मानव अधिकार र यसको घोषणा

bishwanath-333

विश्वनाथ खरेल

संयुक्त राष्ट्रका प्रमुख उद्देश्यहरूमध्ये मानव अधिकार पनि एक हो । यसमा जाति, लिंग, भाषा, धर्म आदिको कुनै भेदभाव नराखी सबैका लागि मौलिक स्वतन्त्रताहरूप्रतिको आस्थालाई बढावा दिनु एवं प्रोत्साहित गर्नु सबैैको कर्र्तव्य हो । सन् १९५० देखि प्रत्येक वर्ष १० डिसेम्बरलाई ‘मानव अधिकार दिवस’का रूपमा विश्वभर मनाइन्छ । यसरी १० डिसेम्बर १९४८ का दिन महासभाले मानव अधिकारहरूको पहिलो अन्तर्राष्ट्रिय परिभाषालाई विश्वव्यापी मानव अधिकारहरूको घोषणाका रूपमा प्रकाशित ग¥योे ।  मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रका ३० वटा धारा छन् । यसमा नागरिक तथा राजनीतिक अधिकारहरू र आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकारहरू समावेश गरिएका छन् । सो विश्वव्यापी घोषणाका प्रस्तावनामा ‘मानव परिवारका सबै सदस्यको अन्तर्निहित मान तथा सम्मान र अविछिन्न अधिकारहरूको मान्यता नै स्वतन्त्रता, न्याय र शान्तिको आधार भएकाले मानव अधिकारहरूप्रति अवहेलना तथा अनादरको परिणामबाटै नै बर्बर काम भई मानव जातिको अन्तःस्करणमा चोट पु¥याइएको हुनाले र मानवहरूले धर्म र वाक् स्वतन्त्रता तथा भय र अभावबाट मुक्ति पाउनुपर्छ भन्ने सर्वसाधारण जनताको घोषित आकांक्षा भएकाले अत्याचार र दमनविरुद्ध अरू उपाय नपाएर विद्रोह गर्नु नै अन्तिम उपाय हो भन्ने हो भने मानव अधिकारहरू कानुनी शासनद्वारा संरक्षित रहनु अतिआवश्यक भएकाले,राष्ट्रहरूबीच मैत्री सम्बन्ध वृद्धि गर्न आवश्यक भएकाले, संयुक्त राष्ट्रका जनताले मानवका मौलिक अधिकारहरू र मनुष्यको मान तथा कदर र नरनारीहरूको समान अधिकारहरूप्रति पुनः विश्वासको पुष्ट्याई अधिकार पत्रमा गरी बढी स्वतन्त्रताको आधारमा सामाजिक प्रगति एवं जीवनकोस्तर बढाउन निश्चय गरेकाले, सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्रको सहयोगमा मानव अधिकारहरू र मौलिक स्वतन्त्रताहरूप्रति विश्वव्यापी सम्मान वृद्धि गर्ने एवं पालना गर्ने प्रतिज्ञा गरेकाले र यो प्रतिज्ञा पूरा गर्न यी अधिकारहरू एवं स्वतन्त्राहरूको सर्वसाधारण जानकारी राख्नु अत्यन्त आवश्यक भएकाले’ भन्ने उल्लेख छ ।

