शहीद दिवसमा वास्तविक शहीदहरूको स्मरण

विश्वनाथ खरेल

वि.सं. १९९७ माघको यही साता देशका चार जना सपूतलाई प्रजातन्त्र मागेको आरोपमा तत्कालीन राणाले काठमाडौंका विभिन्न स्थानमा गोली हानेर तथा झुन्ड्याएर हत्या गरेका थिए। त्यसको १० वर्षमा राणाहरूको शासन ढल्यो र सँगसँगै सामन्तवाद पनि ओरालो लाग्यो नेपालको सन्दर्भमा आन्दोलन र संघर्षको अर्थात् बलिदानको इतिहास कायम भइसकेको हो कि अझै पनि यस्ता आन्दोलन र बलिदानको आवश्यकता छ भन्ने कुरा भने अनिश्चित रहेको छ।

तर, नेपाली जनताले संस्थागत रूपले लोकतन्त्रको पूर्ण प्राप्ति गर्न धेरै वर्ष कुर्नुप¥यो। कम्युनिस्ट र गणतन्त्रवादीले २००७ सालमा नै राजतन्त्र अन्त्यको कुरा गरेका भए पनि त्यति बेलाको आन्दोलनको मुख्य शक्ति नेपाली कांग्रेस र सम्भवतः त्यस बेलाका सामाजिक आधारसमेत गणतन्त्रका पक्षमा थिएनन्। तर, २०१७ सालमा राजा महेन्द्रले कू गरेर शक्ति हत्याएपछि देशमा गणतन्त्रवादी विचारमा तीव्र विस्तार भएको पाइन्छ। अर्थात् अब वैधानिक राजतन्त्रवादीस“गै गणतन्त्रवादीको आवाज पनि शक्तिशाली भएर आयो, जसका लागि अनेक आन्दोलन र बलिदान भए।

यसै गरी, २०४७ सम्म पनि वैधानिक राजतन्त्र र संसदीय प्रणाली बोक्ने विचारको प्रभुत्व स्थापित थियो, जसले गर्दा २०४७ को संविधान निर्माण गर्दा राजास“ग शक्ति बा“डफा“ड गर्न दल सहमत भए। तर २०५२ मा थालिएको माओवादी सशस्त्र विद्रोहले समाजको सामन्ती अवशेषलाई जरैदेखि हल्लाइदियो। परिणामतः २०६२ सम्म आइपुग्दा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदीय शक्ति पनि गणतन्त्रको पक्षमा उभिए। यसरी नेपालले अनेक चरणमा लोकतान्त्रिक आन्दोलन ग¥यो। यस क्रममा हजारौंले बलिदान दिए। २०६२÷०६३ को आन्दोलनको परिणामले पनि अझै समाजका भित्री तहमा रहेका सीमान्तकृतका आवाज नसुनेको अनुभव गरेका मधेसवादीले अर्को चरणको आन्दोलन गरे, जसमा दर्जनौंको ज्यान गयो। अर्थात् शहीदहरूको चाङ लगाएर अहिलेको गणतन्त्र प्राप्त भएको हो।

अझै पनि देशमा सीमान्तकृतको आवाज सुनिन बा“की छ, वर्गीय शोषणबाट पार पाउन बा“की छ, जसका लागि अर्को आन्दोलनको आवश्यकता त होइन बाध्यता पर्न सक्छ। कमसेकम अहिले शहीद दिवस मनाइरह“दा राजनीतिक दलहरूले यसतर्फ ध्यान दिएर जनमुखी नया“ संविधानको आधारमा तीनवटै स्तरका चुनाव देशका लागि अपरिहार्य परेको छ। अर्को माघभित्र सबै चुनाव गरेको खण्डमा मात्रै हामीले शहीदहरूप्रति गरेको सच्चा सम्मान गरेको ठहर्नेछ।

