कौसी खेती : बचतसँगै आयवृद्धि

एसएलसीको कमजोर नतिजा

राजधानी काठमाडौंसहित घना सहरी क्षेत्रमा बढ्दो कौसी खेती आफ्नो आवश्यकता पूर्ति गर्नुका साथै उपलब्ध विकल्पबाट थप आय आर्जन गर्न सक्ने विधि बन्दै गएको छ ।
विश्वनाथ खरेल

नेपालमा भूमिका उपलब्धता जति छ, त्योभन्दा निकै कममा मात्र खेतीपाती हुने गरेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड कृषिक्षेत्र भएको हुँदा कृषिविकास बिना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिका विविध कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने खाँचो छ । सीमित स्रोत साधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आयआर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नुपर्छ ।
देशको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १०० हेक्टर छ । यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार ७००, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार ५०० र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख १ हजार ९०० हेक्टर पर्छ । यसर्थ खेतीयोग्य भूमिको ३४.५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३२३ हेक्टरमा सिञ्चित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५.७ प्रतिशतभन्दा बढी मानिस कृषि पेसामा लागेका छन् । यसमा राष्ट्रिय आयको ३३ प्रतिशत अंशप्राप्त हुन्छ भने कृषि एवं वनक्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखा पर्छ भने अर्कातर्फ प्रतिव्यक्ति सरदर आय केवल ७०० अमेरिकी डलर र २५ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ, जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ ।
कृषिलाई विविधीकरण गरी व्यवसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नुपर्ने खाँचो बढ्दो छ । कृषिक्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डका रूपमा रहेको कुरा आवधिक योजनाहरूमा यस क्षेत्रको विकासका निम्ति दिइएको महŒवबाट स्पष्ट हुन्छ ।
राजधानी काठमाडौंसहित घना सहरी क्षेत्रमा बढ्दो कौसी खेती आफ्नो आवश्यकतापूर्ति गर्नुका साथै उपलब्ध विकल्पबाट थप आय आर्जन गर्न सक्ने विधि बन्दै गएको छ । उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ । उपत्यकामा दैनिक १ हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ । हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५०० देखि ६०० टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । वर्षांैदेखि सञ्चालनमा आएको कालिमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलान्चोकलगायतबाट बढी मात्रामा तरकारी भिœयाउने गरेको छ । कालिमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ । उक्त बजार समितिका भनाइअनुसार मागअनुसार पूर्ति गर्न सकेको छैन । नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् । तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पु¥याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको कृषक गुनासो गर्छन् । यसरी आपूर्तिमा समस्या भइरहेका समयमा कौसी खेती नयाँ विकल्प बन्न पुगेको हो ।
आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बालीनालीजस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । विशेष गरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ । यस्तो कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ । यसमा सागबाली, कोसे बाली, लहरे बाली, जरे बालीजस्तै चम्सुर, पालुंगो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौँला, काँक्रो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदिलगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बालीकौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ ।
केही समयअघि स्पेक्ट्रो फोटोमिटर नामको उपकरणले देश–विदेशबाट भित्रिएका कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएको फेला परेको चर्चाले सर्वत्र त्रास फैलायो । विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिर्गौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिने चिकित्सकहरूले जानकारी दिए । अहिले विषादीको हल्ला कम भए पनि यसको जोखिम कम भएको छैन ।
यस्तो हल्लासँगै भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो हामीसँग त्यसको सजिलो विकल्प छ । अझ भन्नुपर्दा कौसी खेतीले हरियाली ल्याउनुका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ । यसका साथै, यसबाट घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ । बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बूढाबूढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन् । बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । यसरी कौसी खेतीबाट उत्पादित ताजा तरकारीले हाम्रो दैनिक आहार सन्तुलनमा महŒवपूर्ण भूमिका पनि खेलेको हुन्छ ।
कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तŒव दिने खालका बालीनाली हुनुपर्छ । यस्ता तरकारी सेवनबाट हामी कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट समेत बच्न सकिन्छ ।

Source : http://np.karobardaily.com/2016/01/75244/721017.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s