प्रकृतिको उपहार : जीवनको आधार

दैनिक जीवनमा पानीको आवश्यकता

विश्वनाथ खरेल

सृष्टिको सुरुदेखि नै प्रकृतिबाट हामीले प्राप्त गरेका अनुपम उपहार जंगल, जल, जमिन, जडीबुटी आदि हुन् । यीमध्ये जंगल जीवनको एउटा प्रमुख आधारशीला हो । सोको सदुपयोग र संरक्षण गर्ने मानवको प्रथम कर्तव्य हुन जान्छ । मानवको जन्मदेखि मृत्युपर्यन्त यी वस्तुको आवश्यकता पर्छ । हाम्रो मुलुकमा  केही वर्षअघि प्रचलित ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति अहिले आएर कहावतमा सीमित भएको छ ।
क्रमशः जन्मिरहेका मानिस र अन्य प्राणीहरूलाई सन्तुलित वातावरण कायम गर्न प्रत्येक राष्ट्रलाई ४३ प्रतिशत वनजंगलको आवश्यकता पर्छ । त्यस्तै, विगतका अढाइ दशकअघि कूल भूभागको झन्डै आधा जति वनजंगल रहेकामा अहिले देशमा कुल क्षेत्रफलको ३९ दशमलव ६ प्रतिशत मात्र वनक्षेत्र रहेको सरकारी तथ्यांकमा उल्लेख छ । हाम्रो देशमा मात्र नभई विश्वव्यापी रूपमा दूषित हुँदै गएका ओजोन तह, ‘ग्रिन हाउस इफेक्ट’, कार्बन मनोअक्साइड, अक्सिजन कमी, कार्बनडाइअक्साइडको मात्रा बढी आदि कारणले जनमानस नै प्रतिदिन दूषित हुँदै छ । मानव भोजनको अभावमा केही दिन जीवित रहन सक्छ, तर वायुविना केही मिनेटभन्दा बढी जीवित रहन सम्भव छैन ।

एउटा स्वस्थ मानिस दिनको २२ सय चोटि श्वास फेर्छ र यसरी श्वास फेर्दा उपयोगमा ल्याइएको वायुको महŒव खाएको भोजनको मात्राभन्दा झन्डै २० गुणा बढ्ता हुन्छ । यसरी प्रत्येक मानवलाई दैनिक १६ केजी अक्सिजन सास फेर्न आवश्यक पर्छ । यसको आपूर्ति रूखबिरुवाबाट सम्भव छ । एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रूखको आवश्यकता पर्छ । त्यस्तै, हुर्किएका सय वर्षको भोजपत्रले करिब ८ सय घरका लागि एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्छ । यस क्रममा एक स्वस्थ भोजपत्रको रूखले ७ हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै, अनुसन्धानबाट थाहा भएको छ कि वायुमण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले श्वासप्रश्वास क्रियामा प्रयोग गर्छन् । एक व्यक्तिका लागि श्वास फेर्ने कार्यका लागि मात्र पनि छवटा रूखको जरुरत पर्छ । एक वृक्षले सरदर २ दशमलव ७ केजी प्राणवायु वायुमण्डलमा प्mयाँक्छ ।

विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रुखविहीन भएका छन्। यसरी विश्वमा वातावरण विनाश अहिलेको गतिमा जाने हो भने केही वर्षसम्म प्रत्येक आधा घण्टामा एक जाति वा प्रजाति जीवको लोप हुने अनुमान छ।

विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । यसरी विश्वमा वातावरण विनाश अहिलेको गतिमा जाने हो भने केही वर्षसम्म प्रत्येक आधा घण्टामा एक जाति तथा प्रजाति जीवको लोप हुने अनुमान छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका १ सय ३० जातका जंगली चराहरू, स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फुल्ने जातका रूख, बर्सेनि बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमीकरण हुने तथ्यले केही वर्षभित्र वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिने संकेत मिलेको छ । यसैगरी, प्रकृतिलाई विनाशबाट जोगाउँदै लैजाने हो भने प्रकृतिबाट परिपूर्ति हुने गाँस, बास, कपास, औषधी आदिको ९० प्रतिशत योगदान यसै क्षेत्रबाट आपूर्ति हुन्छ । पृथ्वीमा ५० लाखदेखि ३ करोडसम्म जीव रहेको अनुमान जीवशास्त्रीहरूले गरे तापनि हालसम्म १० लाख ५० हजार प्राणी र २ लाख ५० हजार वनस्पति गरी कूल १३ लाख जीवको नामकरण भएको छ ।

