सामाजिक न्यायका लागि सहकारी

२०७३ मंसिर २६ गते ०७:२८

व्यवसाय सञ्चालन गरी मुनाफा आर्जन गरेर आफ्नो कारोबार फराकिलो बनाई आफ्ना सदस्यको आर्थिक तथा सामाजिक उन्नति गर्ने सहकारीको उद्देश्य हुन्छ ।  

 

विश्वनाथ खरेल
देशमा सहकारी प्रणालीलाई संस्थागत गर्ने क्रममा सहकारी संस्था ऐन– ०१६, सहकारी नियम–०१८, साझा संस्था ऐन–०४१, साझा संस्था नियमावली–०४३, सहकारी ऐन–०४८ र सहकारी नियमावली ०४९ बमोजिम सहकारी विभागले सहकारी संघ÷संस्थाको दर्ता, नियमन तथा प्रवद्र्धनलगायत कार्य गर्दै आएको छ ।

०१३ सालमा सर्वप्रथम चितवन जिल्लामा सहकारी संस्थाको स्थापना भएको थियो । यी सबै संघ,संस्था सहकारी ऐन–०४८ र सहकारी निममावली–०४९ अन्तर्गत दर्ता भई सञ्चालनमा छन् । सहकारीको सामान्य अर्थ सँगसँगै मिलेर काम गर्नु हो । तर, विशेष अर्थमा भन्नुपर्दा आर्थिक र सामाजिक जीवन दरिलो बनाउन एकआपसमा मिलेर व्यवसाय गर्नुलाई नै सहकारी भनिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले यसलाई एउटा जीवन्त आन्दोलन मानेको छ । यसरी सहकारिता मूलतः व्यावसायिक क्रियाकलापमा आधारित हुन्छ । व्यवसाय सञ्चालन गरी मुनाफा आर्जन गरेर आफ्नो कारोबार फराकिलो बनाई आफ्ना सदस्यको आर्थिक तथा सामाजिक उन्नति गर्ने सहकारीको उद्देश्य हुन्छ । सहकारिताका मूल्यलाई आधारभूत मूल्यले संस्था र सदस्यबीच एवं नैतिक मूल्यले संस्था र समाजबीचको सम्बन्ध निर्धारण गर्न मद्दत गर्छ । यसरी सहकारी संस्था समान आर्थिक उद्देश्य भएका मानिसले आफ्नो आर्थिक, सामुदायिक हितका लागि आफ्नै जोखिममा प्रजातान्त्रिक ढंगले सामूहिक क्रियाकलाप सञ्चालन गर्ने अभिप्रायअनुसार स्वेच्छाले स्थापना गरेको व्यावसायिक संगठन हो । यसलाई अर्को अर्थमा भन्नुपर्दा देश विकासको साझा प्रयासलाई अगाडि बढाउन स्थानीयस्तरमा स्वावलम्बनको भावना जागृत गराउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि जनसहभागिता परिचालन गर्ने आधार स्तम्भको रूपमा सहकारी संघ÷संस्थाको स्थापना र नियमनलगायत कार्य सञ्चालन हुँदै आएका छन् । ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् सहकारी संघ÷संस्थालाई जनताकै क्रियाशील सक्रियताका नयाँ सोच विचार एवं मान्यताअनुसार सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भई सहकारी ऐन ०४८ तर्जुमा भई लागू गरियो । यो एउटा सामाजिक कार्य पनि हो । सहकारी ऐन, ०४८ को प्रस्तावनाअनुसार कृषक, कालीगढ, कम पुँजीबल, निम्न आयवर्ग, श्रमिक मजदुर, बेरोजगार आदि जस्ता वर्गले सहकारी स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यसबाट के देखिन्छ भने जुन वर्गसँग सीमित स्रोत, साधन र पँुजी हुन्छ ती वर्गले त्यस्तो सीमित स्रोत र साधनलाई सामूहीकीकरण गरेर सामूहिक स्वामित्वअन्तर्गत रहेर कुनै कारोबार वा व्यवसाय सञ्चालन गर्न स्वतन्त्रपूर्वक स्वेच्छिकरूपमा समूहमा आबद्ध हुन्छन् त्यसलाई नै सामान्य अर्थमा सहकारी भनिन्छ । भनाइको तात्पर्य के हो भने एक्लो व्यक्तिसँग सीमित स्रोत र साधन मात्र हुन्छ तर उसले उसको आवश्यकता असीमित हुन्छन् । त्यस्तो अवस्थामा असीमित आवश्यकता परिपूर्तिका लागि सामूहिक प्रयासभन्दा अर्को विकल्प केही पनि हुन सक्दैन । उदाहरणका लागि हामीसँग भएको थोरै साधन र स्रोतलाई परिचालन गरी हाम्रो आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उत्तम उपाय नै सहकारी हो । यसमा समाजमा रहेर स्वेच्छिकरूपमा समूहबद्ध भएर स्वतन्त्रपूर्वक रूपमा आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्नका लागि आफ्ना सीमित स्रोत, साधन एवं पँुजीका संयुक्त स्वामित्व स्वीकार गरी कारोबार सञ्चालन गरिन्छ जुन कारोबारबाट हुने नाफा र नोक्सानमा सबै हिस्सा हुन्छ । सहकारी स्थापना र सञ्चालन गर्नुको प्रमुख उद्देश्य सदस्यको आर्थिक तथा सामाजिक हितलाई अभिवृद्धि गर्नु हो । आम्दानी बढाउनु, खर्च घटाउनु, मितव्ययी बनाउनु, लगनशील बनाउनु, सेवाभावको अभिवृद्धि गराउनु आदि छन् । यसरी सहकारी ऐन ०४८ जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता, भावना तथा सिद्धान्तअनुसार सहकारी संस्थाको स्थापना र सञ्चालन हुने कानुनी आधार निर्माण भयो ।

