कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि

राजधानी समाचारदाता
काठमाडौं, १५ जेठ

सरकारले निजामती कर्मचारीको तलबमा २५ प्रतिशत वृद्धि गरेको छ । बजेट मन्तव्य दिँदै अर्थमन्त्री विष्णु पौडेलले शनिबार कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेको हुन् ।

तलब वृद्धिसँगै कर्मचारीको १ महिनाको तलबमा एक दिनबराबरको ग्रेड वृद्धि हुने भएको छ । यस्तै, सरकारले विगतमा दिँदै आएको महँगी भत्ता भने यथावतै राखेको छ । यसअघि सरकारले कर्मचारीलाई १ हजार रुपैयाँ महँगी भत्ता दिँदै आएको थियो । बितेका दुई वर्ष सरकारी कर्मचारीको तलब बढेको थिएन ।

कर्मचारीको मनोबल बढाउन तलब बढाइएको अर्थमन्त्री पौडेलले बताए । ‘सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीको तलब २५ प्रतिशत बढाएको हो,’ अर्थमन्त्री पाण्डेले भने । तलबवृद्धिको निर्णयसँग खरदार तहको तलब ४ हजार ४ सय रुपैयाँले बढेर २२ हजार रुपैयाँ पुगेको छ भने अधिकृत तहको तलब ६ हजार १ सय रुपैयाँ बढेर ३० हजार ५ सयरुपैयाँ पुगेको छ । सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या करिब ५ लाख हाराहारी भएकाले तथा तलब बढ्दा अवकाश प्राप्त कर्मचारीको पेन्सन पनि बढ्ने भएकाले तलबवृद्धिको यो निर्णयले सरकारलाई ठूलो आर्थिक भार पर्छ । सरकारले योगदानमा आधारित निवृत्तिभरण दिने भएको छ ।

त्यस्तै, सरकारले निजामती कर्मचारीको उपचारका लागि सबै प्रदेशमा निजामती अस्पताल विस्तार गर्ने तथा सेवा प्रवेश गर्दा अनिवार्य तालिमको व्यवस्था गर्ने पनि बजेटमार्फत घोषणा गरेको छ । कर्मचारीहरूले ५० प्रतिशत बढाउनुपर्ने माग गर्दै आएका थिए ।

कसको तलब कति बढ्यो ?

पद पहिले अहिले

कार्यालय सहयोगी १७,७१० २२,१३७

वहिदार १३,७८० १७,२२५

मुखिया १४,६७० १८,३३७

खरदार १७,७३० २२,१६२

ना. सुब्बा १८,८०० २३,५००

अधिकृत २४,४०० ३०,५००

उपसचिव २७,३७० ३४,२१२.५०

सहसचिव ३२,११० ४०,१३७.५०

सचिव ४१,१३० ५१,४१२.५०

प्रकाशित मिति: २०१६-०५-२९ ०६:५७ | ८९ पटक हेरिएको

Source :राजधानी समाचारदाता
काठमाडौं, १५ जेठ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s