कस्तो बनाउने घर ? सरकारले ल्यायो १७ वटा नमुना

काठमाडौं, पुस ८ – सरकारले १७ वटा भूकम्प प्रतिरोधात्मक घरको डिजाइन गरेको छ । यस्ता घर बनाउन २ लाखदेखि २२ लाख रुपैयाँसम्म खर्च लाग्ने सरकारले जनाएको छ ।

यो डिजाइन अहिले तत्कालको लागि ग्रामिण क्षेत्रका लागि बनाइएको भएपनि केहि समयभित्रै शहरी क्षेत्रको लागि पनि बनाउने शहरी विकास तथा भवन निर्माण विभागको योजना छ ।

विभागले भूकम्पका कारण देशभरका ६ हजार ४ सय सरकारी भवन, ९ सय ६० स्वास्थ्य केन्द्र र ८ हजार ५ सय विद्यालय र ६ लाख निजी घर पूर्ण रुपमा क्षती भएको जनाएको छ । यस्तै २ लाख ८५ हजार भन्दा धेरै घर आशिंक रुपमा क्षती भएकाले नयाँ घरको लागि १७ वटा डिजाइन सार्वजनिक गरेको विभागका महानिर्देशक रमेशप्रसाद सिंहले बताउनुभयो ।

डिजाइन गरिएका सबै भवन भूकम्प प्रतिरोधी भएको पनि उहाँले जानकारी दिनुभयो । विभाग अन्तर्गतको आवास महाशाखाका प्रमुख रवि शाहले ढुंगा र सिमेन्ट, इँटा र सिमेन्ट तथा ढुंगा र माटोबाट यी भवन निर्माण गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार यी डिजाइन अनुसार घर बने भूकम्प जस्ता प्राकृतिक विपत्तीबाट जोगिन सकिनेछ । विभागले डिजाइन गरेको भएपनि यहि डिजाइनमा घर बनाउनुपर्ने बाध्यता भने कसैलाई नभएको उहाँको भनाई छ । आफै डिजाइन गरेर घर बनाएपनि भवन निर्माण आचार संहिता भने लागु हुनुपर्नेमा शाहको जोड छ ।

विभागले सार्वजनिक गरेको डिजाइनमध्ये एउटा रोजेर भूकम्प पीडितले घर बनाउन सक्नेछन् । घर बनाउन सरकारले दुई लाख रुपैयाँ अनुदान दिनेछ । दुई लाख भन्दा धेरै लागे घरधनी आफैले व्यहोर्नुपर्ने विभागले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s