पानीमाथि लगानी बढाउनुपर्नेे खाँचो – 711209

पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । स्वच्छ र सुरक्षित खानेपानीको अभावमा बाँचेका नेपाली ग्रामीण जनतालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने सरकारको योजना पनि छ, तर अझै पनि लाखौं जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन् ।
विश्वनाथ खरेल
पानीले पृथ्वीको सतहको ७० प्रतिशत भाग ओगटेको छ । पृथ्वीको कुल परिमाण पानीको ०.००३ प्रतिशत अर्थात् १ हजार भागको ३ भाग पानी प्रयोग गर्न योग्य छ । प्रयोग गर्न योग्य पानीको ९७ प्रतिशत समुद्रमा छ, जुन नुनिलो भएकाले पिउने कुरै भएन । बाँकी ३ प्रतिशत पानीको ९७ प्रतिशत पानी पृथ्वीका दुई ध्रुवमा जमेको र जमिनमुनि छ । यसरी संसारको सफा पानी जनसंख्याका आधारमा बाँडफाँड गर्ने हो भने प्रतिव्यक्ति ७ हजार घनमिटर पानी प्रतिदिन पाउनुपर्ने हुन्छ । विश्वमा नै खानेपानीको माग दिनहँु बढ्दै गएको छ । वनविनाशले गर्दा स्वच्छ खानेपानीका मुहानहरू सुक्दै गएका छन् । त्यस्तैगरी बढ्दो जनसंख्याले गर्दा तीव्र रूपमा सहरीकरण, औद्योगीकरण आदिका कारण स्वच्छ पानीको माग एकातिर बढ्दै गएको छ भने अर्कातिर उद्योग, कलकारखाना तथा सहरी क्षेत्रबाट निस्कने फोहोर तथा रासायनिक पदार्थले स्वच्छ पानीको प्रमुख स्रोतका रूपमा रहेका नदीहरू प्रदूषित हँुदैछन् । पानीको प्रचुर आपूर्ति वर्तमान तथा भविष्य दुवै दृष्टिकोणले सोचिनु अनिवार्य छ ।
बढ्दो जनसंख्याका कारण पनि पानीको संकट थपिएको छ । हाल विश्वको जनसंख्या ७ अर्ब नाघिसकेको छ र सन् २०२५ सम्ममा ८ अर्ब ५० करोडभन्दा बढी हुने अनुमान छ । यसमा पनि विकासशील देशको जनसंख्या वृद्धिदर २.१ प्रतिशत छ र हाम्रा सहरहरूको फैलावट दर ३.५ प्रतिशत छ । सहरी क्षेत्रमा अनधिकृत बसोबासको दर बढेर ७ प्रतिशत पुगेको छ । सन् २०१५ सम्म एसियाका हरेक उपभोक्ताले हालकोे भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति आउने अनुमान छ । वासिङ्टनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय ओडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । पानी समस्यालाई तात्कालिक लाभ र राजनीतिक सिमानाभित्रको समस्याका रूपमा मात्र हेरिएमा प्रतिफल अत्यन्त भयावह ठहरिने निष्कर्ष उसको छ । जलको लागत उपभोक्ताबाटै उठाउने, कृषिका लागि पानी कम भर पर्ने प्राविधिको विकास गर्ने, सहरी क्षेत्रका निवासीहरूले पानीको खपत कम हुन सक्ने खालका सामग्रीहरू प्रयोग गर्ने, मुहानमै प्रदूषण रोक्नेजस्ता कार्यमा हाल सबैको ध्यान जानु नितान्त आवश्यक भएको छ ।
नेपाल भौगोलिक रूपमा सानो भए पनि जलभण्डारमा विश्वमा ब्राजिलपछि यसले दोस्रो अर्थात् एसिया महादेशमा प्रथम स्थान ओगटेको छ । अपार जलस्रोतको भण्डारले भरिभराउ भएकाले आर्थिक दृष्टिले ‘सेतो सुन’ को देश पनि भनिन्छ । यसलाई उपयोगमा ल्याउनका लागि बृहत् धनराशिको आवश्यकता पर्छ भने अर्कातिर जसको परिपूर्तिका लागि मित्रराष्ट्रहरूको सहयोग र सद्भावनाको खाँचो आवश्यक छ । मुलुकको आर्थिक उन्नति घनिष्ठ रूपमा जलस्रोतसँग गाँसिएको छ । देशको भाग्यरेखा कोर्ने हो भने जबसम्म जलविद्युत्को चौतर्फी विकास हुन सक्दैन तबसम्म नेपालको भाग्यरेखा चम्कन सक्दैन । देशका बग्ने ६ हजारभन्दा बढी खोलानालाहरूको कुल लम्बाइ ४५ हजार किलोमिटर छ, जसबाट वार्षिक २०२ अर्ब घनमिटर पानी बगेर विदेशतिर जान्छ । यसलाई सही अर्थमा उपयोग गरेको खण्डमा ६०–८० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नुको साथै ८३ हजार मेगावाट क्षमतामा जलविद्युत् शक्ति उत्पादन गर्न सक्ने प्रबल सम्भावना छ । यद्यपि त्यसको उत्पादनका निम्ति आवश्यक पर्ने जनशक्ति, प्राविधिक ज्ञान र क्षमता तथा लगानीका निम्ति आवश्यक पर्ने रकमको अभावका कारण विद्युत् उत्पादन ज्यादै कम छ । यसरी राष्ट्रमा विद्यमान जलस्रोतको अथाह भण्डार भए पनि यसलाई उपयोगमा ल्याउन सकिएको छैन । १०–१५ वर्षपछि आउने विकरालपूर्ण समस्याका लागि आजै नजुटेमा त्यो समस्याले उग्र रूप नलेला भन्न सकिन्न ।
