चिनीको वर्तमान बजार मूल्य र उखु खेती

विश्वनाथ खरेल, फागुन ६,

हाम्रो देशमा वार्षिक दुई लाख ३० हजार टन चिनी खपत हुने अनुमान गरिएको छ । त्यसमध्ये स्वदेशी उद्योगले यो वर्ष एक लाख २९ हजार टन मात्रै उत्पादन गर्न सक्ने जनाएका छन् । बाँकी चिनी आयात गरेर आपूर्ति गर्नुपर्ने हुन्छ । यो वर्ष साल्ट टे«डिङ कर्पोरेसनले मात्रै चिनी आयात गर्ने गरी वितरण गरिरहेको छ । तर, कर्पोरेसनले दसैँ–तिहारका लागि आयात गरेयता चिनी ल्याउन सकेको छैन । राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको आपूर्ति सहज गर्न र चिनीमा भइरहेको कालोबजारी नियन्त्रण गर्न माग गरेको छ । चिनीको आपूर्तिमा आउन लागेको असहजता हटाउन र चिनीको मूल्यमा भइरहेको कालोबजारीलाई रोक्न उपभोक्ता मञ्चले सरकारसमक्ष माग गरेको हो । नेपाल सरकारको लापबाही र नीतिगत निर्णय क्षमताको अभावको कारण बजारमा चिनीको अभाव र कालोबजारी भएकाले सरकारको कार्यप्रति आशंका गर्दै विभिन्न समयमा विज्ञप्ति जारी गरी यस्ता क्रियाकलाप राष्ट्रिय उपभोक्ता मञ्चले गत मंसिरमै नेपाल सरकार, प्रधानमन्त्री कार्यालय र आपूर्ति मन्त्रालयलाई समेत यस वर्ष चिनीको अभाव सिर्जना हुन सक्ने कुरातर्फ लिखित रूपमा ध्यानाकर्षण गराएको व्यहोरा स्मरण गर्दै चिनीको कालोबजारी गर्ने ठूला व्यापारी तथा सरकार, कृषक र उपभोक्तालाई ठग्ने चिनी उद्योगीहरूलाई समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल सरकारसँग जोडदार माग गरेको सम्बन्धित क्षेत्रले जनाएको छ । गएको दसैं–तिहारयता प्रतिकेजी खुद्रा मूल्य ७० रुपैयाँमा बिव्रmीवितरण भइरहेको चिनीको मूल्य केही दिनयता ८५ देखि ९५ रुपैयाँ प्रतिकेजीका दरले बिव्रmीवितरण भइरहेको छ । आमउपभोक्तालाई नभई नहुने दैनिक अत्यावश्यक वस्तुको रूपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन निजी क्षेत्रबाट नै भइरहेको भए पनि बजार हस्तक्षेप गरी मूल्यलाई स्थिरीकरण गर्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चिनीको आपूर्ति व्यवस्थापन हुँदै आएकाले बजारमा चिनीको मूल्यमा स्थिरता आउनुको साथै आपूर्ति व्यवस्थापनमा सहजीकरण भइरहेको थियो । बजारमा चिनीको भाउ अकासिएको छ । चिनीको उत्पादन हुने समयमै अभाव भएपछि मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको हो । अहिले चिनीको उत्पादन र खपत बढ्ने सिजन हो । सरकारले एक प्रतिशत भन्सारमा चिनी आयातको सुविधा दिने गरेको छ । तर, यस वर्ष सरकारबाट भन्सार छुटको निर्णय नहुँदा आयात गर्न समस्या भएको कर्पोरेसनका बिव्रmी प्रबन्धक पंकज जोशीले बताए । ’चिनीमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्छ,’ उनले भने, ’हामीले एक प्रतिशत भन्सारमा चिनी आयातको प्रबन्ध मिलाइदिन पाँच महिनादेखि आग्रह गर्दै आए पनि सुनुवाइ भएको छैन । त्यसैले आयात पनि हुन सकेको छैन ।’ तर, साल्ट ट्रेडिङसँग चिनीको मौज्दात कम रहेको खबर बजारमा आएपछि एकाएक चिनीको मूल्यमा वृद्धि गरिएको छ । चिनी क्षेत्रका १३ चिनी उद्योगले विगत र यसै मौसममा पनि कृषकलाई उचित मूल्यसमेत नदिई कृषकहरूबाट उधारो उखु खरिद गर्ने, भुक्तानी नदिने र सरकारले तोकेको मूल्य दिनै नचाहने जस्ता क्रिmयाकलापमा संलग्न भई समयमा उखु खरिद गरी उत्पादनमा वृद्धि गर्नेतर्फ सोच नै नबनाउने गरेका छन् ।
