एड्सको भयावहबीच नेपाल

 

bishwanath-333

विश्वनाथ खरेल

विश्वमा प्रत्येक दिन १४ हजार मानिस एचआईभी संक्रमित भएको कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा ‘विश्व एड्स दिवस’ मनाउन थालिएको हो ।
हाम्रो देशको राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार हाल विश्वमा करिब ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । नेपालमा भने ४० हजार ७ सय २३ एचआईभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ । नेपालमा एड्ससम्बन्धी उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआईभी संक्रमित छन् र एचआईभी संक्रमित हरेक १० मध्ये नौजना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन । यो हुनुको मुख्य कारणहरूमा असुरक्षित यौन सम्पर्क, संक्रमित सुई, सिरिन्जको प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआईभी÷एड्स ९०को दशकपछि विशेष गरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको विशेषज्ञहरू बताउँछन् । विशेषतः यौन व्यवसायी, ट्रक ड्राइभर, सुईबाट लागू औषधिको प्रयोग गर्ने व्यक्तिमा संक्रमण व्यापक रहेको सर्भेक्षणहरूले  देखाएका छन् ।

world-aids-day-logo
एक्वायर्ड इम्युनो डिफिसेन्सी सिन्ड्रम नामक भाइरस शरीरमा प्रवेश गरेको छ र एकदेखि तीन महिनापछि रगत परीक्षण गर्दा सो भाइरस देखिएमा एचआईभी पोजेटिभ भएको मानिन्छ । यसको संक्रमणले १४ देखि ५० वर्षभित्रका मानिसलाई बढी प्रभावित पारेको अध्ययनहरूले देखाएका छन् । विश्वमा प्रत्येक चार जना एचआईभी संक्रमित मानिसमध्ये एक जना २५ वर्षमुनिका युवायुवतीहरू पर्ने गरेका छन् । महिलाहरू एचआईभीबाट संक्रमित हुनुमा जैविक, आर्थिक–सामाजिक स्थितिले महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
विश्वमा ३१ डिसेम्बर २००० सम्म ३ करोड ६१ लाख मानिस एचआईभी÷एड्सबाट संक्रमित भएर बाँचिरहेका थिए । तीमध्ये आधा संख्या महिलाको छ । उत्पादनशील, प्रजनन उमेरका मानिस प्रभावित भएकाले अहिलेकै अवस्थामा एचआईभी÷एड्स फैलिने क्रम नरोकिने हो भने अबको १० वर्षमा ४० प्रतिशत उत्पादनशील जनशक्ति प्रभावित हुने अनुमान गरिएको छ । त्यस्तै, आगामी पाँच वर्षमा १ करोड १० लाख एसियाली एड्सको संक्रमणमा पर्ने बताइएको छ । एचआईभी÷एड्सले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । सन् २००४ सम्म लगभग ३० लाख मानिसको एड्सले गर्दा मृत्यु भइसकेको थियो । यी मानिसमा लगभग ५ लाखको संख्या बालबालिकाको थियो । सन् २००४ सम्म विश्वभर लगभग ४० लाख मानिसमा एचआईभी संक्रमण थियो ।

उत्पादनशील, प्रजनन उमेरका मानिस प्रभावित भएकाले अहिलेकै अवस्थामा एचआईभी÷एड्स फैलिने क्रम नरोकिने हो भने अबको १० वर्षमा ४० प्रतिशत उत्पादनशील जनशक्ति प्रभावित हुने अनुमान गरिएको छ । त्यस्तै, आगामी पा“च वर्षमा १ करोड १० लाख एसियाली एड्सको संक्रमणमा पर्ने बताइएको छ ।

छिमेकी मुलुक भारतमा काम गरिरहेका नेपाली पुरुषहरूको संख्या २० लाखभन्दा बढी भएको अनुमान गरिएको छ । हाम्रो देशमा बढ्दो हिंसा तथा आतंकका कारण कामको खोजीमा भारत पस्ने नेपालीको क्रम आउँदा वर्षहरूमा पनि बढ्दै जाने  कुरामा कुनै सन्देह छैन । त्यस्ता पुरुषहरूमध्ये धेरैजसो भारतमा एचआईभी÷एड्सबाट संक्रमित भई घरमा आएर श्रीमतीलाई सारिरहेका छन् । त्यस्तै, चेलीबेटी बेचबिखनमा पनि भारतको मुम्बईबाट पनि एचआईभी संक्रमणको दरमा वृद्धि भएको छ । यसरी, आफू एचआईभी÷एड्स भएको धेरैजसोलाई ज्ञान नभएको र ती व्यक्तिमध्ये धेरैले निःसन्देह÷निःसंकोच असुरक्षित यौन व्यवहारमा संलग्न भइरहेका अध्ययनमा संलग्न विशेषज्ञ बताउँछन् ।
एचआईभी÷एड्स रोग बढ्ने कारणहरू गरिबी, अशिक्षा, लैंगिक विभेद, चेलीबेटी बेचबिखन, वेश्यावृत्तिजस्ता कुराहरूसँग सम्वन्धित हुन् । भारतसित रहेको खुला सिमाना ओसारपसार, व्यापार, शिक्षा आर्जन, नाताकुटुम्ब भेटघाट र पर्यटन आदिका कारणले लाखौंका संख्यामा थप व्यक्तिहरू आवागमन गर्छन् ।  सहरमा युवाहरूबीच सुईको माध्यमबाट गरिने नशालु पदार्थको सेवन गर्नेहरूको संख्या दिनानुदिन बढ्दोे छ । रक्त सञ्चारसम्बन्धी र रगत जाँचसम्बन्धी गुणस्तरगुक्त सेवाहरू राजधानीबाहेक अन्यत्र सुलभ छैन । यी तथ्यहरूले अहिले नेपालको युवा जमातमा शून्य दशमलव २९ प्रतिशत र १५ देखि २४ उमेर समूहका नवयुवाहरूमा शून्य दशमलव २६ प्रतिशतसम्म रहेको अनुमान छ ।

अन्त्यमा, विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिस अफ्रिकामा बसोबास गर्छन् र एड्सबाट मृत्यु हुने बालबालिका पनि धेरैजसो अफ्रिकामा नै बस्दछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर सन् २०१५ सम्ममा ११ लाख मानिसको एड्सबाट मृत्यु भइसकेको छ भने ३ करोड ६७ लाख मानिस एड्ससँग लडिरहेका छन् । यी संक्रमित मानिसहरूको उमेर १५ देखि ४९ वर्षको रहेको पाइन्छ । त्यसैगरी, सन् २०१४ सम्ममा विश्वका १ सय २९ गरिब राष्ट्रहरूमा १५ करोडभन्दा बढी मानिसहरूलाई एड्सको संक्रमण देखिएको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । त्यसैगरी, हाम्रो देशको सरकारले पनि एचआईभी संक्रमणका औषधिहरू निःशुल्क वितरण गर्ने गर्छ । त्यस्तै, योसम्बन्धी रक्तपरीक्षण सेवाहरू पनि निःशुल्क प्रदान गरिरहेको छ । तर, पनि यो सबै संक्रमितहरूका लागि पर्याप्त छैन । साथै, यसको औषधि र यसका संक्रमितहरूलाई सेवा मात्र उपलब्ध नगरी अन्य सामान्य जनमानसमा यो रोगसम्बन्धी जनचेतना जगाउने काम पनि गर्नुपर्छ । हामी स्वयं पनि जागरुक भएर यसका बारेमा जानकारी दिने र लिने गरी एचआईभी र एड्सविरुद्धको लडाइँमा सहभागी हुनुपर्छ ।
अतः एचआईभी–एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्न दाताहरूले पछिल्लो पाँच वर्षका लागि मात्रै नेपालमा ११ करोड ४७ लाख अमेरिकी डलर (१० अर्ब ९ करोड रूपैयाँ) छुट्ट्याएको आँकडाहरूले देखाउँछन् । त्यसअघि भित्रिएको रकमको लेखाजोखा  छैन । अतः एचआईभी÷एड्स अति प्रभावित देशका किशो™किशो™ीलाई यौनसम्वन्धी शिक्षादीक्षा, प्रचारप्रसार, टिभी, रेडियो, पत्रपत्रिका, गोष्ठी, सम्मेलन आदिबाट यो यस्तो किसिमको रोग हो, यसको रोगथामका लागि यस्तो गर्नुपर्छ भनेर अहिले पीडा भोगिरहेका व्यक्तिको कथाव्यथालाई जनसमक्ष ल्याएको खण्डमा यस्ता घटनाहरू फेरि दोहोरिने सम्भावना कम हुने कुरामा विश्वास राख्न सकिन्छ । खासगरी १५ देखि ४१ वर्षसम्मको उमेरका किशोरकिशोरीमा भएको एचआईभी÷एड्सलाई कम गर्न सकिएमा यसको सफल पक्ष मान्न सकिन्छ । यसले गर्दा विश्वमा देखिएको एड्सको यस किसिमको भयावह स्थितिलाई केही हदसम्म भए पनि घटाउन सकिन्छ ।

Source : http://rajdhanidaily.com/2016/12/01/21640/730816.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s