दैनिक जीवनमा पानीको आवश्यकता – 711209

Source : http://www.aarthikdainik.com.np/news_details/12914/-.html

विश्वनाथ खरेल ,
पानी मानव जीवनका लागि नभई नहुने एक महत्वपूर्ण तरल पदार्थ हो । जसरी पृथ्वीको ७० प्रतिशत भू–भाग पानीले ओगटेको छ त्यसरी नै मानिसको शरीरमा पनि ७० प्रतिशतभन्दा बढी पानी रहेको अनुमान छ । स्वस्थ रहनका लागि एक व्यक्तिले दिनमा चारदेखि छ लिटरसम्म सफा पानी पिउनुपर्छ । जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी क्षेत्रको विकासको लागि विगत योेजनाहरुदेखि नै प्राथमिकताक्रमको आधारमा कार्यक्रमहरु संचालन हँुदै आइरहेका छन् । प्रत्येक साल मार्च २२ तारिखका दिनलाई विश्व पानी दिवसको रुपमा मनाइँदै आएको छ । यस साल २२औं विश्व पानी दिवसको अवसरमा नेपालले भने स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले २०७१ मनाएको छ । जलसप्ताह आयोजक समितिले स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउँदै यसको दिगो व्यवस्थापनका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाहरुका बारेमा सचेतना फैलाएको छ । स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ ।
विश्वको कुल भागमध्ये १३ करोड ४ लाख ४० हजार वर्गमाइल पानीले ओगटेको अनुमान छ । विभिन्न देशमा खानेपानीको समस्या आ–आफ्नै किसिमले चर्किंदै गइरहेको छ । विश्वका प्रमुख सहरहरु र केही औद्योगिक राष्ट्रहरुको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दो रुपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायहरुलाई एकातिर फोहोरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कोतिर पानीको आपूर्तिमा पनि दिन प्रतिदिन माग बढिरहेको छ । जसमा मानव तथा सम्पूर्ण चराचरलाई नभई नहुने जल नै हो । त्यस्तै गरी सन् २०१५ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति सम्बन्धित विशेषज्ञहरुको रहेको छ । यसै क्रममा वासिंटनस्थित प्राकृतिक स्रोत संचयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नेपाल पनि अपार जलस्रोतको भण्डारले भरिभराउ भएता पनि कृषि विकास लगायत पिउने पानीको समेत अभाव दिन प्रतिदिन बढ्दै छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष २ सय ७० अर्ब क्यू.मि. पानी बगेर विदेशिने गरेता पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्नसकिने संभावनालाई मूर्तरुप दिन सकिएको छैन । अतः देशमा विद्यमान साधन र स्रोतलाई सहीरुपमा परिचालन तथा सम्वद्र्धन गर्नसकेमा सबै पानीका उपभोक्ताहरुको मागमा सुधार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव र बढ्दो जनसंख्या र सहरीकरणको कारणले गर्दा जलको आपूर्तिमा समस्या झेल्नुपरिरहेको सर्वविदितै छ ।
काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार, ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ । जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार, जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ ।
राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ । यसरी प्रत्येक वर्ष मागमा दश प्रतिशतका हिसाबले वृद्धि हुने कुरा उपत्यका खानेपानी लिमिटेडको छ । यहाँ वर्षायाममा १५ करोड लिटर भएता पनि १० करोड लिटरमात्र पानी आपूर्ति भएको कुरा सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ । जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गई सवा दुई करोड लिटर जति मात्र पर्न आउँछ । काठमाडौंमा रहेका रिजभ्र्यायरहरुमध्ये सबैभन्दा बढी चाबहिल रिजभ्र्यायरहरुको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट ८ लाख लिटर रहेको छ । काठमाडौंमा प्रत्येक वर्ष ४÷५ हजार नयाँ धाराहरु थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाहरुको प्रतीक्षामा नै लालयित रहेका छन् ।
समग्रमा भन्नुपर्दा बढ्दो जनभारले गर्दा हराभरा भएका वनजंगलहरुको नाश एकातिर हुँदै छ भने अर्कोतिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । देशको राजधानी काठमाडौं उपत्यका आसपासमा पुग्दो पानीको स्रोत नभएको र दिनदिनै बढिरहेको राजधानीको जनसंख्याको चापले यहाँ अहिले खानेपानीको समस्या चुलिँदै गएको बताइएको छ । उपत्यकामा खानेपानी बाँडफाँटको जिम्मेवारी लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार राजधानीमा दैनिक करिब ३५ करोड लिटर पानीको आवश्यकता छ । तर लिमिटेडले मुस्किलले १४ करोड लिटर मात्र खानेपानी आपूर्ति गर्नसकेको छ । बाँकी नपुग पानीका लागि उपभोक्ताहरूले विभिन्न स्रोतहरू अपनाउनुपर्ने बाध्यता छ । विश्वमा जलस्रोतको दोस्रो धनी देश नेपाल, त्यसमा पनि राजधानी सहरमै खानेपानीको यस्तो अवस्था आउनु पक्कै पनि दुःखदायी कुरा हो । सरकारले पनि खानेपानीजस्तो दैनिक आवश्यकताको समाधानको लागि ठोस कदम चाल्न नसक्नुलाई विडम्बना नै मान्नुपर्छ । हुन त सरकारले पहल नै नगरेको भने होइन ।
सन् १९९८ देखि मेलम्चीको पानी राजधानी ल्याउने अभिप्रायका साथ एउटा ठूलै महत्वाकांक्षी खानेपानी योजना सुरु भएको छ । जसका लागि सरकार र विभिन्न दातृनिकायहरूको सहयोगले अर्बौं रुपैयाँ यसमा खर्च पनि भइसकेको छ । तर अहिलेसम्म चौंथाइ काम मात्र सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाकै आधारमा हजारौं भ्रष्टहरूले आप्mनो झोला भर्ने गरेका कारण आयोजना समयमै पूरा हुन नसकेको पीडित उपभोक्ताहरूको आरोप छ । तैपनि २०७३ को वैशाख महिनासम्म मेलम्चीको पानी राजधानी ल्याइसक्ने सरकारी योजना छ । सरकारको यस्तो पाराले निर्धारित समयमा आयोजनाको काम नसकिने र अलपत्र हुने राजधानीबासीहरूको निष्कर्ष छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नसके यहाँबाट दैनिक करिब १७ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिनेछ । यतिले पनि धान्न मुस्किल पर्ने अवस्था आएको प्रष्ट देखिन्छ । विकसित देशहरुमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन जुन लगभग २० प्रतिशतदेखि ३० प्रतिशतसम्म भएको पाइन्छ । तर नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ । बदलिँदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ । यी समस्याहरुको समाधानको लागि वैकल्पिक उपायहरु अपनाउनुपर्ने हुन्छ । विश्वको ७ अर्ब जनसंख्यालाई दैनिक २५ लिटर प्रतिव्यक्ति हिसाब गर्दा एक खर्ब ७५ अर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गर्न सकिन्छ । त्यसैगरी हाम्रो देशको कुल जनसंख्यालाई हेर्ने हो भने दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ६६ करोड २३ लाख ६२ हजार ६ सय लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ

