महको माग र उत्पादनमा वृद्धि

महको माग र उत्पादनमा वृद्धि


विश्वनाथ खरेल ,

मह उत्पादन र बजारीकरणमा सुधार गर्दै निर्यात प्रवद्र्धनका लागि प्रथम राष्ट्रिय मह महोत्सव केही दिन अगाडि राजधानीमा सम्पन्न भइसकेको छ । कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास निर्देशनालय र नेपाल केन्द्रीय मह व्यवसायी संघको संयुक्त आयोजनामा गत असोज १७ देखि २० सम्म काठमाडौंको राष्ट्रिय सभागृहमा महोत्सव आयोजना गरेको थियो । उक्त चारदिने महोत्सवमा ६० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएकोे थियो । सो महोत्सवमा नेपालका विभिन्न भागमा उत्पादित प्राकृतिक महका ५० वटा बिक्री स्टलको व्यवस्था गरिने, मौरी व्यवसायमा प्रयोग हुने औजार तथा उपकरण र मौरीजन्य उत्पादनको प्रदर्शनी गरिएको थियो । उक्त महोत्सवमा दुई करोडभन्दा बढीको मह र महसम्बन्धी औजारहरुको कारोबार भएको थियो । महसम्बन्धी विभिन्न रोचक र जानकारीमूलक प्रस्तुति, हनी हन्टिङको डकुमेन्ट्री प्रदर्शनी र अवलोकनकर्तालाई मह चाख्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएका थिए । महोत्सवका लागि ३२ लाख खर्च हुने अनुमान गरिएको महोत्सवलाई जर्मन प्राविधिक सहयोग नियोग (जीआईजेट) र नेपाल सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायतको सहयोग रहेको थियो ।

विश्वको मानचित्रमा हेर्दा नेपाल पूरै मुलुक नै समशीतोष्ण जलवायु भएको क्षेत्रमा पर्छ, तर देशव्यापी जलवायुको सन्दर्भमा भौगोलिक विविधताले गर्दा निकै फरक रहेको छ । यहाँको उच्च पहाडी क्षेत्रमा शीतोष्ण जलवायु, मध्य पहाडी क्षेत्रमा समशीतोष्ण जलवायु र तराई र भित्री मधेशमा उष्ण जलवायुको बाहुल्यता पाइन्छ । जसले गर्दा मौरीको लागि प्रशस्त चरन र उपयुक्त जलवायु समशीतोष्ण जलवायु भएको क्षेत्र अर्थात् मध्य पहाडी क्षेत्र अति उत्तम हुन्छ । त्यसैगरी जलवायुपछिको आधारभूत तत्व हो– मौरीचरन । हुन त नेपाल अधिराज्य नै कृषिप्रधान देश हो र यहाँ वर्षको १ देखि ३ बालीसम्म बाली सघनता हुनुका साथै कुल भूभागको करिब ३५ प्रतिशत वनजंगल, खेतीयोग्य, तर खेती नगरिएको जमिन र चरन क्षेत्रसमेत गर्दा जम्मा १ करोड २० लाख हेक्टरभन्दा बढी जग्गामा मौरीको लागि काम लाग्ने फूलहरु फुलेको हुनुपर्छ ।

पौराणिक एवम् ऐतिहासिक ग्रन्थहरुमा मह र यसको महत्वको बारेमा उल्लेख भएको पाइन्छ । यसका साथै मानिसहरुले परापूर्व कालदेखि घरका खोपा, झ्याल, सन्दुस, मुढेघार आदिमा मौरी पाल्दै आएका छन् । यसरी पालिएका मौरीले बनाएको मह, कुट, छाउरा ज्योतिष विद्या अनुसार मुहूर्त जुराएर मात्र काढ्ने प्रचलन अझसम्म गाउँघरमा कायम नै छ । यसरी सरकारीस्तरबाट नेपालमा मौरी पालनसम्बन्धी काम हुन थालेको धेरै वर्ष भएको छैन । शुरुमा काठमाडौंको गोकर्णमा तत्कालीन राजदरबारको निर्देशन अनुसार आधुनिक प्रविधि अनुसार मौरीपालन सुरु भएको थियो । त्यसपछि घरेलु उद्योग विभागले कृषकस्तरमा मौरीपालन तालिम दिई आधुनिक घार वितरण गर्न सुरु गरेको थियो ।
मह स्वादिलो, गुलियो, स्वास्थ्यवद्र्धक र पौष्टिक खाद्य पदार्थ हो । यसमा विभिन्न किसिमका पौष्टिक तथा औषधीय तत्वहरु पाइन्छ, जुन तपाईं हाम्रो स्वास्थ्यको लागि अति उपयोगी छ । यसले रगत सफा गर्न, शरीरलाई चिसोबाट बचाउन, खोकी र ज्वरोबाट राहत पाउन, आँखाको उपचार गर्न, घाँटी दुखेको उपचार गर्न, पेटको अल्सर र पोलेको निको पार्न, एलर्जीका बिरामीलाई सेवन गर्न, मोटोपन घटाउन, पुरुषत्व बढाउन, यौनशक्ति बढाउन आदि काममा उपयोगी मानिन्छ । यसलाई श्रृङ्गारमा पनि प्रयोग गर्न सकिन्छ । जस्तो कि अनुहारलाई सुन्दर र चम्किलो बनाउन साथै छालालाई मुलायम र नरम बनाउन महको प्रयोग उपयोगी मानिन्छ । खाने कुराहरुको सुगन्ध बढाउन पनि महको प्रयोग हुन्छ । मह जुनसुकै खाद्य वस्तुको साथमा खान सकिन्छ । जस्तैः ब्रेडहरुमा जामको सट्टा प्रयोग गरी स्वादिष्टका साथ खान सकिन्छ । त्यसैगरी महलाई चिनीको विकल्पको रुपमा पनि प्रयोग गरी मधुमेह जस्ता रोगबाट बच्न सकिन्छ ।

