कौसीखेती : विषादीबाट बच्ने उपाय

एसएलसीको कमजोर नतिजा

विश्वनाथ खरेल ,
हाम्रो देशको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टर रहेको छ । यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार ७ सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार ५ सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख १ हजार ९ सय हेक्टर पर्दछ । यसर्थ खेतीयोग्य भूमिको ३४ दशमलव ५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३ सय २३ हेक्टरमा सिंचित अवस्थाको स्वरुप हुँदाहुँदै पनि ६५ दशमलव ७ प्रतिशतभन्दा बढी मानिसहरु कृषि पेशामा लागेका छन् । यसमा राष्ट्रिय आयको ३३ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगटनुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखापर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल ४७० अमेरिकी डलर र ३१ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ । जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ । कृषिलाई विविधीकरण गरी व्यवसायीकरणमा रुपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चितता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ । यसरी सर्वाङ्गीण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कुरा आवधिक योजनाहरुमा यस क्षेत्रको विकासको निम्ति दिइएको महत्वबाट स्पष्ट हुन्छ । तसर्थ हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसीखेती त्यसको एउटा भरपर्दो विकल्प हो । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बालीनालीजस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ ।

विशेषगरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ । यस्तो कौसीखेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ । यसमा सागबाली, कोसेबाली, लहरेबाली, जरेबालीजस्तै चम्सुर, पालुंगो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौँला, काँक्रो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसीखेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुको साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ ।

हाम्रो देशमा बर्सेनी झन्डै डेढ खर्ब रुपैयाँको कृषि तथा कृषिजन्य वस्तु आयात भइरहेको सन्दर्भमा कृषि र कृषिजन्य वस्तुमा मात्रै आत्मनिर्भर बन्नसके पनि बर्सेनी कृषिमा विदेशिने रकम कम हुन्छ । यसबाट व्यापारघाटामा उल्लेखनीय कमी त आउँछ नै, नाकाबन्दीजन्य कारणले उत्पन्न हुने खाद्यान्न वस्तुको समस्याबाट मुक्त हुन सकिनेछ । त्यसैले अबका दिनमा राज्यले कुनै पनि हालतमा कृषिलाई प्राथमिकतामा राखी नीति निर्माण तथा कार्ययोजना तयार गरी सोअनुरूप प्रभावकारी कार्यान्वयनमा जोड दिनैपर्छ । देशमा आवधिक रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को गणना गर्ने चलन छैन तर पछिल्ला संकेतहरूले देश भयानक मन्दीमा जान लागेको पूर्वसंकेत दिएको छ । देशको प्रमुख आर्थिक निकाय नेपाल राष्ट्र बैंकले समेत यस कुराको पुष्टि गरेको छ । जल तथा मौसम विज्ञान विभागले नेपालका विभिन्न २० स्थानबाट संकलित मनसुन विवरणअनुसार २०७२ जेठ २७ देखि भदौ मसान्तसम्म विगत ३० वर्षको औसत वर्षाको तुलनामा ८० दशमलव ९ प्रतिशत मात्र वर्षा भएको छ । तराई भूभागमा जारी बन्द–हडतालका कारण रासायनिक मल, कीटनाशक औषधिलगायतका कृषि सामग्रीको आपूर्ति र कृषि उपजको बजार पहुँचमा कठिनाइ देखिएकाले कृषिक्षेत्रको उत्पादनमा नकारात्मक असर परेको उसले उल्लेख गरेको छ । कृषकका समस्या सुन्न ’हेलो कृषि कार्यक्रम’ सञ्चालन गर्ने तथा नेपाल राष्ट्र बैंकको नियमानुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा लगानी हुनुपर्ने रकम कृषि क्षेत्रमा कडाइका साथ लगानी हुने व्यवस्थाका लागि पनि पहल गर्ने प्रतिबद्धता गरिएको छ । सरकारले कृषकलाई व्यावसायिक, निर्वाहमुखी, सीमान्तकृत भूमिहीन र कृषि मजदुर गरी चार समूहमा वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने भएको छ । सरकारले प्रदान गर्ने अनुदान, सेवासुविधा तथा सहुलियत किसानको वर्गीकरणका आधारमा प्रदान गरिनेछ । तत्काल तीन हजार गाउँपालिकामा कम्तीमा एक÷एक जना कृषि तथा पशु प्राविधिक व्यवस्था मिलाइने मन्त्रालयले उल्लेख गरेको छ । राष्ट्रिय किसान आयोग गठन गर्नुका साथै कृषि विकास रणनीतिलाई नेपालको नयाँ संविधानको भावनाअनुरूप कार्यान्वयन गर्ने कृषि मन्त्रालयको प्रतिबद्धतामा उल्लेख छ ।