मुलुकमा खेती गरिने विभिन्न नगदेबालीहरु मध्ये उखु पनि एक प्रमुख बाली हो । देशको प्रमुख नगदे बालीहरुमा खास गरीकन आलु, तेलहन, सुर्ती, जुट र उखु रहेका छन् । यसर्थ हाम्रो निर्यात व्यापारमा कृषि उत्पादनको अंश महत्वपूर्ण रहेको छ । देशमा रोजगारीको अवसर सिर्जना गरी, आम्दानी बढाउन र विदेशी मुद्रा आर्जनलगायत देशको दिगो आर्थिक विकासका लागि कृषि क्षेत्र मेरुदण्डका रुपमा रहेको छ । अर्थतन्त्रमा करिब ४० प्रतिशतको हिस्सा रहेको कृषि क्षेत्रको विकासको अभावमा हाम्रो आर्थिक वृद्धिदर दिगो हुन नसक्ने भएकोले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रमुख कृषि बालीहरु खासगरी खाद्यान्न र नगदे बालीको उत्पादन र उत्पादकत्व बढाउने अभिप्रायले सिँचाइको सुविधा विस्तार गर्न प्रशस्त लगानी गरिसकिएको छ । कृषिको दोस्रो महत्वपूर्ण उत्पादनको सामग्री रासायनिक मल सुपथ मूल्यमा समयमै उपलब्ध होस् भन्ने अभिप्रायले निजी क्षेत्रलाई समेत सहभागी गराइएको छ ।
नेपालको जलवायु अनुसार उखु मार्गदेखि पाक्न सुरु हुने र चैतदेखि विस्तारै सुक्न थाल्ने हुँदा मंसिरदेखि उखुको रसमा चिनीको मात्रा क्रमशः बढ्दै गई माघ फागुनको आधाआधीसम्ममा अधिकतम पुगी त्यसपछि फेरि विस्तारै घट्दै जान्छ । यस प्रकार उखुरसमा चिनीको मात्रा अधिकतम हुने समयमा चिनीको प्रतिलब्धि बेसी प्राप्त हुन्छ । अर्थतन्त्रमा करिब ४० प्रतिशतको हिस्सा रहेको कृषि क्षेत्रको विकासविना हाम्रो आर्थिक वृद्धिदर दिगो हुन नसक्ने भएकोले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । प्रमुख कृषि बालीहरु खासगरी खाद्यान्न र नगदे बालीको उत्पादन र उत्पादकत्व बढाउने अभिप्रायले सिँचाइको सुविधा विस्तार गर्न प्रशस्त लगानी गरिसकिएको छ । देशको प्रमुख कृषि उपजमा ३५ प्रतिशत हिस्सा नगदे बालीले ओगटेको छ भने कुल कृषि बालीले ढाकेको क्षेत्रफलमध्ये करिब ११ प्रतिशतमात्र नगदे बालीको खेती गरिएको छ । अतः कुल नगदे बालीको १५ प्रतिशत क्षेत्रफलमात्र उखुले ढाकेको भएतापनि नगदेबालीबाट प्राप्त हुने उत्पादनमा यसको योगदान ५८ प्रतिशत रहेको अनुमान छ । विकसित देशको दाँजोमा उत्पादकत्व विस्तारै बढेको छ । आठौं र नवौं पञ्चवर्षीय योजनामा औसत उखु उत्पादन स्थितिलाई नियाल्ने हो भने यो कुरा स्पष्ट हुन्छ । आठौं पञ्चवर्षीय योजनाको तुलनामा नवौं पञ्चवर्षीय योजनामा उखुको उत्पादन करिब ४१ प्रतिशतले वृद्धि भएको छ । यद्यपि उत्पादकत्वमा करिब छ प्रतिशतले वृद्धि हुन सकेको छ । अहिलेसम्म पनि प्रचलित परम्परागत खेती प्रणालीले यसको उत्पादकत्वमा जति विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन । यद्यपि लगानीको अनुपातमा प्रतिफल निराशाजनक स्थितिमा देखापर्दछ । प्राप्त एक तथ्यांकअनुसार विगत २० वर्षको अवधिमा कृषि क्षेत्र ४३ प्रतिशतले विस्तार भएको र कृषि उत्पादन विन्दुगत वृद्धिदर २४ प्रतिशत मात्र रहेको देखिन्छ ।
उखु एउटा प्रमुख औद्योगिक बाली भएको हुँदा यसको माग उद्योगहरुबाट हुन्छ । उखुको मुख्य क्रेता चिनी मिलहरु हुन् । सर्वप्रथम सन् १९५० मा मोरङ चिनी मिलबाट नै नेपालमा चिनी मिलको इतिहास सुरु भएको मान्न सकिन्छ । हाल मुलुकमा १८ वटा चिनी मिलहरु स्थापना भए पनि चालू अवस्थामा हाल १० वटामात्र रहेका छन् । देशमा सरकारी स्वामित्वमा रहेका लुम्बिनी चिनी कारखाना र वीरगञ्ज चिनी कारखानासहितका अन्य निजी चिनी कारखानाबाट वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन हुनेगर्दछ भने हाल चिनीको वार्षिक माग दुई लाख मेट्रिक टनभन्दा बढी रहेको अनुमान गरीएको छ । यी मिलहरु पनि नियमित चल्न नसकी सिजनल रुपमा मात्र चलेका छन् । किसान र चिनी मिलहरुले उखु रोेप्नुभन्दा अगाडिदेखि नै सम्झौता गरी उखु उत्पादन गर्ने परम्परा भए पनि केहीले यसलाई त्यति ध्यान नदिएको देखिएको छ । चिनी मिलले मौकाको फाइदा उठाउनको लागि किसानहरुसँग सक्दो बार्गैनिङ गरेको पाइन्छ । चिनी उत्पादक संघ तथा उखु उत्पादक संघको बीचमा भएको सम्झौताको आधारमा उखुको मूल्य निर्धारण हुन्छ । यो मूल्य विगत वर्षको भन्दा कम छ । छिमेकी राष्ट्रको मूल्यलाई हेर्ने हो भने पनि यो मूल्य कम देखिन्छ । जबकि भारतमा प्रान्तीय सरकारले दिने अनुदानसमेत जोडेर दिने प्रचलन रहेकोे पाइन्छ ।
समग्रमा भन्नुपर्दा देशभर प्रतिवर्ष दुई लाख ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको भए पनि आन्तरिक उत्पादकहरुले एक लाख २९ हजार मेट्रिक टनमात्र चिनी आपूर्ति गर्न सकेका छन्, जबकि हालको जनसंख्याको बढ्दो मागलाई हेर्दा चिनीको कुल माग क्षमता पुग्नको लागि झण्डै एक लाख एक हजार मेट्रिक टन कमी रहेको देखिन्छ । प्रमुख औद्योगिक बालीको रुपमा रहेको उखुको क्षेत्रफल चालू आर्थिक वर्ष २०७२÷०७३ मा एक दशमलव दुई प्रतिशतले बढ्न गई ६७ हजार चार सय हेक्टर रहन जाने अनुमान गरिएको छ । त्यसैगरी उत्पादनलाई मध्यनजर गर्ने हो भने पनि आर्थिक वर्ष २०७२÷०७३ को उत्पादनमा समेत दुई दशमलव आठ प्रतिशतले वृद्धि भई करिब ३१ लाख ४८ हजार मेट्रिक टन पुग्ने अनुमान छ । चिनीको बढ्दो खपत तथा मूल्यमा वृद्धि भएका कारण कृषकहरु पुनः उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् । उखु खेती गर्ने कृषकहरुले चिनीको मूल्यको दाँजोमा उखुको मूल्य पाउन सकेका छैनन् । तर, यतिखेर चिनीको मूल्यमा उचारचढाव आइनै रहेको छ, जसले गर्दा कृषकहरुले