily.com/2017/04/01/24189/-731220.