मुलुकमा आर्थिक विसमताले बरबादिएको, अन्ध र असामयिक परम्पराले झुरिएको समाजमा शहीद र निष्ठावान् कार्यकर्ताहरूको महŒव लुकाइन्छ, शोषित र पीडित जनता पाखा लगाइन्छन्, निम्नवर्गहरू उपेक्षितको उपेक्षितै राखिन्छन्। यस्तो स्थितिअन्तर्गत बहुजन हिताय–सुखायको समाज, अखण्डित, सग्लो देश, सबल, सुदृढ र सुरक्षित राष्ट्र, एवं शहीद आकांक्षाअनुरूपको प्रजातन्त्रको निर्माण गर्नुपरेको छ। तर, जे भए पनि आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तिहरूको सपना साकार पार्ने सार्थक प्रयत्नसहितको मार्ग अवलम्बन गर्न सकिएन भने ती महान् सपुतहरूको श्रद्धा हुनुको सट्टा घोर अपमान हुनेछ।

शहीद दिवसको यस क्षणमा नेपाली मात्रले श्रद्धा र अपमानको गाम्भीर्यलाई बुझन मात्र सकेमा अमर आत्माले शान्ति प्राप्त गर्नेछ। नेपाली जनताले गरेका अनेक आन्दोलन र संघर्षको लामो शृंखलाले मात्रै यस्तो गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको हो। यस्ता आन्दोलन र संघर्षका क्रममा नेपाली जनताका वीर, वीरांगना सन्तानले बलिदानको लामो परम्परा कायम गरेका छन्, जसको आरम्भ तिनै चार जना शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले गरेका थिए।

यसरी एउटा देशले एउटा व्यवस्था (तत्कालीन अवस्थामा सामन्ती शासन व्यवस्था) बाट अर्को व्यवस्थामा (हाम्रो सन्दर्भमा पु“जीवादी व्यवस्थामा) फड्को मार्न भएका आन्दोलन हिंसात्मक दमन र प्रतिरोधका बाटोबाट गुज्रने परम्परा नै छ। अर्थात् शहीदहरूले बलिदान नदिई व्यवस्था परिवर्तन हुन सक्दैन भन्ने सत्यलाई नेपालको जनक्रान्तिको इतिहासले पनि पुष्टि गरेको छ। यस सन्दर्भमा ती चार जनालगायत सबै ज्ञात–अज्ञात शहीदमा हाम्रो श्रद्धाञ्जली।

समग्रमा भन्नुपर्दा शहीद मरेको छैन, ऊ सम्पूर्ण नेपालीको मुटुको ढुकढुकीस“गै बा“चेको छ। कवि वासु शशीको भनाइमा– शहीद भौतिकरूपमा मरेपछि ऊ नेपाली आत्माभित्र नै रहेको हुन्छ। शहीदहरूले आफ्नो जीवन प्रजातन्त्र प्राप्त गर्न मात्र नगुमाएर प्रजातान्त्रिक मार्गदर्शन मात्र पहिल्याइदिएका हुन्। शहीदहरू पुजनीय एवं सबैका साझा सम्पत्ति हुन्। यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु सबै क्षेत्रका जनता तथा राजनीतिज्ञहरूको संयुक्त जिम्मेवारी हुन आउ“छ।

वास्तविक भावनालाई बुझेर यदाकदा रुमलिएका शहीदहरूको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सबैको कर्तव्य हुन आउँछ। त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामीले प्रजातान्त्रिक चरित्र निर्वाह गरी उनीहरूले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ। मानिस बाँच्नका लागि जन्मन्छ र जन्मनका लागि मर्दछ। तर, समाजमा यस्ता पनि मानिस हुन्छन्, जो बा“चिरहनका लागि मर्दछन्। यसरी मरेर गए पनि जनमानसमा बाँचिरहने सपुतहरूमध्ये हाम्रा अमर शहीदहरू पनि हुन्। राज्यले उनीहरूको कदर गर्नुपर्छ।

Source : http://www.newsofnepal.com/2017/01/29/9197/-731016.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s