भूकम्पले सगरमाथाको उचाइ घट्योे

भूकम्पले सगरमाथाको उचाइ घट्योे

काठमाडौ, २२ वैशाख ।  वैशाख १२ गते आएको ७.८ म्याग्निच्यूडको विनासकारी भूकम्पले मानविय क्षति मात्रै नभइ विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाई पनि घटाएको छ । भूकम्पले सगरमाथाको उचाई झन्डै १ इन्चले घटेको गैर नाफामूखी जियोसाइन्स अनुसन्धान समूह यूएनएभीसीओले जनाएको छ ।
युरोपियन स्पेस एजेन्सी सेन्टिनेल–वान ए भूउपग्रहको तथ्यांकको आधारमा यो विश्लेषण गरिएको हो । यो भूउपग्रह अप्रिल २९ मा पहिलो पटक प्रभावित क्षेत्र भएर गएको थियो । भारत र युरेसिया टेक्टोनिक प्लेट सर्ने समयमा भएको त्रुटिका कारण भूकम्प आएको संस्थाले जनाएको छ ।
पृथ्वीको तह मिल्ने क्रममा सगरमाथाको उचाइमा पनि थोरै कमी आएको हो । द हफिङटन पोस्टलाई पठाएको ईमेलमा कोअपरेटिभ इन्सटिच्यूट फर रिसर्च इन इनभायोरोमेन्ट साइन्सका अनुयायी र कोलोराडो बाउल्डर विश्वविद्यालयका प्राध्यापक रोजर बिलहामले सगरमाथाको उचाइमा केही संकुचन आएको उल्लेख गरेका छन् ।
बिलहामले सगरमाथा १ वा २ मिलिमिटरले संकुचन भएको आंकडा प्रस्तुत गरेका छन् । तर अन्नपूर्ण क्षेत्र २० सेन्टिमिट तथा झन्डै ८ इन्चले बढेको बताएका छन् ।  –एजेन्सी

Source :http://np.karobardaily.com/2015/05/52626/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s