घट्दो उत्पादनले खाद्यसुरक्षामा चुनौती

घट्दो उत्पादनले खाद्यसुरक्षामा चुनौती

विश्वनाथ खरेल
भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण यस वर्ष कृषिक्षेत्रले १० अर्ब रुपैयाँबराबरको धान उत्पादन गुमाउनुपरेको छ । यो क्षतिका कारण यस वर्ष चामललगायत खाद्यान्नको आयात बढ्नेछ । कुल गार्हस्थ्य उत्पादनमा पनि ०.५६ प्रतिशत असर पुग्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ । कृषि उत्पादनमा धानको योगदान २० प्रतिशतसम्म छ । चालू वर्षका वर्षे बालीहरूको उत्पादनको प्रारम्भिक अनुमानबारे सम्बन्धित मन्त्रालयले धानको उत्पादन गत वर्षको तुलनामा १०.२२ प्रतिशत अर्थात् करिब ४ लाख ८९ हजार टनले घट्ने जानकारी दिएको छ । गत वर्ष ४७ लाख ८८ हजार टन उत्पादन भएको थियो । यस वर्ष ४२ लाख ९९ हजार टन मात्रै हुने प्रारम्भिक अनुमान छ । यस वर्ष ४३ जिल्लामा धान उत्पादन घटेको छ । त्यसमध्ये पनि २ नम्बर प्रदेशमा पर्ने मध्य तराईका सबै जिल्लामा अघिल्लो वर्षको दाँजोमा उत्पादन घटेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तुमा १५ प्रतिशतले उत्पादन घटेको छ । मन्त्रालयका अनुसार धानको उत्पादन घट्नुमा केही ढिलो सुरु भएको कमजोर मनसुनका कारण समयमा रोपाइँ हुन नसक्नु, बन्दका कारण रासायनिक मल लगायतको सहज ढुवानी बेलैमा हुन नसक्नु, मध्यतराईमा खडेरी देखिनुलगायत कारण छन् । मधेस आन्दोलनले गर्दा यातायात प्रभावित भएपछि करिब ४० प्रतिशत कृषकलाई रासायनिक मल बेलैमा उपलब्ध गराउन नसकेको मन्त्रालयले बताएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औसतभन्दा कम अर्थात् करिब ७६ प्रतिशत मात्रै वर्षा भएको थियो । औसतभन्दा कम र वर्षा वितरणसमेत नराम्रो भएकाले धानबाहेक मकै उत्पादनमा पनि असर परेको छ । मन्त्रालयले यस वर्ष सुदूरपश्चिम र पूर्वी पहाडी भेगका १५ जिल्लामा मात्रै धान उत्पादन बढेको तथ्यांक पेस गरेको छ । अरू १५ जिल्लामा गत वर्षकै हाराहारी र ४३ जिल्लामा धान उत्पादन घटेको देखाएको छ । यस वर्ष तराईलगायत क्षेत्रमा लगाइएको धानमध्ये १ प्रतिशतले काट्न पाएनन् । बाँकी धान उत्पादन हुने कुल क्षेत्रफलसमेत यस वर्ष करिब ६० हजार हेक्टरले घटेको छ, जुन १५ वर्षयताकै सबैभन्दा थोरै क्षेत्रफल हो भने गत वर्षको दाँजोमा करिब ४ प्रतिशत न्यून हो ।

१५ वर्षको आँकडा हेर्दा ०६१ सालमा १५ लाख ५९ हजार हेक्टरमा धान खेती भएको थियो । यस वर्ष १३ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको छ । धान उत्पादन र क्षेत्रफल मात्रै होइन, यस वर्ष प्रतिहेक्टरमा हुने उत्पादकत्वसमेत गत वर्षको तुलनामा ६.११ प्रतिशतले घटेको छ । यस वर्ष प्रतिहेक्टर ३ हजार १५४ किलोग्राम धान फल्यो । अघिल्लो वर्ष प्रतिहेक्टर उत्पादन ३ हजार ३६० किलोग्राम पुगेको थियो । उत्पादनका हिसाबले धानपछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैको उत्पादन यस वर्ष गतवर्षको दाँजोमा करिब ४ प्रतिशतले बढ्न गई २२ लाख ३१ हजार टन उत्पादन हुने अनुमान छ । तर, कोदोको उत्पादन करिब २ प्रतिशतले घटेको छ । हिमाली भेगलगायत ५० वटा जिल्लामा लगाइने फापर उत्पादन गत वर्षभन्दा बढेको छ । तेस्रो स्थानमा फल्ने गहुँबालीको गत वर्ष उत्पादन १८ लाख ८३ हजार टन भएको थियो । तर, नेपालमा गहुँको खपत खाद्यान्नमा न्यून छ । नेपालीहरूको २ छाक भात खाने बानी भएकाले यस वर्ष मुलुकको कुल जनसंख्या २ करोड ८४ लाखलाई करिब ८ लाख टन चामल थप आयात गर्नुपर्ने देखिन्छ । गत वर्ष नेपालले १ खर्ब ३७ अर्ब हाराहारीको धान, चामलसहित कृषिजन्य वस्तु आयात गरेको थियो । यसमा १४ अर्ब रुपैयाँ हाराहारीको चामल मात्रै थियो ।

नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति १ सय ९० किलो खाद्यान्न आवश्यक पर्छ, जसमा ९० केजी चामल, ४५ मकै, ४५ गहुँ र १० किलो अन्य (कोदो जौ, फापर) हुनुपर्छ । सबैभन्दा धेरै ०६८÷६९ मा ५० लाख ७२ हजार मेिट्रक टन धान उत्पादन भएको छ । त्यस अवधिमा पनि खाद्यान्न आयात भएको थियो । खानेबानीमा परिवर्तन नहुँदा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । संसारमा उत्पादन भएको एकतिहाइ खाद्यान्न नष्ट हुने गर्छ । हाम्रो खाने बानीले बर्सेनि खाद्यान्न अभाव बढ्दै गएको छ । खेर पाल्ने प्रवृत्तिलाई रोक्दै उत्पादन बढाउँदै जानुपर्छ ।

यो वर्ष धान उत्पादन पर्याप्त नहुँदा खाद्य संकट हुने देखिन्छ । यो वर्ष धानको उत्पादन १३ प्रतिशतले घट्ने अनुमान गरिएको छ । २५ अर्बको धान उत्पादन कम हुने अनुमान गरिएको छ । प्रतिकूल मौसम र बन्द–हड्तालले समयमा रासायनिक मलको आपूर्ति नहुँदा धानको उत्पादनमा कमी आउने देखिएको हो । नेपालमा कम उत्पादन हुँदा भारतमा पनि असर पर्ने गर्छ । देशलाई खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादनमा विशेष जोड दिनुपर्छ । कुल खाद्यान्नमा धानले ५० प्रतिशत योगदान पुर्याएको छ । बाँच्नका लागि अरू देशको मुख ताक्ने प्रवृित्तलाई परित्याग गरी देशलाई आत्मनिर्भर बनाउने रणनीति बनाउनुपर्छ । उत्पादन बढाउने नीति नियमन बनाउने गरिन्छ तर कार्यान्वयन हुँदैन, जसका कारणले गर्दा पनि उत्पादन वृद्धि गर्न सकिएको छैन । चालू आर्थिक वर्षको बजेटमार्फत ३ वर्षमा सञ्चित खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनुपर्ने घोषणा गरिएको छ । त्यसलाई कार्यान्वयन गर्दैै लैजानुपर्छ । कृषि र सिँचाइ मन्त्रालयको समन्य गरेर सिँचाइ सुविधा विस्तार गदै जानुपर्छ ।

कृषि विकास मन्त्रालयले यो वर्ष धानको उत्पादन १२.७ प्रतिशतले घट्ने अनुमान गरेको छ । चालू आर्थिक वर्षमा डेढदेखि २ लाख मेट्रिक टन खाद्यान्न न्यून हुने मन्त्रालयको अनुमान छ । यसले गर्दा आउँदो वर्ष ८ अर्ब रुपैयाँको खाद्यान्न कमी हुने देखिएको छ । मौसमी प्रतिकूलताले बर्खे बालीको उत्पादन घटेसँगै यसको प्रत्यक्ष असर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्ने देखिएको छ । हिउँदे बालीका लागि पनि आवश्यक रासायनिक मल तथा बिउ उपलब्ध गराउन नसके खाद्य असुरक्षा बढ्ने निश्चित छ ।

नेपालमा भारतबाट चामल आयातसँगै, नेपालबाट भारतमा धान पनि निर्यात हुने गरेको छ । देशमा पर्न सक्ने खाद्यसंकटलाई ध्यानमा राखी यस वर्ष धान निर्यात गर्न प्रतिबन्ध लगाउनका लागि समेत मन्त्रालयले सिफारिस गरेको छ । मन्त्रालयले देशमा खाद्यसंकट नपरोस् भन्नका लागि धान निर्यातमा रोक लगाउने निर्णय गरी सिफारिसका लागि अर्थ वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ ।

गत आर्थिक वर्षमा धानको उत्पादनमा आएको कमीका कारण चालू आवमा १० लाख ९८ हजार मेट्रिक टन चामल अपुग हुने मन्त्रालयको तथ्यांक छ । सो खाद्यान्नमध्ये ५ देखि ७ लाख मेट्रिक टन गहुँबाट परिपूर्ति गर्ने मन्त्रालयले योजना बनाएको छ । नेपाललाई वार्षिक ५३ लाख ४५ हजार मेट्रिक टन खाद्यान्न आवश्यकता पर्छ । त्यसमध्ये धानबाट ३४ लाख २८ हजार मेट्रिक टन चामलबाट परिपूर्ति हुने गरेको छ । सोमध्ये चालू आवमा २५ लाख ५५ हजार मेट्रिक टन मात्र चामल उत्पादन हुने भएको छ । तराईका ८ जिल्लामा रोपाइँ पर्याप्त धान रोपाइँ हुन नसक्दा पनि यो वर्ष उत्पादनमा कमी आउने देखिएको हो । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष १४ लाख २५ हजार ३ सय ६ हजार हेक्टर क्षेत्रफलमा ४७ लाख ८८ हजार ६ सय १२ मेट्रिक धान उत्पादन भएको थियो । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा १४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा ५१ लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०६८÷६९ मा १४ लाख २१ हजार ५ सय ७१ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २ सय ४८ मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो ।

Source :http://np.karobardaily.com/2016/03/78578/721202.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s