तराईमा बढ्दो जनसंख्या: मुलुकको चुनौती

२०७३ मंसिर १९ गते ०९:५

विकसित मुलुकमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकमा ८० प्रतिशत जनसंख्या बसोवास गर्छन् ।

विश्वनाथ खरेल
विश्वको जनसंख्या सात अर्बभन्दा बढी नाघिसकेको अनुमान छ । विश्वमा देखा परेका प्रमुख समस्यामा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा छ। जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्यधिक चाप हो । सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसंख्या वृद्धि नै हो ।

विश्वमा प्रत्येक २ सेकेन्डमा ९ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञको अनुमान छ । प्रति २ सेकेन्ड ६ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा ७ करोड ६० लाखभन्दा बढी मानिस थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशमा परिरहेको छ। विकसित मुलुकमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकमा ८० प्रतिशत जनसंख्या बसोबास गर्छन् । यसैगरी विश्वको कुल प्रजननदर २.३८ छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १.५ प्रतिशत मात्र रहेको भए तापनि अविकसित देशमा यसको वृद्धिदर २ प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा ८ अर्ब ३१ करोड र सन् २०५० मा ८ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत छ । जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्प विकसित देशको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

नेपालको जनसंख्या वृद्धिदर अझै अतिउच्च नै छ । मुलुकको जनसंख्या वृद्धिदर तीव्रगतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए तापनि २००९÷११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । देशमा एघारौं जनगणना लिने कार्य ०६८ मा भएको थियो । मुलुकमा एघारौं जनगणना ०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । यसमा महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ अर्थात् कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ४१ अर्थात् कुल जनसंख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झन्डै ८ लाख जनसंख्या बढी देखिन्छ ।

पहिलो जनसंख्या लिएको एक सय ५ वर्षको अन्तरालमा सबैभन्दा कम वार्षिक वृद्धिदर १९७७ मा माइन्स शून्य दशमलव १२ प्रतिशत रहेको थियो भने सबैभन्दा ठूलो वार्षिक वृद्धिदर भने ०३८ सालको जनगणनामा २ दशमलव ६२ प्रतिशतले जनसंख्या वृद्धि भएको सम्बन्धित निकायले जनाएको छ । यसर्थ, १९६८ तुलनामा जनसंख्या १९७७ र १९८७ मा क्रमशः ६४ हजार ९ सय ६१ र एक लाख ६ हजार १ सय ७५ ले जनसंख्या घटेको छ भने १९९८, २००९÷११, ०१८, ०२८, ०३८, ०४८, ०५८ र ०६८ मा भने क्रमशः ६४४९००, २६१७८७६, ९४१२९९६, ११५५५९८३, १५०२२८३९, १८४९१०९७, १७५१२६७४ र २०८५५७५५ जनसंख्या वृद्धि भएको छ । त्यस्तै, गरी प्रतिशतको आधारमा अध्ययन गर्ने हो भने १९६८ को तुलनामा १९७७ र १९८७ मा – १.१५ र १.८८ प्रतिशतले घटेको थियो भने १९९८, ०९÷११, ०१८, ०२८, ०३८, ०४८, ०५८ र ०६८ मा भने क्रमशः ११.४४, ४६.४३, ६६.९३, १०४.९४, १६६.४२, २२७.९३, ३१०.५८ र ३६९.८६ प्रतिशतले जनसंख्या वृद्धि भएको स्पष्ट हुन्छ । समग्र रूपमा जनसंख्याको वृद्धिदर घटे तापनि तरार्ई तथा सहरी क्षेत्रमा भने जनसंख्या बढ्दो रूपमा रहेको छ । अतः जनसंख्यालाई विश्लेषणात्मक रूपमा केलाउले हो भने राजधानीको जनसंख्या बस्ती भने दिन दुई गुना रात चार गुणाले धना हुन पुगेको छ भने मनाङ भने सबैभन्दा कम जनसंख्याको जिल्ला हुन पुगेको छ । जलविद्युत्मा ब्राजिलपछि हाम्रो देश भए तापनि देशमा अझै पनि ठूलो जनसंख्या विद्युतीय पहुँचभन्दा बाहिर छन् । त्यस्तैगरी, शौचालय बनाउने चेतना हालसम्म धेरैमा नभएको देखिएको छ । तर, मानिसमा सूचनाको साधन पर्याप्त पुगेको छ । पेसागत हिसाबमा अझै ठूलो संख्या कृषिमा निर्भर रहेको देखिएको छ । देश निर्माणको आधारशिला नै सरकारी योजना हो । यसरी जनसंख्याको अध्ययनले देशमा भावी योजना कार्यान्वय गर्नका लागि सोचविचार गर्नुपर्ने हुन्छ । यी नै जनसंख्याको आधारमा भोलि गएर देशको योजना बन्न पुग्छ । यसरी सरसर्ती जनसंख्यालाई हेर्दा साक्षरता दर वा उनीहरूलाई शिक्षाको आधारमा रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले जनसंख्याको परिणामलाई सरकारले गम्भीर अध्ययन गरेर नीति निर्माण गर्नु आवश्यक छ । सहरमा मानिसको बसोबास बढी हुनुले कृषि उत्पादनमा ह्रास आएको छ भने त्यसलाई व्यवस्थित गर्न कृषि कलेज गाउँगाउँमा खोल्नुपर्ने आजको जल्दोबल्दो आवश्यकता भइसकेको छ ।