पानी प्रचुर मात्रामा उपलब्ध गराउने मात्र होइन, स्वच्छ पानीलाई घरको धारासम्मै प्रदूषणरहित ढंगले पु¥याउन धेरै धनराशिकोे आवश्यकता पर्छ । त्यसका लागि ठूलो योजनाको आवश्यक पर्छ । कोड्कु तथा मेलम्ची आयोजनाजस्ता योजनाले मात्र उपत्यकाका जनतालाई तिर्खा मेटाउन सफल हुन जाने कुरालाई नकार्न सकिन्न । हाल उपत्यकामा प्रतिदिन करिब ३५ करोड लिटर पानीको आवश्यकता महसुस गरिएको छ । वर्षायापमा नै प्रतिदिन १५ करोड लिटरमात्र पानी उत्पादन गर्ने क्षमता भएको पाइन्छ । त्यसमा पनि सुख्खायाममा पानीको उत्पादन घटेर ७–८ करोड लिटरमात्र भएको तथा उपत्यकामा प्रत्येक वर्ष ५०÷६० हजारभन्दा बढी जनसंख्या वृद्धिको कारणले बर्सेनि अन्दाजी ९० करोड लिटर पानीको माग बढ्दै गइरहेको अनुमान छ । यसबाट हालको पानी वितरण कार्य झन् जटिल हुन पुगेको छ । यसरी वितरण कार्यमा करिब ४० प्रतिशत चुहावट भएको पाइएको छ । यसरी खानेपानी आपूर्ति मेलम्ची खानेपानी विकास समितिले सन् २०१७÷१८ सम्ममा मेलम्चीको पानी काठमाडौंमा ल्याउन सकिने धारणा व्यक्त गरेको छ । यस्ता किसिमका आश्वासन बारम्बार दोहरिने गरेका छन्, जसबाट जनता निराश हुन पुगेका छन् ।
पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । स्वच्छ र सुरक्षित खानेपानीको अभावमा बाँचेका नेपाली ग्रामीण जनतालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने सरकारको योजना पनि छ, तर अझै पनि लाखौं जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिबाट देशको ७४ जिल्लामा सम्पन्न भएका २ हजार ३ सय ६५ आयोजनाबाट १८ लाख ४० हजार ८ सय ९२ जनता प्रत्यक्ष लाभान्वित भएका छन् । सन् २०१० सम्ममा ग्रामीण क्षेत्रमा आधारभूत खानेपानीको सुविधा ७८ प्रतिशत र सरसफाइको सुविधा ३७ प्रतिशत जनताले प्राप्त गरेका छन् ।
सन् २०१५ भित्रमा सरकारको सहस्राब्दी विकास लक्ष्यअनुरूप ७२ प्रतिशत जनतालाई सुरक्षित खानेपानी तथा ५२ प्रतिशत जनतालाई सरसफाइको सुविधा प्रदान गर्ने लक्ष्य रहेकोमा यो समितिले खानेपानी क्षेत्रमा ३० प्रतिशत र सरसफाइ क्षेत्रमा २१ प्रतिशत योगदान गर्ने प्रक्षेपण गरेको छ । सरकारको खानेपानी तथा सरसफाइ क्षेत्रको २० वर्षे दीर्घकालीन योजनाअनुसार नेपाली जनतालाई सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सन् १९७० मा नेपालमा ६ प्रतिशत जनताले मात्र आधारभूत खानेपानीको सुविधा पाएका थिए । तर, सरकारी लगानी बढ्ने क्रमसँगै सन् १९९० को दशकमा आइपुग्दा आधारभूत खानेपानीको सुविधा प्राप्त गर्नेको प्रतिशत करिब ३४ प्रतिशत पुग्यो । सन् २०१० मा आइपुग्दा ८०.४ प्रतिशत पुग्यो भने सरसफाइ सुविधाबाट ४३ प्रतिशत जनता लाभान्वित भए । ग्रामीण क्षेत्रलाई मध्यनजर गर्दा सो प्रतिशत ७८ र ३४ मात्र रहेको राष्ट्रिय तथ्यांकले देखाउँछ ।
स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ । अतः पानीको वास्तविक व्यवस्थापन गरी सबै उपभोक्तालाई सरल र सुलभ किसिमले पानी वितरण गरिनुपर्ने सम्बन्धमा हाल जे–जस्ता विश्वव्यापी समस्याहरू देखा परिरहेका छन्, तिनको समाधान हुनु आवश्यक छ, सबैका लागि स्वस्थ र स्वच्छ पानी उपलब्ध हुनुपर्ने मानवको नैसर्गिक अधिकार पनि हो । त्यसैले केवल दिवस मनाउने मात्र होइन, यस्तो बेला आफ्नो कामको मूल्यांकन कमजोरीका उपायहरू केलाई खाली पानी मात्र होइन, स्वच्छ पानी उपलब्ध गराउने प्रण गर्नु सम्बन्धित निकायको जिम्मेवारी तथा दायित्व नै हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s