त्यस्तै गरी काठमाडौंमा प्रत्येक वर्ष बर्सात्मा तीन खर्ब ५० अर्ब लिटर पानी बाग्मती नदीमा बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ । त्यसलाई २५ प्रतिशतमात्र बचत गर्न सकेमा पनि हालको काठमाडौं दैनिक २२ करोड लिटरले एक वर्षभन्दा बढी समय पुग्नसक्ने अनुमान सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको रहेको छ । यदि दैनिक २२ करोड लिटरको हिसाबले प्रतिव्यक्ति प्रतिदिन ८८ लिटर पानी भागमा पर्न आउँछ । यसबाट के कुराको पुष्टि हुन्छ भने बर्सात्को पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा निकै ठूलो सहयोग मिल्दछ । यसको लागि सम्बन्धित निकायहरुले बेलैमा विचार पु¥याएर कार्य गरेको खण्डमा अवश्य पनि उपत्यकाबासीहरुको पानीको समस्याबाट मुक्त हुने कुरामा कसैको पनि दुईमत नहोला । यसलाई मध्यनजर राखेर सम्बन्धित निकायहरुले बेलैमा ठोस कदम चाल्नु ढिला भइसकेको छ । अतः बेलैमा  सचेत भई यसको स्रोत संरक्षण र सम्वद्र्धनमा उचित ध्यान पु

¥याउन सकेको खण्डमा भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s