मुलुकको जनसंख्या २ करोड ८० लाखभन्दा बढी एकातिर भइसकेको छ भने अर्कातिर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको देखिएको छ । त्यस्तै गरी औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तान प्रतिआमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो ।

मुलुकको जनसंख्या २ करोड ८० लाखभन्दा बढी एकातिर भइसकेको छ भने अर्कोतिर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको देखिएको छ । त्यस्तैगरी, औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तानप्रति आमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा झन्डै ५२ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुन जाने अनुमान छ । ०५८ सालको जगगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको थियो । ०५८ सालको वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको वृद्धिदर कायमै रहेको थियो सोही दर कामय रहेमा आगामी २९ वर्षमा अहिलेको जनसंख्या दोब्बर पुग्ने अनुमान एकातिर छ भने अर्कोतिर दश वर्षमा वार्षिक जनसंख्या वृद्धि दर २.२५ बाट घटेर १.३५ आउँदा माइन्स शून्य दशमलव ९ प्रतिशतले घटेको छ । जसले गर्दा हालको जनसंख्या वृद्धि कायम नै रहने हो भने अहिलेको जनसंख्या दोब्बर हुन ५२ वर्ष लाग्ने देखिन्छ ।

अन्त्यमा भन्नुपर्दा आजको विश्वका विकराल समस्याको रूपमा रहेको अत्यधिक जनसंख्यालाई समयमै नियन्त्रण गर्नुपर्ने पहिलो प्राथमिकता छ । जनसंख्या वृद्धि आज नेपालको मात्र नभएर विश्वका लागि ठूलो चिन्ताको विषयवस्तु भएको छ । हाम्रो देशमा जनसंख्या वृद्धिदर उच्च रहेकोले यस्को व्यवस्थापन एउटा गम्भीर चुनौती समान छ । यसबाट एकातिर गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या थपिँदै गएका छन् । जसबाट प्रकृति प्रदत्त वातावरणीय स्रोेतमाथि चाप पर्न गएको छ भने अर्कोतिर बढ्दो जनसंख्याको आवश्यकता पूर्ति गर्न सामाजिक र भौतिक पूर्वाधार तयार गर्नुपर्ने, शिक्षा र औद्योगिक तथा सहरी विकास गर्नुपर्ने अधिक खाद्यान्न आपूर्ति गर्नुपर्ने र अन्य थुप्रै विकासका कार्यमा अतिरिक्त लगानी गर्नुपर्ने स्थिति एकातिर छ भने अर्कोतिर भोक, रोग, गरिबी र अशिक्षाविरुद्ध जीवनस्तर सुधार गर्ने हाम्रा परिकल्पना साकार हुन नसक्नुमा जनसंख्या वृद्धिले प्रत्यक्ष असर परेको कुरालाई कसैले पनि नकार्न सक्दैन । यसरी बढी जनसंख्यालाई नियन्त्रण गर्नु सबैको चुनौतीपूर्ण कार्य हो ।

Source : http://www.cpostnews.com/2016/12/04/730819.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s