वनजंगल र वातावरण कृषि कार्यको लागि अपरिहार्य रहेको छ, जसको अभावमा कृषिको उन्नति गर्ने कार्यलाई दिवा सपना मान्न सकिन्छ । एक आधिकारिक तथ्यांकअनुरूप विश्वमा प्रतिवर्ष १९ करोड ८० लाख हेक्टर वन मासिन थालेको छ । प्राकृतिको अथाह भण्डारमा जैविक विविधताको महŒवपूर्ण स्थान रहेको छ । यसमा १ करोडदेखि ८ करोड प्रकारका जीव जीवाणुहरूका महŒव आआफ्नै किसिमको छ । पर्यावरण प्रदूषणको अर्को नकारात्मक उपलब्धि ओजोन तह विनाश पनि हो ।
हाम्रो देशको कुरा गर्ने हो भने पृथ्वीको शून्य दशमलव एक प्रतिशतभन्दा कम क्षेत्रफल मात्र ओगट्ने मुलुकले संसारभरिका झन्डै २ प्रतिशत फूल फुल्ने वनस्पतिहरूको प्रतिनिधित्व गर्छ । त्यसरी नै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत देशको ७० प्रतिशतभन्दा बढी भूभाग पहाडै पडाडले ढाकेको छ । यसरी पहाडी क्षेत्रमा बर्सेनि देखापर्ने भोकमरी, वार्षिक २ दशमलव ३ प्रतिशतले भइरहेको वन विनाश, बर्सेनि ४० देखि २ सय टन प्रतिहेक्टरका दरले हुने गरेका भूक्षय, चुरे तथा मध्यपहाडी क्षेत्रमा वन विनाश, भूक्षयले निम्त्याएको मरुभूमीकरण र त्यसले गर्दा पहाड र तराईमै गिर्दो कृषि उत्पादकत्व एवं बाढीपहिरो तथा जलाशय पुरिनेजस्ता समस्याले भर्खरै विकास र औद्योगीकरणमा बामे सर्न लागेको मुलुकमा विकराल समस्या उत्पन्न हुन सक्ने खतराको संकेत देखापरिसकेको छ । कृषि प्रणालीलाई दीगो रूपले निरन्तरता दिन प्रतिहेक्टर र खेतीयोग्य जमिनको व्यवस्थापन गर्न झन्डै २÷३ हेक्टर वनजंगलको आवश्यकता पर्छ । जैविक विविधताको संरक्षण तथा सदुपयोगको खाँचो आजको बदलिँदो विश्व समुदायमा महसुस हुँदै गएको छ ।

समग्रमा भन्नुपर्दा मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भूक्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । यसरी विकासशील देशहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । यसको सम्बन्ध प्रकृतिसँग अरूभन्दा गहिरो र व्यापक छ । आजको २१औं शताब्दीको खुड्किलोमा वनजंगलको विनाशले जटिल समस्याहरूको जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपका रूपमा आज
यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ । यसरी देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पु¥याउने महŒवपूर्ण माध्यमका रूपमा वनजंगल नै रहेको छ । वनजंगलको संरक्षण, सवद्र्धन र व्यवस्थापनको जिम्मेवारी बोकेको आधिकारिक निकाय वन विभाग हो । वनजंगलको उत्पादन एवं उत्पादकत्वमा वृद्धि गरी राष्ट्रिय विकासमा योगदान पु¥याउन, वातावरणीय सन्तुलन कायम गर्न, वनजंगलमाथि सबै क्षेत्रबाट भइरहेको अतिक्रमण रोकी प्राणीजगत्कोअस्तित्वको अनिवार्य तŒवका रूपमा रहेको वनजंगलको प्रभावकारी व्यवस्थापनको खाँचो परेको छ । आम जनताको दैनिक जीवनयापनको अभिन्न अंगका रूपमा रहेको तथा गरिबी निवारणसँग प्रत्यक्ष जोडिएको वन तथा वन पैदावारको व्यवस्थापनलाई प्रभावकारी बनाउनुका अतिरिक्त विश्वव्यापी रूपमा जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीको सामना गर्न सबैले यस क्षेत्रमा सक्दो योगदान गर्ने बेला आइसकेको छ ।

Source : http://rajdhanidaily.com/2016/12/11/23560/-730826.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s