बुद्ध र उनका सन्देश-720121

सन्दर्भ : २५५९औँ बुद्धजयन्तीबुद्ध र उनका सन्देश
महाभूकम्पले सिकाएको पाठबौद्ध धर्मका प्रवर्तक भगवान् गौतम बुद्ध राजा शुद्धोधनका एक मात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा इसापूर्व ५६३ वर्षपहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका राजकुमार थिए । यिनको विलक्षण प्रतिभाशाली व्यक्तित्व थियो । यिनी गरिबलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने चिन्तन–मनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराले सन्न्यासी रूप धारणा गर्ने सम्भावना देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी राजकुमारीसँग विवाह गरिदिए । विवाहपछि यिनले १० वर्षसम्म घर व्यवहारमा गृहस्थीका रूपमा जीवन बिताए ।

एकपटक बिरामी, वृद्धवृद्धा र लास देखेर चिन्ताले यिनको मनमा ठूलो चिसो पस्यो । यी दृश्य देख्दा मानिस किन यस्तो झन्झटमा फस्छन्, योभन्दा त सन्न्यासी हुनु नै राम्रो हो भन्ने भाव उनको मनमा जाग्यो ।

विवाहपछि सिद्धार्थका एक छोरा जन्मिए । छोराको जन्मपछि सन्तानको माया र मोहको जालोमा फसिएला भनेर एक दिन मध्यरातमा उनी दरबार छाडेर ज्ञानको खोजीमा हिँडे । त्यसपछि उनी सांसारिक मायामोह त्यागेर धुम्दै फिर्दै बोधगया भन्ने ठाउँमा पुगे । उनले यसै स्थानको एक बोधिवृक्षमुनि बसेर ६ वर्षसम्म कठोर तपस्या गरे । तपस्याकै क्रममा उनलाई बोधिज्ञान प्राप्त भयो । त्यसपछि उनी आफूले प्राप्त गरेको ज्ञान सबैलाई सुनाउन हिँडे । यसै वेलादेखि यिनी गौतम बुद्धको नामले प्रख्यात भए । यसवेला उनको उमेर ३७ वर्षको थियो । आफूले प्राप्त गरेको ज्ञानलाई संसारभरि फैलाउन मानव वर्गमा रहेको दु:ख तथा वेदना हटाउन आफ्नो ज्ञानको प्रचार प्रसार गर्दै हिँडे ।

वर्तमान नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहाँ बौद्ध धर्मावलम्बीको गौरवगाथाले आज पनि समाजलाई उत्तिकै सद्प्रेरणा दिएको छ । शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा छ, त्यसैगरी बौद्ध संस्कृति पनि उत्तिकै महान् छ । भगवान् बुद्धले कुशिनगरमा ८० वर्षको उमेरमा आफ्नो शरीर छाडेर गए ।

शान्तिका अग्रदूत भगवान्् बुद्ध भन्नुहुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ । राम्रो काम गर्न नै मानिसको जन्म भएको हो । अन्यथा पशुपक्षीको जीवन र मानिसको जीवन के नै फरक हुन्छ र ? मानिसलाई ईश्वरले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो ।’ भगवान् बुद्धको जीवनसित सम्बन्धित चार धाम–लुम्बिनी, बोधगया, सारनाथ र कुशिनगर प्रसिद्ध छन् ।

जगत्को कल्याण एवं सुख प्राप्ति अहिंसाबाट मात्र सम्भव छ । संयमको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे पनि अन्तत: त्यसको फल कष्टप्रद नै हुन्छ । सत्य नै भगवान् हो, यो नै कीर्तिको मूलद्वार र स्वर्ग प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अत: अहिंसा र संयमको अर्थ नै धर्म हो । ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु जस्ता बुद्धवाणी आज पनि समाजका लागि उत्तिकै सान्दर्भिक लाग्छन् ।

प्रत्येक साल वैशाख पूर्णिमालाई बुद्ध जयन्तीका रूपमा मनाइँदै आएको छ । यस साल २५५९औँ बुद्धजयन्ती आज भव्यतासाथ मनाउन बौद्धमार्गीलगायत सम्पूर्ण हिन्दू धर्मावलम्बीसमेत लालायित छन् । तर, यस वर्षको महाभूकम्पको पीडाले सर्वत्र त्रास, कोलाहल र रुवावासी छ । यस्तोमा भगवान् बुद्धले देखाएको बाटो सबैका लागि कल्याणकारक हुन सक्छ, आजको दिनलाई मूलत: भगवान्् बुद्धको जन्म र महापरिनिर्वाण प्राप्त गरेको स्मृतिमा बुद्धजयन्ती भन्ने गरिन्छ । यस धर्तीमा बुद्ध जस्ता महापुरुषको जन्म बिरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन, हिंसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाज स्थापनाका लागि त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराएका छन् । त्यसकारण विश्वलाई शान्ति र अहिंसाको बाटो देखाउने एक महामानवको सधैँ सम्झना गर्ने प्रण गरौँ । गौतम बुद्धका सन्देशले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए, तर मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिँदै गइरहेझैँ लाग्छ । अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि बुद्धले प्रस्तुत गरेका विचार वर्तमान समस्या समाधानका निम्ति अचुक मन्त्र बन्न सक्छन् । तर, तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिनु हुँदैन ।

विश्वनाथ खरेल, नयाँ बानेश्वर, काठमाडौं

Source : http://www.enayapatrika.com/2015/05/4533

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s