नेपालमा मनाइने नयाँ वर्षहरू

एसएलसीको कमजोर नतिजा

(विश्वनाथ खरेल) नयाँ वर्ष मनाउने शैली मुलुक र त्यहाँका बासिन्दाअनुसार फरक–फरक रहेको पाइन्छ । हाम्रो मुलुकमा चन्द्रमासअनुसार तिथिको आधारमा र सौर्यमासअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हँुदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाइने गरिन्छ । अधिकांश नेपालीले सौर्यमासअनुसार वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तर अरु धेरै चाडपर्व भने प्रायः चान्द्रमासअनुरुप नै मनाउने गरेको पाइन्छ । हामी कहाँ प्रचलनमा रहेको नेपाल संवत् भने गत कार्तिक २६ गतेबाट शुरु भई साढे दुई महिना भइसकेको छ । यो नेपाल संवत् ११३६ वर्षपहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन् । यो संवत् चान्द्रमासअनुसार कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि प्रारम्भ हुन्छ । नेपालकै पश्चिमका केही जातिले माघ १ गतेलाई माघीको रुपमा र पूर्वतिर सिरुका पर्वको नाममा पनि नयाँ वर्ष मनाउने चलन छ । केही थारु जातिले नयाँ वर्षलाई चिराई पर्वको रुपमा मनाउँछन् । मिथिलाञ्चलमा वैशाख २ गते जुडशीतललाई नयाँ वर्षको रुपमा मनाइन्छ ।
विश्वमा प्रायः जनवरी १ तारिखका दिन नववर्ष भनेर मनाउने चलन बढी रहेको छ । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । हरेक वर्षको निश्चित कुनै एउटा दिन, समय, तिथि सकिएर अर्को वर्ष शुरु हुनु वा प्रवेश गर्नुलाई नयाँ वर्ष भनिन्छ । यही नयाँ वर्ष प्रवेश गर्ने दिनलाई विभिन्न व्यक्ति, समुदाय र देशले आ–आफ्नै तोकिएको समय, दिन र तिथिअनुसार आ–आफ्नै परम्परा र शैलीमा नयाँ वर्ष भनेर मनाउने गर्दछन् ।
विक्रम संवत् भने अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए । त्यसकारण यसलाई विक्रम संवत् भनेर भनिन्छ । त्यस्तै प्रत्येक सालको जनवरी १ तारिखमा इस्वी संवत् शुरु हुन्छ । यस वर्ष आज पुस १७ गतेदेखि इस्वी संवत् २०१६ शुरु हुँदै छ । यो संवत् डिसेम्बरको ३१ तारिखमा गएर अन्त्य हुन्छ । यसरी नै यो संवत् चलिरहेको छ । एडीको अर्थ एनोडोमिनी होस्टी ख्रिस्टी अर्थात् एनोडोमिनीको छोटकरी रुप हो । यसको अर्थ हुन्छ, जिसस क्राइस्ट जन्मिएको वर्ष । जिसस क्राइस्ट जन्मेको वर्षलाई एक वर्ष मानेर क्यालेन्डर बनाइयो । यसको अर्थ जिसस क्राइस्ट २०१६ वर्षअगाडि जन्मिएका थिए । जिसस जन्मिनुअगाडिको समयलाई चाहिँ बीसी अर्थात् बिफोर क्राइस्ट भनिन्छ । जिसस जन्मनु एक वर्षअघिको समयलाई छोटकरीमा भन्दा एक बीसी पनि भनिन्छ ।
यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । नेपालमा पनि विभिन्न समुदायले आ–आफ्नै किसिमका क्यालेन्डरलाई ग्रहण गरेको पाइन्छ । चन्द्रमासअनुरुप माघशुक्ल प्रतिपदाको दिनदेखि शुरु हुने ल्होसार पर्व आगामी माघ महिनादेखि शुरु हुँुदै छ । तिब्बती भाषामा ‘ल्होुको अर्थ वर्ष र ‘सारु नयाँ हुन्छ । यसरी सर्वाधिकरुपमा ल्होसारको अर्थ नयाँ वर्षको चाड हुन्छ । हिन्दुहरूको महान् चाड दशैँ भनेझैँ हिमाली क्षेत्रमा बस्ने प्रायः शेर्पा, तामाङ, गुरुङ जातिहरूको ठूलो चाड ल्होसार हो । यसलाई उनीहरूले भव्यताका साथ नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यो चाड मनाउँदा आफ्नो घर–घरमा बौद्धग्रन्थ पाठ गराउने र विभिन्न देवदेवीको पूजाआजा गरी भूतप्रेत तथा नराम्रा ग्रहदशा हटून् भन्ने कामना यस दिनमा गरिन्छ । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् ।
समग्रमा भन्नुपर्दा विश्वमा प्रायजसोको भने पुसको दोस्रो हप्तातिर जनवरी १ तारिख शुरु हुनेछ । यसरी आउने नववर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गरिन्छ । यसरी स्वागत र बिदाइ गर्ने परम्परा आ–आफ्नो देशमा आ–आफ्नै प्रकारको हुन्छ । नववर्षलाई हार्दिक शुभकामनाका साथ एक–अर्कामा शुभकामना सन्देशहरूलाई आदान–प्रदान गर्ने कार्य हुन्छ । समष्टिगतरुपमा हेर्दा संसारका विभिन्न राष्ट्रहरूमा नववर्ष उत्सव विशेष उल्लासपूर्ण वातावरणमा मनाउने गरिन्छ । विश्वका सम्पूर्ण मानवसमुदायहरू नववर्षको उपलक्ष्यमा आपसमा बधाई, शुभकामना, दीर्घायु, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना व्यक्त गर्ने गर्दछन् । पुरानो सालमा घटेका तीता–मीठा अनुभवहरू चटक्क बिर्सिएर बाँकी कतिपय कार्यहरू सफल गराउने विश्वासका साथ समस्त मानवसमुदायका लागि नयाँ वर्ष उत्सुकताको प्रतीक मानिन्छ । अतः हामी सबैको कल्याण एवं उत्तरोत्तर प्रगतिको अवसर प्रदान गर्ने विश्वासद्वारा नै नयाँ वर्षको हृदयदेखि नै स्वागत गर्दै सबैका लागि प्रेरणादायी बनोस् । यही नै शुभकामनाका साथ नयाँ वर्षलाई हार्दिक स्वागत गरौं ।

Source : http://www.newsofnepal.com/?p=99693-720917

Published Date: January 1, 2016

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s