नरसंहारको सम्झना

  • सय वर्षअघि १५ लाख आर्मेनियाली मारिएका थिए

turkey

काठमाडौइस्तानबुल, वैशाख १२ – आजभन्दा ठीक सय वर्ष पहिले अर्थात् २४ अप्रिल १९१५ मा टर्कीको अटोमन साम्राज्यको राजधानी कास्टैटिनोपोलमा आर्मेनियाई समुदायका दुई सय जनालाई पक्राउ गरिएको थियो ।

सामूहिक जनसंहारको क्रूर अभियानको यो सुरुआत थियो । जसमा टर्कीका कम्तीमा १५ लाख आर्मेनियालीको हत्या गरियो । आर्मेनियालीहरू यसलाई जनसंहार भन्छन् ।

बीबीसीका दुई पत्रकारले टर्कीमा हराएका आर्मेनियालीहरूबारे जान्ने प्रयास गरे । बीबीसी पर्सियाकी संवाददाता लारा पेट्रोसियन्सले आफ्नो जिजुबुबा परिवारको कथा खोज्दै टर्कीको पूर्वी सहर वानको यात्रा गरिन् । उनको परिवारले यस हत्याकाण्डबाट कुनै उपायले बाँचेर इरानमा शरण लिएको यियो ।

बीबीसीका टर्कीस्थित संवाददाता रग्जिन आर्सलानले आफ्नो गृह जिल्ला एस्कीसेहिरको यात्रा गरिन् । कुनै समय यहाँ आर्मेनियाई समुदाय ठूलो संख्यामा बसोबास गथ्र्यो । लारा र रेग्जिनले इस्तानबुलबाट यात्रा सुरु गरे ।

लाराको कथा

कुनै पनि आर्मेनियाई बालबालिकाजस्तै म पनि १९१५ को कथा सुन्दै बढेकी हुँ । म आशा गर्थें कि कुनै पनि तरिकाले टर्कीमा आफ्ना जिजुबा-आमाको कुनै चिनो भेटाउन सफल हुनेछु, जुन उनीहरूले सय वर्षअघि छोडेर गएका थिए । मेरा जिजुबा मिहरान वनमा गहना बनाउँथे । यो अटोमन साम्राज्यको ठीक पूर्वी क्षेत्रमा अवस्थित थियो । जब आमहत्या सुरु भयो, तब उनले पत्नीसहित पहाडको बाटो भागे । अन्तमा उनीहरूले इरानमा शरण लिए । त्यहीं म जन्में, हुर्कें ।

आज वन एक विशाल सहर बनेको छ । जहाँ ट्राफिक र चम्किला साइनबोर्डका पसलहरू छन् । यद्यपि आर्मेनियाली मानिसको पुरानो क्वार्टर अझै देख्न सकिन्छ । साना-साना घर र पसलका अबसेस अझै देखिन्छन् । जहाँ मेरा जिजुबा-आमा काम गर्थे ।

यहाँ बाँकी रहेको कच्ची सडकमा म अगाडि बढ्छु । जहाँ अहिले घाँस उमि्रएको छ । मलाई विश्वास भइरहेको छैन कि म त्यहा हिँडिरहेकी छु, जहाँ मेरा जिजुबा-आमा हिँडेका थिए । हामीसँग वनका केही सीमित परिवारका केही सम्झनाका वस्तुहरू छन् । त्यसमा आर्मेनियाई सुनचाँदी संघको १९०८ मा लिइएको एउटा तस्बिर पनि छ । तस्बिरमा मिहरान पहिलो लाइनमा बसेका छन् । यसमा देखिएका व्यक्तिहरू सबैलाई हाँसीखुसी अवस्थामा देखिन्छ । उनीहरू त्यस त्रासदीबाट विल्कुलै अन्जान छन्, जसले सबैलाई निल्नेछ । मैले सहरको बीच भागमा रहेको सुन बजारमा त्यो तस्बिर लिएर गए । जसले त्यतिखेरको कुनै कालिगढबारे सुराक मिलोस् ।

