के छ श्रीस्वस्थानी व्रत कथामा ?

के छ श्रीस्वस्थानी व्रत कथामा ?

bishwanath-333

विश्वनाथ खरेल

नेपाली समाजमा श्रीस्वस्थानी व्रत माहात्म्य पर्व गत २८ पुस बिहीबारदेखि सुरु भई २८ माघ शुक्रबारसम्म हुँदै छ । यतिबेला नेपाली श्रद्धालु भक्तजनहरू एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन दिउँसो श्रद्धा र भक्तिपूर्वक शिव–पार्वतीको पूजा गरेर साँझ श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरी यो पर्व मनाउने गर्दछन् ।
हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र उनको मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालुहरूले पुस शुक्ल पूर्णिमाका दिन बिहानै हात खुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर व्रत सुरु हुन्छ् । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एक छाक चोखो खाई १ सय आठ पान, १ सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । व्रत समाप्तिका दिन ती रोटी, पान, सुपारी आप्mना श्रीमान्लाई, श्रीमान ्नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । यसरी, विधिपूर्वक महिना दिनसम्म स्वस्थानीदेवीको पूजा आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने र यस लोकमा सुखसम्पत्ति पाई परलोकमा समेत मोक्ष हुने कुराको उल्लेख स्कन्दपुराणको केदारखण्ड र माघ माहात्म्य, पदमपुराण आदि ग्रन्थहरूले गरेका छन् । यसर्थ, यो व्रत बस्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । काठमाडौंको साँखुस्थित साली नदी, पशुपति, गौरीघाट, सतीदेवीको अंग पतन भएको मानिने धार्मिकस्थलहरू तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लागेको छ । ती स्थानहरूमा एक महिनाभर मेला पनि लाग्ने गर्दछ ।

‘स्वस्थानी’ शब्द ‘स्वस्थान’ मा ‘ई’ प्रत्यय लागेर बनेको हो । स्वस्थान भन्नाले आफैंमा रहने भन्ने अर्थ हुनाले स्वस्थानीको अर्थ आप्mनै वरपर रहने मातृशक्ति देवी भन्ने बुझिन्छ । स्वस्थानी व्रत नेपाली मूलका हिन्दूहरूले मात्र मनाउने र स्वस्थानी व्रत कथाभित्र पर्ने लावण्य देश, सालीनदी, गौरीघाट, मृगस्थली, किरातेश्वर, बाग्मती नदीलगायतका क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वका रूपमा स्वस्थानी व्रतलाई लिइन्छ । महिनाभर घरघरमा वाचन एवं श्रवण गरिने श्री स्वस्थानी व्रत कथालाई धार्मिक एवं आध्यात्मिक मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्ने सन्देशका रूपमा पनि लिन सिकन्छ । हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनका निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ । यसमा अहंकारले विनाश गराउँछ भन्ने उपमाका लागि महादेवको बाहिरी स्वरूपलाई मात्र हेरेर आप्mनी छोरी सतीदेवी महादेवलाई दिन नमानेका दक्ष प्रजापतिले विष्णुको छलबाट सतीदेवीसँग महादेवले विवाह गरेको प्रसंग स्वस्थानीमा छ । यसमा महादेवलाई नाना प्रकारले गाली एवं निन्दा गरेको सुन्न नसकी सतीदेवीले यज्ञ कुण्डमा हामफाली प्राण त्याग गरेको एकातिर छ भने अर्कोतिर नवराजकी स्त्री चन्द्रावती आप्mना पति राजा भएको खबर सुनी चाँडोभन्दा चाँदो भेट्न लालायित भएकी चन्द्रावतीले स्वस्थानीको प्रसाद अहंकार गरेको कारण ठूलो दुःख र कष्ट पाउनुप¥यो । त्यसरी, नै यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आप्mनो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पति–पत्नीबीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आप्mना पतिले खाने भाङ, धतुरोको हिफायतसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्साउँछ ।

swosthani-katha
महिनाभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रत कथालाई धार्मिक एवं आध्यात्मिक मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्ने सन्देशका रुपमा पनि लिन सकिन्छ ।

देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंग पतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम कत्तिको एकपक्षीय मात्र होइन भन्ने सन्देश पाइन्छ । त्यस्तै, यस कथामा परस्त्रीलाई आँखा गाड्नु हुँदैन भन्ने कुराको बोध पनि जालन्धरले पार्वतीलाई छल गर्न गएको प्रसंगबाट छर्लंग हुन्छ । यस कथामा पितृभक्तिको राम्रो किसिमको सन्देश पनि दिएको पाइन्छ । नवराज गर्भमा रहेको बेला उनका पिता शिव शर्मा सुत्केरी खर्च जुटाउन विदेश गएका बाबुलाई खोज खबर गरी मरेको पत्ता लगाई पितृको उद्धार गर्ने कार्य गरे । धर्मशास्त्रमा भनिएको छ कि कुनै पनि पुत्रले पितृको उद्धार नगरी आप्mनो सुखभोगमा मात्र लाग्छ भने त्यो मनुष्य जहाँसम्म चन्द्र–सूर्य रहन्छन्, जहाँसम्म पृथ्वी रहन्छिन्, त्यहाँसम्म घोर नरकमा पर्छ । यसैगरी, स्वस्थानी कथामा कसैमाथि पनि पूर्ण विश्वास गर्नु हुँदैन भन्ने सन्देशमा पार्वतीलाई छकाउन महादेव किरात रूप भई जंगलमा बसेको थाहा पाई पार्वती पनि किरात महिलाको रूप भई महादेवलाई आकर्षित गर्दा महादेव ती किरात महिला पार्वतीसँग विवाह गर्न तयार भए तर किरात महिला पार्वतीले आप्mनो घरमा जाऊ भनेर हिमालय पर्वतको घरमा लग्दा महादेव लज्जित भए ।

अन्तमा, हाम्रो समाजमा स्वस्थानीको महिमा ठूलो र महŒवपूर्ण रहेको छ । यसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रत माहात्म्यमा आएको स्वस्थानीको उपासना गर्दा सबै आवश्यकता पूरा हुन्छन् भन्ने प्रसंगले पनि यही नै सन्देश दिन खोजेको बुझिन्छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने स्वस्थानी माहात्म्यको पूर्वभागमा दक्ष प्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्ष प्रजापतिले आप्mना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आएको छ भने मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिका रूपमा प्राप्त गरेको प्रसंग आएको छ । स्वस्थानी व्रत कथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आप्mना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तलाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई मनन् एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौतर्फी विकास हुने कुरामा कसैको दुईमत नहोला । अतः हाम्रो समाजमा चलिआएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृति तथा विसंगतिहरूलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशका रूपमा लिन सकिन्छ ।

Source :http://rajdhanidaily.com/2017/01/24/34100/731011.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s