नेपाल पोलियोशून्य राष्ट्र

bishwanath-333

विश्वनाथ खरेल

सन् १९८० को दशकमा पोलियो भाइरसले प्रत्येक वर्ष विश्वमा करिब ३ लाख ५० हजार मानिसलाई मार्ने वा अपांग बनाउने गथ्र्यो । तर, विश्वमा बृहतस्तरमा चलाइएको खोप अभियानले गर्दा यो रोग विश्वका धेरै क्षेत्रमा निवारण भएको छ । विश्व स्वास्थ्य संगठनले २५ वर्षअघि संसारलाई पोलियोमुक्त गराउने अभियान सुरु गरेको थियो । पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र यो रोगको महामारी बाँकी छ ।
हालसम्म दक्षिण पूर्वी एसियाका ११ देशमध्ये भारतमा अन्तिम पोलियो भेटिएको थियो । भारतमा १३ जनवरी २०११ पछि र नेपालमा ३० अगस्ट २०१० पछि पोलियो फेला परेको छैन, जबकि यसभन्दा पहिला २०१० अगस्टमा नेपालको रौतहट, २०११ को जनवरीमा भारतको पश्चिम बंगालमा पोलियो देखिएको थियो । दक्षिणपूर्वी एसियाका बाँकी देशमा पाँच वर्षदेखि पोलियो भेटिएको छैन । नेपालसमेत ११ राष्ट्र पोलियोमुक्त घोषणा हुँदै दक्षिणपूर्वी एसिया क्षेत्रअन्तर्गतका ११ देशमा लगातार तीन वर्षदेखि पोलियोका बिरामी नदेखिएपछि यस्तो घोषणा गर्न लागिएको हो । यो घोषणा सन् २०१४ को फेब्रुअरी महिनादेखि भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल, बंगलादेश, भुटान, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, पूर्वीटिमोर र उत्तर कोरिया पोलियो उन्मूलन राष्ट्र घोषणा भएका थिए ।

यसपटक पहिलो दिन पाँच वर्षमुनिका बालबालिकालाई खोप केन्द्रमै लगेर पोलियो थोपा खुवाउनुपर्नेछ भने छुटेकालाई दोस्रो दिन घरघरमै गएर खुवाइनेछ । यसरी अब हाम्रो देश पनि पोलियोशून्य प्रमाणीकरण भएको अवस्थामा पुग्नेछ ।

हाम्रो देशको सन्दर्भमा अवलोकन गर्ने हो भने सन् १९९९ देखि नेपालमा पोलियो उन्मूलन अभियान चलाइएयता सन् २०१० सम्ममा ३४ पोलियो रोगी देखिएका थिए । सन् १९९९ मा दुई, २००० मा चार, २००५ मा पाँच, २००७ मा छ, २००८ मा छ र २०१० मा ६ जनामा पोलियोको जीवाणु भेटिएको थियो । अहिले विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र पोलियो संक्रमण देखिएको छ । पाकिस्तान नेपालसँग नियमित हवाई मार्गबाट आवतजावत गर्ने छिमेकी देश भएकाले नेपाल पनि संक्रमणमुक्त हुन नसक्ने सम्बन्धित क्षेत्रको भनाइ छ । मुलुकलाई पोलियोशून्य बनाउने अभियानअन्तर्गत मन्त्रालयले पोलियो खोप अभियान सञ्चालन गर्न लागेको छ । पाँच वर्षमुनिका बालबालिकामा पोलियोको जोखिम कम गर्न सरकारले १५ जिल्लामा ‘पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आगामी ७ र ८ फागुनमा सरकारले तराई र पहाडी क्षेत्रका १५ जिल्लामा पोलियो थोपा खुवाउन लागेको हो । यस वर्ष पोलियो खुवाउने जिल्लाहरूमा काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, सप्तरी, सिरहा, बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा र कपिलवस्तु जिल्लामा आउँदो ७ र ८ फागुनमा पोलियो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई लक्षित गरी पोलियो कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । सम्बन्धित क्षेत्रको भनाइअनुसार बाक्लो बस्ती भएको तथा खोपको अवस्था राम्रो नभएका जिल्लालाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपालमा सन् २०१० देखि पोलियो उन्मूलन भएको बताइए पनि सार्क क्षेत्रहरूमध्ये अफगानिस्तान र पाकिस्तानमा यसको जोखिम अझै धेरै देखिएको छ । ती ठाउँहरूमा नेपालीको आउजाउ बाक्लो हुने भएकाले यो अभियान सञ्चालन गर्न लागेका हो । पोलियो रोग उन्मूलन गर्न जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत बालस्वास्थ्य महाशाखाले जनाएको छ । यो पोलियो खोपको थप मात्राले रोगसँग लड्न थप क्षमता बढाउने, हानि–नोक्सानी नहुने, भर्खरै जन्मिएका बालबालिकालाई यो खोप दिँदा केही नहुने र एक वर्षभित्रका शिशुलाई नियमित खोपको तीन मात्रा पु¥याउनुपर्ने जस्ता कुरा यसमा विद्यमान छन् । यस वर्ष अभियान सञ्चालन गर्न आर्थिक सहायतामा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र युनिसेफले सहयोग गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सो कार्यक्रम विश्व स्वास्थ्य संगठनको सहयोगमा १ करोड ५० लाख तथा सरकार तथा दातृ निकायको संयुक्त कोषको १ करोड १० लाख रुपैयाँबाट सञ्चालित हुनेछ । विश्वमा हाल १ सय ९४ देशमध्ये ५० देशले पोलियो थोपा खुवाउँदै आएका छन् । त्यसमध्ये नेपाल कम जोखिमयुक्त देश भएका कारण नेपालमा वर्षमा एकपटक पोलियो खोप कार्यक्रम आयोजना हुँदै आएको छ । नेपालमा अन्तिम पटक सन् २०१० मा रौतहटका एक वर्षीय बालकमा पोलियोको समस्या देखिएको थियो ।

