गाईजात्राको सांस्कृतिक महत्त्व

विश्वनाथ खरेल

दैनिक जीवनमा पानीको आवश्यकता

गाईजात्रा चाड विशेषगरी काठमाडौंँ उपत्यकाका नेवार जातिले मनाउने गर्छन् ।  गाईजात्रा सुरुआत मल्ल राजा प्रताप मल्लले गरेका हुन् ।  उनले छोराको मृत्युमा शोकाकुल रानीलाई खुसी पार्न गाईजात्राको सुरुआत गर्दै ‘हाम्रा घरमा मात्रै मान्छे मरेका होइनन्, अरूको घरमा पनि मरेका छन्’ भन्ने महसुस आफ्नी रानीलाई गराएका थिए ।  गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर राजधानी घुम्ने चलन छ ।  यसलाई अत्यन्त महìवपूर्ण जात्राका रूपमा लिने गरिन्छ ।  किनभने यस दिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाहरूले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् ।  त्यसैगरी मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ ।
गाईजात्राको चलन नेवार समुदायमा मनाइने ठूलो पर्व हो ।  यो पर्व जहाँजहाँ नेवारहरूको बसोबास छ त्यहाँ विशेष रूपमा मनाइएको पाइन्छ ।  मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छ भन्ने जनधारणाका कारण गाईजात्राको दिन गाई घुमाइन्छ ।  यस दिन गाई निकाल्ने घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ ।  काठमाडौंँ टोलटोलमा पु¥याएर घुमाउँदै आफ्नो घरमा फर्कने गर्छन् ।
ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लको पालादेखि यो पर्वका रूपमा चलेको पाइन्छ ।  तत्कालीन मल्ल राजाले जनताको अभिव्यक्ति के कस्तो किसिमको छ ? भन्ने कुरा जान्नका लागि यो चलन चलाएका रहेछन् ।  त्यसपछि राजाले गाईजात्रा महोत्सव चलाइ जनतालाई चित्त नबुझेका कुरा राजा, राज्य, शासन समाज आदिका समसामयिक विषयमा निर्धक्कसाथ बोल्न र हिँड्न पाउने अधिकार दिए ।  यसप्रकार प्रजातन्त्रको आभास दिने खालको चलन राजा जगतप्रकाशले सुरुवात गरे ।  त्यस बेलादेखि जनताले गरेका आलोचनाहरू राजाका गुप्तचरहरूले बटुली राजासमक्ष पेस गर्दथे ।  त्यस बेलाका शासकहरूलाई आफूले गल्ती गरेको गलत कानुन र शासन व्यवस्थालाई सुधार गर्दै लग्ने अवसर पाएका थिए ।  यसबाट राजा र जनतामा राम्रो सम्बन्ध कायम भएको थियो ।  पछि राजा र जनताका बीच छलफलको लागि एक सन्देशमूलक रूपमा गाईजात्राको परम्परा सुरुवात भयो ।
काठमाडौँ उपत्यकामा गाईजात्रा सुरु भएको छ ।  नेवार समुदायले मनाउने यो पर्व अलि लामै समय चल्छ ।  ठाउँअनुसार मनाउने चलन पनि अलि फरकफरक खालको छ ।  हाँसो, व्यङ्ग्य र मनोरञ्जनको पाटो अलि बढता छ यसमा ।  नेपालमा केही दशकदेखि यही अवसर पारेर गाईजात्रा भन्दै हास्यव्यङ्ग्य गर्ने चलन पनि चलेको छ ।  गाईजात्रा पर्व मनाउने क्रममा केही वर्षयता केही नयाँ चलन पनि थपिँदै आएका छन् ।  घरमा कोही पनि नमरेका परिवारले पनि विशुद्ध मनोरञ्जनका लागि भए पनि यो चाड मनाउन थालेका छन् ।  अनुहारमा मुकुन्डो लगाएर वा मुखमा अनेकौँं चित्र कोरेर अथवा जोगीको भेषमा थोत्रो लुगा लगाएर मानिस सडकमा निस्केको देखेर त्यसलाई हेर्ने जो कोहीलाई हाँसो उठ्नु स्वाभाविक हो ।  गाईजात्राकै नाममा कुनै पनि सरकारको कार्यशैलीलाई जनमुखीरूपमा जस्ताको तस्तै रूपमा छर्लङ्ग पारिदिने गरेका छन् कलाकारहरूले ।
यस पर्वमा सामाजिक एवं राजनीतिक विकृतिहरूलाई व्यङ्ग्यात्मकरूपमा प्रस्तुत गरिन्छ ।  हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउन गाईजात्रा महोत्सवले महìवपूर्ण भूमिका खेलेको पाइन्छ ।  त्यसैले देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन ।  गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुनामात्र हो ।  यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।  गाईजात्रा समसामयिक विसङ्गतिलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि बनेको छ ।  गाईजात्रा प्रारम्भ हुने केही दिन अघिदेखि नै विभिन्न पत्रपत्रिकामा गाईजात्रे विशेषाङ्क प्रकाशन गरेर राजनीतिक, सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिमाथि तिखो प्रहार गर्ने चलन पनि छ ।  पञ्चायती व्यवस्थामा यस पर्वलाई प्रजातन्त्रकै रूपामा उपयोग गर्दै राजनीतिक व्यङ्ग्य गरिन्थ्यो ।  कहिलेकाहीँ यस्ता व्यङ्ग्यात्मक प्रस्तुतिमा निकै नराम्रा शब्द पनि प्रयोग गरिएका पाइन्छन् ।  यस्तो क्रम रोकेर गाईजात्रालाई स्वच्छ मनोरञ्जन दिने चाडको रूपमा मनाउनु उपयुक्त हुन्छ ।
हाम्रा पुर्खाले गाईजात्रालगायतका थुप्रै संस्कृति र चाडवर्पको सुरुआत गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन् ।  त्यसैले देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन ।  गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुनामात्र हो ।  यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

Source: http://gorkhapatraonline.com/news/28967-730503.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s