त्यसैले यो बालकदेखि वृद्धसम्मले कम्तीमा एक चम्चा शुद्ध मह दैनिक सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले धेरै राम्रो हुन्छ । महको रासायनिक संरचनामा निम्न प्रतिशतको हिस्सा ओगटेको पाइन्छ । मौरीपालन सुचारु रुपले सञ्चालन गर्नका लागि ठाउँ सुहाउँदो मौरीघार र अरु आवश्यक पर्ने सामग्री जस्तैः मुखमा लगाउने जाली टोपी, धँुवादानी, चाका काट्ने छुरी, क्विनगेट, महदानी, रानी छेक्ने पटरी, पञ्जा आदिको व्यवस्था गर्नुपर्दछ । यसको पालन गर्नका लागि उपयुक्त समय, विशेषगरी फागुन र असोज महिना छनौट गरी स्वस्थ मौरी गोला संकलन गर्नुपर्दछ । यसका लागि सकिन्छ भने हुल छुटेर आएको गोलालाई समात्ने, त्यसो गर्न सकिँदैन भने मौरी पालककोबाट खरिद गरी ल्याएर राख्नुपर्दछ । तर, सुरुमा मौरीपालन गर्दा कम्तीमा दुई मौसम (वर्षा र जाडो) को पूर्ण ज्ञान प्राप्त नगरी दुईदेखि पाँच गोलाभन्दा बढी मौरीपालन गर्नु फाइदाजनक हुँदैन । परम्परागत तरिकाले धेरै वर्षअघिदेखि पालिँदै आइएका मौरीपालन शैलीमा परेका अप्ठ्याराहरु थाहा भएपछि ती समस्याको समाधान गर्न विभिन्न औजार भएपछि ती समस्याको समाधान गर्न विभिन्न औजार उपकरण र प्राविधिक सीपको विकास भयो । यसरी हालसम्म पत्ता लागेका साधन र सीपको प्रयोग गरी कम खर्चबाटै बढी आम्दानी लिन सहयोग गर्ने विधिलाई आधुनिक मौरीपालन भनिन्छ ।

एक अनुमान अनुसार मेलिफेरा र सेराना जातको मौरीबाट मात्र नेपालमा वार्षिक रुपमा ६ सय ५० मे. टन. मह उत्पादन हुन्छ । सबै गरेर वार्षिक रुपमा १० हजार मे.टन. मह उत्पादन गर्ने क्षमता देशको पर्यावरणले राख्छ । त्यसैगरी तराईको प्राकृतिक जंगल र बालीको फूल फुल्ने समयमा डार्साटा जातको मौरीबाट शरदकालीन रुपमा उल्लेख्य परिमाणमा मह संकलन हुन्छ भने पहाड र उच्च पहाडमा ल्याबोरोमा (भीरमौरी) जातको मौरीबाट वसन्त र ग्रीष्मकालीन रुपमा उल्लेख्य परिमाणमा मह संकलन गरिन्छ । संकलित मह स्थानीय उपभोगको अतिरिक्त निकट सहर र संकलनकर्तामार्फत् देश बाहिर समेत व्यापार गर्ने गरेको तथ्य विभिन्न माध्यमहरुमा उल्लेख गरेको पाइन्छ ।
समग्रमा भन्नुपर्दा विदेशमा समेत माग बढिरहेको नेपाली महको उत्पादन तीन वर्षमा २१२ दशमलव ५ प्रतिशतले वृद्धि गरिने भएको छ । हाल देशभर १ हजार ६ सय मेट्रिक टन मात्र उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०७२÷०७३ सम्ममा ५ हजार मेट्रिक टन पु¥याउने व्यावसायिक कीट विकास निर्देशनालयले जनाएको छ ।

हाल देशभित्रैको मागभन्दा ५० प्रतिशत कम मात्र उत्पादन भइरहेकोमा तीन वर्षमा उत्पादनमा भारी वृद्धि गर्दै उलेख्य निर्यात समेत गर्ने योजना रहेको बुझिन्छ । निर्देशनालयले चालु वर्षमा २ हजार ५० मेट्रिक टन मह उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्देशनालयको त्रिवर्षीय योजना अनुसार मह उत्पादन आर्थिक वर्ष २०७१÷०७२ मा तीन हजार ५ सय मेट्रिक टन र आर्थिक वर्ष २०७२÷०७३ मा ५ हजार मेट्रिक टन पु¥याउने लक्ष्य तय गरिएको छ । चालु वर्षको बजेटमा समेत मह उत्पादनलाई वृद्धि गर्न कार्यक्रम सञ्चालनमा प्राथमिकता दिइएको छ । नेपालमा चिउरी लगायतका बोटबिरुवा र तोरीलगायतको फूलबाट मात्र पनि कम्तीमा १० हजार मेट्रिक टन मह उत्पादनको क्षमता रहेको अनुमान छ । परागसेचनमा ठूलो योगदान रहने मौरीका कारण मात्र सामान्य अवस्थाभन्दा ४ सय प्रतिशतसम्म बढी उत्पादन वृद्धि हुने गर्छ ।

Source :http://www.sulsule.com/news_details/4754/–.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s