माछामा भारतीय एकाधिकार तोडिँदै

२०७३ पुस १० गते ०८:१६

पछिल्लो समयमा अनुदान उपलब्ध गराउन थालेपछि माछापालन व्यवसाय थप फस्टाएको कृषकको भनाइ छ । माछापालनमा आत्मनिर्भर हुने भन्दै हाल सरकारले प्राविधिक सहायताका अतिरिक्त तराईमा प्रतिहेक्टर ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।

bishownathविश्वनाथ खरेल
काठमाडौं उपत्यकामा हाल दैनिक रूपमा माछाको खपत ३० देखि ३५ टनसम्म रहेको उपलब्ध तथ्यांकबाट देखिन्छ । मागको ७० देखि ८० प्रतिशतसम्म भारतका विभिन्न राज्यबाट आयात गरी ल्याइएका मृत माछा आपूर्ति भइरहेको सर्वविदितै छ । यसरी यति लामो दूरीबाट लामो समय खर्च गरी मृत माछा ल्याउँदा र त्यसलाई बिक्री गर्ने समयसम्म ग्राहकलाई ताजासरह देखिने बनाउन अध्यधिक मात्रामा फर्मालिन (एक प्रकारको औषधि जुन धेरै दिनसम्म राख्नका लागि प्रयोग गरिन्छ ) विषादी प्रयोग भएको पाइएको कुरा नेपाल सरकार खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका समय समयका अनुसन्धानबाट प्रमाणित भएको कुरा विभिन्न समयमा सञ्चारमाध्यबाट समेत आइरहेको हामीलाई जानकारी नभएको होइन । यस्ता गम्भीर विषादी प्रयोग भएका माछा खाँदा मानव स्वास्थ्यलाई दीर्घकालीन प्रतिकूल असर पार्ने मात्र नभई कुनै समयमा त मानिसको ज्यानै समेत जाने खतरा रहन्छ । देशका विभिन्न सहरी क्षेत्रमा हाल आएर अन्य मासुमा समेत मिसावट आदिका कारण माछा खाने संस्कृति दिनानुदिन बढ्दै गएको अवस्थामा आफ्नै देश नेपालका विभिन्न स्थानबाट जीवित अवस्थामा, लोकल माछा ल्याई बिक्री, वितरण गर्ने समयसम्म पसलमा ठूला अक्युरियम (माछा पाल्ने भाँडो) बनाइ माछालाई जीवित अवस्थामा राख्न आवश्यक अक्सिजनको समेत व्यवस्था गरिएको र अहिलेको व्यस्त समयमा ग्राहकका अमूल्य समयको ख्याल गरी विदेशबाट आधुनिक प्रविधिका मेसिनबाट माछाको कत्ला सझा गर्ने तथा टुक्रा पार्ने प्रविधि अपनाई माछाका पारखीलाई प्रत्यक्ष जीवित माछा देखाई उहाँहरूको आवश्यकता तथा स्वादलाई दृष्टिगत गरी विभिन्न जातका माछाको बजार व्यवस्था गर्नु अति आवश्यक भएको छ । यसका लागि पनि नेपाल सरकारको सम्बन्धित निकायले ध्यान दिनु जरुरी भएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ५७ हजार ५ सय १५ मेट्रिक टन, आर्थिक वर्ष २०७१÷०७२ मा ६५ हजार ७ सय ७० मेट्रिक टन र आर्थिक वर्ष २०७२÷०७३ मा ७७ हजार ६ सय ७० मेट्रिक टन उत्पादन भएको अनुमान गरिएको छ । कुल गाहस्थ्र्य उत्पादनमा माछाको योगदान ४ दशमलव २२ प्रतिशत छ । नेपालमा माछाको बजार प्रचुर छ । आव ०७२÷७३ को असारसम्म ४० हजार ३ सय ३६ वटा पोखरीबाट व्यावसायिक माछा उत्पादन कार्य भइरहेको सरकारी तथ्यांक छ । आर्थिक सर्वेक्षण ०७२÷७३ मा ७७ हजार ६ सय ७० टन माछा उत्पादन भएको तथ्यांक छ । गत वर्ष माछाको उत्पादन अघिल्लो वर्षको तुलनामा १८ दशमलव १ प्रतिशतले वृद्धि भएका देखाउँछ । आर्थिक सर्वेक्षणअनुसार ०६८÷६९ को तुलनामा ०७०÷७१ मा २ दशमलव ७१ प्रतिशत र २०७१÷७२ मा १४ दशमलव ३५ प्रतिशतले माछा उत्पादन वृद्धि भएको छ । अहिले पनि मागको दुईतिहाइ हिस्सा भारतीय बजारबाट आयात हुने गरेको अनुमान छ । गत वर्षसम्म ९ हजार ९ सय ३४ हेक्टर जलाशय व्यावसायिक माछा उत्पादनका लागि उपयोगमा ल्याइएकोे र त्यसमा करिब ३५ हजार व्यवसायी किसान आबद्ध भएको अनुमान छ । हाल सरकारले ल्याएको एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवा जिल्लामा पनि जापानी जातको सफा, चिसो र निरन्तर बग्ने पानीमा मात्र पाल्न सकिने रेन्बो ट्राउट माछा व्यावसायिक रूपमा पालन भइरहेको छ । उपभोक्ताको रुचि र सन्तुष्टिलाई ध्यानमा राखेर खानमा अत्यन्त स्वादिलो र पोसिलो स्वाद र अन्य उपयोगिताका हिसाबले माछाको राजा मानिने जापानिज जातको रेन्बो ट्राउट माछाका पारखीले नेपालमा अब यसको स्वाद वर्षैभरि लिन पाउने भएका छन् ।

