२०७२ आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय

सन्दर्भ : १९औं पुष्प व्यापारमेला

विश्वनाथ खरेल ,
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले यही चैत १८ देखि २१ गतेसम्म काठमाडौंमा चार दिने पुष्प मेलाको आयोजना गरिरहेको छ । सो आयोजना हुने १९औं पुष्प प्रदर्शनी तथा व्यापार मेला भृकुटीमण्डपमा सञ्चालन हुँदै छ । वि.सं. १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०७०/७१ सम्म आइपुग्दा ३८ जिल्लामा विस्तार भएको छ । यति बेलासम्म ६ सय ७५ पुष्प फर्म/नर्सरीहरू स्थापना भएका छन् । १ सय ४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित छन् । यसैलाई मध्यनजर गर्दै पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा हुँदै छ । प्mलोरिकल्चर एसोसिएसन नेपालको मुख्य आयोजनामा हुन लागेको मेला पुष्प व्यवसायमा आबद्ध र तथा रुचि राख्न चाहने सबैका लागि उपयोगी हुने आयोजकको दाबी छ । प्रस्तुत छ, प्रत्येक वर्ष हुने पुष्प मेला र यसको व्यावसायिक प्रवद्र्धनसँगै हुन लागेको छ । पुष्प व्यवसायको प्रवद्र्धन गर्नु नै सबैको मुख्य उद्देश्य हो । अर्को कुरा पुष्प व्यवसायका लागि आवश्यक पर्ने बोटबिरुवादेखि विषादीसम्मका वस्तुहरू एकै ठाउँमा उपलब्ध हुन्छन् । मेला र प्रदर्शनीले व्यावसायिक प्रचार–प्रसारमा सहज हुने र फूलका लागि आवश्यक पर्ने सबै समानहरू एकै छानामुनि उपलब्ध गराउन सहज हुने भएकाले मेलालाई निरन्तरता दिइएको हो । यति बेला पुष्प क्षेत्रमा भएको निर्यातभन्दा ७ गुणा बढी भएको आयातलाई कम गर्न सबै क्षेत्रको सहयोग आवश्यक छ । सँगसँगै यो १९औं प्mलोरा एक्स्पोबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर, आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवाप्रति अभिरुचि राख्ने तथा यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास प्mयानले लिएको छ । साथै पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ–नयाँ प्रविधि र उपलब्धिसहितका जानकारी पनि मेलास्थलमा नै प्राप्त गर्न सकिनेछ ।

यो वर्षको सुरुवातमै हामीले विनाशकारी भूकम्पको सामना गर्नुप-यो, त्यसपछि लगत्तै मधेस आन्दोलन सुरु भयो र पछि ५ महिना लामो नाकाबन्दी भयो । सबैभन्दा ठूलो कुरा त हामीलाई मेलालाई निरन्तरता दिनु नै हो । विगतमा भन्दा राम्रो र सभ्य र भव्यरूपमा मेला सम्पन्न हुनेछ भन्ने आशा छ । त्यसैलाई मध्यनजर गर्दै मेलामा जम्मा ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्यान्डस्केपिङका लागि ४ वटा र व्यावसायिक स्टलका लागि ५१ वटा स्टल छुट्ट्याइएको छ । मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट प्mलावर, ड्राइप्mलावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् । त्यसलाई यस पटक पनि निरन्तरता दिएका छौं । यस पटक भने पुरस्कारका लागि विभिन्न १० विधा छुट्ट्याएको छ । जस्तो कि उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फुल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट प्mलावर (रोज), उत्कृष्ट कट प्mलावर (कार्नेसन), उत्कृष्ट कट प्mलावर (जरबेरा) र उत्कृष्ट कट प्mलावर (ग्लाडुओलस)का विधा छन् ।

मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम रहेको छ । यो सँगैै लामो समयदेखि पुष्प व्यवसायको क्षेत्रमा संलग्न रही व्यवसाय गरिरहेको एक जना पुष्प व्यवसायीलाई कदरपत्रद्वारा सम्मान गरिने कार्यक्रम छ । यस मेलामा सबैभन्दा ठूलो आवश्यकता भनेको प्रविधि नै हो । यही वास्तविकतालाई व्यवहारमा उतार्न गत वर्ष पनि प्रविधि विस्तारका लागि भारतलगायत अन्य मुलुकबाट पनि पुष्प व्यवसायीहरूलाई सहभागी गरिएको थियो । यसैलाई निरन्तरता दिँदै यो वर्ष प्रविधिको विषयमा पाँचवटा विदेशी स्टलहरू राखिने भएको छ । जसले हाम्रो देशको पुष्प व्यवसायलाई प्रतिस्पर्धी बनाउन र व्यावसायिक वृद्धि गर्न सहजीकरण गर्नेछ । यी प्रविधिहरू पुष्प क्षेत्रलाई मात्र नभएर सम्पूर्ण व्यावसायिक कृषिका लागि समेत अति नै उपयोगी हुने भएकाले कृषिसँग सम्बन्धित व्यवसायी, अध्ययन–अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्नता बढ्नेछ ।

