स्वाइनफ्लुको बढ्दो त्रास – 720105

bishwonath-kharel(विश्वनाथ खरेल) भर्खरै मात्र जाजरकोटमा फैलिएको महामारीमा गत शुक्रबारसम्म २१ जनाको ज्यान गइसकेको छ। गत बुधबारसम्म मृत्युभएका १२ जनामध्ये ५ जनामा स्वाइनफ्लु देखिएको पुष्टि भएको छ। यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने देशभर नफैलेला भन्न सकिने अवस्था छैन। इन्फ्लुएन्जा ए (एचवान् एनवान्) पीडीएम २००९ एक रुघाखोकीजस्तो देखिने प्राणघातक भाइरस हो। यसले श्वासप्रश्वास प्रणालीलाई प्रमुखरूपमा प्रभाव पार्ने गर्दछ। यो भाइरस पहिलो पटक सन् २००९ मा मेक्सिकोमा देखा परेको थियो भने अमेरिकामा यसको निदानबारे प्रचुर अध्ययन भएको थियो। अध्ययनको क्रममा यो भाइरसको जीनको प्रकृति सुँगुरमा देखिएको इन्फ्लुएन्जाको धेरै जीनहरू सँग मिल्दोजुल्दो भएकोले स्वाइन फ्लु वा सुँगुरबाट उत्पत्ति हुने इन्फ्लुएन्जा भाइरस भनिएको थियो। त्यस यता यो भाइरससलाई सर्वसाधारले स्वाइन फ्लुको नामले चित्रे गर्दछन्। यस भाइरसले सन् २००९ मा ठूलो महामारीको रूप लिएकोले सर्वसाधारण अहिले पनि संवेदनशील भएको तथा बढी चासो लिएको देखिन्छ।
त्यसो त एच ३ सबटाइप इन्फ्लुएन्जाले हाल ताइवान र हङकङजस्ता देशमा संक्रमितको ज्यान लिईरहेको छ भने इन्फ्लुएन्जा ’बी’ ले पनि बिरामीमा कडा लक्षणहरू देखाएको देखिन्छ। भारतबाट आएका बिरामीहरूमा इन्फ्लुएन्जा ‘बी’ पनि देखा पर्दै गरेकोले इन्फ्लुएन्जाका सबै बिरामीहरूमा स्वाइन फ्लु मात्र हुन्छ भनेर बुझ्नु हुदैन। यसलाई एजेन्सीहरूका अनुसार विभित्र खाले भाइरसहरूबाट हुने यो स्वाइन इनफ्लुन्जा, पिग इन्फ्लुन्जा, होग फ्लु र पिग फ्लुको नामले पनि चिनिन्छ। कहिलेकाहीँ सुँगुरबाट मानवमा यसको भाइरस सर्छ। सन् २०१० को अगस्टमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आधिकारिक रूपमा यसलाई महामारी घोषणा गरेको थियो। सन् १९१८ मा मान्छेमा देखिएको यो रोगबाट अहिलेसम्म विश्वभर ५ करोडदेखि २० करोडसम्म मान्छेको मृत्यु भइसकेको अनुमान गरिएको छ। यसबाट अमेरिका, पmिलिपिन्स र उत्तरी आयरल्यान्ड पनि नराम्ररी प्रभावित भइसकेको छ।
बीबीसीले दिएको एक जानकारी अनुसार गत फाल्गुन १९ गतेसम्ममा भारतमा स्वाइन फ्लुको प्रकोप नियन्त्रण हुन सकिरहेको छैन। त्यहाँ यसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ। राज्य सरकारले त्यहाँको सबैभन्दा ठूलो नगर अहमदाबाद, भावनगर र राजकोटमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ। त्यहाँ यस वर्षको सुरुदेखि उक्त रोगबाट २ सय ७४ बढीको मृत्यु भइसकेको र ४ हजार ६ सय १४ संक्रमित भइसकेका छन्। त्यहाँ स्थानीय प्रशासनले बिहे र अन्तिम संस्कारजस्ता सार्वजनिक भेला गर्दा पूर्वअनुमति लिनुपर्ने, सहभागी हुने सबैका लागि ’मास्क’, सरसफाइ तथा पानीको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ। गुजरातकै छिमेकी राजस्थानमा संक्रमणपछि २ सय ४५ र महाराष्ट्रमा १ सय ४३ को मृत्यु भइसकेको छ। यस वर्षको सुरुदेखि हालसम्म भारतभर उक्त फ्लुबाट हजारभन्दा बढीको मृत्यु भएको छ भने १५ हजार संक्रमित भएका छन्। ठूलो संख्यामा स्वास्थ्यकर्मी पनि यसको चपेटामा परेका छन्। थोरै जोखिम र