ढुक्क हुनुस्, यसकारण नेपालमा अब ठूलो भुइचालो जादैन

ढुक्क हुनुस्, यसकारण नेपालमा अब ठूलो भुइचालो जादैन

हालसम्म संसारमा सर्वाधक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको विनाशकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो ।
अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउ“छ र कति क्षमताको आउ“छ भन्ने कुरा संसारमा मै हु“ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउ“छ । पहिला पूर्वसंकेतका रूपमा सानो आउ“छ । त्यसको झड्का महसुस गर्न सकि“दैन ।
डा. दीपकराज भाट
भूकम्प के हो ?
भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा ७ वटा मुख्य प्लेट हुन्छन् । सातैवटा प्लेट स“गै हिंडिरहेका हुन्छन् । जब तिनीहरू एक–आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो ३ थरीको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमिमाथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमिसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमिसम्मकोलाई डिप भनिन्छ ।
बढी क्षति गर्ने ३० किमिसम्मकोले हो । नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्प स्यालो हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यति नै बढी असर गर्छ । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेन्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने २ फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेन्टल र भर्टिकल वेमा जान्छ । तर, कहिलेकाही“ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ, नेपालमा अहिले भएको त्यही हो ।
भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर, हामीले पत्तो पाउ“दैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरि“दैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।
स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वसनीय हु“दैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ ।
हालसम्म संसारमा सर्वाधक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको विनाशकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इन्डोनेसियामा ९.३ र जापानमा सन् २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम संवत् १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ । ९० सालपछि अहिलेको भूकम्प सबैभन्दा ठूलो हो । यसलाई रिटर्न पिरियड भनिन्छ ।

भूकम्पको भविष्यवाणी हुदैन
अहिलेसम्म संसारमा भूकम्पको भविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकि“दैन । सिद्धान्ततः विज्ञानले भविष्यवाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यवाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन ।
सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरू एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाईवस्तु करायो भने भूकम्प आउन लागेको अनुमान गरिन्छ । तर, विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रूपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनै बेला संयोग परेको भए बेग्लै कुरा हो ।
अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउ“छ र कति क्षमताको आउ“छ भन्ने कुरा संसारमा मै हु“ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउ“छ । पहिला पूर्वसंकेतका रूपमा सानो आउ“छ । त्यसको झड्का महसुस गर्न सकि“दैन ।
दोस्रो चरणमा आउने मुख्य झड्का हो । शनिबार आएको ७.६ रेक्टर स्केलको भूकम्प मुख्य झड्का थियो । त्यसपछि आउने सहायक भूकम्प हो । अहिले पटकपटक आइरहेको भूकम्प सहायक भूकम्प हो । यसलाई आफ्टर सक भनिन्छ । मुख्य धक्का महसुस भएको ७२ घण्टासम्म सहायक धक्का आइरहन सक्छन् । तर, एउटा कुरा के पक्का हो भने सहायक धक्का मुख्य धक्का जत्रो वा त्यो भन्दा ठूलो कहिल्यै आएको पनि छैन र आउन पनि सक्दैन ।
मैले भूकम्प विषयमा जापानबाट पिएचडी गरेको छु । मेरो अध्ययनका आधारमा शतप्रतिशत दाबीका साथ भन्न सक्छु कि अब ७. ६ रेक्टर स्केल वा त्योभन्दा बढी क्षमताको भूकम्प आउ“दैन । अहिले क्रमसः भूकम्पको संख्या र क्षमता घट्दै गएको छ । भएको त्यही नै हो । अब आउने भूकम्पले त्यति क्षति पनि गर्न सक्दैन । तर, सुरुवाती झड्काले कमजोर भएका भौतिक संरचना भत्किन सक्छन् ।
धेरै नै क्षति भएको घरमा नबस्नु ठीकै हो । तर, सामान्य क्षति पुगेको घर छ भने मज्जाले घरमै सुते केही फरक पर्दैन । किनभने भूकम्प आफैंले मानिस मार्दैन । भूकम्प जा“दा भत्किने मानव निर्मित भौतिक संरचनाले गर्दा मानिसको ज्यान जाने हो । बरु सचेत केमा हुन जरुरी छ भने स्वास्थ्यका बारेमा । मरेका मानिसका शवहरू अझै घटनास्थल वा अस्पतालहरूमा बेवारिसे अवस्थामा छन् ।
तिनीहरू गन्हाउन थालेका छन् । हजारौं मानिस घरबाहिर बस्दा वातावरण प्रदूषित भएको छ । मानिसहरूमा रुघा, खोकी, ज्वरो, निमोनियाँजस्ता रोगका संक्रमण फैलन सक्छ ।

नेपालमा ज्वालामुखी विस्फोट हु“दैन, काठमाण्डु भासि“दैन
नेपालमा ज्वालामुखी विस्फोट हु“दैछ भन्ने हल्ला चलाइएको छ । त्यसको सम्भावना शून्य प्रतिशत मात्र छ । ज्वालामुखी विस्फोट र सुनामी सामुन्द्रिक मुलुकहरूमा मात्र हुने घटना हुन् । हाम्रोजस्तो पहाडी मुलुकमा त्यस्तो हुनै सक्दैन । नेपाल ७२ देखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइ भएको मुलुक हो । यति उचाई भएको स्थानमा ज्वालामुखी विस्फोट हु“दैन ।
यी सबै हावा कुरा हुन् । खास गरी विदेशमा बसेका नेपालीले त्यस्तो हल्ला चलाइरहेका छन् । इन्डोनेसिया र चिलीमा गएको भूकम्पको दृश्य मिक्स गरेर युट्युबमा अपलोड गर्ने र नेपालमा पनि यस्तै हु“दैछ भन्ने हल्ला फि“जाएको पनि देखियो । मेरो बिनम्र अनुरोध छ, कृपया ती सबै निरनधार हल्ला हुन् । हल्लाका पछि दर्गुन जरुरी छैन । संसारमा ज्वालामुखी विस्फोटनको अधिक खतरा रहेका मुलुक अमेरिका, इन्डोनेसिया र ब्राजिल हुन् ।
अर्को हल्ला काठमाण्डु भासि“दैछ भन्ने पनि चलेको छ । त्यो पनि हावादारी नै हो । भूकम्कले केही मिटर जमिन भासिन सक्छ । जस्तो सातदोबाटो, अन्तर्राष्ट्यि विमानस्थल आसपास, सल्लाघारी कोटेश्वर सडक खण्डमा केही जमिन भासिएको छ । भासियो भने कतैकतै त्यति नै भासिएला । तर त्यो भन्दा तल सबका सब काठमाण्डु भासिन्छ भन्ने निराधार हल्ला हो ।
(जापानबाट भूकम्प विषयमा विद्यावारिधि गरेका लेखक त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुलचोक क्याम्पसका प्राध्यापक हुन् ।)
साभार ः काठमाडौं टुडे

Source :http://np.karobardaily.com/2015/04/51862/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s