बढ्दो जिकाको विश्वव्यापी सन्त्रास

bishwonath-kharel

(विश्वनाथ खरेल) जिका भाइरस लामखुट्टेबाट सर्ने रोग हो । तर जिकाबाट संक्रमित लामखुट्टेले टोकेको खण्डमा मात्रै यो रोग मानिसमा सर्ने गर्छ । पहिलो पटक सन् १९४७ मा जिका भाइरस युगान्डाको भिक्टोरिया तालनजिकैको जिका जंगलको एउटा बाँदरमा पाइएको थियो । नाइजेरियामा सन् १९५४ मा यो रोग पहिलो पटक मानिसमा फेला पारियो । त्यसपछि यो अफ्रिका, दक्षिणपूर्वी एसिया तथा प्यासिफिक आइल्यान्डका विभिन्न क्षेत्रमा पाइएको थियो । पछिल्लो पटक ब्राजिलमा सन् २०१५ को मे महिनामा पहिलो पटक जिकाको लक्षण देखिएको थियो । अहिले दक्षिण अमेरिकाकी देशहरूमा यसले महामारीको रूप लिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, जिका भाइरस अफ्रिका, अमेरिका, एसिया र प्रशान्त क्षेत्रमा फैलिरहेको छ । हालसम्म ३३ मुलुकमा यो भाइरसको विस्तार भइसकेको छ । यसबाहेक छ मुलुकमा समेत स्थानीय रूपले रोग सरेको अप्रत्यक्ष प्रमाणहरू फेला परेका छन् । एडिस एजेप्टी लामखुट्टेले सार्ने जिका भाइरस सन् १९४७ मा पत्ता लागेको हो । तर धेरै वर्षसम्म अफ्रिका र दक्षिणी एसियामा यसको फाट्टफुट्ट संक्रमण मात्र पाइएको थियो । यसको पहिलो प्रामाणिक प्रकोप प्रशान्त क्षेत्रमा भएको हो । एडिस लामखुट्टेले एक क्षेत्र वा देशबाट अर्को क्षेत्र वा देश भ्रमण गर्न सक्ने हुन्छ । यस्ता खालका लामखुट्टे उड्नमा कमजोर भए पनि मानिस वा अन्य कुनै माध्यमले नजानीकनै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । यो लामखुट्टे पुगेको ठाउँको वातावरण यसको लागि उपयुक्त भए त्यहाँ यसले आफूलाई विस्तार गर्नुका साथै रोगसमेत सार्न सक्ने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । डब्लूएचओका अनुसार, सन् २०१३ र २०१५ को फ्रेन्ज पोलिनेसिया र ब्राजिलको प्रकोपमा जिकासँग सम्बन्धित तन्त्रिकासम्बन्धी र अटो इम्युन (स्वरोग प्रतिरक्षा) मा जटिलता देखिएको थियो । हालसालै ब्राजिलमा स्थानीय स्वास्थ्य निकायले आमव्यक्तिमा जिका भाइरसको प्रकोपसँगै एक्कासी हातखुट्टा लुलो–लंगडो हुने अर्थात् पक्षाघातजस्तै हुने गुलियन बेरी सिन्ड्रोमको समस्यामा समेत वृद्धि भएको औंल्याएको छ । यो सँगै उत्तरपूर्वी ब्राजिलमा माइक्रोसेफली भएका बालबालिकाको जन्म हुने क्रम बढ्यो । जिका भाइरस र माइक्रोसेफलीबीच सम्बन्ध देखिएको छ ।
उत्तर तथा दक्षिण अमेरिकामा ४० लाख जना मानिसमा यो रोगको संक्रमण फैलिने खतरा रहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् । दक्षिण अमेरिकाका केही देशमा जिका भाइरसको खतरा बढ्दै गइरहेको छ । लामखुट्टेबाट मानिसमा सर्ने जिका भाइरस संक्रमणपछि पनि धेरै मानिसमा यसको लक्षण नदेखिने भए पनि यसको असर बालबालिकाको मस्तिष्कमा पर्ने गर्छ । डेन्गु र चिकुनगुन्या भाइरस सार्ने लामखुट्टे पनि यही हो । मलेरिया सार्ने लामखुट्टे र यो लामखुट्टे फरक–फरक प्रजातिका हुन् । विश्व स्वास्थ्य संगठनले जिका भाइरस पूरै अमेरिकाभर फैलने अनुमान लगाएको छ । तर वैज्ञानिकहरूले अमेरिका मात्रै नभएर एसियाका राष्ट्रहरूसमेत यो भाइरसबाट प्रभावित हुन सक्ने खतरा औंल्याएका छन् ।
जिका एडिस एजिप्टाइ नामक पोथी लामखट्टेको टोकाइबाट सर्ने भाइरस हो । जिका प्रभावित राष्ट्रबाट सीधै नेपाल आएका संक्रमित वा भारत भएर यो संक्रमण मुलुकमा फैलिन सक्ने सम्भावना अधिक छ । जिका भाइरस संक्रमित मानिसको वीर्यमा समेत सक्रिय हुने भएकाले यौनसम्पर्कबाट पनि यो भाइरस सर्ने जोखिम हुन्छ । जिका संक्रमित मुलुकबाट सीधै उडान नभएकाले ती मुलुकका संक्रमित लामखुट्टे सोझै नेपाल आउने स्थिति छैन । यसको उपचार र खोप नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम हुन्छ ।
जिकाको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । जिका भाइरस संक्रमणका लागि लामखुट्टेले टोक्नै पर्छ भन्ने पनि छैन । लामखुट्टेले अण्डा पारेको फोहोर पानी प्रयोग गर्दासमेत जिका भाइरस सर्न सक्छ । त्यसैले यसबाट जोगिने उपाय भनेको सफा पानीको प्रयोग र लामखुट्टेको टोकाइबाट बच्नु हो । सन् १९५१ देखि १९८१ बीचमा विभिन्न अफ्रिकी तथा दक्षिणपूर्वी एसियाली मुलुकमा जिकाले महामारीको रूप लिएको थियो । यही दरमा भाइरसको संक्रमण हुने हो भने एक वर्षभित्र उत्तर तथा दिक्षण अमेरिकामा ४० लाखभन्दा धेरै मानिसमा यसको संक्रमण फैलने खतरा छ । जिका भाइरसका कारण बालकालिकाको मस्तिष्कमा असर पर्ने गरेको छ । जिका भाइरसको संक्रमण बढेपछि गत अक्टोबरपछि जन्मिएका झन्डै ३५ हजारभन्दा बढी शिशुमा यस्तो समस्या देखिएको छ । सन् १९५१ देखि १९८१ बीचमा विभिन्न अफ्रिकी तथा दक्षिणपूर्वी एसियाली मुलुकमा जिकाले महामारीको रूप लिएको थियो । हाम्रो देश पनि जिका संक्रमणबाट अछूतो रहन सक्दैन । यो रोगको विस्तार तीव्र गतिमा भइरहेकाले बचाउको पूर्वतयारी आवश्यक छ । जिका भाइरसको संक्रमणसँगै नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन आग्रह गरेको छ । महाशाखाले ती देशमा बसोबास गर्ने अन्य नेपाली महिलालाई तत्काल गर्भ नबोक्नसमेत सुझाव दिएको छ

Published Date: March 11, 2

Source : http://www.newsofnepal.com/?p=101835-721128.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s