कृषिसम्बन्धी विभिन्न कार्यक्रममा सरकारले कृषकका लागि सहभागितामूलक तथा योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको जानकारी पनि दिएको छ । अतः राजतन्त्रात्मक शासन व्यवस्थाका कारण कृषि क्षेत्रको विकास पछाडि परेको भन्दै राजतन्त्र अन्त्य भएकाले अब कृषि क्षेत्रले फड्को मार्ने दाबी गरिएको छ । राजतन्त्र छँदा एक दशक पहिले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३७ प्रतिशत रहेकामा गणतन्त्र स्थापनापछि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशतमा झरेको छ । खाद्यान्न, फलफूललगायतका कृषिजन्य वस्तुको आयात वर्षेनी बढिरहेको छ । कृषि विकासमन्त्री गजुरेलले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि सरकारले युवाहरुलाई आकर्षित तुल्याउने कार्यक्रम ल्याउने बताइएको छ । अब कृषि उत्पादनका लागि नेपालसँग जमिन र युवा दुवै भएकाले आत्तिनुपर्ने अवस्था नरहेको सम्बन्धित क्षेत्रको दाबी रहेको छ ।

अन्त्यमा भन्नुपर्दा चालू आर्थिक वर्ष २०७१÷०७२मा तरकारी बालीको उत्पादन करिब ६ दशमलव १ प्रतिशत बढ्न गई गत वर्षको ३४ लाख २१ हजार मे.टन बाट ३६ लाख २९ हजार मे.टन पुग्ने अनुमान छ । तरकारी बालीले ढाकेको क्षेत्रफल २ लाख ४५ हजार हेक्टर रहने अनुमान छ । त्यसैगरी तरकारीको क्षेत्रफल भने माइनस ३ दशमलव ८ प्रतिशतले घट्न गई २ लाख ४५ हजार ३ सय ६८ हेक्टर रहेको अनुमान छ । त्यस्तै गरी उत्पादकत्व भने १० दशमलव २ प्रतिशतले वृद्धि भई १४ हजार ९ सय ४० किलो प्रतिहेक्टर रहेको देखिन्छ । त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७०÷०७१मा तरकारी बालीको उत्पादन करिब ३ दशमलव ६ प्रतिशत बढ्न गई गत वर्षको ३४ लाख २१ हजार ३५ मे.टन पुगेको अनुमान थियो । त्यस्तै गरी तरकारी बालीले ढाकेको क्षेत्रफल २ लाख ५४ हजार ९ सय ३२ हेक्टर अर्थात् ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको अनुमान छ ।

त्यसै गरी तरकारीको उत्पादकत्व भने शून्य दशमलव १ प्रतिशतले वृद्धि भई १३ हजार ४ सय १९ किलो प्रतिहेक्टर रहेको देखिन्छ । बेमौसमी तरकारीखेती गर्ने प्रचलन बढेको कारण क्षेत्रफल तथा उत्पादनमा निरन्तर वृद्धि हुँदै गएको छ । जसको कारण तरकारी बालीमा संलग्न कृषकको जीवनस्तरमा उल्लेख सुधार आएको अनुमान छ । देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकासविना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रमहरु कृषकसमक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ । सीमित स्रोतसाधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आयआर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्वयनको सफलता मान्न सकिन्छ । अतः देशमा स्पेक्ट्रो फोटोमिटर नामको उपकरणले देश विदेशबाट भित्रिएका कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएको फेला परेको चर्चाले सर्वत्र त्रास फैलाएको छ । विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिर्गौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिन थालेका छन् । यस्तो हल्लासँगै भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो हामीसँग त्यसको सजिलो विकल्प छ । अझ भन्नुपर्दा कौसीखेतीले हरियाली ल्याउनका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ । यसका साथै, यसबाट घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ ।

बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बुढाबुढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन् । बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । यसरी कौसीखेतीबाट उत्पादित ताजा तरकारीले हाम्रो दैनिक आहार सन्तुलनमा महत्वपूर्ण भूमिका पनि खेलेको हुन्छ । मानिसको दैनिक आहारमा चाहिने पौष्टिक तत्वहरूमा कार्बोहाइडे«ट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ । मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने प्रायः सबै तत्व प्रचुर मात्रामा तरकारीमा पाइन्छ । तरकारीमा पानीको मात्रा, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, खनिज पदार्थ र बढी मात्रामा रेसा हुन्छन्, जसले पाचन प्रक्रिया सुचारु राख्नमा सहयोग गर्छ । जसका लागि विभिन्न प्रकारका तरकारी जस्तै ः हरियो सागसब्जी, कन्दमूल तथा जरे तरकारी, कोसेबाली तरकारी, फल तरकारीको उपभोग गर्नुपर्छ । यस्तैगरी धनियाँ, लसुन, अदुवा, खुर्सानी, पुदिना, मेथी, रायो, प्याज आदि तरकारीमा पनि मानव जीवनलाई स्वस्थ राख्नका लागि आवश्यक अनेक तत्व हुन्छन् । कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तत्व दिनेखालका बालीनाली हुनुपर्छ । यस्ता तरकारी सेवनबाट हामी कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट समेत बच्न सकिन्छ ।

त्यस्तै गरी उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ । उपत्यकामा दैनिक एक हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ । हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५ सयदेखि ६ सय टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । वर्षौंदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलाञ्चोकलगायतबाट बढी मात्रामा तरकारी भित्र्याउने गरेको छ । कालीमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ । उक्त बजार समितिका भनाइअनुसार मागअनुसार पूर्ति गर्न सकेको छैन । नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् । तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पु¥याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको किसान गुनासो गर्छन् ।

Source :http://www.aarthikdainik.com.np/news_details/14863/html-721102.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s