त्यहाँ कुनै सुराक मिलेन । कुनै कथा पनि हात लागेन । आर्मेनियालीसँग कस्तो घटना घटेको थियो भन्ने थाहा पाएको कसैले बताएनन् । मेरो हतास मनस्थिति देखेर सघाइरहेका दोभाषेले भने, ‘यो सामूहिक विस्मृति हो ।’

अन्तमा एउटा गलैंचा पसलमा मेरो परिवारको अतीतसँग जोडिएको केही यस्तो कुरा फेला पर्‍यो । मेरो ध्यान ज्यामितीय डिजाइन भएको कम्बलको थुप्रोमा गयो । पसलेले बतायो, ‘यो सय वर्ष पुरानो हो ।’ उसका अनुसार ती कम्बल आर्मेनियाली मानिसले हातले बताएका थिए । उनीहरू हिँडेपछि तिनका घरबाट संकलन गरेर यहाँ ल्याइएको ती पसलेले बताए । मैले तीमध्ये एक कम्बल उठाए । मलाई लाग्यो मेरा जिजुबा-आमा यसलाई ओड्थे । यो त्यस बेलाको मेरो घरको निकै सानो तर बहुमूल्य सम्झना हो ।

रेग्जिनको कथा

जब म विश्वविद्यालय गए, एनातोलियाको बीचमा रहेको मेरो गृह जिल्ला एस्किसेहिरमा समृद्ध आर्मेनियाली इतिहास छ । यहाँ एक शताब्दी पहिले करिब ५ हजार आर्मेनियाली बस्थे भन्ने सुनेर मलाई अचम्म लाग्यो । मलाई लाग्थ्यो एस्किसेहिरबारे म राम्रोसँग जान्दछु । तर मैले यसको हराएको अतीतबारे नयाँ जानकारी पाइरहेकी छु । म यस सहरको बीचमै रहेको एक भवन हेर्न गएँ । यसअघि म कैयौं पटक यसबारे ध्यानै नदिई हिँडेकी थिएँ । जतिखेर म यहाँ बस्थें, यहाँ एक सिनेमाघर थियो । जसमा वयस्क चलचित्र देखाइन्थ्यो ।

अहिले यो एक सांस्कृतिक केन्द्र बनेको छ । जब म इतिहासबारे जानकार एक स्थानीय केमाल याकुटसँग त्यहाँ पुगें, उनले मलाई बताए कि यहाँ सन् १९१५ ताका चर्च थियो । मैले खाली रहेका कुर्सीको लाइन देखेर त्यस चर्चमा त्यतिखेर आउने मानिसहरूका बारे सोच्न थालें । म ती अनुहार र तिनको साथ के भयो होला भनेर कल्पना गर्ने कोसिस गर्छु । केमाल याकुट मलाई बताउँछन्, ‘हाम्रो सहरमा आर्मेनियालीले पहिलो थिएटर बनाएका थिए ।’

S

उनीहरू बेकरी, छालाका कारखाना र गहनाका पसल चलाउँथे । उनीहरूलाई यस ठाउँ छाड्न बाध्य बनाएपछि स्थानीय बासिन्दाले उनीहरूको व्यवसाय सस्तोमा किने । धेरैजसो आर्मेनियाली एस्किसेहिरमा रेलवे लाइन बनाउन आएका थिए । सबैभन्दा दुःखद् कुरा के भने त्यही रेलवे उनीहरूलाई बाहिर पठाउनका लागि प्रयोग गरियो । मैले कल्पना गरें, यदि आर्मेनियाई यहाँ अझै बसिरहेका भए यो सहर कस्तो हुन्थ्यो होला ? यही हुर्केर आर्मेनियाली साथीहरूसँग रहँदा कस्तो लाग्थ्यो होला ? यो यात्रा मेरा लागि एउटा नयाँ जानकारीले भरिएको थियो । अब म एस्किसेहिरलाई छुट्टै नजरले हेर्छु ।

जब म सडकमा गाडी गुडिरहेको, ट्रेनको सिटी सुन्छु, म ती आर्मेनियाली आत्माहरूको महसुस गर्छु । जो यहाँ रहन्थे ।

प्रकाशित मिति: २०७२ वैशाख १२ ०८:३५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s