लापरबाहीले यहाँ पनि भयावह स्थिति उत्पत्र हुनसक्ने संकेत देखिएको छ। १५ हजारभन्दा बढी यसबाट संक्रमित छन्। त्यस्तै गरी महाराष्ट्रमा उक्त फ्लुबाट १ सय ४३ को मृत्यु भएको छ। तीमध्ये १२ जनाको गत फागुन १७ गतेसम्म मृत्यु भएको थियो। त्यहाँका मुख्यमन्त्री देवेन्द्र फडनविसले सम्पूर्ण निजी र जिल्ला अस्पताललाई उक्त रोगको निःशुल्क उपचार गर्न आदेश दिएको छ। यसको उपचारपछि रोगीको हेरचाहको खर्च पनि राज्य सरकारले बेहोर्ने भएको छ।
दम, मधुमेह, मुटु, कलेजो र स्नायुसम्बन्धी रोगबाट ग्रस्तलाई यसको बढी खतरा भएको विज्ञहरूले भनिसकेका छन्। श्वास¬प्रश्वासको माध्यमले सर्ने यो रोग प्रतिरोधक क्षमता कम भएकाहरूमा चाँडो सर्छ। प्रदूषित वातावरणमा बस्नुपर्ने बाध्यताले त्यसै पनि हाम्रो जीवनशैली त्यति स्वस्थकर छैन। गर्भवती महिला, वृद्धवृद्धा, शिशु र कमजोर शारीरिक अवस्था भएकालाई झनै जोखिमपूर्ण सूचीमा राखिएको छ। तर यस भाइरसबाट हुनसक्ने महामारीलाई भने नजर अन्दाज गर्नु हुदैन र सर्तकताको आवश्यकता देखिन्छ। किनभने हालको स्वाइनफ्लुको महामारीले भारतमा ठुलो जनधनको क्षति गरिसकेको छ र गरिरहेको छ। हाम्रो देशको कुरा गर्ने हो भने पनि सबै नाकाहरू खुला भएको कारणले गर्दा सोहि प्रकृतिको स्वास्थ्य संकट आउँदैन भनेर ढुक्क हुने कुनै बलियो आधार देखिदैन।
यस्तो किसिमको संक्रमणमा सर्तकताको बढी आवश्यकता देखिन्छ। त्यसको लागि आवश्यक सरुवा रोग विशेषज्ञहरू तथा पूर्वाधारहरू तयारी हालतमा हुन आवश्यक हुन्छ। यसको उपचार साधारण लक्षणको आधारमा गर्ने गरिएता पनि तामिफ्लु नामक एन्टी भाइरल औषधीको प्रभाव स्वाइन फ्लुविरुद्ध प्रभावकारी देखिएको छ। यो भाइरस लागेको ४८ घण्टा भित्र प्रयोग गरे तामिफ्लु अझ प्रभावकारी हुने गर्दछ। यो औषधी निदान भएपछि मात्र दिने गर्दछ। हाल इपिडेमियोलोजी महाशाखाले मात्र यो औषधी वितरण गर्ने गरेको छ। यो भाइरल विरुद्धको खोपको विकास भैसकेको भएता पनि यो नेपाल उपलब्ध छ वा छैन भत्रेमा सम्बन्धित निकायले जानकारी गराएको देखिदैन।
यसैले सर्वसाधारण जनता स्वयं सजग भएर उपचार र सावधानीका उपाय अपनाउनु पर्ने देखिएको छ। रोगको लक्षण र संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा व्यापक प्रचारप्रसार गरेमा धेरैलाई रोग सर्नबाटै जोगाउन सकिनेछ। यसैले सरकारले तत्काल घना आवादी भएका र भारतसँग सीमा जोडिएका क्षेत्रमा प्रचार अभियान नै चलाउनुपर्छ। साधरणतया धेरै व्यक्तिहरू रोगले कडा रूप नलिएसम्म पसलमा गई आफै औषधी प्रयोग गर्ने प्रचलन रहेको तथा आफ्नो दैनिक क्रियाकलापलाई निरन्तरता दिने भएकोले सो समय र अवस्थामा संक्रमित व्यक्तिहरूले अरु स्वस्थ व्यक्तिहरूमा भाइरस सारिरहेका हुन सक्छन्। जे होस्, जाजरकोटमा देखिएको महामारी नियन्त्रणमा सरकार लागिपरेको देखिन्छ। त्यहाँ पर्याप्त मात्रामा चिकित्साकर्मी पुगिसकेको र झन्डै २ हजार जनाको स्वास्थ्यपरीक्षण भइसकेको समाचार प्रकाशमा आएकाले आशा गरौं स्वाइनफ्लु नै भए पनि बेलैमा नियन्त्रण हुनेछ।

Source : http://www.newsofnepal.com/new/bichar/2015/04/87616

Published Date: April 19, 2015

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s