सहकारी संस्थाका विशेषता

    • मानिस प्रधान हुन्छ ।
    • संस्थाले सेवा पक्षलाई प्राथमिकता दिन्छ ।
    • सहकारीले समानताको व्यवहार अपनाउँछ ।
    • नैतिक व्यवसाय गर्छ ।
    • समाजमा व्यवसायमार्फत एकताको भावना ल्याउँछ ।
    • सदस्य परिवारलाई व्यावसायिक सोच प्रदान गर्छ ।
    • सदस्यलाई आर्थिक उद्यम गर्न प्रेरित गर्छ ।
    • व्यवसायका नियममा चल्न सिकाउँछ ।
    • व्यवसायका नियमले सामूहिक उत्तरदायित्व लिन सिकाउँछ ।

सरकारले कृषि प्रसारका कार्यक्रम किसान समूह तथा सहकारीमार्फत सञ्चालन गर्ने नीति लिएको छ । गठन भएका कृषक समूहलाई सहकारीकरण गर्दै देशका अधिकांश जनतालाई समेट्दै कृषिको विकास गर्ने र किसानको जीवनस्तर सुधार्ने नीति लिएको छ । नेपालमा हावापानीको विविधता भएकोले विश्वमा उत्पादन गर्न सकिने प्रायः सबै किसिमका बाली उत्पादन गर्न सकिन्छ । यसैलाई उपयोग गरी विभिन्न किसिमको बाली उत्पादन गर्न हामीले सहकारिताको माध्यमबाट मात्र कृषि क्रान्ति गर्न सकिन्छ । बाली विशेषअनुसारका सहकारीको  स्थापना गरी अधिकाधिक मात्रामा यसको परिचालन गर्ने र त्यसको माध्यमबाट सेवा तथा सुविधा दिने नीति अवलम्बन गर्न जरुरी छ । नेपालमा हाल दुग्ध व्यवसाय, कुखुरापालन, मौरीपालन, रेशमखेती, अन्नखेती, तरकारी तथा फलफूलको उत्पादन व्यावसायिक रूपमा विस्तार हुँदै गइरहेको र सबै कुरा सरकारबाट मात्र गर्न सम्भव नभएकाले पनि सहकारीको कार्यक्षेत्र दिनानु दिन फराकिलो हुँदै गएको छ । यो एक व्यावसायिक प्रणाली हो ।

सहकारी भनेको दिगो व्यावसायिक प्रक्रिया हो । व्यावसायिक निरन्तरताबाट मात्र यो कुरा सम्भव हुन्छ । संस्थाबाट सुरुवात गरिएको व्यवसाय भविष्यमा स्थापित, क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा फैलिन सक्नुपर्ने हुन्छ । यद्यपि, उत्पादनदेखि बजारसम्मको व्यावसायिक प्रक्रियामा आफ्नो पहँुच बढाउन खास गरी यसलाई व्यावसायिक सम्बन्ध सिद्धान्तको रूपमा स्थापित गरिएको हुन्छ । यस अर्थमा देशको राजनीति, अर्थनीति, भूमिनीति, सम्पत्तिसम्बन्धी नीति आदि पक्षसँग सहकारीको सम्बन्ध र सरोकार हुन्छ ।

देशव्यापी रूपमा छरिएर रहेका स–साना पुँजी तथा सीपलाई एकत्रित गरी सहकारीको माध्यमबाट आफ्नो आवश्यकता आफैं पूरा गर्ने प्रकारका स्थानीय आर्थिक क्रियाकालप वृद्धि गर्न सहकारी मूल्य मान्यता र सिद्धान्तअनुरूप सहकारी संघ÷संस्थाको स्थापना हुने वातावरण तयार एकातिर गर्नुपर्ने स्थिति छ भने अर्कोतिर ग्रामीण भेगमा रहेको अधिकांश पुँजीलाई समेटिने खालका कार्यक्रमलाई बढी जोड दिई सहकारीलाई युद्धस्तरमा अगाडि बढाउनु समयको माग भएको छ । अतः सहकारी भनेको दिगो व्यावसायिक प्रक्रिया हो । व्यावसायिक निरन्तरताबाट मात्र यो कुरा सम्भव हुन्छ । संस्थाबाट सुरुआत गरिएको व्यवसाय भविष्यमा स्थापित, क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा फैलिन सक्नुपर्ने हुन्छ । यद्यपि, उत्पादनदेखि बजारसम्मको व्यावसायिक प्रक्रियामा आफ्नो पहँुच बढाउन खास गरी यसलाई व्यावसायिक सम्बन्ध सिद्धान्तको रूपमा स्थापित गरिएको हुन्छ । यस अर्थमा देशको राजनीति, अर्थनीति, भूमिनीति, सम्पत्तिसम्बन्धी नीति आदि पक्षसँग सहकारीको सम्बन्ध र सरोकार हुन्छ । अतः आवश्यकताले आफैं बाटो तय गर्छ भन्ने सिद्धान्त सहकारी आन्दोलनमा मात्र अपवाद हुन सक्दैन । तर, यो राजनीतिक क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा रहने भूमिकालाई व्यवहारमुखी बनाउने प्रणाली पनि सहकारी हो ।

Source : http://www.cpostnews.com/2016/12/11/730826.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s