यसरी मानव अधिकारको धारा १ देखि धारा २२ सम्म राजनीतिक र नागरिक अधिकारहरू जन्मजात स्वतन्त्रता, समान अधिकार, जाति, वर्ण, लिंग, भाषा, धर्म, राष्ट्रियता वा राजनीतिक वा अरू कुनै विचार आदिको भेदभावविना ज्यान वा वैयक्तिक स्वतन्त्रता र सुरक्षा दासत्वबाट मुक्ति, कानुनको समान संरक्षण, मानव अधिकारहरूको उल्लंघनविरुद्ध प्रभावकारी न्यायिक उपचार, स्वतन्त्र र निष्पक्ष अदालतद्वारा स्वतन्त्र सुनवाइको मौका, हिँडडुल र बसोबासको स्वतन्त्रता, अन्य देशमा शरण खोज्ने र मातृभूमिमा फर्कने स्वतन्त्रता, सम्पत्ति उपभोग गर्ने स्वतन्त्रता, विचार चेतना र धर्मको स्वतन्त्रता, आप्mनो मत र प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण सभा र संगठनको स्वतन्त्रता, शासनमा सहभागिताको सम्पन्न हक, सामाजिक सुरक्षाको हक आदि अधिकारहरू विद्यमान छन् ।  त्यस्तै, धारा २३ देखि २५ सम्म आर्थिक अधिकारहरू बेकारीबाट रक्षा पाउने अधिकार, बिदा र विश्रामको अधिकार, आफ्नो  परिवारको स्वास्थ्य र कल्याणका लागि जीवनस्तरका अधिकार छन् । धारा २६ देखि २९ सम्ममा शैक्षिक, सांस्कृतिक जीवनमा भाग लिने पूर्णाधिकार, प्रत्येक व्यक्तिलाई सामाजिक र अन्तर्राष्ट्रिय व्यवस्थाको समान अधिकारहरू समाविष्ट छन् । तर, यी अधिकार र स्वतन्त्रताहरूको प्रयोग संयुक्त राष्ट्रको सिद्धान्त र उद्देश्यविपरीत कुनै हालतमा उपभोग गर्न सकिनेछैन । अन्तिम धारा ३० मा निषेधात्मक कुनै राष्ट्र, वर्ग वा व्यक्तिले यस घोषणामा उल्लेख गरिएका अधिकार र स्वतन्त्रताहरूलाई कुठाराघात गर्ने उद्देश्यले वा त्यस्तो किसिमको काम गर्न पाउने गरी यस घोषणाको व्याख्या गर्नुहँुदैन ।
बेलायतमा सन् १२१५ को म्याग्ना कार्टा मानव अधिकारको पहिचान, संरक्षण तथा प्रचलन गराउने प्रमुख तथा पहिलो दस्तावेज भएको तथा यही नै मानव अधिकारको जगका रूपमा रहेको छ । त्यसपछिको विभिन्न अधिकारपत्रले बेलायतमा मानव अधिकारको बहाली तथा प्रचलन गराउने क्रममा अग्रणी भूमिका खेलेकाले यसको प्रभाव फ्रान्स र अमेरिकामा पर्न गयो ।  बेलायत, फ्रान्स तथा अमेरिकी प्रयासलाई युरोपका अन्य प्रजातान्त्रिक तथा विकसित देशहरूले अनुकरण गरी मानवअधिकारको सम्मान तथा संरक्षण गरे । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिले मानवअधिकारको अर्को आयाम थप्यो । यसरी संसारभरि नै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि अभियानहरू सञ्चालन भएकाले संयुक्त राष्ट्रले यसलाई अधिसन्धिका रूपमा १९६६ मा अघि सारेको हो ।

मानव अधिकारविना विश्वशान्ति एवं सुव्यवस्था तथा स्थायित्व एव समृद्धिमा असर पुग्ने कुरालाई अन्तर्राष्ट्रिय समुदायले जानेर अन्तर्राष्ट्रियस्तरबाट मानवअधिकारको सम्मान गर्न आवश्यक महसुस गर्दै सन् १९४८ को विश्वव्यापी घोषणापत्र हुनुपूर्व पटकपटक प्रयास भएको देखिन्छ ।
मानवअधिकारको नाममा मान्छेले मान्छेप्रति गरिएका दुव्र्यवहारसमेत मानव अधिकारको नाममा हुने गरेको उदाहरण अघि सार्ने हो भने नेपालमा जनयुद्धको नाममा भइरहेकोे हत्या, आतंक, लुटपाट आदि लिन सकिन्छ । मानवअधिकारको नाममा गठित हाम्रा कतिपय गैरसरकारी संस्थाहरूले समेत बेलाबखत राजनीतिक आस्था र प्रतिबद्धताको कारण राजनीतिक दलप्रति बढी बफादार भई मानव अधिकारको उपहास गर्दै आइरहेका छन् । मानव अधिकार जस्तो संवेदनशील र सार्वजनिक विषयमा समेत राजनीतिक स्वार्थले प्रेरित भई काम गर्ने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । मानवले मानवका लागि साँचो हृदयले सोच्ने, उसको हित र अधिकारका लागि लड्ने र विनापूर्वाग्रह सबैले यसमा दत्तचित्त भएर लागिपर्ने हो भने मानव अधिकारको पूर्ण सदुपयोग गर्न तथा गराउन यस्ता निकायहरूबाट पनि सहयोग पुग्थ्यो । अन्त्यमा, यस घोषणालाई संयुक्त राष्ट्रको पाँच आधिकारिक भाषा अंग्रेजी, चिनियाँ, फ्रान्सेसी, रुसी र स्पेनिसमा अनुवाद गरिएको छ । यसको प्रचार प्रसारका लागि स्कुल, कलेज, विश्वविद्यालयहरूमा पठनपाठन तथा व्याख्या गर्न संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । समष्टिमा अवलोकन गर्दा मानवलाई मानव भएर बाँच्न जेजति अधिकारहरू छन्, ती सबैलाई मानवाधिकार भनिन्छ । आज आएर संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्रमध्ये झन्डै सबैजसोले मानवअधिकारको घोषणालाई स्वीकारेका छन् । विश्वका सबै राष्ट्रले यसको मर्म तथा उपादेयतालाई मनन गरी पालन गरेमा अवश्य पनि विश्वव्यापी रूपमा मानवअधिकारको अझ बढी सम्मान र रक्षा हुन सक्ने आशा र भरोसा राख्न सकिन्छ ।

Source :http://rajdhanidaily.com/2016/12/15/24670/-730830.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s