वातवरणीय प्रभावले मानवसभ्यताकै लोप हुने चिन्ता

 

bishwonath-kharel

(विश्वनाथ खरेल) पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । वातावरण गम्भीररुपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । पर्याावरण बढ्दै गैरहेको जनसंख्या बृद्धि, सवारी साधनको चाप र औद्योगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या बृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरि पर्याावरणीय सन्तुलनलाई प्रतिकूल वनाएको छ ।
यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनाले प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौती पूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपर्ने भएको छ ।
विश्वमा जनसंख्याको चाप गणितीय रुपमा बृद्धि भएको छ तर जमिन भने एक ईन्च पनि बढ्नेवाला छैन । जमिन दिनहुं घट्दो रुपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरण माथि आक्रमण र असन्तुलन बढीरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भैराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिक रुपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलव्धीहरू हाँसिल गरेको छ । संचारको विकासले गर्दा आजभोली मानिसहरू विश्वलाई ग्लोबल भिलेज पनि भन्ने गर्दछन् । मानवले जति जति उन्नति गर्यो उति उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर उल्लेखनिय उपलव्धीहरू हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरुपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातीको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साढे ४ अर्व अघि भए तापनि करीव डेढ अर्व वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समय पछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै २० लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यहि प्रकृतिमै हुन्छ । त्यसैले एकअर्काको अस्तित्व र सम्वन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र, यसको सम्वन्ध प्रकृतिसंग अरुको भन्दा गहिरो र व्यापक छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या बृद्धिले धेरै जटिल समस्याको जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरुपको रुपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
निष्कर्षमा भन्नुपर्दा विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमीन रुखविहिन भएको छ । एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रुखहरूको आवश्यकता पर्दछ । त्यस्तैगरी एक हुर्किएका सय वर्षका भोजपत्रले करीव ८ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रुखले सात हजार जीवात्मालाई बासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ, वायु मण्डलमा भएको करीव २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यतिmका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छ वटा रुखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन्छ ।
यसै गरी एक वृक्षले सरदर २.७ के.जी. प्राणवायु वायुमण्डलमा फ्याँक्छ । प्रतिवर्ष ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश भइरहेको छ । त्यसवाट लोप भएका १३० जातका जंगली चरा एवम् स्तनधारी जन्तु, १० प्रतिशत फूल फूल्ने जातका रुखहरू, बर्षेनी बग्दै गएको माटोको इतिहास, मरुभूमिकरण भएको ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुमूमिकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्शा नै बदलिन सक्ने संकेत मिलेको छ । भौतिक उन्नतिले उब्जाएका नकारात्मक पक्षहरू विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानवसभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको छ । त्यसैले सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततीले समेत समानरुपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नुहँुदैन भन्ने कुरामा जोड दिइएको छ ।

Published Date: June 5, 2016

Source :http://www.newsofnepal.com/?p=105260/730223.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s