अन्त्यमा भन्नुपर्दा मासुको विकल्पमा उपभोक्ताले माछा रोज्न थालेपछि देशभर माछाको उत्पादन र खपत बढ्न थालेको छ । कृषक जग्गा भाडामा लिएर र साथीभाइसँग मिलेर माछा खेतीको प्रवद्र्धनमा सक्रिय देखिन थालेका छन् । माछापालनबाटै आफ्नो घरको माग तथा मनग्य आम्दानी हुने र आफ्ना सन्ततिले राम्रोसँग अध्ययन गर्ने वातावरण तयार हुन थालेपछि धेरैको ध्यान माछापालनमा देखिएको हो । सुरु–सुरुमा वैयक्तिक खपतका लागि माछापालन हुँदै आएकामा त्यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान ‘फर्म’ नै दर्ता गरेर व्यावसायिक माछापालनतर्फ उन्मुख हुन थालेका छन् । कुल माछा उत्पादनमध्ये करिब ५० प्रतिशत माछा पोखरीबाट र बाँकी अन्य प्राकृतिक स्रोतबाट उत्पादन हुने अनुमान गरिएको छ । विभिन्न समयमा भारतबाट आयातित विभिन्न माछामा फर्मालिनको प्रयोग भएको प्रमाणित भएपछि काठमाडौंमा जिउँदो माछाको व्यापार बढेको छ । स्वास्थ्यप्रति सचेत ग्राहकले कुखुराको मासुको विकल्पमा माछा रोज्न थालेका कारण चितवन जिल्लाबाट ट्रयांकरमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछा बिक्री वितरण गर्न थालिएको हो । फर्मालिन प्रयोग भएको माछा काठमाडौंमा भेट्टिएपछि काठमाडौंमा जिउँदो माछाको व्यापार बढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पशु तथा मत्स्य निर्देशनायले जानकारी दिएको बताइछ । राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलंकी, वसुन्धरालगायत चोकमा जिउँदा विभिन्न जातका माछा रोजीरोजी उपभोक्ताले खरिद गर्न सकिने गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका प्रोपाइटरको भनाइ छ । नेपालको उत्पादनले नधान्ने भएपछि भारतबाट माछा आयात हुनु स्वाभाविकै हो । विशेषज्ञको भनाइ के छ भने ‘फरमालिनको प्रयोग नगरी भारतदेखि माछा आयात हुनै सक्दैन ।’ फरमालिन एक प्रकारको रसायन हो । यसको प्रयोग लाशलाई ताजा राख्न गरिन्छ । फरमालिन प्रयोग भएको माछा मासु खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सकको भनाइ छ । पछिल्लोपटक कुखुरामा बर्डप्mलुको संक्रमणबाट हजारौं किसान मर्कामा परेलगत्तै मासु उत्पादनमा लागिपरेका किसान माछा उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् । अझ सरकारले पछिल्लो समयमा अनुदान उपलब्ध गराउन थालेपछि माछापालन व्यवसाय थप फस्टाएको कृषकको भनाइ छ । माछापालनमा आत्मनिर्भर हुने भन्दै हाल सरकारले प्राविधिक सहायताका अतिरिक्त तराईमा प्रतिहेक्टर ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।

व्यावसायिक रूपमा माछापालन बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि यस क्षेत्रमा लगानी बढाउँदै जान थालेका छन् । ०७०÷७१ मा ६ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरेकामा बैंकले २०७२÷७३ (दुई वर्षमै झन्डै दोब्बर) १० अर्ब ३४ करोड ७९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । त्यसैगरी, एक दशकमा मुलुकमा प्रत्येक साल माछाको जलाशयको क्षेत्रफल भने सरदर ६ हजार १ सय १ हेक्टर रहेको देखिन्छ भने त्यसैगरी कुल माछा उत्पादनलाई अवलोकन गर्दा सरदरमा १८ हजार २ सय १० मेट्रिक टन प्रत्येक साल भएको अनुमान गर्न सकिन्छ र उत्पादकत्वलाई हेर्दा हरेक साल सालाखाला २ हजार ९ सय ५८ किलोग्राम प्रतिहेक्टर भएको अनुमान गरिएको छ ।

Source :http://www.cpostnews.com/2016/12/25/-730910.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s