मिर्गौला रोग कम गर्न, धूमपान र मध्यपान नगरौ तौल बढ्न नदिने, पानी बढी पिउने, १५ मिनेट बिहान हिँड्डु�

Wednesday, 13 March 2013 12:22:54

(सीवी अधिकारी) काठमाडौँ, ३० फागुन । तपाइँले मिर्गौला परीक्षण गराउनु भएको छ ? यो प्रश्न अब आफन्त र समाजलाई पनि सोध्नुहोस् । बाहिरबाट हेर्दा स्वस्थ्य देखिने तर भित्रभित्रै मिर्गौलाको जोखिममा तपाईं पनि पर्नुभएको हुन सक्छ ।याद गर्नुस् ग्रामीण भेगका अशिक्षित मात्र हैन सहरकै धेरै शिक्षित वर्ग र व्यक्तिहरूमा पनि चेतनाको अभावकै कारण नेपालमा मिर्गौला रोगीको जोखिम बढ्दै गएको छ ।मानव शरीरको महत्वपूर्ण एवम् संवेदनशील अङ्ग मिर्गौलाको समयमै पहिचान र उपचारमा हेलचेक्र्याइँ गरेकै कारण यो समस्या आज बिकराल बन्दै गएको छ ।

दैनिक आहार, व्यवहार र जीवनशैलीमा ध्यान नदिएका कारण यो रोग घट्नुको साटो बढ्दै गइरहेको छ । कतिपय अवस्थामा उच्च रक्तचाप, मधुमेह, मोटोपना र चेतनाको अभावकै कारण मिर्गौला रोगी बढेको विज्ञहरू बताउँछन् । चेतना अभावकै कारण अन्तिम अवस्थामा मात्र बिरामी उपचार गर्न पुग्ने भएकाले मिर्गौला रोगीको सङ्ख्या बढेको बताउनुहुन्छ वरिष्ठ मिर्गौैला रोग विशेषज्ञ ऋषिकुमार काफ्ले ।आफू स्वस्थ छु भनेर बस्न नहुने र वर्षमा कम्तीमा पनि एकपटक मिर्गौलाको परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ ।राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशकसमेत रहनुभएका डा काफ्ले मिर्गौला बिग्रेपछि लाखाँै रुपैयाँ खर्चनुपर्ने बाध्यता भएकाले बेलैमा सजग हुनुपर्ने बताउनुभयो । खानपान र विहार मात्र नभई जन्मसिद्ध बच्चाको आमाको लापर्बाहीले पनि मिर्गौला रोगी हुने गरेको भन्दै उहाँले घर–घरमा मिर्गौला स्वस्थ राख्नेबारे अभिमुखीकरण गराउन जरुरी भएको उल्लेख गर्नुभयो । राससका अनुसार “मिर्गौला रोग नियन्त्रणका लागि अब उपचारको सुविधा बढाएर नभई शिक्षित र सुसूचित गराएरै जानुपर्ने जरुरी भएको छ, आर्थिक लगानी बचाउन र जोखिम कम गर्न नेपालजस्तो गरिब मुलुकमा मिर्गौला रोगीको सङ्ख्या घटाउनै पर्छ,”– डा काफ्लेले भन्नुभयो । मिर्गौला रोग कम गर्न, धूमपान र मध्यपान नगर्ने, तौल बढ्न नदिने, पानी बढी पिउने, १५ मिनेट बिहान हिँड्डुल गर्ने, स्वस्थकर खाना खाने, समयमै सुत्नेबानी गर्नाले यसको जोखिम कम गर्न सकिने डा काफ्लेको भनाइ छ ।

उपत्यकामा राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रले गरेको मिर्गौला रोगीको सर्भेक्षणअनुसार धेरै व्यक्तिलाई मिर्गौलाका बारेमा पर्याप्त र सही जानकारी नै छैन ।मिर्गौलाले खानामा रहेका फोहर पदार्थलाई पिसाबका माध्यमबाट फाल्ने काम गर्छ र रगतलाई सफा गर्ने काम गर्छ । डा काफ्लेका अनुसार नेपालको पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको १० प्रतिशत अर्थात् २६ लाख मानिस मिर्गौला रोगको जोखिममा छन् जसमध्ये मिर्गौला बिग्रेका २५ हजार रोगी विभिन्न चरणमा रहेका छन् । त्यसमा पनि दुई हजार ६०० व्यक्ति कुनै न कुनै मिर्गौला बिग्रिएर डायलासिस गरिरहेका छन् ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्र, हेल्थ केयर प्लसका अध्यक्ष कृष्णप्रसाद आचार्य पनि मिर्गौला रोगको जुन तहसम्म चेतना पुग्नुपर्ने हो त्यो नभएकै कारण यो रोग भयावह बन्दै गएको बताउनुहुन्छ ।उहाँको गुनासो छ, “सेवा विस्तार र गुणस्तरका लागि केन्द्र स्थापनादेखि नै पहल गरियो, तर कति मन्त्री फेरिए, कति प्रशासकले प्रतिवद्धता जनाए तर उपचारमा पनि सहजता ल्याउन सकिएको छैन ।”मिर्गौला रोगी सोनाम लामा समयमै रोगको पहिचान गर्न र शारीरिक व्यायाम र जीवनशैलीमा ध्यान दिन आग्रह गर्नुहुन्छ ।सरकारले हालै विपन्न वर्गका नागरिकका लागि हप्तामा दुईपटक निःशुल्क डायलासिस सेवा उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले विपन्न नागरिक भनी पहिचान गरिएका सम्पूर्ण कागजातका आधारमा सम्पर्कमा आए राष्ट्रिय मिर्गौला उपचार केन्द्रले निःशुल्करुपमा डायलासिस सेवा भोलिबाटै उपलब्ध गराउन सुरु गर्ने जनाएको छ । डायलासिस सेवा हाल देशका मुख्य सहरहरूमा मात्र उपलब्ध छ भने काठमाडौँका सबै अस्पतालमा यसको सुविधा सुरु भइसकेको छ । मिर्गौला उपचार केन्द्रमा मात्र हाल ३० जनाले हप्तामा एकपटक डायलासिस गराउँछन् । विश्वमा हप्तामा तीनपटक डायलासिस गर्नुपर्छ तर नेपालमा भने हप्तामा दुईपटक मात्र गरिन्छ । एक पटकको डायलासिस गर्न रु २० हजार शुल्क लाग्छ । एक बिरामीले वर्षमा १५२ पटक डायलासिस गर्नुपर्छ । यसैबीच यस वर्ष ‘जीवनका लागि मिर्गौला उपचार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी बिहीबार विश्व मिर्गौला दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष प्रत्येक महिनाको मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला रोगबारे चेतना जगाउन दिवसको आयोजना गरिन्छ । नेपालमा सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।–

Source : http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=6219&catId=9

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s