नेपाल सरकारको ‘राष्ट्रिय पोलियो खोप’ अभियानमा सहभागी बनौं र पोलियो रोगलाई सधैंका लागि उन्मूलन गरौं’ भन्ने उक्तिलाई अगाडि सारिएको छ । यसपटक पहिलो दिन पाँच वर्षमुनिका बालबालिकालाई खोप केन्द्रमै लगेर पोलियो थोपा खुवाउनुपर्नेछ भने छुटेकालाई दोस्रो दिन घरघरमै गएर खुवाइनेछ । यसरी अब हाम्रो देश पनि पोलियोशून्य प्रमाणीकरण भएको अवस्थामा पुग्नेछ । तसर्थ, दक्षिणपूर्र्वी एसियाली देशहरूमध्ये नेपालले पनि पोलियोशून्य देशका रूपमा ऐतिहासिक सफलता प्राप्त गर्न लागेको हो । देशमा पोलियोका रोगी देखा नपरेको तीन वर्ष बितिसकेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी देखा नपरेमा विश्व स्वास्थ्य संगठनले पोलियोशून्य देशका रूपमा प्रमाणित गर्ने गर्दछ ।
यसै अवसरमा संगठनले नेपालसहित दक्षिणपूर्वी एसियाली देशहरूलाई सन् २०१४ को फेब्रुअरीमा यो घोषणा गर्न लागेको थियो । राष्ट्रिय खोप अभियान, नियमित खोपको उच्च कभरेज, गुणस्तरीय निगरानी, उच्च जोखिम क्षेत्रमा अनुगमनलगायतका कारणले सन् २०१० पछि पोलियोका बिरामी देखा नपरेको महाशाखाको ठम्याइ रहेको छ । विश्व स्वास्थ्य संगठनको सन् १९८८ मा सम्पन्न साधारणसभाले विश्वबाट पोलियो उन्मूलन गर्ने नीति पारित गरेको थियो । त्यस समयमा विश्वका १ सय २५ देशमा पोलियो संक्रमण भइरहेको थियो । तर, अहिले पनि पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा पोलियोका रोगी रहेका छन् ।

त्यसैगरी, पोलियोमुक्त घोषणा भइसकेको चीनको एक क्षेत्रमा पुनः पोलियो देखिनुले अपांगता ल्याउने यो रोग विश्वलाई अझै चुनौतीपूर्ण रहेको स्पष्ट हुन्छ । विश्वमा पोलियोको भाइरस यताउता सरिरहुन्जेल यो रोगले खतराको घण्टी बजाइरहने भनाइ वैज्ञानिकको छ । चीनको सिन्जियान प्रान्तमा सन् २०११ मा पोलियोको उपस्थितिबारे अनुसन्धान गरेका वैज्ञानिकले पाकिस्तानमा उद्गम बिन्दु भएका पोलियो भाइरसले चीनमा संक्रमण फैलाएको खुलस्त पारेका छन् ।

Source : http://rajdhanidaily.com/2017/02/21/40161/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s