लापरबाहीका कारण अधिक क्षति – 720122

करिब डेढ लाख घर रहेको काठमाडौं महानगरपालिकामा बर्सेनि ४ हजार घर थपिइरहेका छन् । तर, घर नक्सा पासको प्रमाणपत्र ‘बिल्डिङ कोड’ अनुसार हुन सकेको छैन ।
लापरबाहीका कारण अधिक क्षतिविश्वनाथ खरेल
गत वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टरस्केलको महाभूकम्प गयो । सो महाभूकम्पमा करिब ७ हजार व्यक्तिको ज्यान गुमेको छ भने घाइतेको संख्या करिब १५ हजारको हाराहारीमा पुगेको छ । प्रारम्भिक अनुमानअनुसार मुलुकभर करिब ३ लाख घर क्षतिग्रस्त भएका छन्, जसको विस्तृत विवरण सरकारी स्तरमा आउन भने बाँकी नै छ । पछिल्लो भूकम्पले कुल प्रभावित जिल्ला ३१ वटा रहे पनि मुख्य रूपमा १४ वटा जिल्ला बढी प्रभावित देखिएका छन् । यसमा ८१ लाख नेपाली प्रभावित भएका छन् । तीमध्ये पनि सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, भक्तपुर, ललितपुर, गोरखा र धादिङ बढी नै प्रभावित छन् ।
उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा रहेका हनुमानढोका क्षेत्रका मुख्य गरी काष्ठमण्डप, मैजुदेवल, नौतले दरबार तथा दशअवतार मन्दिरलगायत अनेकौँ पुराताŒिवक महŒवका सम्पदा ध्वस्त भएका छन् । त्यसैगरी पाटन दरबारक्षेत्रपरिसरका कृष्णमन्दिरवरपरका संरचना, भक्तपुर दरबार क्षेत्रअन्तर्गत वत्सला देवल, शिलु महादेव, तव सतल, भैरव पाटी, लाल बैठक, लास्कु ढोका तथा चाँगुनारायण क्षेत्रभित्रका अमात्य सतलजस्ता महŒवपूर्ण सम्पदा पनि क्षतिग्रस्त भएका छन् । चाँगुनारायणको मुख्य मन्दिर नै महाभूकम्पले गर्दा ढल्ने अवस्थामा छ । त्यसैगरी उपत्यकाभित्रका स्वयम्भूनाथ क्षेत्रभित्र पर्ने प्रतापपुर मन्दिरलगायत अन्य सम्पदासमेत क्षतिग्रस्त भएका छन् । काठमाडौं उपत्यकाको धरोहरका रूपमा रहेको पुराताŒिवक महŒवको ५० मिटर अग्लो धरहराको भौतिक संरचनासमेत ध्वस्त भएको छ । मुलुकभर विश्वसम्पदा सूचीमा रहेका सम्पदासहित अर्बौं लागतका भौतिक संरचनासमेत ध्वस्त भएका छन्, जसको यथार्थ विवरण यकिन हुन बाँकी नै छ ।
सरकारी भवनमा भूकम्पका कारण भएका क्षतिको विवरण प्राप्त गर्न मुख्य रूपमा हाल सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले विभिन्न ७ वटा टोली काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर खटाएको छ । सहरी विकास विभागअन्तर्गत परिचालित टोलीले संवैधानिक निकायका प्रमुखहरूको भवन, सिंहदरबारभित्रका प्रशासनिक भवन, सिंहदरबारबाहिरका सरकारी भवन, अस्पतालका भवन, प्रधानमन्त्री कार्यालय, अपार्टमेन्टका भवन तथा काठमाडौं उपत्यकाबाहिरका सम्पूर्ण सरकारी भवनको अध्ययन गर्नेछन् । सो टोलीले सरकारी भवनहरूको क्षति यकिन गर्नेछ भने सहरी विकास मन्त्रालयको समन्वयमा नेपाल इन्जिनियरिङ एसोसिएसनको संयोजकत्वमा शैक्षिक तथा विभिन्न पेसागत समूहहरूको संयुक्त टोलीले व्यक्तिगत घरहरूसमेतको क्षति मूल्यांकन गर्ने कार्यक्रम अगाडि बढाइएको छ । सहरी विकास मन्त्रालय शिविर व्यवस्थापन, खानेपानी तथा सरसफाइजस्ता आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयमा राहत तथा पुनर्निर्माण कार्यमा जुटेको छ ।
मन्त्रालयले संकटग्रस्त जिल्लाहरूमा शिविर निर्माण, व्यवस्थापन तथा खानेपानी व्यवस्थापनका लागि १४ वटा टोली बनाई खानेपानी तथा सहरी विकास तथा भवन निर्माण विभागतर्फका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको नेतृत्वमा टोली गठन गरी यथाशीघ्र खटाउने तयारी गरेको छ ।
यस्तो महाभूकम्पको अवस्थामा पनि समग्र रूपमा हेर्ने हो भने भवन निर्माणसम्बन्धी मापदण्ड एवं संहिता पूरा गरेका घरहरू भूकम्पबाट सुरक्षित देखिएका छन् । विशेषगरी भूकम्पीय घटनाक्रम गतिशील गुण तथा संरचनाका लचकदार प्रतिक्रियाका कारण भवन क्षतिग्रस्त हुन्छन् । एउटै स्थानमा निर्माण गरिएका भए पनि फरक निर्माण सामग्री प्रयोग गरिएका दुईवटा भवनमा हुन सक्ने क्षति सम्भाव्य सामग्रीमा निहित शक्तिका कारण फरक–फरक हुन्छ । उस्तै सामग्रीबाट बनाइएका भए पनि योजना एवं उचाइ, बनोट आकार, तलाको संख्या, आयु, निर्माण गुणस्तर र प्रयोग गरिएका विधिजस्ता विभिन्न पक्षका कारण पनि भवनमा पुग्ने क्षतिको स्तर फरक हुन सक्छ ।
