बढ्दो विषादी प्रयोग र जनस्वास्थ्य

बढ्दो विषादी प्रयोग र जनस्वास्थ्य

 bnk1

   विश्वनाथ खरेल

सन् १९६२ मा अमेरिकी जीवशास्त्री राचेल कार्सनले रासायनिक विषादीहरूले पुयाउने खतरनाक प्रभावबारे लेखेको किताब ‘द साइलेन्ट स्प्रिङ’ सार्वजनिक भएपछि विश्व समुदाय निकै चिन्तित बन्यो । उनको अनुसन्धानले बताएअनुसार एक डलरको विषादीले पा“चदेखि ११ डलरबराबरको नोक्सानी पु-याउछ ।
भनिन्छ, खेतको आलीदेखि भान्साको थालीसम्म शुद्धता हुनुपर्दछ । देशकै सबैभन्दा ठूलो कालीमाटी बजार व्यवस्थापन समितिका अनुसार बजारमा दैनिक ३१ देखि ४१ ट्रक तरकारी भित्रिन्छ । यसको अलावा काठमाडौं उपत्यकामा सबैभन्दा बढी खपत हुने आलु, काउली, गोलभेँडा, लौकालगायत तरकारीमा विषादी निषेध दर ९१ भन्दा माथि पाइएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसै तथ्यलाई मनन गरी अहिले कालीमाटी तरकारी बजारको विषादी जाँच्ने मेसिन चर्चामा छ । यसको आगमनसँगै आफूलाई सचेत, सभ्य र आधुनिक ठान्ने उच्च घरानियाका सहरिया उपभोक्ताहरु भने अहिले सुपरमार्केटहरुको अर्गानिक तौरतरिकाबाट उत्पादन गरेको तरकारी, फलफूल आदि किन्नमा व्यस्त रहेका छन् । अर्कोतिर नसक्ने सानातिना तथा मध्यमस्तरका उपभोक्ताहरु भने विष सेवनको कारण कतिपयले डाक्टरको पालो पर्खेर बसेका छन् । तरकारीमा विषादीको मूल जरो नेपाली कृषिलाई प्रतिस्पर्धात्मक बनाउने नाममा राज्यले अवलम्बन गरेको पश्चिमी शैलीको उच्च लगानीसहितको बजारमुखी कृषि ढाँचामा फैलिएको छ । यही ढाँचाअन्तर्गत रसायन र विषादीको प्रयोग बढाउने योजना र कार्यव्रmमसहित यसको प्रसारका लागि नै कृषि मन्त्रालय, मातहतका कार्यालय र सेवा केन्द्र सक्रिय छन् । यी निकाय कृषिबाट नाफा बनाउन रसायन र विषादीको कुनै सजिलो विकल्प कम्पोष्ट, गोठमल सुधार र गाँउघरमै पाइने जैविक उपाय देख्दैनन् । यदि हाम्रो देशमै विषादी र रसायन उत्पादन हुँदो हो त कस्तो विषादी र कति मात्रामा भन्ने कुरामा बहस गर्न पाइन्थ्यो तर यो अहिलेकै परिस्थितिमा हाम्रो नियन्त्रणबाहिर छ । अहिले धेरैजसो रसायन र विषादी खुला सीमा रहेको भारतबाट आउने हुनाले पनि यसको नियन्त्रण सोचेजस्तो सजिलो छैन । उत्तरी र दक्षिणी खुला सीमा नियन्त्रण गर्ने ल्याकत छ, कसैको भने बहसको प्रसंग फेरौँला, हैन भने विषादीको त्रास त रहिरहन्छ । त्यसैले अहिले तरकारीमा विषादी हाल्ने किसानलाई सत्तोसराप गरेर समय बिताउनुभन्दा के ग-यो भने नेपाली कृषि विषादीमुक्त हुन्छ भन्नेतर्फ सार्थक पहल गर्न लाग्नुको विकल्प छैन । तर सँगै बुझ्नुपर्ने के छ भने अहिलेकै अवस्थाको नेपाली कृषि जरैदेखि मासिनुको अघिल्लो दिनसम्म हामीले रसायन र विषादी खानुको विकल्प छैन । किनकि विषादीरहित खानेकुरा उत्पादन गर्न चाहिने कृषि प्रणाली र प्रविधि आत्मसात् गर्ने रणनीतिक योजना बनेर कार्यान्वयन नभएसम्म विषादी खानु कालान्तरसम्म हाम्रो नियति रहिरहनेछ ।
