यसरी सुरु भयो क्यालेन्डरको प्रचलन

bishwanath-333

विश्वनाथ खरेल

अहिले युरोपेली देशमा प्रचलित क्यालेन्डरलाई ग्रेगोरियन क्यालेन्डर भनिन्छ । प्राचीन रोम सहरमा प्रचलनमा ल्याइएका क्यालेन्डरलाई नयाँ रूप दिएर जुलियन क्यालेन्डर बनाइयो र पछि क्यालेन्डरलाई सुधार गरेर ग्रेगोरियन क्यालेन्डर बन्यो । इस्वी संवत् यही क्यालेन्डरद्वारा व्यक्त गरिन्छ । प्राचीन रोममा प्रचलित क्यालेन्डरमा पहिलो महिना २९ तारिखको भए दोस्रो महिना ३० तारिखको हुन्थ्यो । चन्द्रमाको कलासँग संवद्ध भएको यस क्यालेन्डरमा एक वर्षमा ३५४ दिन हुन्थ्यो । प्रत्येक तीन वर्षमा यो संख्या बदलिन्थ्यो ।
यस क्रमलाई झन्झट मानेर यसमा सुधार ल्याउन जुलियस सिजरले आदेश दिए । यसपछि मात्र इपू ४५ को जनवरी १ तारिखका दिनदेखि सूर्यको गतिअनुसार एक वर्षमा ३ सय ६५ दिन हुने व्यवस्था भयो । प्रत्येक चार–चार वर्षमा एक दिन थपेर ३ सय ६६ को एक वर्ष हुने भयो । वर्षभरको महिना ३१ र ३० दिनमा
बाँडियो । अपवाद फरवरी भयो । जुन सन्मा चारले भाग गर्दा शेष रहँदैन भने, ‘लिप इयर’ (मलमास) मा २९ दिनको एक महिना हुन जान्छ भने अन्यमा शेष रहन्छ । फरवरी भने २८ दिनको महिना हुन जान्छ । इपू ४४ मा जुलियस सिजरको मृत्यु भयो । वर्षको सातौं महिनामा उनको जन्मोत्सव परेकाले त्यस महिनाको नाम जुलियसको नाम दिई ‘जुलाई’ हुन पुग्यो । यो क्यालेन्डरको सुधारमा सम्राट अगस्टसले सहयोग दिएका हुन्, यसैले वर्षको आठौं महिनाको नाम ‘अगस्ट’ राखियो । यस जुलियस क्यालेन्डरमा थुप्रै कठिनाइ भएकाले पोप ग्रेगोरी बाह्रौंले सुधार गरे जुन, अहिले पनि चल्तिमा छ ।

बेलायती र अमेरिकी उपनिवेश रहेका देशमा सन् १७५२ सम्म पनि ग्रेगोरियन क्यालेन्डर लागू गरिएन । सोभियत रुसमा १९१८ सम्म लागू भएन । सुरुसुरुमा रोमन वर्ष १ मार्चमा सुरु हुन्थ्यो, पछि इपू १५३ मा १ जनवरीलाई वर्षको सुरु महिना मानिन थालियो । जुलियन र ग्रेगोरियन क्यालेन्डर लागू भएका ठाउँमा पनि जनवरी १ लाई वर्षारम्भ मानिँदैन थियो । बेलायतमा १४औं शताब्दीसम्म २५ डिसेम्बरलाई एक वर्षको पहिलो दिन मानिन्थ्यो, त्यसपछि २५ मार्चलाई मानिन थालियो । सन् १९५२ सम्म पनि यही स्थिति रह्यो । कतैकतै ५ अप्रिललाई आर्थिक वर्षको सुरु दिन मान्ने परम्परा अझै ज्यूँदै छ । फ्रान्सको राज्यक्रान्तिको समयमा पनि ग्रेगोरियन क्यालेन्डरलाई सुधार गर्न खोजियो । तर, यो धेरै टिक्न सकेन । यो क्यालेन्डर यस्तो थियो, २२ सेप्टेम्बर–२१ अक्टोबर, २२ अक्टोबर–२० नोभेम्बर, २१ नोभेम्बर–२० डिसेम्बर, २१ डिसेम्बर–१९ जनवरी, २० जनवरी–१८ फरवरी, १९ फरवरी–२० मार्च, २१ मार्च–१९ अप्रिल, २० अप्रिल–१९ मे, २० मे–१८ जुन, १९ जुन–१८ जुलाई, १९ जुलाई–१७ अगस्ट, १८ अगस्ट–१६ सेप्टेम्बर । यसरी, बाह्र महिनाको रूपरेखा तयार पारियो । यो क्यालेन्डर २२ सेप्टेम्बर १७९२ देखि १ जनवरी १८०६ सम्म लागू भयो । पछि नेपोलियनले ग्रेगोरियन क्यालेन्डर नै लागू गरेका थिए । क्यालेन्डरको वादविवाद ‘बोर्लड क्यालेन्डर एसोसियन’ न्युयोर्कमा स्थापना भएपछि टुंगियो । यो संस्थाले सुरुको साता आइतबार सुरु हुने लिप इयरको व्यवस्था र अरू विवादको टुंगो लगायो ।