आफूले पाउनुपर्ने मूल्य पाउन सकेका छैनन् । यसरी चिनीको मूल्य बढेर जाँदा उखुको मूल्य विगत वर्षहरुमा तलमाथि भइरहेकोे छ । यो कृषकहरुको लागि पीडादायक अवस्था हो । त्यसैले गर्दा कृषकहरुले उखुको उचित मूल्य पाउन नसक्दा पूर्वी तराईका मोरङ, झापा, सुनसरी, सप्तरी र सिरहामा कुनैबेला १० हजारभन्दा बढी कृषक उखु खेतीमा संलग्न भए पनि हाल मुस्किलले चार पाँच हजारले मात्र यो खेती गरेको अनुमान छ एकातिर छ भने अर्कोतिर हेर्ने हो भने चिनीको मूल्यको वृद्धि दाँजोमा उखुको मूल्य कायम हुन नसक्दा कृषकहरु उखु खेतीबाटै विमुख हुने अवस्था आएको छ । उखुको मूल्य निर्धारण गर्न एउटा छुट्टै राष्ट्रिय समिति निर्धारण गरियोस् भनेर कृषकले जतिसुकै आवाज उठाए पनि हालसम्म कुनै व्यवस्था हुन सकेको छैन । जबकि उखुको फसल कटानको अवस्थामा कृषकको  फसललाई तत्काल खरिद गर्र्न ढिलासुस्ती भएको खण्डमा उखुको रस सुकी उखुको तौल कम हुन जान्छ । जसले गर्दा चिनी मिललाई यसबाट बढी फाइदा हुन जान्छ । सो उखुबाट जति उत्पादन हुनुपर्ने हो त्यो अंश यसबाट पूरापूर आउँछ । यस्तो अवस्थामा नोक्सानको भागिदार केवल किसानहरु मात्र हुने गर्दछ । बजारमा चिनीको भाउ दिनप्रतिदिन अकासिँदो छ । यसको मुख्य कारण  चिनी मिलहरुले उत्पादन गरे पनि पर्याप्त मात्रामा बजारमा चिनीको मागबमोजिमको आपूर्ति नगरेको कारणले गर्दा यसो हुन गएको छ । देशको कुल चिनी मागको ५६ दशमलव शून्य नौ प्रतिशत यिनै मिलहरुबाट उत्पादन हुन्छ भने बाँकी ४३ दशमलव ४१ प्रतिशत अन्य वैदेशिक मुलुकहरुबाट आयात गर्नुपर्ने स्थिति हाल विद्यमान रहेको छ । देशलाई आवश्यक पर्ने चिनी मागको झण्डै ४४ प्रतिशत नपुग विदेशबाट आयात गर्ने परिपाटीलाई क्रमिकरुपमा घटाउँदै लान सकिन्छ । अतः माथि उल्लिखित कमी तथा कमजोरीहरुलाई निम्न वर्णन गरेबमोजिम नयाँ प्रविधि अपनाई उखु खेती गरेमा उखुको उत्पादकत्वमा वृद्धि भई उखु किसानहरुलाई बढी फाइदा हुनाका साथै राष्ट्रलाई नै आर्थिक दृष्टिकोणले सवल बनाउनमा मद्दत पुग्नेछ । यसरी चिनीको उत्पादनमा  आत्मनिर्भर हुन सकेको खण्डमा चिनीको लागि गरिएको लगानीलाई अरु क्षेत्रमा लगाउन सकिनेछ । हाल बजारमा वार्षिक दुई लाख ३० हजार मेट्रिक टन चिनीको माग भए पनि मागअनुसारको चिनी उत्पादन भने हुन सकेको छैन । जसका कारण हरेक वर्ष भारतबाट चिनीको आयात हुँदै आएको छ । साल्ट ट्रेडिङले पनि यसअघि भारतबाटै चिनी आयात गरेको थियो । बजारमा मागअनुसार अपुग रहेकामध्ये  ५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिन सरकारलाई समयमै पत्राचार गरे पनि हालसम्म निर्णय नगर्दा बजारमूल्य सन्तुलनमा असर परेको र अझै पनि चिनी आपूर्तिमा सरकारले ढिलाइ गरे चिनीको मूल्य झन् बढ्नेछ । आर्थिक दैनिकबाट

Source :http://www.sulsule.com/news_details/10945/.html-731106.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s