यसअघि २०४५ सालको भूकम्पबाट क्षति भएका घरको अध्ययनपछि आगामी दिनमा सुरक्षित रहने किसिमले भूकम्पप्रतिरोधी घर बनाउन कानुन बनाए पनि सरकारले पालना गराउन सकेको छैन । २०६० सालमा लागू भएको राष्ट्रिय भवन निर्माणसंहिता २०६२ बाट नै ५८ नगरपालिका र १ सय २१ नगरोन्मुख गाविसमा लागू गर्नुपर्ने भनिए पनि कार्यान्वयन भएको छैन । यसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठकले जोखिम व्यवस्थापन राष्ट्रिय नीति २०६६ पारित गरेको छ । तर, जे पनि प्रभावकारी रूपमा लागू हुन सक्ने अवस्था छैन ।
करिब डेढ लाख घर रहेको काठमाडौं महानगरपालिकामा बर्सेनि ४ हजार घर थपिइरहेका छन् । तर, घर नक्सा पासको प्रमाणपत्र ‘बिल्डिङ कोड’ अनुसार हुन सकेको छैन । करिब ३५ हजार घर रहेको ललितपुर उपनपामा वार्षिक १५ सयको हाराहारीमा घर थपिँदै आएको अनुमान गरिएको छ । कामपा र नगरपालिकाहरूमा ‘बिल्डिङ कोड’ हेर्ने अलग्गै निकाय नभएकाले नयाँ बन्ने घरहरूको निरीक्षण र अनुगमन हुन नसकेको हो । यस्ता लापरबाहीको असर अहिले देखिएको छ ।
भूकम्पीय क्षति र खतराका दृष्टिले उच्च जोखिम हुँदाहुँदै पनि समयमा बुद्धि नपुग्दा धेरै आर्थिक तथा मानवीय जोखिम बेहोर्नुपरेको अवस्था छ । यसका प्रतीकात्मक अर्थ पनि छन् । संसारमा प्राकृतिक तथा दैवी प्रकोप भइरहन्छन्, आइरहन्छन् । यसले मानिसलाई दुःखी बनाउँछ, रुवाउँछ । कहिले प्रकृतिले विनाश रच्दछ त कहिले मानिसले प्रकृतिलाई विनाशमा उत्रन बाध्य गर्छ । कमेरो, रातो, पहेंलो र कालीमाटीले पोतिएका घर, मन्दिर र पुराताŒिवक महŒवका संरचनाहरू मटियामेट भएका छन् । विभिन्न छिमेकी जिल्लामा टाइल, झिँगटी, खर, पराल, छ्वाली तथा स्लेटका छाना भएका नेपाली शैलीका भवनहरूलाई ७.९ रेक्टर स्केलको भुइँचालोले छानीछानी धराशायी पारिदिएको छ । अब के गर्ने ? धेरैको मनमा यी कुरा खेल्न थालेका छन् ।
नेपालको उच्च गौरव र मनोबलसँगै आफ्नै मौलिक निर्माणको प्रतीक धरहरा, काठमाडौं नामको स्रोत मानिएको काष्ठमाण्डप, त्यस्तै समृद्ध तथा उत्कृष्ट वस्तुशैलीको नमुना सिंहदरबार र भैरवनाथ गण रहेको लक्ष्मी निवास, बहुसंख्यक हिन्दूका आस्था र विश्वासको प्रतीक रामजानकी मन्दिर र जयवागेश्वरी मन्दिर (काठमाडौं) को गजुर या त क्षतविक्षत् भएका छन् या आंशिक रूपमा नष्ट भएका छन् । त्यस्तैगरी मल्लकालीन सभ्यता, संस्कृति र वास्तुको समृद्धि बोकेको वसन्तपुर दरबार कोल्टेको छ । त्यस्तै पाटन र भक्तपुर दरबारक्षेत्रमा पनि भूकम्पको ताण्डवको असर देखिएको छ, नेपालको इतिहासमा ।
प्राकृतिक घटनाहरूले मानिसलाई निर्णायक एवं पूर्ण सत्यमा आधारित शिक्षा प्रदान गर्छन्, त्यो भनेको यस्ता प्रकोपजन्य घटना आफैं विपद् होइनन् । भूकम्प एउटा स्वाभाविक प्राकृतिक घटना हो, तर मानवीय कमजोरीले ठूलो क्षति भएको छ । भूकम्पले ५ लाख परिवारको उठिबास लागेको छ । घर बनाउन समय लाग्ला, पीडित अहिले पालको प्रतीक्षामा छन् । तर, हालसम्म विभिन्न संघसंस्था र सरकारले गरेर जम्मा ६५ हजार पाल वितरण गरेका छन् । मित्रराष्ट्रहरूले जीवनजलदेखि चियापत्तीसम्म सहयोग गरेका छन् । भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, टर्की, दुबई, अमेरिका, थाइल्यान्ड, इजरायल, लक्जमबर्ग, इटाली, जर्मनी, सिंगापुर, दक्षिण कोरिया, क्यानडा, फ्रान्सलगायतका देशले राहत सामग्री सहयोग पठाएका छन् । यस्तो सहयोगको सही परिचालन गरी देशको अहिलेको दुःखलाई मेट्नुपर्छ ।

Source : http://np.karobardaily.com/2015/05/52600/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s