नेपालको कृषिमा जब व्यवसायीकरण, वैज्ञानिकीकरण र आधुनिकीकरणको कुरा उठ्यो तबदेखि विषादीकरण सुरु भयो । परम्परागत कृषि प्रणालीलाई त्यागेर, आप्mना पुराना प्रजातिलाई मासेर कृषिको उत्पादकत्व वृद्धिका नाममा विदेशबाट हाइब्रिड वर्णसंकर बीउबीजन, रासायनिक मल आयात गरी जब खेतबारीमा प्रयोग गर्न सुरु गरियो तब विषादीकरण प्रारम्भ भयो । जहिले नेपालका हिमाल, पहाड र तराईका मौसमी खेती गर्ने कृषकहरूले कम्पोस्ट मल गाईवस्तुको गोबर प्रयोग गर्न छाडेर रासायनिक मल प्रयोग गर्नथाले तबदेखि माटोको उर्वराशक्तिमा ह्रास आयो । बोटबिरुवामा रोगसँँग लड्ने क्षमता नष्ट भयो । विषादी प्रयोगविना कीरा–फट्यङ्ग्रा शत्रु जीवबाट बोटबिरुवालाई जोगाउनै नसक्ने चुनौती आयो । तत्काल अर्को विकल्प पनि देखा परेन । लगभग सबै तरकारी र खाद्यान्न बालीमा विषादी प्रयोग गर्नु नै पर्दछ, विषादी प्रयोग नगर्ने हो भने बोटबिरुवा, अन्नबालीबाट उत्पादन लिनै सकिँदैन । रोग–कीराबाट जोगाउन खेतीमा गरेको लगानी निकाल्न कृषकले विषादी प्रयोग गरेन भने कृषक मारमा पर्ने अवस्था छ । विषादी प्रयोग गरेर उब्जाएको चीजबीज बजारमा बिक्री गर्दा खरिद गरी खाने उपभोक्ताहरू मर्ने डर छ ।
विषादीकै कारण प्रत्येक नेपाली नानाथरिका बिरामीले ग्रस्त छन् । अर्गानिक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नुपर्ने कुरा यतिखेर चर्कोरूपमा उठेको छ । अर्गानिक कृषि प्रणालीबाट उत्पादित फलफूल, अन्नबालीको भाउ पनि निकै महँँगो छ र बजार पनि सुरक्षित बन्दै गएको छ । महँँगो वस्तु खरिद गर्नेको संख्या सानो हुन्छ । मन्द विष भएको जान्दाजान्दै सस्तो भएको कारण विषादी प्रयोग गरेको तरकारी अन्नबाली खाने सर्वसाधारणको संख्या ठूलो छ । ठूलो संख्याका जनताको स्वास्थ्यस्थिति विषादी प्रयोग भएको खाद्यसामग्रीका कारण बिग्रिरहेको छ । कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न अब हामीले अर्गानिक खेती प्रणाली अपनाउन र विषादी त्याग्न गम्भीर हुनुपर्ने बेला आएको छ ।
तरकारी तथा फलफूलमा ९० प्रतिशत विषादी प्रयोग हुने गरेको छ । विषादी प्रयोग नगर्ने हो भने तरकारी तथा फलफूलको बजारमा निकै अभाव हुनसक्छ । हिजोआज हामी सबैले तरकारी र फलफूल होइन, विष खाइरहेका छौँ भन्ने महसुस गर्नुपर्ने बेला आएको छ । सर्वसाधारण जनतामा विषादीको नकारात्मक असर देखा परेपछि सरकारले विषादी प्रयोग गरिएको तरकारी र फलफूल बिव्रmीमा रोक लगाएको छ । विषादी प्रयोग गरेको तरकारी, फलफूलमा प्रतिबन्ध लगाउनु भनेको कृषिप्रधान देश नेपालका कृषकहरूलाई खेती नगर भनेको हो । विषादीबाट पर्नसक्ने असरका बारेमा नेपालका कृषिविज्ञ, नीतिनिर्मातालाई थाहा थिएन । यसर्थ दुई दशकभन्दा बढी समयदेखि व्यापक विषादी विदेशबाट भित्रिँँदा र कृषकहरूले प्रयोग गर्दा आँँखा चिम्लिएर बसेका सरकारको कृषि मन्त्रालय र कृषि विभागका मानिसहरू कुनै विकल्प तत्काल नदिई कृषकले उब्जाएको तरकारी र फलफूलमा विषादी प्रयोग भएको भनी बेचबिखनमा जुन प्रतिबन्ध लगाउनखोजेका छन्, यो एक नाटक र अन्याय हो ।सन् १९६२ मा अमेरिकी जीवशास्त्री राचेल कार्सनले रसायनिक विषादीहरूले पु-याउने खतरनाक प्रभावबारे लेखेको किताब ‘द साइलेन्ट स्प्रिङ’ सार्वजनिक भएपछि विश्व समुदाय निकै चिन्तित बन्यो । उनको अनुसन्धानले बताएअनुसार एक डलरको विषादीले पाँचदेखि ११ डलरबराबरको नोक्सानी पु-याउँछ । त्यसपछि भएका विभिन्न अनुसन्धान र मेडिकल रिसर्च रिपोर्टअनुसार रासायनिक विषादीको अत्यधिक प्रयोगबाट एलर्जी, हेपाटाइटिस, हृदयरोग एवं क्यान्सर जस्ता रोगहरू व्यापक रूपले बढिरहेका छन् । मात्राका हिसाबले भन्ने हो भने नेपाल धेरै विषादी प्रयोग गर्ने देशमा पर्दैन । तर पनि विषादी प्रयोग गर्ने हाम्रो तरिका भने निकै खतरनाक छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरुले आफूले उत्पादन गरेको अर्गानिक खालको तरकारी उपभोग गर्छन भने सहरी क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरुलाई यो सम्भव छैन । तसर्थ सहरी क्षेत्रमा करेसाबारी नभएकाहरुको संख्या अत्यधिक हुन्छ । करेसाबारी आफैंले पनि धान्न सक्दैन । त्यस्तो स्थितिमा सरकारले फलाना वस्तुमा अत्यधिक विषादी अवशेष रहेको भनी सूचना मात्र दिएर बसेको अवस्थाले एक प्रकारको राज्यहीनता देखाउँछ । राज्य भनेको सर्वसाधारणलाई संकट परेको बेला त्यसबाट उद्धार गर्ने दायित्व भएको निकाय हो । त्यसले यस्ता घर–घरमा पुगिरहेका विष र तिनको प्रयोगलाई रोक्न, त्यस्तो विषादीबाट मुक्ति पाउन आवश्यक सुझाव र प्रविधिको प्रयोग तत्काल गर्नुपर्ने हो । त्यस्तो भएको देखिएन । सबैभन्दा दुस्खद पक्ष पनि यही हो । विषादीका अवशेष उच्च र उपभोग गर्नै नहुने तहमा रहेको त भनियो तर त्यसबाट बच्न उपायहरु भने सुझाइएन । यसले विष भन्ने जानी–जानी उपभोक्ताहरु उपभोग गर्न बाध्य भइरहेका छन् । निश्चय नै सरकार यसमा मूकदर्शक भएर बस्न मिल्दैन । जसरी अहिले मौन छ । विज्ञहरुबाट विषादी कसरी कम गर्न सकिन्छ, त्यसमा घरेलु उपचार के छन् बाहिर आउनुपर्छ र उच्च विषादी अवशेष रहेका वस्तुहरुको विक्रिवितरण तुरुन्त रोक्नुपर्छ । त्यसो भएन भने सरकारले नै आप्mना नागरिकलाई विष दिएको अर्थ लाग्नेछ ।अन्त्यमा, भन्नुपर्दा सरकारले खाद्य ऐन, २०२३ र उपभोक्ता अधिकार ऐन, २०५४ टेकेर उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने तरकारी बिव्रmीवितरण रोक्न यस्तो निर्देशन दिइएको जानकारी दिए पनि ५० प्रतिशत तरकारीमा मापदण्डभन्दा माथि विषादी पाइएको छ’ भनी विज्ञहरुले भनेका छन्  । राजधानीमा रहेको तरकारी बजार कालीमाटीमा सुरु गरिएको विषादी परीक्षणमा हालसम्म एक सय ४० वटा कृषिवस्तुको विषादी मात्रा परीक्षण गरिसकिएको सम्बन्धित निकायले जानकारी दिएको थियो । उक्त निकायले परीक्षण गरिएकामध्ये करिब ७० प्रतिशत तरकारीमा विषादी दर ९० भन्दामाथि पाइएको थियो । तर, सरकारी मापदण्डअनुसार तरकारीमा विषादीको निषेधदर ४५ भन्दा बढी हुनुहुँदैन भने विश्व स्वास्थ्य संगठनले त यो दर ३० सम्म रहेको तरकारी मात्र खानयोग्य मानेको छ । हाम्रो देशमा तरकारी, फलफूल अन्य खाद्य सामग्रीहरु आफ्नो देशको उत्पादनले नेपालीहरुलाई उपभोग गर्न पुग्दैन । त्यसकारणले गर्दा छिमेकी मुलुकहरुबाट ठूलो मात्रामा कृषि उपजको सहज रुपमा निर्यात गरिनुपर्ने हुन्छ । त्यसको लागि सरकारले बेलैमा विभिन्न भारतीय र चिनियाँ नाकाहरुमा चेकपोष्टमार्फत आयात हुने तरकारी, फलफूल, अन्य खाद्यान्नहरुको जाँच गरेको मात्र देशका विभिन्न भूभागमा आपूर्तिको व्यवस्था मिलाउनुपर्ने हुन्छ । हालसम्मको स्थितिलाई मध्यनजर गर्ने हो भने यस्तो किसिमको व्यवस्था भएको देखिँदैन । यसको अलावा राष्ट्रको एक स्थानबाट अर्को स्थानमा लैजाने तरकारीजन्य, फलफूलजन्य र अन्य वस्तुहरूको विषादी नियमित जाँचिनुपर्ने तथा विषादी भेटिए तत्काल नष्ट गरिनुपर्नेलगायत काम तत्काल राज्यले गर्नुपर्ने देखिन्छ । यस्तो किसिमको कडाभन्दा कडा कानुन बनाएर तत्काल रोक्ने प्रयास गरिएन भने भोलि गएर भयावह स्थिति नहोला भन्न सकिन्न ।

Source :http://www.sulsule.com/news_details/9319/.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s