यस वर्षको मेलाको मुख्य नाराको रुपमा “स्वच्छ वातावरण र समृद्धिका लागि पुष्प व्यवसाय” रहेको छ । यो वर्ष उक्त मेला हेर्नको लागि ६५ हजार अवलोकनकर्ता र ७५ लाखबराबरको कारोबार हुने अनुमान सम्बन्धित क्षेत्रले गरेको  छ । सोही मेलामा विभिन्न मौसमी फूलका बिरुवा, कृषि औजार, बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ । त्यसैगरी मेला अवलोकनकर्ताले कट् फ्लावर, ड्राइ फ्लावर, सुनाखरीलगायतका पुष्प तथा पुष्पका बीउबिजन, कृषि औजार, प्याकेजिङ सामग्री, सूक्ष्म थोपा सिँचाइ प्रविधि र विषादीको जानकारी लिने तथा खरिद गर्नसक्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ । मेलाको अन्तिम दिन आउँदो चैत २१ गते मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागीहरुमध्ये उत्कृष्ट पुष्प व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने पनि बताइएको छ ।

फूल प्रकृतिको वरदान हो । प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । फूल पवित्रताको प्रतीक पनि हो । भगवान्को पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ । तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा विस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । भक्तपुर, काभ्रे, धादिङ, ललितपुर, काठमाडौंलगायतका जिल्लामा फूलको व्यावसायिक खेती हुने गरेको छ । पछिल्ला वर्षहरुमा फूलको माग बढेको छ । माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको फूल व्यवसायीहरु बताउँछन् ।

हाम्रो देशको कुरा गर्दा फूलले घरसजाउन चाहने पारखीहरुका लागि मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पु¥याएको आयोजकले दाबी गरेको छ । यसको खेतीको विस्तार पनि क्रमशः बढ्दै गएको छ । यो हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हुँदै आएको छ । अतः सरकारले व्यावसायिक रुपबाट कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले पुष्पको खेती विस्तार गरेमा अर्बौं रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरुको भनाइ रहेको छ । यसर्थ विश्वबजारमा नेपाली पुष्पको माग दिन प्रतिदिन बढ्दो रुपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौशीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । नेपाली पुष्पलाई विश्वबजार बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । समय–समयमा हुने पुष्प व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ । दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन ।

नेपाली पुष्प अरु देशको भन्दा महँगो पर्छ । हाल मुलुकभर ६ सयभन्दा बढी पुष्प व्यवसायी छन् र तिनीहरुबाट वार्षिक रुपमा लगभग ६०–६७ करोड रुपैयाँको कारोबार हुने गर्दछ । पुष्पको आन्तरिक कारोबार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसको साथ साथै काम गर्ने श्रमिकहरुको हित एवं कल्याणको लागि समेत सरकार चनाखो हुनु समग्रमा भन्नुपर्दा हामी विस्तारै त्यो चरणमा पुग्नेछौं ।  नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०७०/७१ सम्म आइपुग्दा पुष्पको उत्पादन तथा क्षेत्रफलमा वृद्धि भइरहेको र ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित र रोजगारी उपलब्ध छ । आयात निर्यातको कुरादेखि लिएर यसको कारोबारसमेत वृद्धि भएको छ । संघको तथ्यांकअनुसार यस व्यवसायले आव ०७१/७२ मा सिजनल फूल बिरुवातर्फ २२.७६४ करोड, आलंकारिक बोट बिरुवातर्फ  ४०.०५७५ करोड, कट प्mलावर्सतर्फ २१.४७२५ करोड, ल्यान्डस्केप तथा गार्डेनिङतर्फ १७.८९२ करोड, खुल्ला फूलतर्फ .७.१३५ करोड, सामग्री आपूर्तितर्फ १३.०२ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राइजम टयुवर टिस्युकल्चर आदि) तर्फ  ८.७४६५ करोड, र निर्याततर्फ रु ३.१५ करोड गरी जम्मा १ अर्ब ३४.१३७५ करोडभन्दा बढीको कारोबार भएको छ ।

आव ०७१/७२ मा १०.०० करोडबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको समेत गरेको छ । नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ । अघिल्लो वर्षमा नेपालले दुई करोड रुपैयाँबराबरको पुष्प निर्यात गरेको थियो । यो खेती निरन्तर रुपमा बढ्दै गए पनि पुष्प खेतीको स्थान छनोट र मौसमअनुसारको निर्यातलाई प्रवद्र्धन गर्नसकेमा नेपाली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना रहेको छ । त्यस्तै गरी जापान र अमेरिकामा मौसमी पुष्प, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरीलगायतका पुष्प निर्यात हुँदै आएका छन् । देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्प खेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ । विगतका अघिल्ला वर्षमा लगभग २६ करोड रुपैयाँको पुष्पको व्यापार नेपालभित्र नै भएको सम्बन्धित क्षेत्रको दाबी रहेको छ । अतः देशमा यस वर्ष पुष्प फक्रिने समयमा वर्षा बढेकाले रोग लागेर उत्पादन हुन नसकेपछि कुल मागको करिब एक तिहाइ पुष्प भारतबाट आयात भएको अनुमान छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार गत वर्ष ८० लाख रुपैयाँबराबरको पुष्प आयात भएको थियो । गत वर्षभन्दा यस वर्ष पुष्पको खपत बढ्न सक्ने अनुमानका आधारमा १५ प्रतिशत बढाएर पुष्प आयात गर्न लागिएको थियो भन्ने सम्बन्धित निकायको दाबी रहेको पाइन्छ । यसमा सरकारले अलिकति प्राथमिकता दिने हो भने हामी आफ्नै उत्पादनबाट स्वदेशी बजारको मागलाई पूरा गर्न सकिन्छ । हाल देशमा छिमेकी देश भारतबाट कुल पुष्पको मागको ६० प्रतिशत आयात हुने गरेको छ भने हाम्रो देशको उत्पादनले भने ४० प्रतिशतको मागलाई मात्र धानेको छ ।

Source :http://www.aarthikdainik.com.np/news_details/15080/sthash.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s