विश्वमा प्रचलित दुई किसिमका पात्रा रहेका छन् । एसउटा चन्द्र पात्रोअनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हु“दा नया“ वर्ष पनि तिथिकै आधारले मनाइन्छ भने अर्को सौर्य पात्रोअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हु“दा नयँ“ वर्ष पनि निश्चित गतेमा नै मनाइने गरिन्छ ।

विश्वभर नै प्रचलनमा रहेको इस्वी संवत्को नयाँ वर्ष यही पुस १७ गतेदेखि ‘न्यु इयर २०१७’ सुरु हुँदै छ । आखिर कसरी आए यस्ता संवत्हरू प्रचलनमा ? केही चर्चा गरौं । इस्वी संवत् अर्थात् एडी, विश्वभर प्रचलनमा रहेको वर्ष हो । एडीको अर्थ एन्डोमिनी होस्टि क्रिस्टी अर्थात् एन्डोमिनीको छोटकरी रूप हो । यसको अर्थ हुन्छ, जिसस क्राइस्ट जन्मिएको वर्ष । जिसस क्राइस्ट जन्मेको वर्षलाई एक वर्ष मानेर क्यालेन्डर बनाइयो । यसको अर्थ जिसस क्राइस्ट २०१७ वर्षअगाडि जन्मिएका थिए । जिसस जन्मिनुअगाडिको समयलाई बीसी अर्थात् बिफोर क्राइस्ट भनिथ्यो । जिसस जन्मनु एक वर्षअघिको समयलाई एक बीसी भनिन्छ । एडीमा २०१५ पछि २०१६ आउँछ भने बीसीमा २०१७ पछि २०१६ आउँछ । हामीले प्रयोग गर्ने विसंको अर्थ विक्रम संवत् हो । राजा विक्रमादित्यले थालनी गरेको यो क्यालेन्डर अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअगाडि छ । यसको मतलब जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो क्यालेन्डर प्रयोगमा ल्याइसकेका थिए ।

समग्रमा भन्नुपर्दा हामीकहाँ प्रचलनमा रहेको नेपाल संवत्को भने ११३७ वर्ष पहिले शंखधर साख्बाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । हरेक वर्षको निश्चित कुनै एउटा दिन, समय, तिथि सकिएर अर्को वर्ष सुरु हुनु वा प्रवेश गर्नुलाई नयाँ वर्ष भनिन्छ । यही नयाँ वर्ष प्रवेश गर्ने दिनलाई विभिन्न व्यक्ति, समुदाय र देशले आ–आफ्नै तोकिएको समय, दिन र तिथिअनुसार आआफ्नै परम्परा र शैलीमा नयाँ वर्ष भनेर मनाउने गर्छन् ।

विश्वमा प्रचलित दुई किसिमका पात्रा रहेका छन् । एउटा चन्द्र पात्रोअनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हँुदा नयाँ वर्ष पनि तिथिकै आधारले मनाइन्छ भने अर्को सौर्य पात्रोअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हँुदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाइने गरिन्छ । अधिकांश नेपालीले सौर्यपात्रोअनुसार वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । नेपालीहरू नयाँ वर्ष सुरु हुनुभन्दा हप्तौं अगाडिदेखि नै शुभकामना आदानप्रदान गर्ने, पिकनिक, नयाँ ठाउँ भ्रमण गर्न जाने गर्दै उत्साह र उमंगका साथ नयाँ वर्षलाई स्वागत गर्ने गर्छन् । नेपालमै नेवार समुदायले चन्द्र पात्रोअनुसार ‘नेपाल संवत्’ मनाउने गर्छन् । यो संवत् सुरु हुने कात्तिक शुक्ल प्रतिपदा तिथिमा हर्षोल्लासका साथ नयाँ वर्ष मनाउने गर्छन् ।

त्यस्तै, तामाङ, शेर्पा जातिले ल्होसार पर्वको नाम दिई चन्द्र पात्रोअनुसार आफ्नो नयाँ वर्ष मनाउने गर्छन् भने गुरुङ जातिले सौर्य पात्रोअनुसार प्रत्येक वर्षको १५ पुसका दिन नयाँ वर्ष मनाउने गर्छन् । नेपालकै पश्चिमका केही जातिले १ माघलाई माघीका रूपमा र पूर्वतिर सिरुका पर्वको नाममा पनि नयाँ वर्ष मनाउने चलन छ । केही थारू जातिले नयाँ वर्षलाई चिराइ पर्वका रूपमा मनाउँछन्, मिथिलाञ्चलमा २ वैशाख जुडशीतललाई नयाँ वर्षका रूपमा मनाइन्छ । यसकारण विश्वमा प्रायः जनवरी १ तारिखका दिन नयाँ वर्ष भनेर मनाउने चलन बढी रहेको छ ।

Source :http://rajdhanidaily.com/2017/01/01/28785/-730917.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: